logo

लगानीकर्तालाई नेपालमा प्रशस्त अवसर

काठमाण्डौं, जेठ ३१
नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले नेपालले स्थिर सरकार प्राप्त गरेपछि निजी क्षेत्र तथा लगानीकर्ताको लागि प्रशस्त अवसरहरु प्राप्त भएको बताएका छन् । परिसंघ र भारतको पीएचडी चेम्बर प्रतिनिधिबीच बुधबार भएको भेटघाट तथा छलफलका क्रममा अध्यक्ष शर्माले भारत नेपालको छिमेकी तथा ठूलो व्यापारिक साझेदार भएकोले नेपाली निजी क्षेत्रले त्यहाँका लगानीकर्ता संग ठुलै अपेक्षा गरेको बताए । नेपालको भारतसँगको बढ्दो व्यापारघाटालाई समेत भारतीय लगानीमा यहाँ ठूला परियोजनाहरु स्थापना गरी भारत तथा तेस्रो मुलुकतर्फ निर्यात बढाई कम गर्न सकिने उनको सुझाव रहेको थियो । यसका लागि परिसंघ, पीएचडी चेम्बरजस्ता संस्थाहरु सहकार्य गरी अगाडि बढ्नुपर्ने उनले बताए । नेपाल–भारतबीचको वर्तमान व्यापारिक सन्धिको मर्मविपरीत भारतीय पक्षबाट बेलाबखत गैरभन्सार अवरोधहरु सृजना गरी नेपालको भारततर्फको निर्यातलाई अवरोध हुने गरेको भन्दै शर्माले यस्ता विषयहरुमा समेत परिसंघ तथा पीएचडीजस्ता संस्थाहरुले सहकार्य गरी दुवै सरकारको ध्यानाकर्षण गर्न जरुरी रहेको उनले बताए । नेपालको व्यापारको सबैभन्दा ठूलो हिस्सा भारतको रहेको र ठूलो राष्ट्र भएकोले भारतीयपक्षले यसतर्फ बढी लचिलो हुनुपर्नेमा उनको जोड थियो । छलफलका क्रममा पीएचडी चेम्बरका अध्यक्ष अनिल खेतानले नेपालका लगानीका सम्भावना रहेका प्रमुख क्षेत्रको पहिचान गरी त्यसमा विस्तृत अध्ययन हुनुपर्नेमा जोड दिँदै यसमा पीएचडी चेम्बर तथा इन्डिया नेपाल सेन्टरले पहल गर्नसक्ने बताए । यसका अतिरिक्त नेपालको औद्योगिक क्षेत्रलाई आवश्यक दक्ष जनशक्ति व्यवस्थापनमा समेत पीएचडी चेम्बरले आफ्नो अनुभवको आधारमा परिसंघसँग सहकार्य गर्नसक्ने उनको भनाइ रहेको छ । पीएचडी चेम्बरले नेपालका लागि भारतीय पूर्वराजदूत केभी राजनलगायतको सहकार्यमा इन्डिया नेपाल सेन्टरको स्थापनाको पहल गरिरहेको छ । यसले नेपालमा भारतीय लगानीको अवसर सृजना गर्नसक्ने प्रशस्त सम्भावनाहरु रहेको परिसंघले जनाएको छ । छलफलमा पीएचडी चेम्बरका अन्य सदस्यहरुको उपस्थिति रहेको थियो भने परिसंघको तर्फबाट वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु, गभर्निङ काउन्सिलका सदस्य तथा राष्ट्रिय परिषद्का सदस्यहरुको उपस्थिति रहेको थियो । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

उपयुक्त समयमा नेपाल भ्रमण – चिनियाँ राष्ट्रपति

छ दिने औपचारिक भ्रमणका क्रममा चीनमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज चिनियाँ राष्ट्रपति सी...

न्यून आय भएका दलित तथा एकल महिलालाई तालीम

पछिल्लो समय काठमाडौँ महानगरपालिकाले न्यून आय भएका, दलित महिलालाई सशक्त बनाउन विभिन्न किसिमका उद्यमशील तालीम...

सप्तकोशीमा ट्रक खस्दा दुईको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तकोशीमा आज ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन्...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...
मनोरञ्जन / साहित्य अरु धेरै

सगरमाथा म्युजिक अवार्ड हुँदै

‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराको साथ...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै