logo
565 x 90 pixel-01.png

ट्रम्प र किमबीच चार बुँदे सम्झौता

सिंगापुर, जेठ ३०
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनबीच सिंगापुरमा भेटवार्ता भएको छ । मंगलबार बिहान लामो समयदेखि प्रतीक्षा गरिएको ट्रम्प–किम वार्ता भएको हो । मंगलबार दुई नेताहरुको बीचमा भएको वार्तामा दुई मुलुकको बीचमा चार बुँदामा सम्झौता पनि भएको छ । उत्तर कोरिया र अमेरिकाको बीचमा लामो समयदेखि विभिन्न किसिमको आरोप/प्रत्यारोप चलिरहेको अवस्थामा ऐतिहासिकरुपमा यो सम्झौता भएको हो । यो वार्ता निकै सकारात्मक रुपमा सम्पन्न भएको अमेरिकी राष्ट्रपति ट्रम्पले जानकारी दिए । उनले वार्तामा निकै राम्रो प्रगति भएको र यस वार्ताले हामीलाई एकदम सफलता दिने उल्लेख गरे ।
वार्तामा प्रवेश गर्नुअघि पनि उनी पत्रकारहरूसँग आशावादी देखिएका थिए । त्यस समयमा संक्षिप्त कुरागर्दै राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किमसँग अहिलेसम्म नभएको सम्बन्धको विकास हुने भनेका थिए । वार्ताका लागि एक स्थानीय होटलमा प्रवेश गर्नुअघि उनीहरुले होटलबाहिरै हात मिलाएका थिए । वार्तामा बस्नुअघि उत्तर कोरियाली नेताले भनेका थिए,‘यस वार्ताका लागि सिंगापुरसम्म आइपुग्न सजिलो थिएन, कैयौँ अप्ठ्याराहरू थिए तर हामी आयौँ ।’ सिंगापुरको पर्यटकीय टापु सेन्टोसास्थित कापेला होटलमा अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमले एक अर्कासँग हात मिलाएका थिए । उनीहरुले हात मिलाउने स्थानमा अमेरिका र उत्तर कोरियाको झण्डा राखिएको थियो । राष्ट्रपति ट्रम्प अमेरिकाको झण्डा भएतिर जाने र नेता किम उत्तर कोरियाको झण्डा भएको स्थानमा पुगेका थिए ।
नेपालद्वारा स्वागत :- यसैबीच, नेपालले मंगलबार साँझ एक विज्ञप्ति निकाल्दै दुई देशबीच भएको सम्मेलन र सहमतिको स्वागत गरेको छ । परराष्ट्र मन्त्रालयले एक छोटो विज्ञप्ति जारी गर्दै वार्ताका क्रममा उल्लेख भएका सहमतिका बुँदाहरुले आशा बढाएको र उक्त कुराहरु क्रमशः कार्यान्वयन हुनेमा नेपाल विश्वस्त रहेको उल्लेख गरिएको छ । त्यस्तै, अन्य विश्व समुदायले पनि दुई राष्ट्रपतिबीचको भेटवार्ता र सहमतिको स्वागत गरेका छन् । चीन, ईयू, बेलायत, रुसलगायतका देशले कोरियाली प्रायद्वीपमा आणविक निरस्त्रीकरण भएर शान्ति छाउने भन्दै सम्मेलनको स्वागत गरेका हुन् ।
के भयो सम्झौता ? १) संयुक्त राज्य अमेरिका र उत्तर कोरिया दुवै देशका जनताको शान्ति र समृद्धिको सदिच्छाबमोजिम नयाँ अमेरिका उत्तर कोरिया सम्बन्ध स्थापना गर्न प्रतिबद्ध भएका छन् ।
२) दुवै देश कोरियाली प्रायद्वीपमा स्थायी शान्तिका लागि संयुक्त रुपमा काम गर्न सहमत भएका छन् ।
३) अप्रिल २७, २०१८ को पानमुनजोम घोषणाप्रति प्रतिबद्ध रहँदै उत्तर कोरियाले कोरियाली प्रायद्वीपलाई आणविक निरस्त्रीकरण गर्न प्रतिबद्ध रहेको छ ।
४) दुवै देश पीओडब्ल्यु/एमआईए (अर्कैको देशमा बन्दी जीवन बिताइरहेका) को समाधानका लागि यसअघि नै पहिचान भइसकेकाहरुलाई तुरुन्तै पारिवारिक मिलनका लागि सहमत भएका छन् । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

डोल्पा तीन दिनदेखि सञ्चार विहीन

शुक्रबार दिउँसोदेखि मोबाइल र ल्याण्डलाइन सेवा अवरुद्ध भएपछि डोल्पा सञ्चार विहीन बनेको छ । जगदुल्ला...

सभागृहको बजेट नरोक्न आग्रह

नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मृतिमा यहाँ...

छाउगोठको तथ्याङ्क सङ्कलन गरिँदै

जिल्लाका नौवटै स्थानीय तहमा रहेका ६९ वडामा छाउ गोठको तथ्याङ्क सङ्कलन कार्य शुरु गरेको छ । सामाजिक कुरीति र...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

गरिबी र बञ्चितीकरण

गरिबी मानव र विपन्न्ता मानव सभ्यताको सवैभन्दा ठूलो कलंक हो । सताव्दीका सर्वाधिक प्रीय राजनेता नेल्सन मण्डेलाले...
मनोरञ्जन / साहित्य अरु धेरै

चितवन महोत्सव

चितवन यतिवेला महोत्सवमय बनेको छ । विशेष जाडो मौसम सुरु भएसगैँ यहाँ विभिन्न मेला महोत्सवका कारण जिल्ला नै...

दशैंको मोबाइल बजार

पछिल्लो समय नेपालमा स्मार्टफोनको क्रेज बढ्दो क्रममा रहेको छ । अहिले धेरैको प्राथमिकतामा स्मार्टफोन पर्न...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै