logo

मानपकडीमा सत्यवती लघुवित्त संस्थाको नयाँ शाखा

काठमाण्डौं, जेठ ३०
सत्यवती लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो चौंथौ  शाखा शुद्धोधन गाउँपालिका वडा नं. ५ मानपकडीमा स्थापना गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन शुद्धोधन गाउँपालिकाका अध्यक्ष किशुन चन्द चौधरी र सत्यवती लघुवित्त वित्तीय संस्थाका सञ्चालक माधवप्रसाद आचार्यले संयुक्तरुपमा गरेका हुन् । कार्यक्रममा गाउँपालिकाका अध्यक्षले लघुवित्त वित्तीय संस्था घर गाउँमा आएर घरदैलो कार्यक्रम दिनु अत्यन्तै राम्रो भएको बताए । संस्थाको सफलताको शुभकामना दिँदै उनले विभिन्न चुनौतीहरु भएपनि सम्पूर्ण जातजाति, धर्म र विपन्न वर्गलाई समेट्दै आर्थिकरुपमा पिछडिएका वर्गलाई विशेष महत्व दिएर विनाधितो सहज सरल तरिकाले न्यून ब्याजदरमा घरदैलो सेवा दिँदै महिलाहरुको आर्थिक, सामाजिक, शौक्षिकस्तरमा उकास्ने पवित्र उद्देश्यले स्थापना भएको लघुवित्तलाई सधैं साथ र सहयोग गर्ने प्रतिबद्धता व्याक्त गरेका थिए । यसैगरी सञ्चालक श्रीमती रमा ज्ञावली, शुद्धोधन गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष पुनाराम गौतमले संस्थाको सफलताको शुभकामना मन्तव्यसहित आ–आफ्नो धारण राखेका थिए ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत बाबुलाल नेपालले लघुकर्जालाई उत्पादनशील क्षेत्रमा उपयोग गर्न सके बेरोजगारी न्यूनीकरण भई मुलुकको आर्थिक समृद्धिमा टेवा पुग्ने धारण व्यक्त गर्दै नेपालले नेपाल राष्ट्र बैंकले अवलम्बन गरेको नीतिका साथै लघुवित्तको मर्म र भावनाअनुसार गरिब तथा विपन्न वर्गहरु र जो बैंकिङ पहुँचभन्दा टाढा रहेका साथै पिछडिएका महिलाहरुको आर्थिक, सामाजिक, शौक्षिकरुपमा सशक्तीकरण गर्न घरदैलो वित्तीय सेवा प्रदान गर्ने उद्देश्यको साथ शाखा स्थापना गरिएको जानकारी गराउँदै मिति २०७५ साल वैशाख २ गतेबाट आफ्नो कारोबार शुभारम्भ गरेको यस वित्तीय संस्थाले हालसम्म तीनवटा शाखा कार्यालयबाट एक हजार जना सदस्य बनाई दुई करोड पचास लाख लगानी गरी पैंतालीस लाख बचत सङ्कलन गरी सकेको जानकारी गराएका थिए । यसै क्रममा निज नेपालले १० जिल्ला कार्यक्षेत्र रहेको यस संस्थाले आगामी वर्षभित्रमा सातवटा जिल्लामा १५ वटा शाखामार्फत सेवा विस्तार गर्ने लक्ष्य लिएको समेत जानकारी गराएका थिए । (आर्थिक दैनीकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

रिलायन्स लाइफद्वारा जीवन शान्ति जीवन योजना सञ्चालन

रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले जीवन शान्ति बीमा योजना सञ्चालनमा ल्याएको छ । कम्पनीले १६ वर्षको उमेरदेखि...

एभरेष्ट बैंकद्वारा विद्यालयलाई शैक्षिक साम्रगी वितरण

एभरेष्ट बैंकले विद्यालयलाई सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सतुंगलमा...

सेञ्चुरी कमर्सियल बैंकद्वारा थप चार वटा शाखा विस्तार

सेञ्चुरी कमर्सियल बैंकले थप चार वटा शाखा विस्तार गरेको छ...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

“ शैक्षिक अराजकता र निजी बोर्डिङको दादागिरी “

निजी विद्यालयसँग चन्दा असुल गर्नु नेपालका राजनीतिक पार्टीहरुको रोग हो । रोग मात्रै होइन यसलाई त म क्यान्सर रोग...
मनोरञ्जन / साहित्य अरु धेरै

सगरमाथा म्युजिक अवार्ड हुँदै

‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराको साथ...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै