logo

भरतपुरलाई मेडिकल सिटी बनाउनुपर्छ : अध्यक्ष दाहाल

चितवन, जेठ ३०
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले चितवनलाई मेडिकल सिटीका रुपमा विकास गर्नुपर्ने बताएका छन् । जिल्लाका स्वास्थ्यकर्मीहरुले आज यहाँ आयोजना गरेको समग्र चितवनको स्वास्थ्य विकाससम्बन्धी गोष्ठीलाई सम्बोधन गर्दै उनले स्वास्थ्यका पूर्वाधारहरु बन्दै गएकाले भरतपुरलाई मेडिकल सिटीका रुपमा विकास गर्न सहज हुने बताए । चितवन क्षेत्र नं ३ बाट निर्वाचित सांसदसमेत भएका दाहालले यहाँको सरकारी अस्पताल, क्यान्सर अस्पताल, दुई मेडिकल कलेज र दुई दर्जन निजी अस्पतालले पु-याएको सेवाको चर्चा गर्दै स्वास्थ्य सेवाको स्तरवृद्धि गरी मेडिकल सिटीका रुपमा विकास गर्नुपर्ने बताए । भरतपुर महानगरको नेतृत्वमा समिति निर्माण गरी जिल्लाको स्वास्थ्य क्षेत्रको विकास गर्नुपर्ने भन्दै उनले त्यसका लागि आफ्नो तर्फबाट सहयोग गर्ने बताए । भरतपुर महानगरपालिकाको गुरुयोजना देशकै नमूना गुरुयोजना बनाएर राष्ट्रलाई दिशानिर्देश गर्नुपर्ने उनले बताए । कार्यक्रममा स्वास्थ्य अनुसन्धान परिषद्का उपाध्यक्ष डा भोजराज अधिकारीले कार्यपत्र प्रस्तुत गर्दै स्वास्थ्यमा पनि समृद्ध चितवन बनाउनुपर्ने बताए । समग्र चितवनको स्वास्थ्य क्षेत्रको विकासका लागि बोर्ड गठन गरी एकद्वार प्रणालीबाट काम गर्नुपर्ने उनले बताए । रोगको अनुसन्धानका लागि उच्चस्तरको प्रयोगशाला जिल्लामा स्थापना गर्नुपर्ने पनि उनले बताए । जनस्वास्थ्य कार्यालय, चितवनका प्रमुख विजयकुमार झाले चितवन मेडिकल हवसँगै रोगको पनि हव बन्दै गएको भन्दै समयमै सतर्कता अपनाउनुपर्ने बताए । उनले यस्तो जिल्लामा पनि चेपाङ समुदायमा बच्चाले नै बच्चा पाएको भन्दै त्यसतर्फ राज्यको ध्यान जानुपर्ने बताए । कार्यक्रममा भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा रबिन खड्काले भरतपुर अस्पताल र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यले क्यान्सर अस्पतालका समस्या, चुनौती र  भावी कार्यक्रमका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । रासस

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

आपराधिक घटना न्यूनीकरण गर्न विशेष सुरक्षा

केही समययता यौनजन्य दुव्र्यवहार र अपराधका घटना वृद्धि भएकाले त्यसको नियन्त्रण तथा रोकथामका लागि जिल्ला प्रहरी...

सेजन र फ्याक्टसबीच सम्झौता

नेपाल आर्थिक पत्रकार समाज सेजन र ‘फ्याक्ट रिसर्च एण्ड एनालिटिक्स रिसर्च कम्पनी’बीच ‘स्व सञ्जय न्यौपाने आर्थिक...

कर हटाउन माग

काठमाडौँ उपत्यकामा ट्याङ्करमार्फत खानेपानी आपूर्ति गर्दै आएका विभिन्न सङ्घसंस्थाले स्थानीय सरकारले सङ्कलन...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

कांग्रेसको नजरमा केपी ओली नेतृत्वको सरकार चुकेको सात विषय

बजार मूल्यमा चर्को वृद्धिको भार बोकिरहेका नागरिकलाई स्थानीय तहमा अचाक्ली वृद्धि गरिएको करले झनै ढाड सेक्ने...
मनोरञ्जन / साहित्य अरु धेरै

‘कार किन्देऊ किन्ने भा’ तीजगीत सार्वजनिक (भिडियोसहित)

गायक तथा पत्रकार रामप्रसाद पाठक र मञ्जु घिमिरेको संयुक्त प्रस्तुतिमा यस वर्षको पृथक् शैलीमा तयार भएको तीजगीत...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै