logo

प्रदेश नं ३ को नीति तथा योजना आयोगको उपाध्यक्षमा देवकोटा नियुक्त

दीपक पराजुली
हेटौडा, जेठ ३०
प्रदेश नं ३ मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले नीति तथा योजना आयोगको उपाध्यक्षमा डा खिमलाल देवकोटा र सदस्यमा श्याम बस्नेतलाई नियुक्त गरेको छ । बैठकले प्रदेश नीति तथा योजना आयोग गठन गर्नुका साथै कार्य सञ्चालन आदेश पनि जारी गरेको छ । विकास अर्थशास्त्रमा विद्यावारिधि गरेका डा. देवकोटा वित्तीय संघीयता व्यवस्थापनका पनि विज्ञ मानिन्छन् भने सदस्य बस्नेत प्राकृतिक स्रोतसम्बन्धी विज्ञ हुन् । संघीयता विज्ञ डा. देवकोटाले अर्थशास्त्रमा एमए, आर्थिक विश्लेषणमा एमएसी र विकास अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् । डा. देवकोटासँग प्रधानमन्त्री कार्यालय, राष्ट्रिय योजना आयोगका अतिरिक्त स्थानीय निकाय वित्तीय आयोगमा समेत लामो समय विज्ञ सल्लाहकारको रुपमा काम गरेको अनुभव छ । विश्व बैंक, युएनडिपी, डिएफआइडी, जीआइजेट, एसडिसीलगायतका संस्थाहरुमा समेत उनले संघीयतालगायतका विषयमा परामर्शदाताका रुपमा कार्य गरिसकेका छन् । काठमाडौं विश्वविद्यालयमा समेत प्राध्यापन गरिसकेका डा. देवकोटाले संघीयता र विकासलगायताका विषयमा नेपाल सरकारका उच्चपदस्थ कर्मचारीहरुलाई बेलाबेलामा प्रशिक्षण दिनुका साथै संघीयता र स्थानीय सुशासन विषयमा देशका दूरदराजमा समेत पुगी प्रशिक्षण दिने गरेका छन् । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

कागेश्वरी मनोहरालाई स्वच्छ बनाउन वृक्षरोपण अभियान

‘स्वच्छ, सफा, हराभरा, बनाऔँ कागेश्वरी मनोहरा’ भन्ने नाराका साथ कागेश्वरी मनोहरा नगरपालिकाको तीन वडामा बिरुवा...

सञ्चार सम्बन्धी अभ्यास : सम्पन्न

नेपाली सेना र मित्र राष्ट्र अमेरिकी सेनाकोे संयुक्त आयोजनामा मिति २०७५/४/२१ गतेबाट होटल याक एण्ड यतिमा २० (बीस)...

विद्यार्थी सङ्गठनको नाम ‘अनेरास्ववियु’ हुने

नेपाल कम्युनिष्ट पार्टी नेकपा को भ्रातृ सङ्गठन विद्यार्थी सङ्गठनको नाम ‘अनेरास्ववियु’ राखिने भएको छ । आज बसेको...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

भुइँचालोले विधवा बनाएको बारपाक (भाग—१)

अलमस्त छे धरती, यो कल कल किरण, यी वनफूल, चहचह चिरबिर ! कुहूकुहू कोइली, कति मीठो छ आहा जिन्दगी ! प्रभातको हिमाल हेरेर म...
मनोरञ्जन / साहित्य अरु धेरै

स्कट नेपाल रोदीघरले चर्चा कमाउँदै

विगत केही समय पहिलादेखि सञ्चालनमा आएको स्कट नेपाल रोदी घरले दिनप्रतिदिन आफ्नो चर्चा विस्तार गर्दै गएको छ । यो...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै