logo

विश्व अर्थतन्त्र समस्यामा

वर्लिन, जेठ ३०
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)की प्रमुख क्रिस्टाइन लेगार्डले विश्वको अर्थतन्त्र आगामी दिनमा थप कमजोर बन्नसक्ने बताएकी छिन् । पछिल्लो समय देखिएको आर्थिक अन्योलताको कारण आगामी दिनमा विश्व अर्थतन्त्र समस्यामा पर्नसक्ने बताइएको हो । विशेषगरी अमेरिकाले ल्याएको ‘अमेरिका फर्स्ट’ नीतिको कारण विश्व अर्थतन्त्र समस्यामा पर्नसक्ने लेगार्डले बताएकी हुन् । अमेरिकाको नीतिको कारण विश्व अर्थतन्त्र दिनानुदिन समस्यामा पर्दै गरेको लेगार्डको भनाइ छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जी७ सम्मेलनको व्यवहारले विश्वको अर्थतन्त्रमा थप समस्या सिर्जना गरेको उनले बताएकी हुन् । अमेरिकाले जी७को संयुक्त सम्झौता अनुमोदन नगर्ने बताएसँगै ईयू र अमेरिकाको बीचमा थप समस्या सिर्जना भएको हो । अमेरिकाले आफ्नो मुलुकमा आयात हुने र्यइूका धातुहरुमा पनि कर बढाउने निर्णय गरेको थियो । जसको कारण आर्थिक हिसाबमा विश्वको समग्र अर्थतन्त्र समस्यामा पर्नसक्ने लेगार्डले बताएकी हुन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पले अहिले विश्वमा जारी रहेको पारदर्शी व्यापार मूर्खता मात्र हुने प्रतिक्रिया दिएका छन् । उनले यसलाई पूर्णरुपमा परिवर्तन गर्न नसकिएको खण्डमा त्यो हानिकारक हुने सामाजिक सञ्जाल ट्वीटरमार्फत् जानकारी दिएका थिए । ट्रम्पले यस किसिमको अभिव्यक्तिपछि आईएमएफको यस्तो प्रतिक्रिया आएको हो । अमेरिकाको व्यापारिक नीति सही नभएको कारण आर्थिक हिसाबमा समस्या आएको लेगार्डले बताइन् । उनले अमेरिकाको यस किसिमको नीतिले विश्व बजारमा एक चुनौती थपेको बताएकी हुन् । अहिले यस वर्षको लागि विशवको आर्थिक वृद्धिदरको नतिजा तीन दशमलव ९ प्रतिशतमा रहने अनुमान गरिएको छ । यो नतिजाअनुसार सुधार हासिल गर्नेमा भने अहिले आशंका देखिएको आईएमएफ प्रमुखको भनाइ छ । लेगार्डले अबको छ महिना विश्वको अर्थतन्त्रको लागि निके नराम्रो रहने बताइन् । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

दक्षिण अफ्रिकामा पनि बलात्कार सङ्कट बढ्यो, बच्चाहरुले तालिम लिन थाले

दक्षिण अफ्रिकाको सानो सहर सोवेतोका कक्षाकोठाहरुमा आजभोलि बालिकाहरु ध्यानपूर्वक सुनिरहेका भेटिन्छन्...

भारतको औद्योगिक उत्पादन घट्यो

भारतको औद्योगिक उत्पादनमा सुधारको नतिजा गत अगष्ट महिनामा केही कमजोर रहेको विवरण सार्वजनिक भएको छ...

मुद्राको विषयमा जापान र अन्य मुलुकहरुसँग कुरा गर्न चाहन्छ अमेरिका

अमेरिकी वाणिज्य सचिव स्टिभिन नुचिनले जापान तथा अन्य मुलुकहरुसँग मुद्राको एकाधिकारको विषयमा छलफल आवश्यक रहेको...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

चक्रजीको जीवन चक्र सकियो

अन्ततः सात वर्षको संघर्षपछि चक्र बाँस्तोलाले यो संसार त्याग्नु भएको छ, अर्को संसारका लागि उनको आफ्नो आत्मिक...
मनोरञ्जन / साहित्य अरु धेरै

प्रियंका र आयुष्मानको ʻप्रेम दिवसʼ शुभसाइत

चलचित्र ʻप्रेम दिवसʼको शुभसाइत गरिएको छ । घटस्थापनाको अवसर बुधबार काठमाडौंको मैतीदेवी मन्दिरमा शुभसाइत गर्दै...

सरकार यातायात व्यवसायीको सामुु लम्पसार

हिन्दु धर्मालम्बीहरुको महान् चाड दशैँ भित्रिएसगैँ आफ्नो जन्मथलो जाने मानिसहरुको पनि सँख्या अत्याधिक रुपमा...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै