logo

नेपाल विज्ञापन संघको २८औँ वार्षिकोत्सव

काठमाण्डौं, जेठ ३१
नेपाल विज्ञापन संघले रक्तदान तथा निःशुल्क मुटु परीक्षणलगायत विभिन्न कार्यक्रमको आयोजना गरी २८औँ वार्षिकोत्सव मनाएको छ । विज्ञापन व्यवसायीहरुको हकहितको लागि २०४७ मा स्थापना नेपाल विज्ञापन संघको स्थापना भएको थियो । विज्ञापन व्यवसायीहरुको छाता संगठन संघको २८औँ वार्षिकोत्सव समारोहको उद्घाटन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सह–सचिव प्रेम कुमार श्रेष्ठले गरेका थिए । कार्यक्रममा श्रेष्ठले विज्ञापन संघ र मन्त्रालयबीचमा सहकार्य भइरहेको र संघले सामाजिक उत्तरदायित्वको कार्य गर्दै आएको बताएका छन् । संघको कार्यालय भवन शान्तिनगरमा सम्पन्न कार्यक्रममा संघका सदस्य तथा संघका पूर्वअध्यक्षहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा संघका अध्यक्ष रवीन्द्र कुमार रिजालले विश्व रक्तदान सप्ताहमा रक्तदान कार्यक्रमको आयोजना गर्न पाउँदा खुसी लागेको बताए । कार्यक्रममा मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमालले आजको मानिसहरुको जीवनशैली आदिले मुटुरोगको जोखिम बढिरहेका सन्दर्भमा यस्तो स्वास्थ्य परीक्षणबाट समुदायलाई लाभ पुग्ने बताए । नेपाल मेडिसिटी अस्पतालको सहयोगमा रक्तदान तथा निःशुल्क मुटुपरीक्षण तथा ईसीजी सेवाबाट २०० भन्दा बढी स्थानीय व्यक्तिहरुले मुटु जाँच गरेको नेपाल मेडिसिटी अस्पताल मुटुरोग विशेषज्ञ डा. मिलन गौतमले बताए । उक्त अवसरमा ५२ पिन्ट रगत संकलन भएको थियो । संघको वार्षिकोत्सव समारोहमा नेपाल मिडिया सोसाइटीका प्रतिनिधि, पत्रकार, स्थानीय जनसमुदायको पनि उपस्थिति रहेको थियो । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

कागेश्वरी मनोहरालाई स्वच्छ बनाउन वृक्षरोपण अभियान

‘स्वच्छ, सफा, हराभरा, बनाऔँ कागेश्वरी मनोहरा’ भन्ने नाराका साथ कागेश्वरी मनोहरा नगरपालिकाको तीन वडामा बिरुवा...

सञ्चार सम्बन्धी अभ्यास : सम्पन्न

नेपाली सेना र मित्र राष्ट्र अमेरिकी सेनाकोे संयुक्त आयोजनामा मिति २०७५/४/२१ गतेबाट होटल याक एण्ड यतिमा २० (बीस)...

विद्यार्थी सङ्गठनको नाम ‘अनेरास्ववियु’ हुने

नेपाल कम्युनिष्ट पार्टी नेकपा को भ्रातृ सङ्गठन विद्यार्थी सङ्गठनको नाम ‘अनेरास्ववियु’ राखिने भएको छ । आज बसेको...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

भुइँचालोले विधवा बनाएको बारपाक (भाग—१)

अलमस्त छे धरती, यो कल कल किरण, यी वनफूल, चहचह चिरबिर ! कुहूकुहू कोइली, कति मीठो छ आहा जिन्दगी ! प्रभातको हिमाल हेरेर म...
मनोरञ्जन / साहित्य अरु धेरै

स्कट नेपाल रोदीघरले चर्चा कमाउँदै

विगत केही समय पहिलादेखि सञ्चालनमा आएको स्कट नेपाल रोदी घरले दिनप्रतिदिन आफ्नो चर्चा विस्तार गर्दै गएको छ । यो...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै