logo

प्रविधि क्षेत्रमा सबैभन्दा बढी कमाउने अर्बपतिहरु

काठमाडौं, जेठ ३१
विश्वमा प्रविधि सबैभन्दा बढी विस्तार हुने क्षेत्रमा पर्छ । यो क्षेत्रमा देखिएको व्यापक विस्तारसँगै यो क्षेत्रमा लागेका मानिसहरुको आम्दानी पनि बढ्दै जानु स्वाभाविक हो । सन् २०१८ को अवधिमा सबैभन्दा चलेका नाम हुन् बिल गेट्स, जेफ बेजोस, मार्क जुकरबर्ग र लारी पेज । यी चार जनाको सम्पत्ति एकत्रित गर्ने हो भने दुई सय ६७ बिलियन पाउन्ड अर्थात् नेपाली करिब तीन सय ८६ खर्बभन्दा बढी हुन आउँछ । गेट्स माइक्रोसफ्टका मालिक हुन् भने बेजोस अमेजनका प्रमुख । त्यस्तै पेज गुगलका र जुकरबर्ग फेसबुकका मालिक हुन् । कसले कति कमाउँछन् त ?
जेफ बेजोस :- अनलाइन रिटेल जायन्ट अमेजन खोलेर आफैँ बिलेनियर बनेका बेजोसको आम्दानी एक सय चार बिलियन पाउण्ड अर्थात् करिब एक सय सय ५० खर्ब नेपाली रुपैयाँ छ । उनले सन् १९९४ मा एउटा ग्यारेजमा अमेजन खोलेका थिए । अहिले उनी विश्वकै धनी मानिस बनेका छन् । अमेजनको प्रतिसेयर मूल्य एक हजार दुई सय डलरबाट २०१८ मा करिब एक हजार सात सय डलरसम्म पुगेको थियो  । यो झण्डै ४० प्रतिशतको वृद्धि हो । यो वर्षमात्रै बेजोसको सम्पत्तिमा ४० बिलियन डलर थपिएको थियो ।
बिल गेट्स :- माइक्रोसफ्टका मालिक समेत रहेका गेट्सको आम्दानी ७० बिलियन पाउण्ड अर्थात् झण्डै नेपाली एक सय एक खर्ब रुपैयाँ रहेको छ । यसबाहेक उनी र पत्नी मेलिन्डा गेट्सले समाजसेवाका लागि विश्वकै निजी ठूलो फाउण्डेसन खोलेका छन् । उनले सन् १९७५ मा पल एलेनसँग मिलेर माइक्रोसफ्ट टेकफर्म खोलेका थिए । उनी अहिले पनि कम्पनीको बोर्ड अफ डिरेक्टर्समा छन् । सीईओमा भने सत्य नाडेलाले हार्डवेयर र सफ्टवेयर कम्पनी रहेका छन् । गेट्सले माइक्रोसफ्ट स्टकको एक प्रतिशत मात्र स्वामित्व लिएका छन् ।
मार्क जुकरबर्ग :- फेसबुकका संस्थापक मार्कको आम्दानी ५४ बिलियन पाउण्ड अर्थात् झण्डै ८० खर्ब रुपैयाँबराबर छ । पछिल्लोपटक विभिन्न काण्डमा फेसबुक मुछिएका कारण केही उतारचढाव आए पनि खासै समस्या पारेको छैन । फेसबुकको कुल सेयरमध्ये जुकरबर्गले १७ प्रतिशत स्वामित्व ग्रहण गर्छन् । हार्वर्डका विद्यार्थी जुकरबर्गले १९ वर्षमै सन् २००४ मा सामाजिक सञ्जाल फेसबुक सुरु गरेका थिए । अहिले फेसबुकमा विश्वका अर्बौँ मानिसले अन्तर्क्रिया गर्छन् ।
लारी पेज :- पेजले गुगलको मातृकम्पनी अल्फाबेट हेर्छन् । जसले एन्ड्रोइड मोबाइलको अपरेटिंग सिष्टम र नेष्ट स्मार्ट होम ब्राण्डको पनि स्वामित्व लिएको छ । पेज गुगलका पहिलो सीईओ समेत रहेका थिए सन् २००१ मा । उनको आम्दानी ३९ बिलियन पाउण्ड अर्थात् नेपाली करिब ५६ खर्ब रहेको छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

अफलाइन हँदा पनि प्रयोगकर्तामाथि गुगलको निगरानी

मानिसहरु अफलाइनमा हुँदा पनि गुगलले प्रयोगकर्ताहरुमाथि निगरानी गर्ने गरेको एक अध्ययनले देखाएको छ । धेरै गुगलका...

चीन–अमेरिका व्यापार वार्ता अगष्टको अन्त्यमा

चीनले व्यापार वार्ता पुनः सुरु गर्न अगष्टमा एकजना वरिष्ट मध्यस्थकर्तालाई संयुक्तराज्य अमेरिका पठाउने चीनको...

अमेरिकाबाट आउने सामग्रीमाथिको कर दोब्बर पार्ने टर्कीको निर्णय

टर्कीले अमेरिबाट आउने सामग्रीहरुमाथिको कर दोब्बर बनाउने निर्णय गरेको छ । अमेरिकाबाट आउने अल्कोहल, कार तथा...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

भुइँचालोले विधवा बनाएको बारपाक (भाग—१)

अलमस्त छे धरती, यो कल कल किरण, यी वनफूल, चहचह चिरबिर ! कुहूकुहू कोइली, कति मीठो छ आहा जिन्दगी ! प्रभातको हिमाल हेरेर म...
मनोरञ्जन / साहित्य अरु धेरै

स्कट नेपाल रोदीघरले चर्चा कमाउँदै

विगत केही समय पहिलादेखि सञ्चालनमा आएको स्कट नेपाल रोदी घरले दिनप्रतिदिन आफ्नो चर्चा विस्तार गर्दै गएको छ । यो...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै