logo

ट्रम्प–किम वार्तामा विश्वसमुदाय आशावादी

काठमाण्डौं, जेठ ३१
सिंगापुरमा मंगलबार सम्पन्न अमेरिका र उत्तर कोरिया शिखर वार्ताप्रति दक्षिण कोरियाली अखबारहरु आशावादी देखिएको समाचार छ । दक्षिण कोरियाली प्रमुख दैनिक पत्रपत्रिकाहरुले सिंगापुरमा सम्पन्न वार्ता र त्यसमा भएका सहमतिको कार्यान्वयन हुने अपेक्षा गरेका छन् । ती पत्रिकाहरुमा बुधबार छापिएका शीर्षकहरुले सो वार्ताको प्रशंसा गर्दै त्यसमा भएको अमेरिका र उत्तर कोरिया सम्झौताको कार्यान्वयनमा दक्षिण कोरियाली नागरिकले खुसी व्यक्त गरेका बताइएको छ । सिङ्गापुर वार्ताका क्रममा उत्तर कोरियाली नेता किम जोङ उनले कोरियाली प्रायद्वीपलाई पूर्ण रुपमा निशस्त्रीकरण गर्ने विषयमा प्रतिबद्धता व्यक्त गरेका थिए । उनको सो प्रतिवद्धताको दक्षिण कोरियाली सञ्चारमाध्यमहरुले प्रशंसा गरेका हुन् ।
उत्तर कोरियाली नेता किम र अमेरिकी राष्ट्रपति ट्रम्पबीचको एक सम्झौतामा कोरियाली प्रायद्वीपमा नै पूर्ण निशस्त्रीकरण गर्ने सहमतिसहित हस्ताक्षर गरेका छन् । दुई नेताबीच भएको यो पहिलो भेटघाटबाट अत्यन्त प्रसन्न हुनुभएका ट्रम्प उत्तर कोरियाली नेताले यसअघि गत अप्रिल २७ मा दक्षिण कोरियाली राष्ट्रपतिसँग गर्नुभएको सहमतिको कार्यान्वयनमा पनि सहमति जनाएका थिए । दक्षिण कोरियाली अखबारहरुले अमेरिकी राष्ट्रपतिसँग एउटै दस्ताबेजमा सही गरेको र एक्लाएक्लै वार्तामा बस्न पाएको अवसरको सदुपयोग गर्नुपर्ने समाचारमा दिएका छन् ।
यस वार्ताको सफलताबाट विश्वले दुई कोरियाबीच पनि एकताको अपेक्षा गरेको दक्षिण कोरियाली अखबारहरुका बुधबारका शीर्षमा दिएका छन्  । समाचारमा त्यस्तो शान्ति उत्तर कोरियाले पालना गर्ने निशस्त्रीकरणबाट सुरु हुन्छ, जुन प्रतिबद्धतामा उसले हस्ताक्षर गरेको छ भनिएको छ । कोरियाली प्रायद्वीपमा आणविक परीक्षणमात्र रोकिँदा, अमेरिका र उत्तर कोरियाबीच हतियारको होडका अभिव्यक्ति नआउँदा मात्र पनि विश्वमा शान्तिको स्थापना हुने अपेक्षा छ– ती अखबारका शीर्षकमा भनिएको छ । त्यस्तै सन् १९५३ मा अनायासै कोरिया विभाजन भएपछि आजका दिनसम्म जुन पीडा दुई देशको रुपमा दुई देशका अधिकांश नागरिकले भोगेका छन् त्यस पीडाको अन्त्य यस शिखर वार्ताले गरिदिने अपेक्षा दक्षिण कोरियाली नागरिकले पनि गरेका समाचारमा जनाइएकोे छ । यो वार्ताको सफलतापछिको विश्वको अपेक्षा यी दुई देशबीचको एकता पनि हो भन्ने आसय यस शिखर वार्ताका क्रममा विश्वव्यापी रुपमा आएको पनि दक्षिण कोरियाका सञ्चारमाध्यमहरुले जनाएका छन् । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

अफलाइन हँदा पनि प्रयोगकर्तामाथि गुगलको निगरानी

मानिसहरु अफलाइनमा हुँदा पनि गुगलले प्रयोगकर्ताहरुमाथि निगरानी गर्ने गरेको एक अध्ययनले देखाएको छ । धेरै गुगलका...

चीन–अमेरिका व्यापार वार्ता अगष्टको अन्त्यमा

चीनले व्यापार वार्ता पुनः सुरु गर्न अगष्टमा एकजना वरिष्ट मध्यस्थकर्तालाई संयुक्तराज्य अमेरिका पठाउने चीनको...

अमेरिकाबाट आउने सामग्रीमाथिको कर दोब्बर पार्ने टर्कीको निर्णय

टर्कीले अमेरिबाट आउने सामग्रीहरुमाथिको कर दोब्बर बनाउने निर्णय गरेको छ । अमेरिकाबाट आउने अल्कोहल, कार तथा...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

भुइँचालोले विधवा बनाएको बारपाक (भाग—१)

अलमस्त छे धरती, यो कल कल किरण, यी वनफूल, चहचह चिरबिर ! कुहूकुहू कोइली, कति मीठो छ आहा जिन्दगी ! प्रभातको हिमाल हेरेर म...
मनोरञ्जन / साहित्य अरु धेरै

स्कट नेपाल रोदीघरले चर्चा कमाउँदै

विगत केही समय पहिलादेखि सञ्चालनमा आएको स्कट नेपाल रोदी घरले दिनप्रतिदिन आफ्नो चर्चा विस्तार गर्दै गएको छ । यो...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै