logo

देवदह नगरले विद्यालयमा बौद्ध शिक्षा पढाउने

पोषकान्त पोखरेल
बुटवल, जेठ ३१
रुपन्देहीको देवदह नगरपालिका नेपाल अधिराज्यभरका सात सय ५३ स्थानीयतहहरुमध्ये बौद्ध शिक्षासम्बन्धी पाठ्यपुस्तक राख्ने पहिलो स्थानीय तह भएको छ । नगरपालिकाले बुधबार ‘बौद्ध शिक्षा र देवदह परिचय’ नामक पाठ्यपुस्तकको प्रदेश नं. ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालद्वारा विमोचन गराएसँगै बौद्ध शिक्षाको पाठ्यपुस्तक राख्ने पहिलो स्थानीय तह भएको हो । नगर शिक्षाप्रमुख हरिलाल अर्यालको सञ्चालन, नगरप्रमुख हिरा बहादुर कार्कीको अध्यक्षता तथा प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालको प्रमुख आतिथ्यमा सम्पन्न भएको कक्षा ६ र ७ को लागि ‘बौद्ध शिक्षा र देवदह परिचय’ नामक उक्त पाठ्यपुस्तक विमोचन कार्यक्रममा बोल्ने वक्ताहरुले नगरपालिका अभिभावक भएर अभिभावकको जिम्मेवारीअन्तर्गतका कार्यहरु गर्दै अगाडि बढ्नुपर्ने धारणा राखे । वक्ताहरुले बुद्धको विचारलाई अनुशरण गरेर चरित्र सुधार गर्दै सबल र सक्षम जनशक्ति तयार गर्नुपर्ने बताए । कार्यक्रमका प्रमुख अतिथि तथा प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले पाठ्यक्रमको विकास स्थानीय तहको धेरै पहिलेको प्रयास भए पनि सक्षम हुन नसकेकोमा दुःख व्यक्त गरे । उनले नगरपालिकाले पाठ्यक्रमको विषयमा बनाएको योजना देवदह नगरपालिका मात्र नभएर प्रदेश र राष्ट्रकै अनुकरणीय विषय भएको बताए । उनले बौद्ध शिक्षा अहिलेको विश्वलाई आवश्यक भएको बताए । गौतमबुद्धको जन्मस्थल लुम्बिनीको विकासको लागि विश्वको ध्यान भएको हुँदा गौतमबुद्धसँग सम्बन्धित कपिलवस्तुको तिलौराकोट दरबार र मावलीस्थल रुपन्देहीको देवदहको विकास पनि सँगै–सँगै गर्नुपर्ने धारणा मन्त्री बरालले राखे । कक्षा ६ र ७ को पाठ्यपुस्तकअन्र्तगत राखिएको बौद्ध शिक्षा र देवदह परिचय नामक पाठ्यपुस्तकको बारेमा संक्षिप्त टिप्पणी गर्दै मन्त्री बरालले कक्षा ६ र ७ मा अध्ययन गर्ने विद्यार्थीहरु १३/१४ वर्षका हुने हुँदा उनीहरुको मनस्तिथिले सहज ढंगबाट स्मरण गर्न सक्नेगरी कथा, गीतलगायतका सरल माध्ययमहरु पनि समावेश गरी पाठ्यक्रमको विकास गर्नुपर्ने बताए ।
त्यसैगरी नगरप्रमुख हिरा बहादुर खत्रीले विश्वमा बढ्दै गएको शक्तिको लडाइँ, आपसी द्वन्द्व, हातहतियारको होडबाजीलगायतका चिन्ताजनक विषयहरु दिनप्रतिदिन बढ्दै जाँदा मानिसलाई डर, त्रासमा बाच्चुपर्ने बाध्यात्मक स्थितिलाई मध्यनजर गर्दै नगरपालिकालाई आध्यात्मिक तथा शान्ति क्षेत्रकोे रुपमा विकास गर्न योगदान दिन सक्नेगरी भविष्यका कणदार मानिने विद्यार्थीहरुलाई विद्यालयस्तरबाटै तयार गर्ने उद्देश्यका साथ नगरपालिकाका सबै शैक्षिक संस्थामा अनिवार्यरुपमा लागू हुनेगरी ‘बौद्ध शिक्षा र देवदह परिचय’ नामक पाठ्यपुस्तक तयार गरेको बताए । उनले गत शैक्षिक सत्रमा कक्षा ६ का सामुदायिक विद्यालयहरुमा मात्र अध्यापन गराइएको जानकारी गराउँदै नगर प्रमुखमा निर्वाचित भएपछि ३३ वटा सामुदायिक र १४ वटा संस्थागत विद्यालयहरुको साथै स्थानीय बुद्धिजीवी, राजनीतिक कर्मी, समाजसेवी, पाठ्यक्रम विकासका विज्ञहरु, बौद्ध दर्शनमा विद्यावारिधि गरेका विद्वान्हरुलगायत बुद्धसँग जोडिएका सबै सरोकारवालाहरुसँगको लामो छलफल र ठूलो मेहनतले बौद्ध शिक्षासम्बन्धी कक्षा ६ र ७ को पाठ्यपुस्तक तयार गर्न सम्भव भएको बताए । पाठ्यक्रममा नगरपालिकाको पहिलो प्रयास भएकोले सुरुमै सबै कक्षामा लागू हुनेगरी पाठ्यपुस्तक तयार गर्न नसकेको बताउँदै नगरप्रमुख खत्रीले क्रमशः विज्ञहरुको सुझाव र नगरपालिकाको आवश्यकताअनुसार ८, ९ र १० लगायत अन्य कक्षाहरुमा पनि बौद्ध शिक्षासम्बन्धी पाठ्यपुस्तक राख्न सकिने धारणा राख्दै नगरपालिकाको विकासमा हातेमालो गरेर लाग्नुपर्ने बताए । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

दुर्घटनामा मृत्यु

मोटरसाइकलको ठक्करले सप्तरीमा आज एक साइकल यात्रीको मृत्यु भएको छ । सप्तकोशी नगरपालिका– ४ स्थित सडक खण्डमा...

बजारमा मागभन्दा बढी इन्धन : निगम

नेपाल आयल निगमले चाडपर्वको समयमा बजारमा पेट्रोलियम पदार्थको अभाव हुन नदिन पर्याप्तमात्रामा इन्धन वितरण गरिएको...

संस्थानको खसीबोका सकियो – बजार अनुगमन

सरकारले दशैँका अवसरमा उपत्यकामा बिक्री गर्न ल्याएको ३०७ वटै खसीबोका बिक्री भएको छ । नेपाल खाद्य संस्थानले...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

चक्रजीको जीवन चक्र सकियो

अन्ततः सात वर्षको संघर्षपछि चक्र बाँस्तोलाले यो संसार त्याग्नु भएको छ, अर्को संसारका लागि उनको आफ्नो आत्मिक...
मनोरञ्जन / साहित्य अरु धेरै

प्रियंका र आयुष्मानको ʻप्रेम दिवसʼ शुभसाइत

चलचित्र ʻप्रेम दिवसʼको शुभसाइत गरिएको छ । घटस्थापनाको अवसर बुधबार काठमाडौंको मैतीदेवी मन्दिरमा शुभसाइत गर्दै...

सरकार यातायात व्यवसायीको सामुु लम्पसार

हिन्दु धर्मालम्बीहरुको महान् चाड दशैँ भित्रिएसगैँ आफ्नो जन्मथलो जाने मानिसहरुको पनि सँख्या अत्याधिक रुपमा...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै