logo

‘घरजग्गा मेला’ असार १ गतेदेखि

काठमाण्डौं, जेठ ३०
नेपाल जग्गा तथा आवास विकास संघको आयोजनामा असार १ गतेदेखि प्रोपर्टी एक्स्पो अर्थात् सातौं ‘घरजग्गा मेला’ हुने भएको छ । प्रदर्शनी हल भृकुटीमण्डपमा आयोजना हुने मेला असार ५ गतेसम्म चल्ने बताइएको छ । मेलाको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भएका छन् । मेलाले सर्वसाधारण सबैमा घरजग्गा व्यवसायको वर्तमान अवस्था तथा यसका समस्या र समाधानका उपायसहित भावी अवसरका विषयमा समुचित सूचना तथा जानकारी उपलब्ध गराई यस व्यवसायलाई समयसापेक्ष विकास एवं विस्तार गर्न थप योगदान पु-याउने बताइएको छ । नयाँ नेपाल निर्माणको लागि वैज्ञानिक, व्यवस्थित एवं सुरक्षित जग्गा विकास तथा सहरीकरणमा महत्वपूर्ण योगदान पु-याइरहेका व्यवसायीहरु र यसका उपभोक्ताहरुलाई एकै थलोमा भेला गराई व्यवसायीहरुले आफ्नो नवीनतम उत्पादन उपभोक्तामाझ पु-याउने तथा उपभोक्ताहरुले नेपाली रियल स्टेट व्यवसायको यथार्थ तथा वास्तविक स्थिति, सही छनोट र समुचित मूल्यबारे समेत यस मेलाबाट जानकारी लिनसक्ने आयोजकको भनाइ छ ।
मेलामा स्वदेशी तथा विदेशी प्रदर्शकहरुले आ–आफ्ना सेवा तथा उत्पादनहरुको प्रदर्शन गर्नेछन् । मेलामा भूकम्प प्रतिरोधी घर तथा अपार्टमेण्ट, जग्गा योजना तथा विकास, निर्माण सामग्रीका उत्पादक तथा बिक्रेता, इन्जिनियरिङ तथा आर्किटेक्चर कन्सल्ट्यान्टका साथै बैंक र बीमा कम्पनीहरु सहभागी हुन बताइएको छ । मेलामा विद्युतीय सरसामानहरु, फर्निचर, पाइप, सेनिटरी वेयर्स फिटिङ, पेन्ट्स, सवारीसाधन, सजावटका सामान र बीमा, बैंकिङ्ग तथा वास्तुकलाजस्ता व्यवसायमा संलग्न व्यवसायीहरुले आ–आफ्ना उत्पादनहरु प्रदर्शन गरी सोसम्बन्धी परामर्श सेवा समेत उपलब्ध गराउनेछन् । सेवाग्राहीको इच्छा एवं छनोटको आधारमा समुचित मूल्यमा घरजग्गा उपलब्ध हुने गरी कारोबारलाई सरल, सुलभ तथा व्यवस्थित बनाउन मेला निकै उपयोगी बताइएको छ । मेलामा कम्तीमा ६० हजारभन्दा बढी दर्शकहरुले मेलाको अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
हाउजिङ सम्मेलन असार ४ र ५ गते :- दोस्रो हाउजिङ सम्मेलन असार ४ र ५ गते हुने भएको छ । सम्मेलनको उद्घाटन पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले गर्ने भएका छन् ।
गत वर्ष पहिलोपटक आयोजना भएको हाउजिङ्ग सम्मेलन (समिट)को सफलता र व्यापक सहभागिता भएपछि त्यसलाई निरन्तरता दिएको नेपाल जग्गा तथा आवास विकास संघले जनाएको छ । समिट नेपाल जग्गा तथा आवास विकास संघ, सहरी विकास तथा भवन निर्माण विभाग र काठमाडौं उपत्यका विकास प्राधिकरणको संयुक्त आयोजनामा हुनलागेको हो । साथै समिट गर्न विभिन्न संघ/संस्था तथा निजी क्षेत्रहरुको पनि सहयोग रहेको बताइएको छ । गत वर्षको हाउजिङ्ग समिट एक दिनमात्र आयोजना गरिएकोमा यस पटक दुई दिन आयोजना हुनेछ । हाउजिङ्ग समिटमा न्यु अर्बान एजेण्डा इन हाउसअन्तर्गत दिगो आवास, सुरक्षित, सुलभ एवं समावेशी आवास, सहरी तथा ग्रामीण पुनर्निर्माण र नेपालको संघीय संरचनामा आवासको अवस्थालगायतका सहरी विकाससँग सम्बन्धित नीतिगत एवं कानुनी समस्या र तिनका समाधानका उपायहरुबारे कार्यपत्रहरु प्रस्तुतीकरण तथा छलफल हुने कार्यक्रम रहेको छ । यसबाट भूकम्पपछिको पुनर्निर्माणको लागि वैज्ञानिक, सुरक्षित, व्यवस्थित बसोबास तथा आधुनिक सहरीकरणमा थप प्राविधिक योगदान पुग्ने बताइएको छ । कार्यपत्रहरु नेपालको आवास निर्माणको क्षेत्रमा ऐतिहासिक दस्तावेजको रुपमा रहने र यसले आगामी दिनहरुमा आवास निर्माणको क्षेत्रमा कार्यरत पेसा, व्यवसायीलगायत विद्यार्थीहरुका लागि मार्गनिर्देश समेत प्रदान गर्ने बताइएको छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

गोहीको बासस्थान र प्रजनन प्रक्रियाबारे अनुगमन

वर्षा शुरु भएसँगै खोला नदीमा बाढी आउँदा संकटापन्न अवस्थामा रहेको घडियाल गोहीको बासस्थानको अवस्था र प्रजनन...

लागुऔषधविरुद्ध सीमा क्षेत्रमा हेल्प डेस्क स्थापना

लागूऔषधविरुद्ध जानकारी एवं परामर्श दिने उद्देश्यले नेपाल–भारत सीमावर्ती क्षेत्र सप्तरीको तिलाठी कोइलाडीमा...

जयनगर–जनकपुरमा रेलमार्ग तयार, छैन रेल ऐन

सरकारले आगामी पुसको अन्त्यसम्म जयनगर–जनकपुर–कुर्था र बथनाहा–बिराटनगर रेलमार्ग सञ्चालनमा ल्याउने भएको छ...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

“ शैक्षिक अराजकता र निजी बोर्डिङको दादागिरी “

निजी विद्यालयसँग चन्दा असुल गर्नु नेपालका राजनीतिक पार्टीहरुको रोग हो । रोग मात्रै होइन यसलाई त म क्यान्सर रोग...
मनोरञ्जन / साहित्य अरु धेरै

सगरमाथा म्युजिक अवार्ड हुँदै

‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराको साथ...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै