logo

लट्री परेको भनी ठगी गर्ने गिरोह पक्राउ

काठमाण्डौं, जेठ ३०
लट्री परेको भनी ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । चिठ्ठा तथा विभिन्न योजनाको बम्पर उपहार परेको भन्दै करबापतको रकम बैंक खाता र आइएमआइमा जम्मा गर्न लगाई सर्वसाधारणलाई ठगी गर्ने चार युवकलाई पर्सा प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा वीरगञ्जका अक्षयकुमार चौरसिया, युवराज पासवान, वीरनारायण चौरसिया र छपकैयाका राहुलकुमार राउत रहेको प्रहरीले जनाएको छ । वीरगञ्जका एक व्यक्तिलाई २५ लाख भारतीय रुपैँयाको चिठ्ठा परेको भन्दै करबापत एक लाख माग गरी रकम झिक्ने क्रममा चारैजनालाई वीरगञ्जको भेडियाहीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका युवाबाट प्रहरीले एक लाख पाँच हजार, ठगीमा प्रयोग भएका चार थान मोबाइल, आइएमआइको सातवटा भौचर, विभिन्न बैंकका एटीएम कार्डलगायत सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त ठगी कार्यमा भारतीय र पाकिस्तानी गिरोहको समेत संलग्न रहेको छ । ठगी गिरोहका नाइके ठगी गरेको रकम सङ्कलन गर्नको लागि पक्राउ परेका व्यक्तिहरु मध्येका वीरनारायण चौरसियालाई मोबाइलमा आईएमई कोड र रकमको विवरण पठाई रकम झिक्न लगाउने गरेको प्रहरीले जनाएको छ । उक्त रकम निकालेबापत वीरनारायणले प्रति दिन दुई हजारदेखि चार हजारसम्म लिने गरेको प्रहरीले बताएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट वीरनारायणले भारतीय र पाकिस्तानी नागरिकसँग सम्पर्क गरी उनीहरुले भनेअनुसार अन्य व्यक्तिहरुको परिचय पत्र प्रयोग गरी मोटो रकम झिकी प्रतिदिन एक लाखसम्म भारतको रक्सौलबाट दिएको खाता नं. मा रकम जम्मा गर्ने गरेको प्रहरीले जनाएको छ । उनीहरुलाई पक्राउ गरी ठगी तथा संगठित अपराध शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । साथै पर्सा प्रहरीले यसअघि पनि गत मङ्सिर १४ गते छ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा एक भारतीय र पाँच जना नेपाली रहेका थिए । त्यस्तै गत पुस ३ गते दुई भारतीय र एक नेपाली गरी प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो । गत फागुन ७ गते एक भारतीय र दुई जना नेपाली, २१ गते दुई नेपाली र तीन जना भारतीय, गत चैत ७ गते एक नेपाली र दुईजना भारतीय, चैत ३० गते तीन जना नेपाली गरी २३ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । यसअघि पक्राउ परेकाहरुलाई प्रहरीले ठगी तथा संगठित अपराध शीर्षकमा मुद्दा दर्ता गरेको थियो । उक्त मुद्दाका मुख्य अभियुक्त भारत बिहार पूर्वी चम्पारण रक्सौल बिक्की पण्डित (कुमार), कटिहार कुजिवानाका टिंकुका आसिक अली भन्ने साकिर रेजा, मुकेश राय, बिहार जमुइका छोटु कुमार, रोहित कुमार सिंह, बारा गढिमाई नगरपालिका फिरोज राय भट, धनुषा औरही गाउँपालिका एकका शिव शमकर मण्डल, अमित कुमार यादव, राजेश्वर यादव भन्ने राजे यादव, पर्सा वीरगञ्ज महानगरपालिकाका रेयाज अन्सारी, जेके कुमार गुप्ता र जादोलाल राउतलाई जिल्ला अदालत पर्साले पुर्पक्षको लागि कारागार पठाएको छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

नाकामा सुरक्षा नहुदा बर्षेनी अर्वौ मुल्यको जडिबुटी अबैध निकासी

बझाङ– क्षेत्रफलका हिसावले नेपालकै ठुलो र सुविधा हिसावले सम्भवत सबै भन्दा विकट बझाङको साइपाल गाउँपालिकाका...

हतियारसहित पक्राउ

नेपालगञ्ज उपमहानगरपालिका १५ स्थित जमुना चेकपोष्टमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा जाजरकोट भेरी नगरपालिका ९...

अवैध लागूऔषधसहित पक्राउ

पोखरा लेखनाथ महानगरपालिका ९ न्युरोड बस्ने अन्नपूर्ण गाउँपालिका १० घान्द्रुकका २५ वर्षीय अमित गुरुङसहित तीन...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

कांग्रेसको नजरमा केपी ओली नेतृत्वको सरकार चुकेको सात विषय

बजार मूल्यमा चर्को वृद्धिको भार बोकिरहेका नागरिकलाई स्थानीय तहमा अचाक्ली वृद्धि गरिएको करले झनै ढाड सेक्ने...
मनोरञ्जन / साहित्य अरु धेरै

‘कार किन्देऊ किन्ने भा’ तीजगीत सार्वजनिक (भिडियोसहित)

गायक तथा पत्रकार रामप्रसाद पाठक र मञ्जु घिमिरेको संयुक्त प्रस्तुतिमा यस वर्षको पृथक् शैलीमा तयार भएको तीजगीत...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै