logo

भारतीय पूर्वप्रधानमन्त्री बाजपेयी उपचारका लागि अस्पताल भर्ना

नयाँ दिल्ली, जेठ ३०
भारतीय पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सोमबार अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेसमा भर्ना गरी अहिले उपचार भइरहेको छ । ९३ वर्षीय पूर्वप्रधानमन्त्री वाजपेयी बिरामी भएको खबर पाएलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, कांग्रेस आइका अध्यक्ष राहुल गान्धीलगायतका भारतीय नेताहरूले सोमबार अकस्मात् बिरामी भई उपचारार्थ अस्पताल भर्ना भएका वाजपेयीलाई भेट्न अस्पताल पुगेका थिए । उनीहरुले अस्पतालमा भर्ना भएका वाजपेयीको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
ड्रविडा मसन्नेत्र काजागाम (डीएमके)का अध्यक्ष एम के स्टालिन तथा आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रवावु नाइडुले पूर्वप्रधानमन्त्री वाजपेयीको स्वास्थ्य अवस्थाप्रति मङ्गलबार चिन्ता व्यक्त गर्दै उनको शीघ्र स्वास्थ्य लाभका लागि कामना गरेका छन् । स्टालिनले वाजपेयीको स्वास्थ्यबारे पाएको सूचनाबाट आफू अत्यन्तै चिन्तित बनेको भन्दै उहाँको शीघ्र स्वास्थ्य लाभका लागि ट्वीटर सन्देशमा उल्लेख गरेका छन् । स्टालिनले लेखेका छन्, ‘पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयी विरामी भई अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस अस्पताल भर्ना भएको खबरले मलाई चिन्तित तुल्याएको छ । उहाँको शीघ्र तथा पूर्ण स्वास्थ्य लाभका लागि कामना गर्दछु । मलाई विश्वास छ उहाँ छिट्टै स्वस्थ्य अवस्थामा घर फर्किनुहुनेछ ।’
मुख्यमन्त्री नाइडुले पनि मंगलबार नै वाजपेयीलाई भेटी शीघ्र स्वास्थ्य लाभका लाथि भगवानसँग प्रार्थना गरेको बताएका छन् । उनले भनेका छन्, ‘म पूर्वप्रधानमन्त्री वाजपेयीजीको स्वास्थ्यमा शीघ्र लाभ होस भनी भगवानसँग प्रार्थना गर्दछु ।’ अस्पतालका वरिष्ठ चिकित्सक तथा प्राध्यापक आरती विजले आज एक विज्ञप्ति जारी गरी पूर्व प्रधानमन्त्री वाजपेयीको स्वास्थ्य स्थिर रहेको तर उपचारको नतिजा सकारात्मक देखिइरहेको बताएका छन् । प्राध्यापक विजद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘पूर्वप्रधानमन्त्री वाजपेयीको स्वास्थ्य अवस्था स्थिर छ । सवै मुख्य मापदण्डहरू स्थिर छन् । उहाँ संक्रमण निको नहुँदासम्म अस्पतालमा नै रहनुहुनेछ ।’ वाजपेयी भारतीय जनता पार्टीको तर्फबाट प्रधानमन्त्री बन्ने पहिलो नेता हुन् । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

अन्ततः पारित हुने संघारमा ग्रिसको सङ्कट निवारण ऋण

युरोक्षेत्रले ग्रिसको संकट निवारणको लागि प्रदान गर्ने वचन दिएको ऋणको अन्तिम तथा महत्वपूर्ण चरण पारित हुने भएको...

युबेरको नाफा घट्यो

अनलाइन ट्याक्सी सेवाप्रदायक कम्पनी युबेरले आफ्नो वार्षिक आम्दानीमा उल्लेख्य सुधार आएको विवरण सार्वजनिक गरेको...

इमरान खानद्वारा प्रधानमन्त्री पदको शपथग्रहण

पाकिस्तानको नयाँ प्रधानमन्त्रीका रुपमा इमरान खानले शनिबार शपथग्रहण गरेका छन् । मुलुकको सबैभन्दा ठूलो पार्टी...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

कांग्रेसको नजरमा केपी ओली नेतृत्वको सरकार चुकेको सात विषय

बजार मूल्यमा चर्को वृद्धिको भार बोकिरहेका नागरिकलाई स्थानीय तहमा अचाक्ली वृद्धि गरिएको करले झनै ढाड सेक्ने...
मनोरञ्जन / साहित्य अरु धेरै

‘कार किन्देऊ किन्ने भा’ तीजगीत सार्वजनिक (भिडियोसहित)

गायक तथा पत्रकार रामप्रसाद पाठक र मञ्जु घिमिरेको संयुक्त प्रस्तुतिमा यस वर्षको पृथक् शैलीमा तयार भएको तीजगीत...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै