logo

सडक विस्तारले जिल्लाका कृषकलाई फाइदा

अनिल नेपाली
अर्घाखाँची, जेठ ३१
अर्घाखाँची जिल्लाका कृषकहरु आधुनिक खेतीमा आकर्षित भएका छन् । गाउँ–गाउँमा सडक पुगेपछि जिल्लाका कृषकहरु आधुनिक खेतीमा आकर्षित भएका हुन् । वर्षमा दुई पटक मात्र मकै र गहुँ, जौको खेती गर्ने यहाँका कृषकहरुले अहिले बाह्रै महिना आफ्नो खेतबारीमा नगदेबाली र तरकारीको खेती गर्न लागेका छन् । जिल्लामा आलु, गोलभेडा, बन्दा, काउली, सिमी, साग, प्याज र लसुनलगायतको तरकारी खेती गरी कृषकहरुले लाखौं रुपैयाँ कमाउन थालेका छन् । कृषकहरुले पछिल्लो समयमा सुन्तला । कागती, मौसमी, कफी, अदुवा अलैंची खेतीबाट पनि मनग्य आम्दानी लिन थालेका छन् । गाउँ–गाउँमा सडक पुगेपछि आफ्नो उत्पादनहरुलाई बजारसम्म पु-याउन सहज भएपछि आधुनिक खेतीमा आकर्षित भएको कृषकहरुको भनाइ छ । जिल्लामा ०४६ सालसम्म गोरुसिङेदेखि सन्धिखर्कसम्म ६८ किमि कच्ची सडक रहेकोमा हाल करिब १२ सय किमि सडक निर्माण भएको जिल्ला प्रावधिकको कार्यालयले जनाएको छ । गाउँ–गाउँमा सडक पुगेपछि स्थानीय कृषकहरु नगदेबाली, फलफुलका अतिरिक्त पशुपालन व्यवसायमा पनि निकै आकर्षित भएका छन् । कृषकहरुले गाई तथा भैंसी पालन गरी मनग्य आम्दानी गरेका छन् । जिल्लाको पणेना, पटौटी, हंसपुर, खनदह, अर्घातोष, मरेङ, भगवती गाविसका कृषकहरुले यसै वर्ष मात्र पनि करिब दुई करोडको सुन्तला बिक्री गरेका छन् । जिल्लाको भगवती, अर्घातोष, मरेङ, पटौटी, पणेना, पोखराथोकबाट गरी करिब १५ सय लिटर दुध प्रत्येक दिन बिक्री हुने गरेको कृषकहरुको भनाइ छ ।अघिल्लो वर्षदेखि आधुनिक कृषि र सिँचाइका योजनाहरुमा बढी बजेट विनियोजन जिल्लाभरि रहेका जनाइएको छ । राजनीतिक दलहरुको बीचमा रहेको राम्रो सम्बन्धका कारण अर्घाखाँचीले पछिल्लो दशक विकासमा निक्कै फड्को मारेको छ । सबै गाविसका अधिकांश वडामा सडक पु-याएर ख्याति कमाएका जिल्लाबासीहरुले अहिले प्रत्येक गाविसमा टेलीफोन पु¥याएका छन् । गाउँ–गाउँमा उच्च मावि सञ्चालनको अभियानमा रहेको जिल्लाका नेताहरुको भनाइ छ । राजनीतिक विषयमा दलहरुका बीचमा सैद्धान्तिक मतभेद रहे पनि विकासका काममा सबैको एकरुपता रहेको नेकपा नेता चन्द्रबहादुर खड्का उज्ज्वलले बताए । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

मकैको चिउरा उद्योगको शिलान्यास

झापाको गौरादह नगरपालिका–५ स्थित महारानीझोडामा स्थापना गर्न लागिएको मकैको चिउरा उद्योगको शनिबार वाणिज्य तथा...

उन्नत तोरीको बीउ वितरण

तोरीखेतीमा आत्मनिर्भर बनाउने उद्देश्यले तुलसीपुर उपमहानगरपालिकाले यसवर्ष यहाँका किसानलाई ३० क्वीन्टल उन्नत...

तरकारीले मूल्य नपाउँदा किसान चिन्तित

उत्पादन भएको तरकारीले बजार नपाउँदा लमहीका किसान चिन्तित छन् । तरकारीले उचित बजार र मूल्य नपाउँदा उत्पादन भएका...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

चक्रजीको जीवन चक्र सकियो

अन्ततः सात वर्षको संघर्षपछि चक्र बाँस्तोलाले यो संसार त्याग्नु भएको छ, अर्को संसारका लागि उनको आफ्नो आत्मिक...
मनोरञ्जन / साहित्य अरु धेरै

प्रियंका र आयुष्मानको ʻप्रेम दिवसʼ शुभसाइत

चलचित्र ʻप्रेम दिवसʼको शुभसाइत गरिएको छ । घटस्थापनाको अवसर बुधबार काठमाडौंको मैतीदेवी मन्दिरमा शुभसाइत गर्दै...

सरकार यातायात व्यवसायीको सामुु लम्पसार

हिन्दु धर्मालम्बीहरुको महान् चाड दशैँ भित्रिएसगैँ आफ्नो जन्मथलो जाने मानिसहरुको पनि सँख्या अत्याधिक रुपमा...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै