logo

विश्वकपको अवसरमा सामसुङको ‘फिल द गेम’ योजना

काठमाण्डौं, जेठ ३०
सामसुङ इलेक्ट्रोनिक्सले फिफा विश्वकप फुटबल २०१८ को अवसरमा ‘फिल द गेम’ योजना प्रस्तुत गरेको छ । यस योजनाअन्तर्गत सामसुङ टिभीहरुको खरिदमा विशेष अफरहरु प्रस्तुत गरेको छ । रसियामा हुन गइरहेको विश्वकप फुटबललाई प्रत्यक्ष हेर्ने भनेको टिभीमा नै हो भन्दै कम्पनीले यस अवसरमा ग्राहकहरुलाई विशेष छुटसहित अन्य अफरहरु पनि प्रस्तुत गरेको छ । सामसुङका एसयूएचडी टिभी, कभ्र्ड टिभी, यूएचडी टिभी, स्मार्टटिभी, ननस्मार्ट टिभी एफडीएच, एचडी टिभीका विभिन्न मोडेलहरुमा अधिकतम २७ प्रतिशतसम्म छुट प्रदान गरेको छ ।
यसका साथै कम्पनीले सम्पूर्ण टेलिभिजनहरुमा दुई वर्षको फुल वारेन्टी तथा शून्य प्रतिशत ईएमआई सुविधाको किस्ताबन्दी अफर समेत प्रस्तुत गरेको छ । ईएमआई सुविधाको लागि ग्राहकले सामसुङले तोकेका आधिकारिक आउटलेटहरुमा गई खरिद गर्नुपर्ने कम्पनीले बताएको छ । यो योजना जुन महिनाको १ तारिखदेखि लागू भई योजना समाप्त भएको घोषणा नगरेसम्म नेपाल अधिराज्यभरमा लागू गरिएको कम्पनीले जनाएको छ । टिभी खरिदमा प्रदान गरिएको छुटका साथै टर्किस एयर, एस ट्राभल्स, वयोधा अस्पताल, केजीएचग्रुप जस्ता अन्य विभिन्न प्रतिष्ठित कम्पनीहरुसँग सहकार्य गरी ती कम्पनीले प्रदान गर्ने सेवामा छुटको लागि गिफ्ट भौचरको व्यवस्था पनि मिलाएको कम्पनीले जनाएको छ । साथै टिभीहरुको खरिदमा ग्राहकलाई विशेष कुपन प्रदान गरिने भएकोे छ । उक्त कुपनलाई लक्की ड्रमा समावेश गरिने र लक्की ड्रमार्फत प्रथम हुने विजेताले टर्किस एयरको राउन्ट ट्रिप तथा अन्य विजेताहरुले क्रमशः सामसुङको फाइभ इन वान रेफ्रिजेरेटर, ग्यालेक्सी एस नाइन स्मार्टफोन, ग्यालेक्सी एस सिक्स प्लस, ग्यालेक्सी सेभेन डुयस जित्नसक्ने कम्पनीले जनाएको छ । लक्की ड्रको प्रक्रियालाई सामसुङको आधिकारिक फेसबुक पेजमा योजना समाप्त भएपछि गराइने कम्पनीले जनाएको छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

फोर्ड र फक्सवागनबीच व्यावसायिक सवारी निर्माणको सम्झौता

सवारी निर्माता कम्पनीहरु फक्सवागन र फोर्डको बीचमा संयुक्तरुपमा व्यावसायिक सवारी निर्माणको सम्झौता भएको छ ।...

स्मार्टफोन कम्पनी ओप्पो र फुटबलर नेइमारले सहकार्य गर्ने

सेल्फी एक्स्पर्ट एण्ड लिडरका रुपमा परिचित ओप्पोले विश्वमै सर्वाधिक लोकप्रिय ब्राजिलेली फुटबलर नेइमारसँग...

युरोग्रिप टायर नेपालीबजारमा

नेपालीे टायर बजारलाई लक्षित गरी हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले युरोग्रिप टायर नेपाली बजारमा ल्याएको छ...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

“ शैक्षिक अराजकता र निजी बोर्डिङको दादागिरी “

निजी विद्यालयसँग चन्दा असुल गर्नु नेपालका राजनीतिक पार्टीहरुको रोग हो । रोग मात्रै होइन यसलाई त म क्यान्सर रोग...
मनोरञ्जन / साहित्य अरु धेरै

सगरमाथा म्युजिक अवार्ड हुँदै

‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराको साथ...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै