logo

मितव्ययीतामा नमुना सरकार चन्द्रकोट र रुरु

प्रेम सुनार
गुल्मी, जेठ ३०
गुल्मीका कतिपय गाउँपालिका प्रमुखहरुले मासिक सवा लाखसम्मको गाडी चढ्दै हिंडिरहेका बेला गुल्मीको एक मात्र गाउँपालिका चन्द्रकोटका प्रमुख द्रोणबहादुर खत्री हुन् जसले राज्यले निर्वाचन प्रयोजनका लागि भाडामा चलाउन स्वीकृत दिएको गाडी सबैभन्दा पहिला फिर्ता गरेका थिए । अरुले त्यसयता पनि नियमित गाडी चढिरहेका छन् । त्यस्ता प्रमुखहरु मध्ये कतिपयले घरायासी प्रयोजन समेत गरेको पाइएको छ । विवाहमा जन्तीदेखि मलामी जानसमेत गाडी प्रयोग भएको पाइएको छ । तर, चन्द्रकोट गाउँपालिका प्रमुख खत्रीले अनुगमनलगायत अलि ठूलो संख्यामा गाउँपालिका भित्र र सदरमुकाम आउन परे मात्र सीमित समयका लागि भाडामा गाडी लिने गरेका छन् । प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद भण्डारी भन्छन्, ‘उहाँ त बुटवलको बैठकमा समेत लोकल बसमा जानुहुन्छ । मैले पनि गाडी छाडेको उति बेलै हो,’ उनले भने, ‘साविकको वडा सचिवलाई दिएको मोटर साइकल चढ्ने गरेको छु ।’ गाउँपालिका प्रमुख खत्रीले जनताका समृद्धिका लागि आएको राज्यको बजेटमा जनप्रतिनिधि र कर्मचारी कसैलाई पनि विलासी हुन नदिने बताए । उनका अनुसार गत ११ महिनाको अन्तरालमा बैठकलगायतका भत्ताबापत करिब चार लाख खर्च भएको छ भने इन्धन खर्च करिब तीन लाख भएको छ ।
उता रुरु गाउँपालिका प्रमुख नीलकण्ठ गौतमले पनि चैत महिनादेखि भाडाको गाडी फिर्ता गरेर घरदेखि गाउँपालिकासम्म करिब सात किलो मिटर दूरीमा पर्ने घर थोर्गाबाट मोटर बाटोसम्म हिंडेर आउँने गरेका छन । ‘कहिलेकाहीँ चिनेजानेका मोटर साइकहरुले लिप्ट दिन्छन् नत्र धेरै जसो समय लोकल बसमै आवतजावत गर्ने गरेको छु,’ उनले भने, ‘मासिक ८७ हजार भाडा तिरेर हिंड्दा खर्च बढेको पाएँ, गाडी नभई नहुने कुरा त हो तर दुरुपयोग भएको पनि पाएँ त्यसैले फिर्ता गरेको हो, तर अब असार लाग्नै लागेकोले अनुगमनका लागि एक महिना मात्र भाडामा लिन बाध्य छौं । अघि–पछि चढिन्न ।’
उनले थपे ‘हामी आफू बन्न र विलासी जीवन बिताउन राजनीति गरेको होइन विशुद्ध जनताका सेवा गर्न हो,’ प्रमुख गौतमले भने, ‘कमभन्दा कम खर्चमा जनतालाई सेवा दिने हो, हामी सबै टिम यस कुरामा एकमत छौं ।’ उपप्रमुख लक्ष्मीदेवी पन्त पनि घरबाट हिंडेर कार्यालय आउँछिन् । अनुगमन समितिकी अध्यक्ष रहेकी उनी सम्बन्धित वडाको मोटरसाइकल बोलाएर अनुगमनमा जान्छिन् । अन्य स्थानीय निकायका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरु गाउँपालिकालाई भाडा तिराएर बेग्लाबेग्लै निवास बनाएर बसेका छन् । तर रुरु गाउँपालिका प्रमुख उपप्रमुखले आफ्नो बेग्लै निवास बनाएका छैनन् । रुरुकी प्रमुख प्रशासकीय अधिकृत शरलाकुमारी पौड्याल मासिक तीन हजार आफैंले भाडा तिरे साँघुरो कोठामा बस्दै आएकी छन् । उनले भनिन्, ‘हामीले कार्यालय व्यवस्थापनदेखि हर कुरामा सजग भएका छौं । म आफ्नो जीवनशैलीलाई हिजोको स्कुले जीवनशैलीभन्दा माथि बढाउन चाहन्नँ र त्यसरी नै स्कुले भाइ बहिनीहरु झैं साँघुरो कोठामा एउटा सामन्य पलङ मात्रै राखेर बसेकी छु । हामी कर्मचारीहरुले एक पैसा पनि भ्रमण र भत्ता खाएका छैनौं ।’ अन्य कतिपय स्थानीय तहमा कार्यालयको व्यवस्थापन र सजावट सिंहदरबारमा प्रधानमन्त्रीको कार्यालयलाई समेत पछाडि पार्ने खालको छ । कालिगण्डकी गाउँपालिका प्रमुख वेद थापा मगरको कार्यकक्ष हेर्दा संघीय सरकारको कुनै मन्त्रालय आयो कि भन्ने भान हुन्छ । तर, चन्द्रकोट र रुरु गाउँपालिका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष भने सामान्य छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

गोहीको बासस्थान र प्रजनन प्रक्रियाबारे अनुगमन

वर्षा शुरु भएसँगै खोला नदीमा बाढी आउँदा संकटापन्न अवस्थामा रहेको घडियाल गोहीको बासस्थानको अवस्था र प्रजनन...

लागुऔषधविरुद्ध सीमा क्षेत्रमा हेल्प डेस्क स्थापना

लागूऔषधविरुद्ध जानकारी एवं परामर्श दिने उद्देश्यले नेपाल–भारत सीमावर्ती क्षेत्र सप्तरीको तिलाठी कोइलाडीमा...

जयनगर–जनकपुरमा रेलमार्ग तयार, छैन रेल ऐन

सरकारले आगामी पुसको अन्त्यसम्म जयनगर–जनकपुर–कुर्था र बथनाहा–बिराटनगर रेलमार्ग सञ्चालनमा ल्याउने भएको छ...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

“ शैक्षिक अराजकता र निजी बोर्डिङको दादागिरी “

निजी विद्यालयसँग चन्दा असुल गर्नु नेपालका राजनीतिक पार्टीहरुको रोग हो । रोग मात्रै होइन यसलाई त म क्यान्सर रोग...
मनोरञ्जन / साहित्य अरु धेरै

सगरमाथा म्युजिक अवार्ड हुँदै

‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराको साथ...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै