logo

सूर्य नेपालको उत्पादन मंगलदीपद्वारा भ्याट छली गरेको खुलासा

शंकर लुईटेल
बिराटनगर, जेठ ३०
औद्योगिक नगरीका रुपमा परिचित विराटनगरमा पछिल्लो समय ठूला ठूला उद्योगबाटै सरकारलाई बुझाउने राजस्वमा करोडौंको छली हुने गरेको पाइएको छ । सूर्य नेपालका उत्पादन बिक्री वितरण गर्ने अधिकार पाएको पूर्वाञ्चलको डिस्ट्रिब्युटरमार्फत स्वयं उद्योगकै संलग्नतामा करोडौंको भ्याट छली गरेको रहस्य खुलेको छ । आन्तरिक राजस्व कार्यालय विराटनगरबाट २०७३ साल वैशाख ५ गते आयकरमा दर्ता रहेको वैष्णवी इन्टरप्राइजेजले २०७३ साल जेठ ३० गते मात्र भ्याटमा दर्ता भएर ६०४०६६१३८ को भ्याट नम्बरसमेत प्राप्त गरेको पाइएको छ । सूर्य नेपालका उत्पादनहरु पूर्वाञ्चलमा बिक्री वितरण गर्ने जिम्मेवारी पाएको हिमगिरि ट्रेडर्समार्फत सब डिलर पाएको वैष्णवी इन्टरप्राइजेजको नाममा छोटो अवधिमै करोडौं भ्याट छली गरेको तथ्य बाहिर आएको छ ।
समाचार स्रोतका अनुसार पूर्वाञ्चलको डिलरसिप पाएको हिमगिरि ट्रेडर्सले डिलरसिप पाएदेखि नै उद्योगबाट सब डिलरमार्फत काम बढाउन सूर्य नेपालका सिइओ रवि केसीको व्यापक दबाब रहेको छ । सिइओ केसीकै योजनाअनुसार सब डिलरमार्फत सूर्य नेपालले उत्पादन गर्दै आएको मंगलदीप अगरबत्तीबाट अहिले व्यापक राजस्व छली भएको सार्वजनिक भएको हो । साना उद्योगलाई कानुनी कारबाही गरी त्रसित बनाउने सरकारको नीति नै भएका कारण ठूला उद्योगले उन्मुक्ति पाउने गरेको चर्चा पनि व्यवसायी क्षेत्रमा चल्न थालेको छ । मोरङको बेलबारी नगरपालिकास्थित सञ्चालित रहेको वैष्णी इन्टरप्राइजेजले सूर्य नेपालको मंगलदीप अगरबत्ती बिक्री वितरण गर्दा इस्टिमेट बिलका आधारमा बिक्री गरी राज्यलाई बुझाउने भ्याट छली हुने गरेको हो । सञ्चालक सर्वन कुमार भगत रहेको उक्त फर्मलाई सब डिलरका रुपमा सूर्य नेपालको पूर्वाञ्चल डिलरका रुपमा रहेको हिमगिरी ट्रेडर्समार्फत सीमित एरियाका लागि मात्र बिक्री वितरण गर्ने अख्तियारी दिएको दाबी स्रोतले गरेको छ । सामान्य दैनिक जीवन यापन गर्नेदेखि माथिल्लो दर्जाका व्यक्तिहरु समेतले सेवन गर्ने चुरोटको कारोबारमा समेत रहेका वैष्णवी इन्टरप्राइजेजले सूर्य नेपालका अगरबत्तीमा भ्याट ठगी गरेको रहस्य खुले पनि चुरोटमा भएको राजस्व ठगी विकराल रहेको अनुमान गर्न थालिएको छ । सूर्य नेपालका सिइओ रवि केसी पनि मोरङमा रहेको चण्डिका डिष्ट्रिलरीका सञ्चालक भएका कारण सब डिलरलाई आफ्नै एरियामार्फत सूर्य नेपालको उत्पादनहरु बिक्री वितरण गर्ने अख्तियारी दिएको दाबी स्रोतले गरेको छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

गोहीको बासस्थान र प्रजनन प्रक्रियाबारे अनुगमन

वर्षा शुरु भएसँगै खोला नदीमा बाढी आउँदा संकटापन्न अवस्थामा रहेको घडियाल गोहीको बासस्थानको अवस्था र प्रजनन...

लागुऔषधविरुद्ध सीमा क्षेत्रमा हेल्प डेस्क स्थापना

लागूऔषधविरुद्ध जानकारी एवं परामर्श दिने उद्देश्यले नेपाल–भारत सीमावर्ती क्षेत्र सप्तरीको तिलाठी कोइलाडीमा...

जयनगर–जनकपुरमा रेलमार्ग तयार, छैन रेल ऐन

सरकारले आगामी पुसको अन्त्यसम्म जयनगर–जनकपुर–कुर्था र बथनाहा–बिराटनगर रेलमार्ग सञ्चालनमा ल्याउने भएको छ...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

“ शैक्षिक अराजकता र निजी बोर्डिङको दादागिरी “

निजी विद्यालयसँग चन्दा असुल गर्नु नेपालका राजनीतिक पार्टीहरुको रोग हो । रोग मात्रै होइन यसलाई त म क्यान्सर रोग...
मनोरञ्जन / साहित्य अरु धेरै

सगरमाथा म्युजिक अवार्ड हुँदै

‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराको साथ...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै