logo

कुल २२ खर्ब निक्षेपमा प्रदेश ३ को योगदान ७२ प्रतिशत

वित्तीय पहुुुँचकोरुपमा कर्णाली प्रदेश कमजोर, प्रदेश २ मा सबैभन्दा धेरै शाखा

सुरेश राउत
काठमाडौं, जेठ ३०
बैंक तथा फाइनान्स कम्पनीहरुबाट २०७४ असार मसान्तमा संकलन भएको कुल निक्षेप रकम २२ खर्ब ८५ अर्बमध्ये दुई तिहाइभन्दा बढी अर्थात् ७२ प्रतिशत प्रदेश ३ बाट संकलन भएको छ । नेपाल राष्ट्र बैंकको अनुसन्धान विभागले मंगलबार सार्वजनिक गरेको प्रदेशगतरुपमा नेपालको जनसांख्यिक, सामाजिक आर्थिक वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनअनुसार निक्षेप संकलन तथा कर्जा प्रवाहमा कुल सात प्रदेशमध्ये प्रदेश ३ अगाडि देखिएको हो ।
राष्ट्र बैंकका अनुसार कर्जा प्रवाहमा समेत प्रदेश ३ को अंश आधाभन्दा बढी अर्थात् ५७ प्रतिशत रहेको छ । ‘यसरी हेर्दा प्रदेश ३ मा वित्तीय संस्थाहरुको उपस्थिति एवम् वित्तीय साधनको परिचालन उच्च रुपमा केन्द्रीकृत भएको देखिन्छ’, प्रतिवेदनमा भनिएको छ ।निक्षेप संकलन तथा कर्जा प्रवाहको आधारमा कर्णाली प्रदेश सबैभन्दा कमजोर देखिएको छ । राष्ट्र बैंकका अनुसार उक्त प्रदेशमा निक्षेप संकलन तथा कर्जा प्रवाह दुवैको अंश करिब एक प्रतिशत मात्र रहेको छ । त्यसैगरी, प्रदेश ७ मा निक्षेप संकलन तथा कर्जा प्रवाहको अंश क्रमशः दुुई प्रतिशत तथा तीन प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख रहेको छ ।
निक्ष्ोप संकलनको तुलनामा कर्जा प्रवाह बढी हुने प्रदेशहरु प्रदेश १, प्रदेश २, प्रदेश ४, प्रदेश ५ र प्रदेश ७ रहेका छन्भने अन्य प्रदेशमा निक्षेप संकलनको तुलनामा कर्जा प्रवाह कम रहेको प्रतिवेदनमा उल्लेख छ । वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स कम्पनीहरुको कुुल शाखा संख्या भने २०७४ चैत मसान्तसम्ममा तीन हजार छ सय ७३ वटा पुगेकाछन् । प्रतिवेदनअनुुसार वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीका सबैभन्दा बढी शाखा प्रदेश ३ मा रहेकाछन्भने सबैभन्दा न्यून कर्णाली प्रदेशमा रहेका छन् ।
प्रतिवेदनअनुसार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको प्रतिशाखा जनसंख्या स्थितिलाई हेर्दा प्रदेश २ मा सबैभन्दा बढी अर्थात् एक शाखाले १७ हजार नौ सय ७३ जनालाई सेवा पु¥याउन सक्ने देखिन्छ भने प्रदेश ४ मा सबैभन्दा कम प्रतिशाखा जनसंख्या चार हजार छ सय ४० रहेको छ । प्रतिशाखा जनसंख्या राष्ट्रिय औसत सात हजार आठ सय ४६ भन्दा बढी रहेका प्रदेशहरुमा कर्णाली प्रदेश (१३ हजार आठ सय ३३), प्रदेश ७मा (१३ हजार ३९) र प्रदेश १मा (आठ हजार छ सय ३७) रहेका छन् ।
राष्ट्र बंैकका अनुसार संघीयता कार्यान्वयनका क्रममा गठन भएका सात प्रदेशका सात सय ५३ वटा स्थानीय तहमध्ये चालू आवको वैशाख मसान्तसम्म पाँच सय १० वटामा वाणिज्य बैंकहरुको उपस्थिति रहेको छ । शाखा विस्तार गर्न बाँकी रहेका स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाहरुले २०७५ असार मसान्तसम्ममा शाखा विस्तार गरिसक्नुपर्ने गरी नीतिगत व्यवस्था गरिएको प्रतिवेदनमा उल्लेख छ । आर्थिक दैनिकबाट

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

श्रीमतीको हत्या

गुल्मीमा घरायसी झगडा हुँदा एक व्यक्तिले गए राति आफ्नै श्रीमतीको हत्या गरेका...

पोखरा अब खेल पर्यटनको ‘केन्द्र’मा विकास हुँदै

पोखरालाई पर्यटनसँगै खेल पर्यटनको पनि ‘केन्द्र’ बनाउने उद्देश्यसहित अर्को सातादेखि ‘पोखरा प्रिमियर लिग’ शुरु...

तरकारी फल्यो, बजार छैन

राप्तीसोनारी गाउँपालिका–३ भगवतीपुरका महिलाले आर्थिक उपार्जनका लागि व्यावसायिक तरकारीखेती गर्दै आएका छन्...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

चक्रजीको जीवन चक्र सकियो

अन्ततः सात वर्षको संघर्षपछि चक्र बाँस्तोलाले यो संसार त्याग्नु भएको छ, अर्को संसारका लागि उनको आफ्नो आत्मिक...
मनोरञ्जन / साहित्य अरु धेरै

प्रियंका र आयुष्मानको ʻप्रेम दिवसʼ शुभसाइत

चलचित्र ʻप्रेम दिवसʼको शुभसाइत गरिएको छ । घटस्थापनाको अवसर बुधबार काठमाडौंको मैतीदेवी मन्दिरमा शुभसाइत गर्दै...

सरकार यातायात व्यवसायीको सामुु लम्पसार

हिन्दु धर्मालम्बीहरुको महान् चाड दशैँ भित्रिएसगैँ आफ्नो जन्मथलो जाने मानिसहरुको पनि सँख्या अत्याधिक रुपमा...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै