logo

धितोपत्र बोर्डद्वारा वस्तु विनिमय बजारसम्बन्धी नीति तर्जुुमाको लागि छलफल

काठमाण्डौं, जेठ ३०
नेपाल धितोेपत्र बोर्डले आगामी आर्थिक वर्ष २०७५—०७६ को वस्तुु बजारसम्बन्धी नीति तर्जुुमाको लागि छलफल गरेको छ । बोर्डले आगामी आर्थिक वर्षमा अपनाइने धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रममा छलफल तथा सुझावसम्बन्धी कार्यक्रम सम्पन्न गरेको हो । बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीको अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रममा बोर्डका पूर्व अध्यक्षहरु, नेप्सेका पूर्व महाप्रबन्धक, विश्वविद्यालयका प्राध्यापकहरु, अध्ययन/अनुसन्धानकर्ताहरु, नेप्से तथा सिडिएसका प्रतिनिधिहरु, विभिन्न धितोपत्र बजार व्यवसायी संघका अध्यक्षहरु, लगानीकर्ता संघका पदाधिकारीहरु, पूँजी बजार विज्ञहरु र आर्थिक पत्रकारहरु सहभागी भएका थिए ।
बोर्डका पूर्व अध्यक्ष, दीपकराज काफ्लेले धितोपत्र बजार प्रशिक्षण प्रतिष्ठानको स्थापनलाई तीव्ररुपमा अघि बढाउनुपर्ने, आवश्यक परेको खण्डमा बोर्डमा बाह्य विज्ञको व्यवस्था गर्नुपर्ने, नीतिगत तथा कानुनी व्यवस्था गर्दा सर्वसाधारण तथा सरोकारवालाहरुको धारणा, सल्लाह तथा सुझावलाई मध्यनजर गर्न उपयुक्त नीति तथा प्रक्रिया अवलम्बन गर्नुपर्नेलगायतका सुझावहरु दिएका छन् । यस्तै, बोर्डको अर्का पूर्वअध्यक्ष बाबुराम श्रेष्ठले वर्तमान समयमा पुँजी बजारको चर्चा तथा परिचर्चा चुलिन थालेको बताउँदै करसम्बन्धी विवादको शीघ्र समाधान हुनुपर्ने, बजार निर्मातालाई भित्र्याउनुपर्ने, संघीयताको स्वरुपअनुसार पुँजी बजारलाई परिवर्तन गर्नुपर्नेलगायतका सुझावहरु दिएका छन् । यस्तै नेप्सेका पूर्व महाप्रबन्धक मुकुन्दनाथ ढुङ्गेलले अध्ययन अनुसन्धानमा आधारित भई पुँजीबजारको विकास गर्नेतर्फ विशेष जोड दिन आवश्यक भएको बताएका छन् । साथै नेप्सेका वरिष्ठ अधिकृत निरञ्जन फुयाँलले पछिल्लो समय नेप्सेले बोर्डसँग सहकार्य गरी विभिन्न अन्तक्र्रिया कार्यक्रम सञ्चालन गर्न थालेको बताउँदै आगामी दिनमा सो कार्यलाई निरन्तरता दिनुपर्ने र यस्ता प्रशिक्षण कार्यक्रम विभिन्न सरकारी निकायका अधिकृत कर्मचारीहरुका लागि समेत आवश्यक देखिएको धारणा व्यक्त गरेका छन् ।
कार्यक्रममा मर्चेन्ट बैंकर्स एसोसियसन अफ नेपालका अध्यक्ष ध्रुवप्रसाद तिमिल्सनाले चालू आवमा बजार विकास तथा विस्तारका लागि बोर्डले चालेका कदमहरुको प्रशंसा गर्दै हालको बदलिँदो परिस्थितिमा पुँजी बजारका लागि अवसर तथा चुनौतीहरु थपिएकोे बताएका छन् । उनले पुँजीबजारमा वास्तविक क्षेत्रको प्रवेशका क्रममा धितोपत्रको निष्काशन मूल्य तथा अन्डराइटिङ प्रक्रियामा संवेदनशील हुनुपर्ने, भेञ्चर क्यापिटल तथा प्राइभेट इक्विटीको नीतिगत व्यवस्थासँगै संस्थागत व्यवस्थातर्फ पनि ध्यान दिनुपर्ने, दोस्रो बजारमा बढेको धितोपत्रको आपूर्तिलाई सन्तुलनमा ल्याउन मार्केट मेकर तथा डिलरको व्यवस्था गर्नुपर्नेलगायतका सुझावहरु दिएका छन् ।
उनले बजारको विकास तथा विस्तारका लागि बोर्ड मात्र नभएर बजारका सम्पूर्ण सहभागीहरुसमेत उत्तिकै जिम्मेवार रहनुपर्ने बताएका छन् । त्यस्तै, स्टक ब्रोकर एसोसियसन अफ नेपालका अध्यक्ष, प्रियराज रेग्मीले दोस्रो बजारको पहुँच विस्तार हुने क्रममा रहेकोमा अनलाइन कारोबार प्रणालीसँगै धितोपत्र बजारका अन्य सेवाहरु देशव्यापीरुपमा सर्वसुलभ हुनुपर्ने बताएका छन् । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

मेगा बैंकबाट १५ हजार मासिक किस्तामा गाडी

मेगा बैंक नेपाल लिमिटेड र नारायणी अटो बिजनेश प्राइभेट लिमिटेडबीच सरल किस्तामा अटो लोन प्रदान गर्ने सम्झौता भएको...

ग्लोबल आईएमई बैंक र आईएमई लाइफबीच सम्झौता

ग्लोबल आईएमई बैंक र आईएमई लाइफ इन्स्योरेन्स कम्पनीबीच सम्झौता भएको छ । दुुवै कम्पनीका प्रमुखहरुले बिहीबार...

सेयर बजारमा सामान्य सुधार

धितोपत्र बजारमा सामान्य सुधार देखिएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्जमा सेयर बजार...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

भुइँचालोले विधवा बनाएको बारपाक (भाग—१)

अलमस्त छे धरती, यो कल कल किरण, यी वनफूल, चहचह चिरबिर ! कुहूकुहू कोइली, कति मीठो छ आहा जिन्दगी ! प्रभातको हिमाल हेरेर म...
मनोरञ्जन / साहित्य अरु धेरै

स्कट नेपाल रोदीघरले चर्चा कमाउँदै

विगत केही समय पहिलादेखि सञ्चालनमा आएको स्कट नेपाल रोदी घरले दिनप्रतिदिन आफ्नो चर्चा विस्तार गर्दै गएको छ । यो...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै