logo

रोजगारीको नाममा विदेशमा अलपत्र पार्ने कम्पनीलाई उन्मुक्ति

‘फोनबाट गुनासो राख्दा त्यो समस्या आफ्नो होइन भन्दै दूतावास पन्छियो’

रोशन कार्की
काठमाण्डौं, जेठ ३१
बढ्दो बेरोजगारीको मौका उठाउँदै विभिन्न देशमा रोजगारी लगाइदिने भन्दै अत्यधिक शुल्क असुली विदेशी भूमिमा अलपत्र पार्ने कम्पनीलाई सरकारले उन्मुक्ति दिँदै कुनै पनि अनुसन्धान समेत गरेको छैन । श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतकै विभागमा विदेशी भूमिमा अलपत्र पार्ने कम्पनीका बारेमा पटक–पटक कारबाहीका लागि आग्रह गर्दा समेत कुनै चासो नदिई उल्टो थप युवायुवतीलाई विदेश लैजान पाउने स्वीकृति दिएको छ । प्राप्त विवरणअनुसार काठमाडौं महानगरपालिका महाराजगञ्जस्थित रहेको इन्टरनेशनल जब लिंकम्यानपावर कम्पनीविरुद्ध उजुरी पर्दा समेत अहिलेसम्म कुनै पनि अनुसन्धान समेत गरेको छैन । सो म्यानपावर कम्पनीले हालै कतारमा काम गर्नभन्दै पठाएको ३७ जना नेपाली युवायुवतीहरुलाई कतारमा अलपत्र पारेको छ । उनीहरुलाई विभिन्न लोभदेखाई अत्यधिक शुल्क असुली गरी सो भूमिमा पु¥याएर अलपत्र पारेको पाइएको हो । अलपत्रमा परेकाको उद्धार नगरी फेरि सोही कम्पनीलाई ५५ जना नेपालीलाई कतार पठाउनवैदेशिक रोजगार विभागले स्वीकृति दिएको छ । सो विभागले कतारमा अलपत्र परेका ३७ जना नेपालीको बारेमा कुनै पनि कारबाही गरेको छैन । तर ३७ जना नेपालीलाई विदेशमा अलपत्र पार्ने जब लिंक नामक म्यानपावर कम्पनीलाई नै उन्मुक्ति दिँदै कतारमा पुनः ५५ जना नेपाली युवायुवती पठाउने नयाँ स्वीकृतिपाएको छ ।सो म्यानपावर कम्पनीले कतारको अल टुलाथ ट्रेडिङ एण्ड कन्ट्राक्टिङ कम्पनीमा रोजगारीका लागिभन्दै पठाएका ३७ जना नेपालीहरु तलब र भत्ता नपाउँदा भोकै बस्नुपरेको छ । ती युवायुवतीलाई मासिक ४५ हजार हुने भन्दै नेपाली म्यानपावरले प्रतिव्यक्ति एक लाख २० हजार रुपैयाँ असुली गरेको पीडितहरुले पठाएको नामको सूचीमा उल्लेख छ । ४५ हजार रुपैयाँ तलब खाने बस्ने कम्पनीले व्यहोर्ने भन्दै अत्यधिकमात्रामा शुल्क असुली गरेका थिए । कतार पुगेपछि कम्पनीले सुख्खा २१ हजार (नेपाली) रुपैयाँभन्दाबढी नदिने र खाना बस्नको व्यवस्थापन समेत कामदारले नै गर्नुपर्ने बताएपछि ३७ जना युवाहरु कतारमा अलपत्र परेको पीडितले बताएका छन् ।
इन्टरनेशनल जब लिंकसँग करार सम्झौता हुँदा उक्त सम्झौतामा मासिक एक हजार पाँच सय कतारी रियाल अर्थात् मासिक ४५ हजार नेपाली रुपैयाँ दिने उल्लेख गरिएको थियो ।तर, उनीहरुलाई सुरुका दुई ती महिना मासिक सातसय कतारी रियल अर्थात् मासिक २१ हजार नेपाली रुपैयाँमै काम लगाएको पीडितको गुनासो रहेको छ । पछि सोही कम्पनीमा अहिले अधिकांशको चार महिनाको तलब र भत्ता दिएको छैन । एकातर्फ श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टले कामका लागि विदेश जाने नेपालीको हितका लागि सरकारले प्रभावकारी कदम चाल्ने बताउँदै आए पनि व्यवहारमा भने लागू भएको पाइँदैन । मन्त्री विष्टले पदभार ग्रहण गरेसँगै देशभित्रै रोजगारी सिर्जना गर्न कार्ययोजना बनाउने र श्रमिकको हकहितको लागि सामाजिक कल्याणको योजना पनि ल्याउने बताए । उनले कामदारहरुको पासपोर्ट होल्ड गर्ने, कानुनविपरीत ठूलो रकम उठाउने, एउटा कम्पनी र काम भनेर अर्कैमा पु-याइदिने, पैसा लिएर पनि विदेश नपठाइदिने, ठगेको रकम फिर्ता नदिने लगायतका समस्या वैदेशिक रोजगारीको क्षेत्रमा व्याप्त रहेको भन्दै अब सो कार्य तत्काल बन्द गर्न समेत म्यानपावर कम्पनी सञ्चालकहरुलाई चेतावनी दिए पनि रोजगारीको नाममा विदेशी भूमिमा लगी अलपत्र बनाउने कार्यमा भने नियन्त्रण हुनसकेको छैन ।
विभिन्न ठगी धन्दामा संलग्न म्यानपावरहरुले अहिले राजनीतिक दलहरुबाटै संरक्षणमा सो अवैध धन्दा चलाएको आरोप समेत लागेको छ । सरकारले म्यानपावर कम्पनीमाथि कडाइ नगर्दा युवाहरु लाखौं रकम बुझाएर विदेशमा काम खोज्दै विदेशिँदैछन् । २५ वर्षका बीचमा ५० लाख युवाले जागिर खोज्दै वैधानिक बाटोबाटै देश छाडेका छन् ।युवाहरु म्यानपावरबाट ठगिएर विदेशमा बिचल्लीमा पर्ने घटना बढ्दै गएको छ । विदेशमा भनेअनुसारको तलब नपाउने, जोखिमपूर्ण काम गर्नुपर्ने, विदेशी भूमिमा पीडा खेप्नुपर्ने, स्वदेश फर्किन कठिन हुने, कतिपय अवस्थामा जेल–सजाय भोग्नुपर्ने र ज्यानसमेत गुमाउनेसम्मका अवस्थाबाट नेपाली कामदार पीडित छन् । ज्यान जोगाएर फर्किएकाहरुले क्षतिपूर्ति पनि नपाउने र पाइहाले १० हजार (बिलमा भएको मात्रै) फिर्ता पाउने अवस्था विद्यमान छ । वैदेशिक रोजगारीमा रहेका विकृति हटाउन बनेका थुप्रै योजनाहरु अहिलेसम्म अलपत्र परेका छन् । मानव बेचविखनको मुद्दासँग जोडिएका कामदारका समस्या सम्बोधन गर्ने गरी सुधार र नियमनका योजना ल्याउनुपर्नेमा मन्त्री विष्टले सकेका छैनन् । कामदारलाई ठग्नेसहित मानव बेचविखनमै संलग्न रहेका धेरै म्यानपावर सञ्चालकसँग विभागका कर्मचारीदेखि राजनीतिक दलका नेतासम्मको साँठगाँठ रहेको विभिन्न घटनाक्रमले पुष्टि गरिसकेको छ । तोकिएभन्दा बढी पैसा उठाउने म्यानपावर कम्पनीको ठगी धन्दा अझ बढ्दै गएको छ । त्यसका लागि भएका कानुनको कार्यान्वयनमा सरकार मूकदर्शक भएर बसेको छ ।ट्राभल भिसामा लगेर कामदारलाई अलपत्र पार्ने क्रम रोक्न पनि ठोस योजना सरकारले बनाउन नसक्दा म्यानपावर कम्पानीको अवैध धन्दा फस्टाएको हो ।
म्यानपावर कम्पनीका सञ्चालकहरुले आफूहरुलाई ठगिएको र काम गरेको कम्पनीले सम्झौताअनुसारको तलब नदिएको भन्दै ती युवाहरु केही समयअगाडि कतारस्थित नेपाली दूतावासमा पनि पुगेका थिए । तर दूतावासका कर्मचारीहरुले आफूहरुलाई भेट नै नदिएको पीडित युवाले गुनासो गरेका छन् । पीडित युवायुवतीले भने,‘हामी तीन घण्टा दूतावासमै कुरेर बस्यौँ, तर उहाँहरु मिटिङमा हुनुहुन्छ भन्दै हामीलाई समय नै दिएनन् ।’ फोनबाट गुनासो राख्दा पनि त्यो समस्या आफ्नो होइन भन्दै दूतावास पन्छिएको पीडित युवाले बताए ।इन्टरनेशनल जब लिंक म्यानपावरले गएको कात्तिक महिनामा ती युवाहरुलाई कतारको अल टुलाथ ट्रेडिङ एण्ड कन्ट्राक्टिङ कम्पनीमा ड्राइभर, इलेक्ट्रिसियन र प्लम्बरका रुपमा काम गर्नका लागि पठाएको थियो । तर म्यानपावरले भनेजस्तो काम र तलब भत्ता नपाएपछि उनीहरुले पटक–पटक म्यानपावर कम्पनीलाई फोन सम्पर्क गरी नेपाल फर्काइदिन आग्रह गरेका थिए । म्यानपावर कम्पनीले भने आफूहरुले केही गर्न नसक्ने भन्दै बढ्ता चलखेल गरे कतारको जेलमा पुग्ने धम्की दिएको ती युवाले बताएकाछन् । यसैबीचभीएलएनका अध्यक्ष रामकुमार श्रेष्ठविरुद्ध महानगरीय प्रहरीपरिसर ललितपुरमा ठगीको उजुरी परेको छ।अध्यक्ष श्रेष्ठलाई काठमाडौं जिल्ला अदालतले धरौटीमा छोड्ने आदेश दिनेबित्तिकै फेरि प्रहरीले श्रेष्ठलाई पक्राउ गर्ने भएको छ । परिसर ललितपुरले काठमाडौंको मुद्दा सकिनेबित्तिकै ललितपुर प्रहरीलाई बुझाउन पत्र काटेको छ।वैदेशिक रोजागरीमा मलेसिया जाने कामदारको स्वास्थ्य परिक्षणको नाममा तीन अर्ब रुपैयाँ ठगी गरेको अभियोगमा सरकारी वकिल कार्यालयले सोमबार श्रेष्ठविरुद्ध दुई अर्ब ८६ करोड १५ लाख रुपैयाँबराबरको बिगोसहित मुद्दा दर्ता गराएको हो । मंगलबार अदालतमा श्रेष्ठको थुनछेक बहस भइरहेको छ। अदालतले श्रेष्ठलाई धरौटीमा छोड्ने आदेश दिए पनि १० करोड रुपैयाँभन्दा बढी धरौटी बुझाएपछि उनी छुट्नेछन् । प्रहरीले जेठ ७ गते स्वास्थ्य परीक्षणमा संलग्न ३९ वटा संस्था, वान स्टेप सेन्टर (ओएससी), भीएलएन र जीएसजी कम्पनीमा छापा मारेको थियो । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

उपयुक्त समयमा नेपाल भ्रमण – चिनियाँ राष्ट्रपति

छ दिने औपचारिक भ्रमणका क्रममा चीनमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज चिनियाँ राष्ट्रपति सी...

न्यून आय भएका दलित तथा एकल महिलालाई तालीम

पछिल्लो समय काठमाडौँ महानगरपालिकाले न्यून आय भएका, दलित महिलालाई सशक्त बनाउन विभिन्न किसिमका उद्यमशील तालीम...

सप्तकोशीमा ट्रक खस्दा दुईको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तकोशीमा आज ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन्...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...
मनोरञ्जन / साहित्य अरु धेरै

सगरमाथा म्युजिक अवार्ड हुँदै

‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराको साथ...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै