logo

रेमिट्यान्सको वृद्धिदरमा सङ्कुचन

एसियाली राष्ट्रद्वारा प्राप्त कुल रेमिट्यान्समा नेपालको हिस्सा पाँच दशमलव सात प्रतिशत

सुरेश राउत
काठमाण्डौं, जेठ ३१

रेमिट्यान्सको वृद्धिदरमा संकुचन आएको छ । नेपाल राष्ट्र बैंकको अनुसन्धान विभागले सार्वजनिक गरेको निःशुल्क भिसा तथा टिकटको प्रावधानको वैदेशिक रोजगारीमा प्रभावसम्बन्धी प्रतिवेदनअनुसार पछिल्लो समय वैदेशिक रोजगारीमा जानेहरुको संख्या घट्दै गएकाकारण रेमिट्यान्सको वृद्धिदरमा संकुचन आएको हो । राष्ट्र बैंकले विश्व बैंकको प्र्रतिवदेन १६ समेतलाई आधार मानेर सार्वजनिक गरेको प्र्रतिवेदनअनुसार सन् २०१५ मा विश्वभरमा पाँच सय ८० अर्ब छ करोड अमेरिकी डलर रेमिट्यान्स भित्रिएको थियो ।विश्वले प्राप्त गरेको रेमिट्यान्समा दक्षिण एसियाली मुलुकको हिस्सा २० दशमलव दुई प्रतिशत र त्यसमा पनि नेपालको हिस्सा एक दशमलव दुई प्रतिशत रहेको छ । दक्षिण एसियाली मुलुकलेप्राप्त गरेको रेमिट्यान्समा नेपालको हिस्सा पाँच दशमलव सात प्रतिशत रहेको देखिन्छ । विश्वबजारमा सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने मुलुकमा भने भारत रहेको छ । भारतले मात्र कुल विश्व बजारको ११ दशमलव नौ प्रतिशतरेमिट्यान्स भित्र्याउने गरेको छ । दक्षिण एसियाली राष्ट्रको कुल रेमिट्यान्समा भारत भित्र्याउने रेमिट्यान्सको हिस्सा ५८ दशमलव छ प्रतिशत रहेको छ । पाकिस्तानले पनि विश्वबजारबाट तीन दशमलव तीन प्रतिशतरेमिट्यान्स भित्र्याउने गरेको छ । यो रेमिट्यान्स दक्षिण एसियाली राष्ट्रहरुले भित्र्याउने कुल रेमिट्यान्समध्ये १६ दशमलव चार प्रतिशत हो । बंगलादेशले भने कुल विश्वबजारको दुई दशमलव सात प्रतिशत अर्थात् दक्षिण एसियाली राष्ट्रहरुमध्ये १३ दशमलव एक प्रतिशतरेमिट्यान्स भित्र्याउने गरेको छ । यसैगरी श्रीलंकाले पनि विश्वको कुल रेमिट्यान्सबाट एक दशमलव दुई प्रतिशतको अनुपातमा रेमिट्यान्स भित्र्याउने गरेको छ । प्रतिवेदनअनुसार श्रीलंकाले भित्र्याएको रेमिट्यान्स दक्षिण एसियाली राष्ट्रहरुले वार्षिकरपमा भित्र्याएको रेमिट्यान्सको पाँच दशमलव नौ प्रतिशत हो । 

विश्व बैंकको प्रतिवेदनलाई आधार मानेर राष्ट्र बैेंकले सार्वजनिक गरेको उक्त प्रतिवेदनअनुसार सन् २०१३ मा विदेशी नागरिकको प्रमुख गन्तव्य मुलुकमा अमेरिका, साउदी अरेबिया, जर्मनी, रसिया, संयुक्त अरब इमिरेट्सलगायतका देश तथा उच्च संख्यामा विदेशमा बसोबास र रोजगारी गरिरहेका नागरिकको आधारमा भारत, मेक्सिको, रसिया, चीन, बंगलादेश, पाकिस्तानलगायतका देश रहेका थिए । त्यसैगरी, देशको जनसंख्यामा विदेशी नागरिकको हिस्सा उच्च हुने देशहरुमा कतार, संयुक्त अरब इमिरेट्स, अमेरिकन सोमाओ, सेन्ट मार्टिन, कुवेतलगायतका देश रहेका थिए । प्रतिवेदनअनुसारसन् २०१४ मा उच्च मात्रामा विप्रेषण पठाउने मुलुकमा अमेरिका, साउदी अरेबिया, रसिया,स्विट्जरल्याण्ड, जर्मनी, यु.ए.ई.लगायत तथा प्राप्त गर्नेमा भारत, चीन, फिलिपिन्स,मेक्सिको, फ्रान्स, नाइजेरिया, इजिप्ट, पाकिस्तान, बंगलादेशलगायतका देश रहेका छन् । कुल गार्हस्थ्य उत्पादनसँगको अनुपातको आधारमा उच्च विप्रेषण पठाउने मुलुकमालग्जम्बर्ग, लाइबेरिया, मार्सल आइल्याण्ड, लेबनान, कुवेतलगायत तथा प्राप्त गर्ने मुलुकमाताजकिस्तान, क्रिगिज रिपब्लिक, नेपाल, टोङ्गा, माल्दोभालगायतका देश रहेका थिए ।
प्रतिवेदनअनुसार भने नेपालमा वैदेशिक रोजगारी तथा विप्रेषण आप्रवाहको अवस्थापछिल्ला वर्षहरुमा वैदेशिक रोजगारमा जानेहरुको संख्या घट्दै गएको छ । आर्थिक वर्ष२०५०/०५१ मा तीन हजार छ सय पाँच जना नेपाली वैदेशिक रोजगारीमा गएकोमा आर्थिक वर्ष २०६०/०६१ मा एकलाख छ हजार तथा आर्थिक वर्ष २०७०/०७१ मा पाँच लाख २७ हजार गएको देखिन्छ । तर,यस्तो संख्यामा आर्थिक वर्ष २०७१/०७२ मा दुई दशमलव आठ प्रतिशतले, आर्थिक वर्ष २०७२/०७३ मा१८ दशमलव चार प्रतिशतले र आर्थिक वर्ष २०७३/०७४ मा चार दशमलव सात प्रतिशतले कमी आएको छ । प्रतिवेदनअनुसार आर्थिक वर्ष २०३२/०३३ मा ट्रान्सफर आप्रवाह २३ करोड १३ लाखरहेकोमा आ.व. २०५०/०५१ मा तीन अर्ब ४७ करोड रहेको थियो । आर्थिक वर्ष२०५७/०५८ मा ४७ अर्ब २२ करोड रहेको विप्रेषण आप्रवाह आर्थिक वर्ष २०७२/०७३ मा छ खर्ब ६५ अर्ब र आर्थिक वर्ष २०७३/०७४ मा छ खर्ब ९५ अर्ब रहेको थियो ।आर्थिक वर्ष २०७०/०७१ मा २५ प्रतिशतले बढेकोमा त्यसपछिका वर्षहरुमा क्रमशः घट्दैगई आर्थिक वर्ष २०७१/०७२ मा १३ दशमलव छ प्रतिशत, आर्थिक वर्ष २०७२/०७३ मा सात दशमलव सात प्रतिशत रआर्थिक वर्ष २०७३/०७४ मा चार दशमलव सात प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

कागेश्वरी मनोहरालाई स्वच्छ बनाउन वृक्षरोपण अभियान

‘स्वच्छ, सफा, हराभरा, बनाऔँ कागेश्वरी मनोहरा’ भन्ने नाराका साथ कागेश्वरी मनोहरा नगरपालिकाको तीन वडामा बिरुवा...

सञ्चार सम्बन्धी अभ्यास : सम्पन्न

नेपाली सेना र मित्र राष्ट्र अमेरिकी सेनाकोे संयुक्त आयोजनामा मिति २०७५/४/२१ गतेबाट होटल याक एण्ड यतिमा २० (बीस)...

विद्यार्थी सङ्गठनको नाम ‘अनेरास्ववियु’ हुने

नेपाल कम्युनिष्ट पार्टी नेकपा को भ्रातृ सङ्गठन विद्यार्थी सङ्गठनको नाम ‘अनेरास्ववियु’ राखिने भएको छ । आज बसेको...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

भुइँचालोले विधवा बनाएको बारपाक (भाग—१)

अलमस्त छे धरती, यो कल कल किरण, यी वनफूल, चहचह चिरबिर ! कुहूकुहू कोइली, कति मीठो छ आहा जिन्दगी ! प्रभातको हिमाल हेरेर म...
मनोरञ्जन / साहित्य अरु धेरै

स्कट नेपाल रोदीघरले चर्चा कमाउँदै

विगत केही समय पहिलादेखि सञ्चालनमा आएको स्कट नेपाल रोदी घरले दिनप्रतिदिन आफ्नो चर्चा विस्तार गर्दै गएको छ । यो...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै