logo

नेकपा माओवादी केन्द्र महाधिवेशन आयोजक समितिका निर्णय

काठमाडौँ, जेठ ३०
पार्टी नेता पुष्पकमल दाहाल प्रचण्ड लगायतले नेकपा माओवादी केन्द्र परित्याग गरी गएको भन्दै नेकपा माओवादी केन्द्र महाधिवेशन आयोजक समितिले आफ्ना उपलब्ध सदस्यको बैठक गरी विभिन्न निर्णय गरेको छ । ती निर्णयहरु सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष गोपाल किरातीले महान जनयुद्वद्वारा स्थापित माओवादी कम्युनिष्ट आन्दोलनको विचार, भावना र इतिहासको एकीकृत निरन्तरता दिन बैठक बसी विभिन्न निर्णय गरिएको जानकारी दिए । बैठकले राष्ट्रियता, जनवाद र जनजीविकाबारे ११ बुँदे तथा राजनीतिक तथा संगठनका विषयमा अध्यक्ष गोपाल किरातीले प्रस्तुत गरेको पाँचबुँदे निर्णय पारित गर्दै महाधिवेशन आयोजक समितिको केन्द्रमा बहुपदीय प्रणालीलाई निरन्तरता दिने घोषणा गरेको छ । आयोजक समितिको अध्यक्षमा गोपाल किरातीलाई चयन गरिएको छ । उपाध्यक्षमा भविश्वर पराजुली र तिलक थापामगर, महासचिवमा कर्णजित बुढाथोकी र सचिवमा राजन तिम्सिना रहेको सो पार्टीले आज प्रकाशित गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । महाधिवेशन आयोजक समितिमा ७०१ जना, पोलिटब्यूरोमा १७५ जना तथा ४३ जनाको केन्द्रीय सचिवालयको गठन गरिएको छ । साथै, पार्टीले मार्क्सवाद–लेनिनवाद–माओवादको रक्षा, प्रयोग तथा विकासमा जोड दिने, वर्ग संघर्ष र बल प्रयोगको सिद्धान्तमा आधारित सशस्त्र विद्रोह र गणतन्त्र रक्षार्थ विद्यमान संवैधानिक व्यवस्थाको निर्वाचन उपयोगबीच समायोजनको फौजी कार्यदिशा अवलम्बन गर्ने विज्ञप्तिमा उल्लेख छ । रासस

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

कागेश्वरी मनोहरालाई स्वच्छ बनाउन वृक्षरोपण अभियान

‘स्वच्छ, सफा, हराभरा, बनाऔँ कागेश्वरी मनोहरा’ भन्ने नाराका साथ कागेश्वरी मनोहरा नगरपालिकाको तीन वडामा बिरुवा...

सञ्चार सम्बन्धी अभ्यास : सम्पन्न

नेपाली सेना र मित्र राष्ट्र अमेरिकी सेनाकोे संयुक्त आयोजनामा मिति २०७५/४/२१ गतेबाट होटल याक एण्ड यतिमा २० (बीस)...

विद्यार्थी सङ्गठनको नाम ‘अनेरास्ववियु’ हुने

नेपाल कम्युनिष्ट पार्टी नेकपा को भ्रातृ सङ्गठन विद्यार्थी सङ्गठनको नाम ‘अनेरास्ववियु’ राखिने भएको छ । आज बसेको...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

भुइँचालोले विधवा बनाएको बारपाक (भाग—१)

अलमस्त छे धरती, यो कल कल किरण, यी वनफूल, चहचह चिरबिर ! कुहूकुहू कोइली, कति मीठो छ आहा जिन्दगी ! प्रभातको हिमाल हेरेर म...
मनोरञ्जन / साहित्य अरु धेरै

स्कट नेपाल रोदीघरले चर्चा कमाउँदै

विगत केही समय पहिलादेखि सञ्चालनमा आएको स्कट नेपाल रोदी घरले दिनप्रतिदिन आफ्नो चर्चा विस्तार गर्दै गएको छ । यो...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै