logo

वेद र यौन अनुशासनका कुरा

शिरीषवल्लभ प्रधान
वेद, उपनिषद्मा मानव जीवनका सबै अंग, सबै पक्ष र सबै क्षेत्र समाविष्ट छन् । यसले नछोएको कुनै पक्ष वा क्षेत्र छैन । स्त्री, पुरुषबीचको शारीरिक सम्बन्धलाई वेदमा सन्तानोत्पादन क्रिया तथा वंश परम्परा कायम गर्ने प्रक्रियासँग जोडेर हेर्ने गरेको पाइन्छ । तर वेदमा यौनलाई अश्लील विषयको रुपमा नभई मानव जीवनको अभिन्न अंग र आवश्यकताको रुपमा लिएको देखिन्छ । वेद, उपनिषद्ले हामीलाई भौतिक र आध्यात्मिक पक्षहरुबीच सन्तुलन कायम गरेर जीवन जिउने सल्लाह र मार्गनिर्देशन दिएको पाइन्छ । वेदले यौन अनुशासन कायम गर्दैै स्त्री, पुरुषले त्यसप्रकारको सम्बन्धलाई समयानुकूल निरन्तरता दिनुपर्ने कुरा औंल्याएको देखिन्छ ।
ऋग्वेदमा लोपमुद्रा र उनका पति ऋषि अगत्स्यबीचको रोचक संवादबाट हामी वैदिक कालमा स्त्री, पुरुषबीचको सम्बन्धलाई सन्तुलित र व्यवस्थित पार्नुपर्ने कुरामा वेदका रचयिताहरुको जोड रहेको कुरा बुझ्न गाह्रो पर्दैन ।
ऋग्वेदमा उल्लिखित ती दुई ऋषि दम्पतीको संवाद यसप्रकार छः
पुवीरहं शरदः शश्रमाणा दोषा वस्तोरुषसो जरयन्तीः
मिनाति श्रियं जरिमा तनूनामप्यू नु पत्नीर्वृषणे जगुम्यः ।। ऋग्.१.१७९.१
यस श्लोकका अनुसार लोपमुद्रा आफ्ना पति अगत्स्यसँग भन्छन्, धेरै शरद ऋतुहरुमा धेरै उषा कालहरुसहित दिनरात मैले परिश्रम गरेँ । आयु सँगसँगै मानिसको सौन्दर्यमा पनि परिवर्तिन आउँछ । तसर्थ वीर्यवान् पुरुषहरु आफ्नी पत्नीको सामीप्यमा जान्छन् ।
त्यसैगरी अर्को श्लोकमा भनिएको छ,
ये चिद्धि पूर्व ऋतसाप असन्त्साकं देवेभिर वदन्निृतानि
ते चदवार्सुह्यन्तमापुः समू नु पत्नीर्वृषभिर्जगम्युः।। ऋग्.१.१७९.२
अर्थात्, पूर्व कालमा सत्यको साधना गर्ने ऋषिहरु, जो देवतासँग सत्य बोल्दथे तिनीहरुले पनि उपयुक्त समयमा सन्तानोत्पादन क्रिया गरेका छन् । अन्त्यसम्म ब्रह्मचर्य आश्रममा रहेनन् । श्रेष्ठ सन्तान प्राप्त होस् भन्ने हेतुले तिनीहरुका निम्ति स्त्रीहरु उपलब्ध गराइयो ।
लोपमुद्राको उक्त अभिव्यक्तिको जवाफमा अगत्स्य भन्छन्,
न मुषा श्रान्तं यदवन्ति देवा विश्वा इत्स्पृधो अभ्यश्नवाव ।
जयावेदन्न शतनीथमाजिं यत्सम्यन्चा मिथुनावभ्यजाव ।(ऋग्.१.१७९.३)
मेरो अहिलेसम्मको तप श्रेष्ठ प्रवृत्तिहरुका कारण देवताहरुको आशीर्वादले गर्दाले खेर गएको छैन । तसर्थ हामीले यस संसारमा आउने सबै प्रकारका युद्धहरु जितेका छौं र हाम्रो जोडी उचित ढंगले सन्तान उत्पादन गरेको खण्डमा आउँदा दिनहरुमा पनि अर्को सय प्रकारका चुनौतीहरुको पनि सामना गर्न सक्षम हुनेछ । यहाँ ऋषि अगस्त्यसँग विवाह गरेकी राजकुमारी लोपमुद्रा अगस्त्य केवल ब्रह्मचर्य धर्म मात्र निभाएर पतिको धर्म निभाउनेतर्फ उनको ध्यान नगएपछि पत्नीले उनलाई उनको गृहस्थ धर्म सम्झाउँदै उक्त कुरा भनेका हुन् । हिन्दू धर्मअनुसार मानिसको जीवनलाई चार भागमा बाँडिएको छ। ब्रह्मचर्याश्रम, गृहस्थाश्रम, वानप्रस्थाश्रम र संन्यास आश्रम । बालक हुर्केपछि अर्थात् सामान्यतया १२ वर्षको उमेरपछि ऊ गुरुको आश्रममा गई ब्रह्मचर्य धारण गरी विद्या अध्ययन गर्छन् । त्यसपछि सामान्यतया २४ वर्षको आयु भएपछि गुरुबाट बिदा लिई घर फर्केर विवाह गरी गृहस्थाश्रम बिताउँछन्, जुन बखत उमेर पुगेपछि सन्तान जन्माउने र हुर्काउने अनि आफ्नो व्यवसायमार्फत उन्नतिको कार्यमा लाग्छन् । त्यसपछि बुढेसकालले छोएपछि गृहस्थाश्रम त्यागी वानप्रस्थाश्रमअन्तर्गत जंगलमा गई अध्ययन, मनन, चिन्तन गरी तथा एकान्त वास बसी संन्यास आश्रमको निम्ति तयारी गरिन्छ । त्यसपछि पूरै संन्यास बनी ध्यान, यज्ञ आदि गरी ईश्वर प्राप्ति कार्यमा आफूलाई समर्पित गर्छ ।
वेदमा सन्तानोत्पादन कार्यमा यौनको अहं भूमिका रहने कुरालाई स्वीकार्दै यौन अनुशासनलाई महत्वका साथ हेरिएको छ । तैत्तिरीयोपनिषद्मा यसबारे भनिएको छ,
मानुषं च स्वाध्यायप्रवचने च । प्रजा च स्वाध्यायप्रवचने च । प्रजनश्च स्वाध्यायप्रवचने च । प्रजातिश्च । स्वाध्यायप्रवचने च । –तैत्तिरी.१.९.१)
अर्थात्, विवाहादि लौकिक कर्म, जसलाई मानुषकर्म भनिन्छ, पूरा गर, साथै अध्ययन प्रवचन पनि गर । प्रजा उत्पन्न गर, र अध्ययन, प्रवचन पनि गर । उपयुक्त कालमा स्त्री गमन गरी सन्तान दरसन्तान जन्माऊ । यहाँ स्वाध्याय, प्रवचन गर भनी पटक–पटक भन्नुको अर्थ अध्ययन, अध्यापनको कार्यलाई महत्व दिई त्यसको निरन्तरताको निम्ति सुझाव दिइएको हो । त्यसैगरी अर्को श्लोकमा भनिएको छ,
आचार्याय प्रियं धनमाहृत्य प्रजातन्तुं वच्छेत्सीः ।
त्यसको अर्थ हुृन्छ, ब्रह्मचर्याश्रम समाप्तिपछि गुरुलाई पर्याप्त धनद्वारा सन्तुष्ट पारी उनको आशीर्वाद लिई स्त्रीसँग प्रणयसूत्रमा बाँधी सन्तान परम्परालाई कायम गर । यसरी वेदमा यौन क्रियाकलापलाई सामान्यतया सन्तान जन्माई आफ्नो वंश परम्परा कायम राख्नुमा नै सीमित राखिएको छ ।
मानिसको जन्म तीन पल्ट हुन्छ भन्ने तर्क प्रस्तुत गर्दै ऐतरेयोपनिषद्मा भनिएको छ, पुरुषले सम्पूर्ण अंगहरुबाट उत्पन्न तेजस्वरुप वीर्यलाई आफ्नो शरीरभित्रै पोषण गरी स्त्रीमा सिञ्चन जब गर्छ, गर्भधारणद्वारा तब उसको पहिलो जन्म हुन्छ । पत्नीले पतिको आत्मरुप वीर्यलाई आफ्नो पेटमा पालन पोषण गरी नौ महिनापछि धर्तीमा जन्म दिन्छ र त्यस बालकलाई उनका पिताले जन्मसंस्कार, नामकरण आदि कार्य गरी सुसंस्कृत बनाउँछ, जुन पुरुषको दोस्रो जन्मको रुपमा जानिन्छ । त्यसरी जन्मने बालक जवान, वृद्ध भई अन्त्यमा मृत्यु वरण गरी आफ्नो कर्म फल भोग्न पुनः जन्म लिन्छ भने त्यसलाई सो पुरुषको तेस्रो जन्म भनिन्छ । (ऐतरेय.२.१.२—४)
स्त्री पुरुषबीचको संसर्गद्वारा सृष्टिको क्रम चालु रहेकोबारे रोचक वर्णन बृहदारण्यकोपनिषद्मा पाइन्छ । त्यसमा भनिएको छ , सुरुमा एउटा पुरुष मात्र थियो र ऊ एक्लै भएकोले नरमाइलो मानी दोस्रोको इच्छा ग¥यो । यसरी स्त्री, पुरुष संयुक्तरुप भएको प्राणी उत्पन्न भयो । त्यसपछि उसले आफ्नो शरीरलाई दुई भागमा विभाजित ग-यो । यसरी एउटा पति भयो र अर्को पत्नी । यसरी दुई स्त्री पुरुष उत्पन्न भई उनीहरु आपसमा पूर्ण नहुनाले त्यो पति स्त्रीसँग पुनः संयुक्त भयो र यसरी मानिस उत्पन्न भयो भनी बृहदारण्यकोपनिषद्मा भनिएको छ ।
मनुस्मृतिमा आठ प्रकारका विवाहको वर्णनगरिएको छ । जो यसप्रकार छन्ः १) ब्राह्म, २) दैव, ३)आर्ष, ४) प्राजापत्य, ५) आसुरी ६) गन्धर्व, ७) राक्षस, ८) पिशाच । मनुस्मृतिमा स्वयं कन्याको परिवारले नै वरको चुनाव गर्नुपर्ने कुरा उल्लेख गरिएको छ । यसअन्तर्गत वधूका पिताले सकभर आफ्नै वर्णका असल स्वभावका विद्यावान् केटा छानेर कन्या वरलाई दान वा उपहारका रुपमा दिन्छन् । दैव विवाहअन्तर्गत कन्याका पिताले जवान ब्राह्मण वरलाई दक्षिणाको रुपमा वधूलाई हस्तान्तरण गर्छन् । त्यस्तै आर्ष विवाहअन्तर्गत कन्याका पिताले गाई वा बयल उपहार लिएर वरलाई विधिपूर्वक आफ्न पुत्रीलाई कन्यादान गर्छन् । प्रजापत्य विवाहअन्तर्गत कन्यादान गर्दा कन्याका पिताले वर र वधू दुवैजनालाई तिमीहरु साथै मिलेर गृहस्थ धर्मको रक्षा गर भनी उपदेश दिन्छन् । माथि उल्लिखित चार प्रकारका विवाह उत्तम मानिन्छन् । कन्याका पितालाई वा कन्यालाई प्रशस्त धन वा दक्षिणा दिएर केटाले केटीलाई विवाह गरी ल्याउँछ भने त्यो आसुरी विवाह कहलिन्छ । वर र कन्याको मात्र आपसी इच्छाले उनीहरुका परिवारको संलग्नताविना गरिने विवाह गन्धर्व विवाह कहलिन्छ । केटीको परिवारको अनुमतिविना बलपूर्वक केटीलाई भगाएर ल्याउने विवाह राक्षसी विवाह हो । केटी सुतिरहेको बखत वा उसले मादक पदार्थ सेवन गरेको बखत वा पागल केटीलाई जबर्जस्ती अनुचित शारीरिक सम्पर्क राखेर गरिने विवाह पिशाच विवाह हो ।शास्त्रले यौन वा काम इच्छालाई दबाएर राख्ने कुरा पनि गरेको छैन, तर त्यसलाई छाडा भएर प्रयोग नगर्नु उचित प्रकारले संयमित भई भन्ने सन्देश त्यसमा पाइन्छ ।
कामका सम्बन्धमा गीतामा श्रीकृष्ण भन्छन्,
बलं बवतां चाहं कामरागविवर्जितम्
धर्माविरुद्धो भूतेषु कामोकस्मि भरतवर्षभ ।।
श्रीकृष्ण भन्छन्, कामना र आसक्तिरहित बलवान् व्यक्तिको बल र सामर्थ जो छ त्यो म नै हुँ । शंकराचार्य यसको व्याख्या गर्दै भन्छन् अप्राप्य वस्तुप्रतिको तृष्णा नै काम हो र प्राप्त विषयप्रतिको लगाव नै राग हो । त्यसैगरी उनी भन्छन्, जीवन धान्नको निम्ति आवश्यक जो धर्म अनुकुलको काम छ त्यो पनि म नै हुँ । यहाँ घर, गृहस्थी चलाउन वा वंश परम्परा चलाउनको निम्ति आवश्यक यौनक्रियालाई वर्जित गरिएको छैन ।
केवल शारीरिक रुपमा मात्र कामवासनालाई त्यागेर मनले कामवासनाकैबारे चिन्तन गरिरहने व्यक्रि अझ ढोंगी र मूढ बुद्धिको हुन्छ भन्ने कुरा दर्शाउंदै गीतामा भनिएको छः
कर्मेन्द्रियाणि संयम्य य आस्ते मनसा स्मरन ।
इन्द्रियार्थान्विमूढात्मा मिथ्याचारः स उच्यते ।।
यस्त्विन्द्रियाणि मनसा नियम्यारभतेकर्जुन
कर्मेन्द्रियैः कर्मयोगमसक्तः स विशिष्यते ।। (गीता ३.६—७)
अर्थात्, जो मूढ बुद्धि भएको मनुष्य कर्म इन्द्रियलाई त बलपूर्वक रोकेर राख्छ तर मनद्वारा इन्द्रियहरुका विषयहरु चिन्तन गरिरहन्छ, त्यो मिथ्याचारी अथवा दम्भी मानिन्छ ।
हे अर्जुन, जो मनुष्य मनद्वारा इन्द्रियहरुलाई वशमा राखी अनाशक्त भई कर्र्मेिन्द्रयहरुद्वारा कर्मयोगको आचरण गर्दछ, त्यो मनुष्य अरुको अपेक्षा श्रेष्ठ कहलाइन्छ ।
बृहदारण्यकोपनिषद्मा स्त्री—पुरुषबीचको शारीरिक सम्बन्ध पवित्र यज्ञको रुपमा वर्णन गर्दै त्यसलाई पञ्चम आहुतिको संज्ञा दिंदै रोचक वर्णन गरिएको छ । राजा प्रवाहणले श्वेतकेतुलाई पञ्चाग्नि विद्यासम्बन्धमा सोधेका प्रश्नहरुको उत्तर दिन उनी असमर्थ भएपछि राजा आफैंले त्यसको उत्तर दिंदै श्वेतकेतुलाई भन्छन्,
हे गौतम, स्त्री नै अग्नि हो, उनको भित्री यौनांग समिध अर्थात् इन्धन हो, रौं धुँवा हो, मैथुन कार्य अँगार हो, योनी ज्वाला हो, आनन्द नै विस्फुलिंग हो । यस अग्निमा देवताहरु वीर्यलाई हवन गर्छन् र त्यसबाट पुरुष अर्थात् जीव उत्पन्न हुन्छ । यसरी पञ्चाग्नि विद्यामा जल कसरी पुरुष अर्थात् जीव बन्यो भन्ने वर्णन पाइन्छ ।
यसरी वैदिक ग्रन्थहरुमा मानिसलाई आफ्नो यौन जीवनलाई अनुशासित राख्नू, केवल कामवासनाको पछि मात्र नदौडिनू, इच्छामाथि कठोेर नियन्त्रण पनि नगर्नू र छाडा पनि नहुनू भनी सन्तुलित र संयमित तरिकाले जीवनलाई आनन्दपूर्वक ज्युने शिक्षा दिइएको छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

भुइँचालोले विधवा बनाएको बारपाक (भाग—१)

अलमस्त छे धरती, यो कल कल किरण, यी वनफूल, चहचह चिरबिर ! कुहूकुहू कोइली, कति मीठो छ आहा जिन्दगी ! प्रभातको हिमाल हेरेर म...

संघीयता र करवृद्धि : कुरा त्यहीँसम्म सीमित रहने छैन

राजनीतिको क, ख र ग को सामान्य ज्ञान भएको मान्छेको कुरा नगरौँ, सामान्य व्यावहारिक ज्ञान भएको मान्छेले पनि यो बुझ्न...

वेदको सिर्जना कहिले र कसद्वारा भयो ?

पूर्वीय दर्शनका ज्ञाता विद्वान्हरु हिन्दूहरुको सबैभन्दा प्राचीन र पवित्र ग्रन्थ वेदलाई मानिसद्वारा रचिएको...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

भुइँचालोले विधवा बनाएको बारपाक (भाग—१)

अलमस्त छे धरती, यो कल कल किरण, यी वनफूल, चहचह चिरबिर ! कुहूकुहू कोइली, कति मीठो छ आहा जिन्दगी ! प्रभातको हिमाल हेरेर म...
मनोरञ्जन / साहित्य अरु धेरै

स्कट नेपाल रोदीघरले चर्चा कमाउँदै

विगत केही समय पहिलादेखि सञ्चालनमा आएको स्कट नेपाल रोदी घरले दिनप्रतिदिन आफ्नो चर्चा विस्तार गर्दै गएको छ । यो...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै