logo

‘त्यति सहज छैन वैदेशिक शिक्षा’

लक्ष्मण सिटौला
म वन्दना । सामान्य परिवारमा जन्मिएकी थिएँ । मेरा बुबाआमाको म एक्ली छोरी । म जन्मेपछि मेरा बुबाआमालाई खान लाउनसम्म पुग्ने भयो रे । घरमा लल्छिन ल्याएकी थिएँ रे मैले । उहाँहरुको म सपना थिएँ । अरु सन्तान जन्माउने उहाँहरुलाई कुनै इच्छा नै भएन । उहाँहरुले नमीठो खाएर भए पनि मलाई मीठो खुवाउनुभयो । मलाई हुर्काउनुभयो धेरै स्नेह र लाड प्यारले । प्लस टु सकेपछि म पनि मेरा बुबाआमाको सपना साकार पार्न अस्ट्रेलिया गएर अध्ययन गर्ने आफ्नो करिएर बनाउने पैसा कमाउने र देशमा थोरै भए पनि आफूले सक्दो सामाजिक योगदान दिने विचार गर्न थालें ।
हो मलाई मेरा बुबाआमाले १८/२० लाख खर्च गरेर पढ्न पठाउन सक्ने कुरा पनि थिएन । छात्रवृत्ति मिलाउनको लागि आइएलटिएसमा राम्रो स्कोर आउनु जरुरत थियो । मैले धेरै मिहिनेत गरे र भाग्यवश मेरो सात दशमलव पाँच प्रतिशत स्कोर आयो । एउटा कन्सलटेन्सको सहयोगमा मैले अलिकति छात्रवृत्ति पाएा र बाँकी पैसा बुबाले ऋण लिनुभयो । र म अस्ट्रेलिया गएँ । अस्ट्रेलियामा मेरा आमाका माइती पट्टिका कोही आफन्त थिए । हरि पनि अध्ययनकै लागि गएका थिए । मलाई उहाँकै जिम्मामा पठाइयो । म सिड्नी पुगेपछि उहाँसँग बस्न थालेँ । कलेज सुरु भएको थिएन । कोठा एउटा मात्रै थियो ।
अस्ट्रेलियाको समाज बिल्कुलै फरक थियो । केही दिन त म आफैं कन्फ्युज भएँ  । हरि दिनभर काममा गएर फर्किन्थ्यो । म घरमा हुन्थेँ । ऊ भोकाएर आउँथ्यो । म उसलाई खाना बनाएर राख्थें । हामी बस्दै गयोँ एकले अर्कालाई बुझ्दै गयौँ । म एउटा साँगुरो चिन्तनबाट अलि फराकिलो मनस्थितिमा पुग्न थालेँ । हामीमा सबैकुरा सेयरिङ हुन थाल्यो । यसमा हरिको भूमिका अहम् छ । हामीबीच शारीरिक सम्पर्क पनि भयो । कलेज सुरु भयो । दिनको डेढ घन्टा रेलमा चढेर कलेज जानुपर्ने बाध्यताले गर्दा म तनावग्रस्त थिएँ । कलेजमा एक जना नेपाली भेटिए इन्द्र  । नेपालीबीचको सम्बन्ध त्यति राम्रो भएको देखेकी थिइन् मैले । कलेज टाढा भएको र उतै काम पनि पाएकोले मैले उतै बस्ने आशय व्यक्त गरें हरिसँग । हरि आफ्नो काममा व्यस्त थियो । उसले पनि सहमति दियो । म सामान लिएर उतै इन्द्रको कोठामै गएँ किनकि त्यहाँ इन्द्रको आफ्नै गर्ल साथी थिई । म धेरै मिहिनेतका साथ अध्ययन गर्न थालेँ । इन्द्र र उसको जापनिज केटी साथी प्रेममा थिए । म भान्सामा सुथ्थे र काम गर्थे  । कलेज अध्ययन गर्थे । उता हरिसँग छुट्टिएर आएपछि मेरो महिनावारी रोकियो । हरिलाई फोन गरेर सुनाएँ । कि म यो बच्चा एभोर्सन गरेर फाल्दिन्छु । तर, बच्चा फाल्नका लागि दुवैको सहमति आवश्यक र कानुनी समस्या पनि रहेछ । हरिले बच्चालाई नफाल्नुमा हामी दुवैको कल्याण देख्यो । हरि म बसेको कोठामै आयो मलाई सम्झायो र गयो ।
यासिराको पढाइ सकियो । ऊ आफ्नै देश जापान फर्किई । यासिरा जापान गएपछि इन्द्र र म मात्रै भयौं अब त्यो अपार्टमा । जागिर र पढाइको कारणले पनि म त्यो ठाउँमा बस्न बाध्य भएँ । त्यहाँ जाँदा मिन्स रोकिएको भए पनि मिन्स भएको जानकारी दिएकी थिएँ मैले इन्द्रलाई । अस्ट्रेलियामा उसो त यो कुराको मतलव पनि हुँदैन थियो । यासिरा मिन्स बार्दिनथी । मेरो पेट बड्दै गयो । इन्द्रले सोच्यो यो उसकै बच्चा हो भनेर । ऊ खुसीले दङ्ग प-यो । ऊ आफैं अस्ट्रेलियामा इलेगल भइसकेको थियो । बच्चाको माध्यमबाट उसले आफूलाई लिगलाइज गर्ने सपना देख्न थाल्यो र अस्ट्रेलियाको कानुनअनुसार मलाई कोर्ट म्यारिज गर्न दबाब दिँदैथ्यो । पहिलो सेमेस्टरमा कलेज टप भएँ  । कलेज टप गर्दा मेरो पेटमा छ महिनाको बच्चा भइसकेको थियो यहाँ समस्या के प-यो भने इन्द्र यो पेट उसको भनेर दाबी गर्ने र हरि यो पेट मेरो हो भनेर दाबी गर्ने र मलाई मात्रै थाहा थियो यो कसको हो भनेर । बच्चालाई जन्माएँ । हुर्काएँ । धेरै मिहिनेत गरेँ । दुवैबाट अलग बसें । मेरो अध्ययनको कारण कलेजबाट ‘पिआर’ एप्लाइ गरेँ केही महिनामा मेरो पिआर भयो । म इन्द्रसँग पनि बसिनँ र हरिसँग पनि बसिनँ । बच्चालाई स्याहार्नु पर्नेभयो । विगत पाँच महिनादेखि बच्चाको कारण मैले काम गरिरहेको थिइन् । कोठा भाडा र ग्रोसरी किन्नलाई समेत मलाई गाह्रो परिरहेको थियो । हरि र इन्द्र दुवैको सहयोग पाइरहेकी थिएँ । इन्द्रले सहयोग गरेको हरिलाई सह्यै हुँदैनथ्यो । मबीचमा थिएँ । दुवैले बच्चालाई आ–आफ्नो भनेर दाबी गरिरहेका थिए । इन्द्रमा पिआरको स्वार्थ थियो ।
एक दिन छोरा कोठामै खेल्दै थियो । म बाथरुममा कपडा धुँदै थिएँ । इन्द्र रुममा आएर बाबुलाई अपहरण शैलीमा छोरालाई उसको कोठामा लिएर गएछ । बाबु नदेखेपछि । म चिच्याए र हरिलाई फोन गरें । हरि आएपछि उसले प्रहरीलाई फोन ग-यो । प्रहरी रुममा आयो । प्रहरीले आफूलाई शङ्का लागेको मान्छे कोही छ भने भन्नुस् भन्यो । मलाई इन्द्रप्रति शङ्का थियो तर भनिनँ । प्रहरीले रिपोर्टिङ लिएर गयो । हरि र म इन्द्रको रुममा गयौं । बाबुलाई उसले लिएर गएको रहेछ । हामी त्यहाँ पुग्दा छोरा रोइरहेको थियो । छोरा पाएपछि म खुसी भएँ । हामी तीनबीच निकैबेर झगडा भयो । इन्द्रले मेरो छोरो मेरो अधिकार जिकिर गथ्र्याे । यता हरि मेरो छोरो हो भनेर दाबी गथ्र्यो । अन्ततः ‘डिएनए’ टेस्ट गर्नेसम्म कुरा भयो । मलाई इन्द्र देखेर घृणा लागेर आयो । त्यो दिन धेरै झगडा भयो हरि र इन्द्रबीच । हरिले इन्द्रको बारेमा प्रहरीलाई रिपोर्टिङ ग-यो । इन्द्र बच्चा अपहरणको कारण जेल प-यो । मैले बच्चालाई अस्ट्रेलिया नराख्ने विचार गरें । हरिले उसैको कोठामा जाउ भन्यो । मैले आफ्नो स्व-भिमानको कारण पनि उसको रुममा जान मानिनँ । त्यही हप्ता म बाबुलाई लिएर नेपाल आएँ ।
 । ब्याचलरमा राम्रो नम्बरमा पास गरेपछि अब मैले डिग्री पढ्नु जरुरी थियो । छोरा साथै भएपछि मैले करिअर अगाडि बढाउन नसक्ने देखेँ । हरि र इन्द्रको पनि बच्चाको कारण द्वन्द्व चर्किरहने देखेँ । त्यसैले उता बाबुआमाको अनुरोधमा म नेपाल आएँ भनेर आफ्ना साथीलाई अवगत गराएँ । त्यहाँ भएका सबै घटनालाई मैले अभिभावकलाई भनिरहेको थिएँ । नेपाल आएपछि मलाई अस्ट्रेलिया जाँदा लोन दिएर सहयोग गर्ने मेरा बुबाको साथी भेट्न् आएँ । उहाँको छोरा थिए । जो मेरा क्लास मेट पनि  । तर मलाई थाहा थिएन बुबाले उसको बुबासँग सहयोग माग्नुभएको कुरा । लोन तिर्न बाँकी थियो या थिएन मलाई मेरो बुबाआमाले केही भन्नुभएन । कानुनीरूपमा मेरो कसैसँग बिहे भएको थिएन ।
अध्ययन गर्न जाँदा मलाई सहयोग गर्नेले मबाट सहयोग लिन चाहेछन् । एकदिन आमाबुबाले सम्झाउनुभयो । छोरालाई यही छोडेर अर्को केटासँग पेपर म्यारिज गरी म अस्ट्रेलिया जानुपर्नेभयो । ममाथि कसैले गरिदिएको उपकारको बदलामा मैले उपनिवेशसँग पेपर म्यारिज गरें । छोरा छोडेर हामी दुवै अस्ट्रेलिया गयौं । उपनिवेशलाई मैलेसँगै आफ्नै कोठामै लिएर गएँ । छोरा आमाबुबाको साथमा थियो । म ढुक्क थिएँ । उसको अति नै न्यास्रो लाग्थ्यो समयसमयमा । म डिग्री ज्वाइन भएँ । हप्ताको पाँच दिन काम गर्थें । उपनिवेश उता नेपालमा पढाइ छोडेर बिग्रेर बसेको रहेछ । उसले आफूलाई परिवर्तन गर्न सक्छु भन्ने विश्वासका कारण पनि मैले पेपर म्यारिज गरेर यहाँ ल्याइदिने मात्रै सर्त थियो । उसले काम पायो । पैसा कमाउन थाल्यो । थोरै समयमा उसले आफूलाई परिवर्तन गर्न सक्यो ।
देश, काल, समय र परिस्थितिसगै ऊ परिवर्तन भयो । तर अब उसले मलाई बिस्तारै अन्कुश लगाउन थाल्यो । मेरो निजी स्वतन्त्रतामाथि उसले आफ्नो हक कायम गर्न खोज्यो । म जता गएँ पनि उसले शङ्काको नजरले हेर्न थाल्यो र पतिको हक देखाउन थाल्यो । तिमीले मेरो नाउँमा सिन्दुर पोते लगाएर हिंड्नुपर्छ भन्नेसम्म कुराहरू गर्न थाल्यो । यो कुरा मलाई असह्य हुन्थ्यो । यो बीचमा हरिमा मैले व्यापक सुधार आएको पाएँ । ऊ पहिला कलेज जाँदैनथ्यो । लागू पदार्थ खान्थ्यो । रक्सी खैनी गुडका खान्थ्यो । अब ती कुराहरू छोडेर कलेज जान थालेको पाए । मलाई केही आपत् पर्दा उसले सहयोग गथ्र्याे । ऊ आफू पनि कन्फ्युजमा थियो कि छोरा उसको थियो कि थिएन भन्ने ।
म कति अभागी थिएँ जो पनि केटा साथी भेट्थेँ सबैको उद्देश्य अन्ततः पिआर र सेक्समै आएर जोडिन्थ्यो । सबैले आफ्नो देशलाई भुलेर अलिक कमाएका पैसा पनि उतै राम रमाइलोमा सकेका । सबै दुखी देख्थेँ म । हप्ताहप्तामा आउने स्यालरी हप्तान्तमै सक्थे प्रायले । कानुनीरूपमा उपनिवेश आफूलाई बलियो साबित गर्न चाहन्थ्यो र उसको लागि मैले पिआर एप्लाइ गरिदिनपर्छ भनेर जबर्जस्त गर्न थाल्दैथियो । म हरेक कुराबाट बचिरहेको थिएँ । मैले आफूलाई ऊबाट असुरक्षित महसुस गर्दै गएको थाहा पाएँ र उसलाई कोठाबाट निकालेँ । ऊ अन्तै साथीको मा गयो । उसको मुख्य उद्देश्य थियो मेरो नाउँबाट पिआर लिने । ऊभित्रको मुख्य सपना मात्रै पिआर लिने थियो । मैले ऊसँग डिभोर्स मागेँ । उसले दिन मानेन । पिआर लिएपछि मात्रै डिभोर्स दिन्छु भन्ने कुरा गर्न थाल्यो । हामीबीच झगडा र लफडा हुन थाल्यो । मलाई कोठामै आएर पनि धम्क्याउन थाल्यो । एक दिन मैले मोबाइलमा बैंक कार्डको पिन नम्बर लेखेकी थिएँ । उसले देखेको रहेछ । मेरो एटीएम काडबाट सबै पैसा निकालेछ सब साथी जम्मा गरेर रक्सी पार्टी गरेछ । दुई महिनाको स्यालरी जम्मा गरेको थिएँ । कलेज फि पनि तिर्नु बाँकी थियो । यी सबै घटनाबाट मैले ऊभित्र उद्दण्डता र गुन्डागर्दीबाहेक केही देखिनँ अस्ट्रेलियाको कानुनमा हामी लोग्ने स्वास्नी थियौं  । तर व्यवहारमा पूर्ण एक अर्काका शत्रु भयौं  । जेलबाट फेरि इन्द्र पनि छुट्यो मलाई झन तनाव हुन थाल्यो । म यो द्वन्द्वबाट कसरी मुक्ति पाउने भनेर सोचिरहेकी थिएँ ।
उपनिवेश पहिला आफूले गरेको सहयोगको कारण मैले उसको लागि जे पनि गर्न पर्छ भन्ने भ्रममा थियो । त्यो भ्रम तोडिदिनु मेरो कर्तव्य पनि थियो । उसको अहङ्कारलाई अन्त्य गर्दै उसको बाँकी ऋण मैले तिरिदिएँ र आइन्दा मेरो पछि नलाग्ने शर्त गराउँदै डिभोर्स गराएँ । वकिल राखेर सबै पेपर मिलाइयो र एकप्रति पेपर नेपालको जिल्ला अदालत पनि पठाइयो ।
यो परिस्थिति कसरी जन्मियो यसको कारण भनेकी थिएँ मैले हरिलाइँ । मेरा हरेक आपत् विपत्मा हरि मेरो सहयात्री भएर आइरहेको थियो । जेलबाट निस्किएपछि इन्द्रले छोरा दाबी गरेर मैले छोरा बेपत्ता पारी भन्ने आरोप लगायो । छोरा उसैको हो भन्ने भ्रममा ऊ किन थियोभन्दा हरिको बाट म इन्द्रकोमा जाँदा मेरो महिनावारी रोकिसकेको थियो तर म इन्द्रकोमा जाँदा आफूलाई केही समय भए पनि बचाउन मैले पर सरेको बहाना गरेकी थिएँ । तर पछि परिस्थितिजन्य घटनाका कारण इन्द्र र मेरोबीच शारीरिक सम्बन्ध भएको थियो । जतिबेला मेरो मिन्स डेट नाघेको एक महिना भइसकेको थियो । सन्तान कसको हो आमा मात्रै त्यो गुप्त रहस्यको एक मात्रै जानकार हुन्छे । हरि शान्त छ । ऊभित्र मैले मेरो जिन्दगीको लागि चाहिने खुसीको स्रोत देख्न थालेँ । इन्द्रमा स्वार्थी थियो ।
पिआरको सपना र मेरो यौवन अनि मेरो प्रगतिप्रति उसलाई लोभ थियो । पुरुष सम्झन्छन् आफूले शारीरिक सम्पर्क गरेपछि त्यो महिला सधैंको लागि उसको दासी भएर बस्नुपर्छ । यो हरेक पुरुषको भ्रम हो । पहिलो चोटि मैले नेपालीहरुले आयोजना गरेको साङ्गीतिक स्टेज प्रोग्राममा भाग लिएको थिएँ । त्यो कार्यक्रममा मैले प्रस्तुति दिनुथियो । अरु थुप्रै नेपाली थिए । त्यो स्टेज प्रोग्राममा इन्द्र पनि सहभागी थियो । हरि र म एउटा नेपाली गीतमा सँगै नाच्यौं  । इन्द्रलाई त्यो कुरा असह्य भएको रहेछ । उसले स्टेजबाट नै मेरो श्रीमती मेरी छोराकी आमाले परपुरुषसँग मेरो अनुमति नै नलिई नाच्नु कति जायज हो भने सबलाई भन्यो । हरि र इन्द्रबीच द्वन्द्वको स्थिति खडा भयो । छोरा कसको हो भनेर दुवैले दाबी गरिरहेको त्यो परिवेशमा मैले छोरो जन्मिएको बेलामा नै क्युइन्स मेरि हस्पिटलमा हरि जो सहयोगी बनेर आएको थियो रगत दिन प-यो भने काम लाग्छ भनेर ब्लड क्रस म्याच गराउँदा डिएनए परीक्षण गराइसकेको थिएँ र बच्चाको पिताको नाउँ हरि थापा भनेर प्रमाण लिएको थिएँ । यो कुरा हरिलाइँ पनि थाहा थिएन ।
हमेसा त्यो रिपोर्टलाई मैले आफ्नो ब्यागमै हालेर हिँड्थें । यसरी वर्षौं देखिएको एउटा मुद्दा र रहस्य मैले अन्त गरिदिएँ । पिआरको सपना देखेर छोरा दाबी गर्दै आएको इन्द्रलाई मैले राम्रैसँग भनिदिएँ स्टेजबाट नै । पिआर को सपनामा बाँचिरहेका तमाम नेपालीबीच मैले आफूले पाएको पिआर पनि त्यागेर आफ्नो पढाइ पूरा गरी केही समयपछि नेपाल नै फर्किन लागेको कुरा गर्दा उपस्थिति सबै नेपाली विद्यार्थीको ताली पाएँ । सबैले हरिजीको हात समातेर मेरो हातमाथि थमाए । हरिजीले पनि भन्नुभयो कि एउटा असल वयक्तित्व निर्माणका लागि हामीले वन्दनाजीबाट नै सिक्नुपर्छ । अब यहाँको पिआरभन्दा पनि हाम्रै देश नेपालको प्यार पाउनका निम्ति हामी दुवै नेपाल जाने योजना बनाएका छौँ । यहाँ शिक्षा आर्जन गर्ने नेपालमै गएर यो शिक्षाको उपयोग गर्ने । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

चक्रजीको जीवन चक्र सकियो

अन्ततः सात वर्षको संघर्षपछि चक्र बाँस्तोलाले यो संसार त्याग्नु भएको छ, अर्को संसारका लागि उनको आफ्नो आत्मिक...

किन आवश्यक छ, नेपालमा सार्वजनिक–निजी साझेदारी ?

नेपालमा बढ्दो जनसंख्या तथा सहरीकरणसँगै बढिरहेको स्थानीय पूर्वाधार तथा सेवाहरुको मागलाई स्थानीय निकायहरु र...

सुशासनका सूत्र नौ ‘नि’

संघ/संस्थाका लक्षित उद्देश्य हासिल गर्नको लागि संस्थाको व्यवस्थापकीय पक्ष चुस्त दुरुस्त र सौहार्द हुनुपर्दछ ।...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

चक्रजीको जीवन चक्र सकियो

अन्ततः सात वर्षको संघर्षपछि चक्र बाँस्तोलाले यो संसार त्याग्नु भएको छ, अर्को संसारका लागि उनको आफ्नो आत्मिक...
मनोरञ्जन / साहित्य अरु धेरै

प्रियंका र आयुष्मानको ʻप्रेम दिवसʼ शुभसाइत

चलचित्र ʻप्रेम दिवसʼको शुभसाइत गरिएको छ । घटस्थापनाको अवसर बुधबार काठमाडौंको मैतीदेवी मन्दिरमा शुभसाइत गर्दै...

सरकार यातायात व्यवसायीको सामुु लम्पसार

हिन्दु धर्मालम्बीहरुको महान् चाड दशैँ भित्रिएसगैँ आफ्नो जन्मथलो जाने मानिसहरुको पनि सँख्या अत्याधिक रुपमा...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै