logo

आईएमई १८औँ वर्षमा

काठमाण्डौं, जेठ ३१
आईएमई १७ वर्ष पार गरेर १८औँ वर्षमा प्रवेश गरेको छ । स्थापनाकालदेखि नै साझेदारी व्यवसायलाई मुख्य प्राथमिकता दिँदै आएको आईएमईले देशभित्र करिब २० हजार व्यावसायिक साझेदारहरूको साझा सञ्जाल निर्माण गरेको बताएको छ । आईएमईले ‘१८औँ वार्षिकोत्सव साझेदारीको’ भन्ने मूलनाराका साथ कम्पनीले मंगलबार विभिन्न कार्यक्रम गरेर वार्षिकोत्सव मनाएको हो । १८औँ वर्षसम्म आइपुग्दा आईएमईले रेमिट्यान्सको क्षेत्रमा आर्जन गरेको पर्यायवाची नामलाई कायम राखिराखेको कम्पनीले दाबी गरेको छ । आइएमईको शाखा, प्रतिष्ठा र विश्वासलाई कायम राखिराख्न परम्परागत रेमिट्यान्स सेवालाई समयानुकूल परिमार्जन गर्दै ‘आइएमई पे’मार्फत प्रविधिमैत्री डिजिटल रेमिट्यान्स सेवाको समेत थालनी गरिसकेको कम्पनीले जनाएको छ । आम सेवाग्राहीहरूको निरन्तर विश्वासले आईएमई नेपालको स्थापित व्यावसायिक समूहमा पर्न सफल भएको कम्पनीले बताएको छ । रेमिट्यान्स, बैंक तथा वित्तीय संस्था, अटोमोबाइल, सूचना प्रविधि, बीमा, ऊर्जा, केबलकार, हस्पिटालिटीलगायतका व्यावसायिक क्षेत्रमा आईएमई समूहले लगानी विस्तार गर्दै आइरहेको छ ।
कम्पनीले १८औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइएमईको व्यावसायिक यात्राको स्मरण गर्दै कुनै पनि कामप्रति समर्पण र पेसाप्रतिको इमानदारिता हुनुपर्ने बताए । आईएमई ग्रुपका प्रबन्धनिर्देशक हेमराज ढकालले कर्मचारीहरूको सीपविकास र क्षमता अभिवृद्धिमा विशेष ध्यान दिइएको बताउँदै प्रतिस्पर्धा आफैंले आफैंसँग गर्नुपर्ने बताए । प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले एउटा कर्मचारीका लागि आईएमई ग्रुपमा धेरै अवसरहरु भएको बताए । वार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्रमको पनि आयोजना गरिएको थियो । उक्त कार्यक्रममा ९५ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा १८औँ वार्षिकोत्सवका दिनसम्म दश वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरूलाई अध्यक्ष, प्रबन्धनिर्देशक र प्रमुख कार्यकारी अधिकृतले प्रमाणपत्रसहित दोसल्ला ओढाएर सम्मान गरेका थिए । वार्षिकोत्सवको अवसरमा आयोजित फुटसल प्रतियोगिताका विजेता तथा उपविजेताहरुलाई शिल्ड, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो भने कार्यालयको आन्तरिक छनोट प्रक्रियाबाट विभिन्न ११ विधामा उत्कृष्टता प्राप्त गर्ने कर्मचारीहरू सम्मानित भएका थिए । कम्पनीले १८औँ वर्षसम्ममा नेपालका सहरी तथा ग्रामीण क्षेत्रलाई समेट्ने गरी एक सय ७४ आईएमई सेन्टरसहित ७५ जिल्लाका सात हजार पाँच सयभन्दा बढी सब–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत सेवा दिँदै आइरहेको जनाएको छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

सीटीसी मोबाइल हबमा शून्य प्रतिशत ब्याजदरमा मोबाइल

राजधानीको सुनधारामा केही दिन पहिले सञ्चालनमा आएको सीटीसी मोबाइल हबमा मोबाइल किन्नेको भीड लागेको...

पञ्चासे चिया बजारमा

कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नं. १ मा सञ्चालन भएको दाहाल चिया प्याकेजिङ उद्योगका उत्पादनहरु बजारमा...

पोखरामा सिप्रदी अर्थमुभर्सको शाखा र्कायालय

नेपालका लागि टाटा हिटाचीको एकमात्र आधिकारिक वितरक सिप्रदी अर्थमुभर्स प्रालिले व्यवसाय विस्तार गर्ने क्रममा...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

चक्रजीको जीवन चक्र सकियो

अन्ततः सात वर्षको संघर्षपछि चक्र बाँस्तोलाले यो संसार त्याग्नु भएको छ, अर्को संसारका लागि उनको आफ्नो आत्मिक...
मनोरञ्जन / साहित्य अरु धेरै

प्रियंका र आयुष्मानको ʻप्रेम दिवसʼ शुभसाइत

चलचित्र ʻप्रेम दिवसʼको शुभसाइत गरिएको छ । घटस्थापनाको अवसर बुधबार काठमाडौंको मैतीदेवी मन्दिरमा शुभसाइत गर्दै...

सरकार यातायात व्यवसायीको सामुु लम्पसार

हिन्दु धर्मालम्बीहरुको महान् चाड दशैँ भित्रिएसगैँ आफ्नो जन्मथलो जाने मानिसहरुको पनि सँख्या अत्याधिक रुपमा...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै