logo

नेप्सेमा सामान्य गिरावट

३० करोड २८ लाखको सेयर किनबेच

काठमाण्डौं, जेठ ३०
साताको तेस्रो कारोबार दिन मंगलबार सेयर पुुनः घटेको छ । अघिल्लो दिन झण्डै १० अंकले बढेको नेप्से सो दिन एक दशमलव ९३ अंकले घटेर १२ सय ३९ दशमलव २६ अंकमा झरेको छ । मंगलबार ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने नेप्से सेन्सिटिभ पनि शून्य दशमलव ६४ अंकले घटेर दुुई सय ६० दशमलव ४७ अंकमा झरेको छ । मंगलबार एक सय ६० कम्पनीहरुको चार हजार ७५ वटा कारोबारमा नौ लाख ५७ हजार एक सय २७ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम ३० करोड २८ लाख ४७ हजार एक सय ६६ रुपैयाँ पुुगेको छ । मंगलबार नौ वटा समूहकोे कारोबार भएकोमा पाँच वटा समूहकोे सूचक घटेर तीन वटाको बढेको छ । यसबीचमा अन्य समूहकोे कारोबार सूचक भने स्थिर रहेको छ ।
वाणिज्य बैंक समूहकोे सूचक दुई दशमलव नौ अंकले घटेर एक हजार ४८ दशमलव ९० अंकमा झर्दा १२ करोड दुुई लाख ४२ हजार रुपैयाँको सेयर किनबेच भएको छ । विकास बैंक समूहकोे सूचक पनि शून्य दशमलव ४७ अंकले घटेर १४ सय ४३ दशमलव ४६ अंकमा झर्दा एक करोड एक लाख ८० हजार तीन सय रुपैयाँको सेयर किनबेच भएको छ । यसैगरी लघुवित्त समूहकोे सूचक पनि एक दशमलव १६ अंकले घटेर १६ सय ४८ दशमलव आठ अंकमा झर्दा पाँच करोड ३० लाख ८८ हजार नौ सय रुपैयाँको सेयर किनबेच भएको छ । होटल समूहकोे सूचकमा पनि सो दिन १४ दशमलव ५९ अंकले गिरावट आएको छ । बीमा समूहकोे सूचक भने सो दिन एक दशमलव ५९ अंकले बढेर छ हजार तीन सय ३९ दशमलव ८३ अंकमा चढ्दा पाँच करोड ६९ लाख ६१ हजार एक सय रुपैयाँको सेयर किनबेच भएको छ । यसबाहेक फाइनान्स र उत्पादनमूलक समूहकोे सूचकमा पनि क्रमशः दुुई दशमलव १५ र पाँच दशमलव १२ अंकले सुधार देखिएको छ ।
मंगलबार बढी कमाउने कम्पनीको सूचीमा परेको उन्नति माइक्रोफाइनान्सको प्रतिकित्ता सेयर मूल्य नौ रुपैयाँ ९५ पैसाले बढेर १९ सय पाँच रुपैयाँमा किनबेच भएको छ । राधी जलविद्युुत् कम्पनीको सेयर मूल्य पनि सात रुपैयाँ ११ पैसाले बढेर दुुई सय ४१ रुपैयाँमा किनबेच भएको छ । यसबाहेक ङादी ग्रुुप पावर लिमिटेड, मेरोे माइक्रोफाइनान्स आदिको सेयर मूल्य पनि बढेको छ । सो दिन बढी गुुमाउने कम्पनीको सूचीमा परेको काबेली विकास बैंकको सेयर मूल्य छ रुपैयाँ १२ पैसाले घटेर दुुई सय ३० रुपैयाँमा कारोबार भएको छ । यसबाहेक सिद्धार्थ इन्स्योरेन्स, युुनाइटेड इन्स्योरेन्स कम्पनी आदिको सेयर मूल्य पनि घटेका छन् । मंगलबार रकम कारोबारका आधारमा अग्रस्थानमा परेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको एक हजार २८ रुपैयाँ अन्तिम मूल्यमा दुुई करोड ३५ लाख ५५ हजार दुुई सय ७५ रुपैयाँको सेयर खरिदबिक्री भएको छ । वेष्ट फाइनान्सको संस्थापक सेयरतर्फ सो दिन प्रतिकित्ता एक सय तीन रुपैयाँ अन्तिम मूल्यमा एक करोड ५५ लाख १४ हजार नौ सय ९३ रुपैयाँको सेयर खरिदबिक्री भएको छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

रिलायन्स लाइफद्वारा जीवन शान्ति जीवन योजना सञ्चालन

रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले जीवन शान्ति बीमा योजना सञ्चालनमा ल्याएको छ । कम्पनीले १६ वर्षको उमेरदेखि...

एभरेष्ट बैंकद्वारा विद्यालयलाई शैक्षिक साम्रगी वितरण

एभरेष्ट बैंकले विद्यालयलाई सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सतुंगलमा...

सेञ्चुरी कमर्सियल बैंकद्वारा थप चार वटा शाखा विस्तार

सेञ्चुरी कमर्सियल बैंकले थप चार वटा शाखा विस्तार गरेको छ...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

“ शैक्षिक अराजकता र निजी बोर्डिङको दादागिरी “

निजी विद्यालयसँग चन्दा असुल गर्नु नेपालका राजनीतिक पार्टीहरुको रोग हो । रोग मात्रै होइन यसलाई त म क्यान्सर रोग...
मनोरञ्जन / साहित्य अरु धेरै

सगरमाथा म्युजिक अवार्ड हुँदै

‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराको साथ...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै