logo

गरिबका लागि दिएको खाद्य संस्थानको चामल गोदाममै

आशिष बहादुर सिंह
बझाड.,जेठ ३१
नेपाल सरकारले ढुवानी अनुदान दिएर जिल्लाको दुर्गम साइपाल गाउँपालिकाको लागि भनेर वितरण गरिएको खाद्य संस्थानको चामललगायत खाद्यान्न वितरणमा अनिमितता भएको स्थानीयले गुनासो गरेका छन् । संस्थानले वितरण गरेको चामल र पिठोसमेत गुणस्तरहीन भएको स्थानीयको आरोप छ । ‘हाम्रा लागि भनेर ल्याएको सबै चामल चैनपुरमा नै यहाँका व्यापारीहरुलाई बिक्री गरेका रहेछन्’ चामल लिनका लागि धुलीबाट काँडा वितरण केन्द्रसम्म एक दिन हिँडेर पुगेकी केउडी बोहराले भनिन् । चामलको लागि तीन दिनसम्म काँडा मै बस्नु परेको र तीन दिनपछि पनि चामल सकिएको भन्दै पाँच किलोको ६ प्याकेट पिठो मात्रै पाएको बताउँदै उनले भनिन्, ‘कसैकसैको घरमा नअटाउने गरी खाद्यको चामल र पिठो दिएका छन् । हामीलाई तीन/तीन दिन कुराए । अन्तिममा चामल सकियो भन्दै दुई/चार प्याकेट पिठो दिएर पठाए ।’ उनले यहाँका धेरै स्थानीयले चाहेजति पिठो पनि नपाएको गुनासो गरिन् । ‘हामीले त थाहै पाएनौं । चामल र पिठो जति सबै रुपातोला (राजमार्ग छेउमा रहेको तल्कोट गाउँपालिका २ को एक बजार) मै काँडाका व्यापारीलाई बाँडेछन्’ साइपाल गाउँपालिकाकै एक व्यापारी धिर्क बोहराले भने,’ ‘गाउँका मान्छेले कसैले एक दुई बोरा पाए कसैले पाएनन् ।’ संस्थानद्वारा साइपाल गाउँपालिकामा वितरण गर्ने भनिएको चामलले त्यहाँका व्यापारीको गोदाम भरिएको उनले बताए । सस्तो मूल्यमा पाएका कारण यहाँका व्यापारीले ठूलो मात्रामा खाद्यान्न खरिद गरेको र संस्थानको चामल ढुवानी गर्ने ठेकेदारले रुपातोलामै खाद्यान्न बेचेर गाउँपालिकासम्मको भाडा असुल्ने नियतले यसो गरेको हुन सक्ने उनको अनुमान छ । रुपातोलाबाट साइपाल गाउँपालिकाको काँडासम्म प्रतिकिलो ५० देखि ७० रुपैयाँ ढुवानी भाडा रहेको उनले बताए । साइपाल गाउँपालिकाका बासिन्दाहरु नेपाल सरकारले बझाङ जिल्लामा खाद्यान्न र नुनमा दिएको ढुवानी अनुदान पाउनबाट वञ्चित रहेको र उनीहरुले निकै महँगो मूल्यमा नुनचामल किन्नु परिरहेको बारेमा समाचार प्रकाशित भएपछि सरकारले यस वर्षदेखि ढुवानी अनुदानमा गाउँपालिकामै नुन र चामल पु-याउने व्यवस्था गरेको हो ।
यस आर्थिक वर्षको लागि साइपाल गाउँपालिकामा नेपाल खाद्य संस्थानले चामल र पिठो गरेर दुई हजार क्विन्टलको कोटा छुट्याएको थियो । संस्थानले छुट्याएको कोटाबमोजिमको खाद्यान्न बिक्री वितरण गर्ने जिम्मा पाएको ठेकेदार कम्पनी कृष्ण भण्डार एण्ड सप्लार्यस र जालपादेवी सप्लायर्स जेभीका प्रतिनिधि दलबहादुर विष्टले स्थानीयले आरोप लगाएजस्तो वितरणमा अनियमितता नभएको दाबी गरे । सुरक्षा व्यवस्था गतिलो नभएका कारण कसैले बढी र कसैले कम चामल पाएको बताउँदै उनले भने, ‘लाइनमा लाग्नेहरु कसैले १० क्विन्टल पनि पाए नसक्नेले कम पनि पाए । वितरण गर्दा सुरक्षा व्यवस्था नभएका कारण यस्तो भएको हो । हामीले नियन्त्रण गर्न सक्ने अवस्था थिएन ।’ गाउँपालिकाको रोहवरमा नै सबै खाद्यान्न वितरण गरिएकोले यसमा आफूहरुको कुनै दोष नरहेको विष्टको भनाइ छ । यता साइपाल गाउँपालिकाका अध्यक्ष राजेन्द्र धामीले ठूलो परिमाणमा खाद्यान्न आएका कारण बिक्री हुँदैन कि भनेर सुरुमा जसले जति किन्न चाहे पनि बिक्री गरिएको र पछाडि आएका एक दुई जनाले चामल नपाएको कारण गुनासो गरेको हुन सक्ने बताए । उनले धलौनमा अझै पनि चामल मौज्दात रहेको भन्दै बाटैमा बिक्री गरिएको भन्ने स्थानीयको आरोप झुटो भएको बताए । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

दुर्घटनामा मृत्यु

मोटरसाइकलको ठक्करले सप्तरीमा आज एक साइकल यात्रीको मृत्यु भएको छ । सप्तकोशी नगरपालिका– ४ स्थित सडक खण्डमा...

बजारमा मागभन्दा बढी इन्धन : निगम

नेपाल आयल निगमले चाडपर्वको समयमा बजारमा पेट्रोलियम पदार्थको अभाव हुन नदिन पर्याप्तमात्रामा इन्धन वितरण गरिएको...

संस्थानको खसीबोका सकियो – बजार अनुगमन

सरकारले दशैँका अवसरमा उपत्यकामा बिक्री गर्न ल्याएको ३०७ वटै खसीबोका बिक्री भएको छ । नेपाल खाद्य संस्थानले...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

चक्रजीको जीवन चक्र सकियो

अन्ततः सात वर्षको संघर्षपछि चक्र बाँस्तोलाले यो संसार त्याग्नु भएको छ, अर्को संसारका लागि उनको आफ्नो आत्मिक...
मनोरञ्जन / साहित्य अरु धेरै

प्रियंका र आयुष्मानको ʻप्रेम दिवसʼ शुभसाइत

चलचित्र ʻप्रेम दिवसʼको शुभसाइत गरिएको छ । घटस्थापनाको अवसर बुधबार काठमाडौंको मैतीदेवी मन्दिरमा शुभसाइत गर्दै...

सरकार यातायात व्यवसायीको सामुु लम्पसार

हिन्दु धर्मालम्बीहरुको महान् चाड दशैँ भित्रिएसगैँ आफ्नो जन्मथलो जाने मानिसहरुको पनि सँख्या अत्याधिक रुपमा...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै