logo

खानेपानी आयोजनामा सौर्य ऊर्जा जडान

कञ्चनपुर, जेठ ३०
जिल्लामा सञ्चालनमा रहेका तीनवटा खानेपानी आयोजनामा सौर्य ऊर्जा जडानको कार्य शुरु गरिएको छ । खानेपानी मन्त्रालयको सहयोगमा विद्युतीय भार कम गर्न सौर्य ऊर्जा जडान थालिएको हो । भीमदत्त नगरपालिकाको आदर्श खानेपानी आयोजना, शुक्लाफाँटा नगरपालिकाको झलारी खानेपानी आयोजना, बेलौरी खानेपानी आयोजना र त्रिभुवनबस्ती खानेपानी आयोजनमा सौर्य ऊर्जा जडान भइरहेको सूर्योदय ऊर्जा प्रालिका प्राविधिक नरेन्द्रराज जोशीले बताए । “झलारी र आदर्श खानेपानी आयोजनामा सौर्य ऊर्जा जडानको काम पूरा भएको छ”, उनले भने, “बेलौरी र त्रिभुवनबस्तीमा एक साताको अवधिमै सौर्य ऊर्जा जडान हुन्छ ।” प्रत्येक खानेपानी आयोजनमा सौर्य ऊर्जाका ४५ वटा पाता जडान गरिएका छन् । एउटा पाताबाट ३१५ वाट सौर्य ऊर्जा प्राप्त हुन्छ । एउटा आयोजनाका लागि जडान गरिएका पाताबाट करीब १४ किलोवाट सौर्य ऊर्जा प्राप्त हुन्छ ।
विद्युत्को आपूर्ति नहुँदा खानेपानीबाट समेत वञ्चित हुनुपरेको झलारी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष कमलापति भट्टले बताए । सौर्य ऊर्जा जडानपछि अब उपभोक्ताले बिना झन्झट चौबिसै घण्टा सहज रुपमा खानेपानी पाउने भएका छन् । आयोजनाले बुझाउँदै आएको विद्युत् महशुलसमेत न्यून हुने भएको छ । तराई क्षेत्रमा सौर्य ऊर्जा भरपर्दो रहे पनि बादल लागेका बेला मात्रै आकस्मिक रुपमा विद्युत्को प्रयोग गर्नुपर्ने र अन्य बेला सौर्य ऊर्जाले कार्य गर्ने बताइएको छ ।

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

गोहीको बासस्थान र प्रजनन प्रक्रियाबारे अनुगमन

वर्षा शुरु भएसँगै खोला नदीमा बाढी आउँदा संकटापन्न अवस्थामा रहेको घडियाल गोहीको बासस्थानको अवस्था र प्रजनन...

लागुऔषधविरुद्ध सीमा क्षेत्रमा हेल्प डेस्क स्थापना

लागूऔषधविरुद्ध जानकारी एवं परामर्श दिने उद्देश्यले नेपाल–भारत सीमावर्ती क्षेत्र सप्तरीको तिलाठी कोइलाडीमा...

जयनगर–जनकपुरमा रेलमार्ग तयार, छैन रेल ऐन

सरकारले आगामी पुसको अन्त्यसम्म जयनगर–जनकपुर–कुर्था र बथनाहा–बिराटनगर रेलमार्ग सञ्चालनमा ल्याउने भएको छ...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

“ शैक्षिक अराजकता र निजी बोर्डिङको दादागिरी “

निजी विद्यालयसँग चन्दा असुल गर्नु नेपालका राजनीतिक पार्टीहरुको रोग हो । रोग मात्रै होइन यसलाई त म क्यान्सर रोग...
मनोरञ्जन / साहित्य अरु धेरै

सगरमाथा म्युजिक अवार्ड हुँदै

‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराको साथ...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै