logo

‘आर्थिक वृद्धिदर र मूल्य वृद्धिलाई नियन्त्रणमा राख्नेगरी मौद्रिक नीति आउँछ’

काठमाण्डौं, जेठ ३१
नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले आगामी आर्थिक वर्षको बजेटमा उल्लिखित आठ प्रतिशतको आर्थिक वृद्धि र छ दशमलव पाँच प्रतिशतको हाराहारीमा मूल्यवृद्धि कायम राख्न सहयोग पुग्नेगरी मौद्रिक नीति आउने बताएका छन् । आइबीएन मिडिया एण्ड रिसर्चले आयोजना गरेको ‘मौद्रिक नीति २०७५—०७६’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै गभर्नर नेपालले विगत दुई आर्थिक वर्षमा नेपालले छ प्रतिशतको हाराहारीमा आर्थिक वृद्धि गरेको बताउँदै नेपालको कुल ग्राहस्थ्य उत्पादन पनि ३० खर्बको हाराहारीमा पुुग्ने बताएका छन् ।
तीन वर्ष अगाडि बैंकको चुक्ता पुँजी चार गुणाले वृद्धि गर्नुपर्ने नीति ल्याउँदा धेरैले विरोध गरेको भए पनि समयक्रमले यो चाहिने नै हो भन्ने पुष्टि भएको गभर्नरले बताए । नेपालले राजनीतिक अस्थिरता, घण्टौंको लोडसेडिङको बाबजुद पनि छ प्रतिशतको आर्थिक वृद्धि हासिल गरेको हुँदा हालको समयमा स्थिर सरकार र लोडसेडिङ पनि करिबकरिब अन्त्य भइसकेको हुनाले आठ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न गाह्रो नहुने ठोकुवा गरे । विगतमा केन्द्रीकृतस्तरको मात्रै बजेट आउने गरेकोमा हाल संघीय बजेट, प्रान्तीय र स्थानीय बजेटसँगै त्यहीअनुसारको आर्थिक क्रियाकलापसमेत बढ्ने हुँदा आर्थिक वृद्धि हासिल नहुने कुरामा शंका नगर्न उनले सबैलाई आग्रह गरे ।कार्यक्रममा नेपाल डेभलपमेन्ट बैंकर्स संघका कार्यवाहक अध्यक्ष गोविन्द ढकालले बैंकहरुको पुँजी वृद्धि भए पनि अन्य स्रोत साधनलाई ध्यान नदिई अन्धाधुन्ध कर्जा परिचालन गरेकाले भविष्यमा केही समस्या आउन सक्ने आँकलन गरे । विकास बैंकको महत्व काठमाडौं उपत्यकामा भन्दा पनि स्थानीयस्तरमा बढी रहेको बताउँदै उनले विकास बैंकले स–साना ऋणहरु प्रदान गर्ने हुँदा स्थानीयस्तरको सरकारी खाता विकास बैंकलाई पनि सञ्चालन दिइनुपर्नेमा जोड दिए । राष्ट्र बैंकले कृषिमा अनिवार्य ऋण लगानी गर्नुपर्ने प्रावधान ल्याए पनि सोहीअनुसार केही छुटको व्यवस्था आगामी मौद्रिक नीतिमा भए आर्थिक वृद्धि गर्ने सरकारको लक्ष्य हासिल गर्न सजिलो हुने उनले बताए । पुँजी वृद्धिको माध्यम हकप्रद सेयरलाई बनाएका कारण अहिले ब्याज दर अस्थिरताको समस्या आएको बताउँदै उनले ठूला बैंकहरु अझै मर्जरमा गएर १२ देखि १५ सम्म मात्र पुग्नुपर्ने बताए ।
त्यस्तै नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश अग्रवालले हालै आएको बजेटलाई हेरेर राष्ट्र बैंकले विस्तारकारी मौद्रिक नीति ल्याउनुुको विकल्प नभएको जिकिर गरे । आगामी बजेटमा तीन हजार अर्बको जिडीपीमा नौ खर्ब ८३ अर्बको राजस्व राखिएको छ जुन झन्डै २९ प्रतिशत हुन आउँछ । करको दरहरुमा भएको फेरबदल, अन्तर्राष्ट्रियरुपमा पेट्रोलियम पदार्थको वृद्धिले मूल्यवृद्धिमा चाप पर्न जाने हुँदा मूल्य वृद्धि छ दमलव पाँच प्रतिशतमा राख्ने चुनौती एवं कुल अर्थतन्त्रको ४० प्रतिशत भनिएको अनौपचारिक अर्थतन्त्रलाई कसरी मूलधारको अर्थतन्त्रमा ल्याउने भन्नेलगायतका कुराहरु आगामी मौद्रिक नीतिमा समेटिनुपर्नेमा उनले जोड दिए । कार्यक्रममा सानिका बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बैंकिङ क्षेत्रका वर्तमान अवस्था समेटेर कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमा मूलभूतरुपमा बासेल—३ को मापदण्डअनुसार नेपाली बैंकहरु चल्नुपर्ने सुझाव पेस गरिएको छ । सीआरआर, एसएलआरलगायतका व्यवस्थाहरु हाम्रो बैंकिङ प्रणालीमा रहेको हुँदा सीडी रेसियो हटाउँदा कुनै फरक नपर्ने सुझाव दाहालले आफ्नो कार्यपत्रमा प्रस्तुत गरेका छन । वर्तमान तरलता अभावको समस्या विदेशबाट ऋण भित्र्याएर गर्न सकिने अवस्था रहेको र त्यसमा राष्ट्र बैंकले विभिन्न मोडालिटीमा काम गरिरहेको बताए । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

सिभिल बैंक छक्कापञ्जा–३ सँग आवद्ध

सिभिल बैंक लिमिटेड छक्कापञ्जा–३ चलचित्रसँग आवद्ध भएको छ...

पोखरा फाईनान्सको प्रमुुख कार्यकारी अधिकृतको पदमा गुुरुङ

पोखरा फाईनान्सको प्रमुुख कार्यकारी अधिकृतको पदमा रविचन्द्र गुुरुङ नियुुक्त भएकाछन...

युनाईटेड ईन्स्योरेन्सको का.मु. सिईओमा भट्टराई

यूनाईटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको कामु प्रमुख कार्यकारी अधिकृतमा रमेश कुमार भट्टराई नियुक्त...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...
मनोरञ्जन / साहित्य अरु धेरै

सगरमाथा म्युजिक अवार्ड हुँदै

‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराको साथ...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै