logo

गण्डकी विकास बैंकको अध्यक्षमा सुशील गौचन चयन

काठमाण्डौं, जेठ ३१
गण्डकी विकास बैंकको अध्यक्ष पदमा सुशील गौचन चयन भएका छन् । बैंकको १० औं वार्षिक साधारणसभाले संस्थापकतर्फ सुशील गौचन, पद्मप्रसाद पौडेल, किशोर ओझा तथा सर्वसाधारणतर्फ नारायणबहादुर बानिया, कृष्ण बहादुर थापा क्षेत्री र वासुदेव त्रिपाठीसमेत छ जना सञ्चालकहरुको निर्विरोध निर्वाचित गरेकोमा सोपश्चात् बसेकोे सञ्चालक समितिको पहिलो बैठकले गौचनलाई अध्यक्ष पदमा चयन गरेको हो । सभाले १९ दशमलव ३१ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेपश्चात् बैंकको चुक्ता पुँजी कुल दुुई अर्ब ७५ करोड पुगेको छ भने पुँजीको हिसाबले गण्डकी विकास बैंक लिमिटेड सबैभन्दा बढी चुक्ता पुँजी भएको अग्रणी विकास भएको छ । बैंकले आर्थिक वर्ष २०७४/०७५ को तेस्रो त्रैमासिकसम्ममा निक्षेप २० अर्ब ४३ करोड पु-याएको छ भने कर्जातर्फ १८ अर्ब ३२ करोड पु-याएको छ ।बैंकले केन्द्रीय कार्यालयसहित देशका विभिन्न ठाउँहरुमा गरी ५९ वटा शाखा कार्यालयमार्फत आकर्षक ब्याजदरमा विभिन्न निक्षेप लिनुका साथै सहज र सरलरुपमा कर्जा प्रवाह गर्दै आएको छ । यसका साथै बैंकिङ सेवा, लकर सेवा, सुनधितोमा कर्जा सुविधा, रेमिट्यान्स सेवा, केन्द्रीय कार्यालयलगायत केही शाखाहरुबाट तीन सय ६५ दिने बैंकिङ सेवा तथा सन्ध्याकालीन सेवासमेत प्रदान गर्दै आइरहेको छ । यस अतिरिक्त बैंकले न्यून आय भएका व्यक्तिलाई विपन्न वर्ग कर्जा तथा समूहमा आबद्घ व्यक्तिहरुका लागि लघुवित्त कर्जा पनि प्रदान गर्दै आएको छ । बैंकको देशभरि नै शाखा सञ्जाल विस्तार गर्ने क्रममा हाल बैंकका विभिन्न ठाउँमा १८ वटा शाखाहरु निर्माणाधीन अवस्थामा रहेका छन्  । यसपश्चात् बैंकका कुल ७७ वटा शाखा र देशका सातै प्रदेशवाट बैंकिङ सेवा प्रदान हुने प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले बताएका छन् । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

सिभिल बैंक छक्कापञ्जा–३ सँग आवद्ध

सिभिल बैंक लिमिटेड छक्कापञ्जा–३ चलचित्रसँग आवद्ध भएको छ...

पोखरा फाईनान्सको प्रमुुख कार्यकारी अधिकृतको पदमा गुुरुङ

पोखरा फाईनान्सको प्रमुुख कार्यकारी अधिकृतको पदमा रविचन्द्र गुुरुङ नियुुक्त भएकाछन...

युनाईटेड ईन्स्योरेन्सको का.मु. सिईओमा भट्टराई

यूनाईटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको कामु प्रमुख कार्यकारी अधिकृतमा रमेश कुमार भट्टराई नियुक्त...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...
मनोरञ्जन / साहित्य अरु धेरै

सगरमाथा म्युजिक अवार्ड हुँदै

‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराको साथ...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै