logo

अवैध रुपले काठ ओसार्ने सशस्त्र प्रहरी नायव उपरीक्षकसहित चार जना निलम्वन

काठमाडौं, जेठ ३१
सशस्त्र प्रहरी बलले अवैध रुपले काठ ओसार्ने कार्यमा संलग्न रहेका सशस्त्र प्रहरी नायव उपरीक्षकसहित चार जनालाई निलम्वन गरेको छ । उनीहरुलाई निलम्बन गरि कारबाही प्रकृया अघि बढाएको सशस्त्र प्रहरी बलले जनाएको छ ।
सशस्त्र प्रहरी बलको गाडीमा काठ राखेर अन्यत्र लैजाने कार्यमा संलग्न रहेको भन्दै सशस्त्र प्रहरी बलले अरुण गुल्म चैनपुर संखुवासभाका सशस्त्र प्रहरी नायव उपरीक्षक रामप्रसाद भण्डारी, सशस्त्र प्रहरी जवानहरु विनोद कट्टेल र मिलन कुमार राई तथा सो गाडीका चालक सशस्त्र प्रहरी जवान दिपेन्द्र कुमार कर्माकारलाई बिहिबार निलम्वन गरेको हो । उनीहरुले यही जेठ २१ गते सो गुल्मको बा. १ ग १६६९ नम्बरको ट्रकमा अवैध रुपमा काठ राखेर धरानतर्फ लैजान लागेको अवस्थामा धनकुटा जिल्लाको मूलघाट भन्ने ठाउँमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश मूलघाट धनकुटाको एपीएफ टोलीले नियन्त्रणमा लिएको थियो । सो घटनाबारे जानकारी प्राप्त हुनासाथै पूर्व क्षेत्रीय सशस्त्र प्रहरी बल नेपाल मुख्यालय बराह बाहिनी पकलीबाट सशस्त्र प्रहरी उपरीक्षक गुणाखर खनालको अध्यक्षतामा छानवीन समिति गठन गरिएको थियो । सो घटनाको गाम्भिर्यतालाई ध्यानमा राखेर तत्कालै सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालयबाट सशस्त्र प्रहरी नायव महानिरीक्षक सुरजकुमार श्रेष्ठको अध्यक्षतामा तीन सदस्यीय छानवीन समिति गठन गरिएको थियो । छानवीन समितिमा सशस्त्र प्रहरी उपरीक्षक नेत्रकुमार खत्री र सशस्त्र प्रहरी नायव उपरीक्षक कमल प्रसाद तिउसिना सदस्य रहेका छन् ।
प्रारम्भिक छानवीनबाट सशस्त्र प्रहरी कर्मचारीहरुले कुनै पनि निकायमा जानकारी समेत नगराई संगठनको मर्यादा र नीति विपरित कार्य गरेको देखिन आएपछि उनीहरुलाई निलम्वन गरी कारवाही गर्ने प्रक्रिया सुरु गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ । छानवीन समितिले स्थलगत अध्ययन गर्नुका साथै सोधपुछ र अनुसन्धान गर्दा उनीहरुको दोष देखिन आएको प्रतिवेदन समेत दिएको छ । तत्काल उनीहरुलाई निलम्वन नगरिदा प्रमाण लोप गर्ने प्रयास गर्न सक्ने भएकोले सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ११६ को उपनियम १ को खण्ड ख र घ अनुसार निलम्वनको प्रक्रिया सुरु गरिएको सशस्त्र प्रहरीले जनाएको छ । उक्त घटनालाई सशस्त्र प्रहरी बलले गम्भिरताकासाथ लिएको सशस्त्रले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

दुर्घटनामा मृत्यु

मोटरसाइकलको ठक्करले सप्तरीमा आज एक साइकल यात्रीको मृत्यु भएको छ । सप्तकोशी नगरपालिका– ४ स्थित सडक खण्डमा...

बजारमा मागभन्दा बढी इन्धन : निगम

नेपाल आयल निगमले चाडपर्वको समयमा बजारमा पेट्रोलियम पदार्थको अभाव हुन नदिन पर्याप्तमात्रामा इन्धन वितरण गरिएको...

संस्थानको खसीबोका सकियो – बजार अनुगमन

सरकारले दशैँका अवसरमा उपत्यकामा बिक्री गर्न ल्याएको ३०७ वटै खसीबोका बिक्री भएको छ । नेपाल खाद्य संस्थानले...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

चक्रजीको जीवन चक्र सकियो

अन्ततः सात वर्षको संघर्षपछि चक्र बाँस्तोलाले यो संसार त्याग्नु भएको छ, अर्को संसारका लागि उनको आफ्नो आत्मिक...
मनोरञ्जन / साहित्य अरु धेरै

प्रियंका र आयुष्मानको ʻप्रेम दिवसʼ शुभसाइत

चलचित्र ʻप्रेम दिवसʼको शुभसाइत गरिएको छ । घटस्थापनाको अवसर बुधबार काठमाडौंको मैतीदेवी मन्दिरमा शुभसाइत गर्दै...

सरकार यातायात व्यवसायीको सामुु लम्पसार

हिन्दु धर्मालम्बीहरुको महान् चाड दशैँ भित्रिएसगैँ आफ्नो जन्मथलो जाने मानिसहरुको पनि सँख्या अत्याधिक रुपमा...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै