logo

चोमोलुङमा चढ्ने नेपाली चेलीहरु

निनाम कुलुड. 'मंगले'
विश्वकै अग्लो (आठ हजार आठ सय अड्चालीस मिटर) हिम चुचुरो सगरमाथा/माउन्ट एभरेस्ट अर्थात् चोमोलुङमाको शिरमा नेपालका पर्वतारोही तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका पर्वतारोही एडमन्डल पर्सिभल हिलारीले प्रथम मानवद्वयको रुपमा पाइला राख्न सफल भएको पनि ६५ वर्ष बितेको छ । यो अवधिमा विश्वका विभिन्न देशका लगभग पाँचहजार पर्वतारोहीहरुले करिब सात हजारपटक सगरमाथामाथि विजय हासिल गरेका छन् ।
तर, सगरमाथा/माउन्ट एभरेस्ट अर्थात् चोमोलुङमाको शिरमा नेपालका पर्वतारोही तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका पर्वतारोही एडमन्डल पर्सिभल हिलारीले प्रथम मानवद्वयको रुपमा पाइला टेकेको २२ वर्षसम्म पनि महिला पर्वतारोहीले भने चोमोलुङमा चढ्न सकेका थिएनन् । यसै मेसोमा सन् १९७५ मे १६ मा प्रथम महिला पर्वतारोहीको रुपमा जापानकी महिला पर्वतारोही जुन्को ताबेइले चोमोलुङ्मा अर्थात् सरगमाथा चढ्न सफल भइन् । यसरी उनले विश्वकै प्रथम महिला सगरमाथा आरोहीको रुपमा आफ्नो नाम दर्ज गरिन् । त्यसको १८ वर्षपछि प्रथम फेरि नेपाली चेली तथा १६ औं महिलाको रुपमा स्वर्गीय पासाङल्हामु शेर्पाले सन् १०९३ अप्रिल २२ मा चोमोलुङमा चढेकी थिइन् । तर, पासाङल्हामु एकैचोटिको प्रयासमा चोमोलुङमा चढ्न सफल भएकी थिइनन् । त्यसअघि उनले सन् १९९०, १०९१ र १०९२ मा पनि चोमोलुङमा चढ्ने प्रयास गरेकी थिइन् । यसरी पासाङल्हामुले लगातारको चौंथो प्रयासमा सन् १९९३ अप्रिल २२ मा चोमोलुङ्मा आठ हजार आठ सय अड्चालीस मिटर सफलतापूर्वक चढेकी थिइन् ।
त्यसअघि विश्वकै प्रथम महिला आरोहीको रुपमा जापानकी जुन्को ताबेईले सन् १९७५, मे १६ मा चोमोलुङमालाई सफलतापूर्वक चुमेकी थिइन् भनी माथि नै उल्लेख भएको छ । तर, पासाङल्हामुले चोमोलुङमामा पाएको सफलतालाई नेपालीहरुमाझ अनुभव व्यक्त गर्न/साट्न नपाउँदै आरोहणबाट फर्कने क्रममा हिमआँधीको आकस्मिक चपेटामा परेर बितिन् । अर्थात् पासाङल्हामु र उनका सरदार सोनामछिरिङ शेर्पा (दोलखा)ले फर्कने क्रममा बाटोमै देह त्याग्नुप-यो । यसरी विश्वकै अग्लो हिमाल जो नेपालमै भएर पनि नेपाली महिलाले भने चढ्न नसकिरहेको अवस्थालाई पासाङल्हामुले तोडेर एउटा नयाँ कीर्तिमान भने आफ्नो नाममा राखेर गइन् । वास्तवमा उनी त्यस्ती वीरङ्गना थिइन्, जसलाई नेपाल र नेपालीको शिर कसरी विश्वसामु उँचो राख्ने भन्ने भावनाले सताई रहन्थ्यो ।
जे होस्, यसरी पासाङल्हामुले सफलता पाएको सात वर्षपछि सन् २००० मा संखुवासभाकी लाक्पा शेर्पाले फेरि दोस्रो नेपाली चेलीको रुपमा चोमोलुङमा चढ्न सफल भएकी थिइन् । स्मरणीय छ, उनले यो वर्षसमेत गरेर नौं औं पटक चोमोलुङमा चढेर विश्वकै धेरै पटक चोमोलुङमा चढ्ने महिलाको रुपमा कीर्तिमान कायम गरेकी छिन् । त्यस्तै तेस्रो तथा तिब्बततर्फबाट चोमोलुङमा चढ्ने प्रथम नेपाली चेलीको रुपमा सोलुखुम्बु जिल्लाको नाम्चेबजारकी पेम्बाडोमा शेर्पा हुन् । स्मरणीय छ, उनले सामान्य सुरक्षाको विधि नअपनाउँदा ल्होत्से/ल्होत्चे चढेर फर्कने क्रममा सन् २००७ मा मृत्युवरण गरिन् । त्यस्तै नेपालकी चौंथो र विश्वकै कान्छी महिला आरोहीको रुपमा संखुवासभाकी मिङकिपा शेर्पाले चोमोलुङमा चढेकी थिइन् । उनले उत्तरी मोहडा (तिब्बत तर्फबाट) बाट चोमोलुङमा चढेकी थिइन् । यसरी उनी चोमोलङमा चढ्ने चारजना नेपाली चेलीभित्र पर्छिन् । उता मोनी मुलेपतिले प्रथम नेवार समुदायको महिलाको रुपमा सन् २००५ मा चोमोलुङ्मा चढ्न सफल भइन् भने उनले शिखरमै विवाहसमेत गरिन् ।
यसरी हेर्दा सन् २०१८ सम्ममा पासाङल्हामु, लाक्पालगायत जम्मा ३५ जना नेपाली चेलीहरुले चोमोलुङमा चढ्ने सफलता पाएका छन् भने हिमालयन डाटा बेसले उल्लेख गरेअनुसार हालसम्म ४४ जना नेपाली महिलाहरुले (सन् २०१८ को वसन्त ऋतुसम्म) चोमोलुङमा चढ्ने प्रयास गरेका थिए । यसरी हेर्दा ४४ जनामा ३५ जनाले सफलता पाउनु भनेको राम्रै सफलता मान्नुपर्ने हुन्छ । हुन त हिमाल आरोहण महंँगो खेल भएकोले पनि अपेक्षितरुपमा नेपाली महिला पर्वतारोहीहरु निकै कम छन् । त्यसमाथि अन्य देशको तुलनामा नेपालमा हिमाल चढेर के नै हुन्छ र ? भन्ने मानसिकताले पनि जरो गाडेको हुन्छ । साथै हिमाल आरोहण गर्दा लगाउने कपडा, ज्याकेट, जुत्ता, पञ्जा, मोजा, क्राम्पुन, हार्नेस, आइस एक्स, गगल्स्, हेल्मेट, जुमर, रोप, अक्सिजन, रुक्स्याक, वाटर बोतल, सन ब्लक क्रिम, टेन्ट, म्याट्रेसलगायत आरोहणका लागि आवश्यक सरसमानहरु साह्रै मह“गो हुन्छ । साथमा क्लाइम्बिङ शेर्पा, कुक, किचन हेल्परलगायत अन्य स्टाफ, सम्पर्क अधिकृत आदि पनि लानु नै पर्छ । जसका लागि आरोहीले नै छुट्टै रकमको आवश्यक जोहो गर्नुपर्छ । तापनि के आशा गर्न सकिन्छ भने, चोमोलुङमा चढ्ने नेपाली चेलीहरुको संख्या आगामी दिनमा अरु बढ्ने नै छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

“ शैक्षिक अराजकता र निजी बोर्डिङको दादागिरी “

निजी विद्यालयसँग चन्दा असुल गर्नु नेपालका राजनीतिक पार्टीहरुको रोग हो । रोग मात्रै होइन यसलाई त म क्यान्सर रोग...

नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको राष्ट्रिय भेलामा केन्द्रीय सभापतिको उद्घाटन मन्तव्य

वरिष्ठ नेता रामचन्द्रजी, केन्द्रीय समितिका पदाधिकारी एवं सदस्य साथीहरु, सबै जिल्लाका सभापतिजीहरु, संघीय संसद् र...

विकासमा उद्यमशीलताको आवश्यकता किन ?

उद्यमशीलता यस्तो प्रक्रिया एवं श्रेस्ता हो । जसको माध्यमबाट व्यक्तिगत पहिचान, अवसरहरु वितरित संशाधनहरु र...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

“ शैक्षिक अराजकता र निजी बोर्डिङको दादागिरी “

निजी विद्यालयसँग चन्दा असुल गर्नु नेपालका राजनीतिक पार्टीहरुको रोग हो । रोग मात्रै होइन यसलाई त म क्यान्सर रोग...
मनोरञ्जन / साहित्य अरु धेरै

सगरमाथा म्युजिक अवार्ड हुँदै

‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराको साथ...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै