logo

चीनको प्रयासको बाबजुद बीआरआईमा भारतको असहमति

बेइजिड.,जेठ २९
अथक प्रयासका बाबजुद भारतले चीनको महत्वाकांक्षी योजना ‘बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)’ मा सहभागी नहुने बताएको छ । आइतबार एसईओ सम्मेलनलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यस्तो बताएका हुन् । भारतीय प्रधानमन्त्री मोदीले धेरै मुलुकहरुलाई एउटै सडकमा जोड्ने योजनाअनुसार अघि सारिएको यो लक्ष्य पूरा गर्ने क्रममा चीनले दोस्रो मुलुकको सार्वभौमसत्ताको पनि सम्मान गर्नुपर्ने बताएका हुन् । चीन सार्वभौमसत्ता र प्राकृतिक सम्पत्तिको रक्षा गर्ने योजनाअनुसार अघि बढेमा भने भारतले यो योजनामा सहभागिता जनाउने मोदीले बताएका हुन् । भारतले चीनको बीआरआई योजनाको सुरुवातदेखि नै विरोध गर्दै आइरहेको छ । चीनले ल्याएको महत्वाकांक्षी योजनाअन्तर्गतको चाइना–पाकिस्तान कोरिडोर पाकिस्तानको नियन्त्रणमा रहेको काश्मिरबाट जाने तय भएको छ तर भारतले सो भूमि आफ्नो रहेको दाबी गर्दै आएको छ । मोदीले आइतबारको सम्मेलनमा यो योजनाले नागरिकहरुको सुरक्षा, आर्थिक विकास, क्षेत्रको सञ्जाल विस्तार, एकता, सार्वभौमताको सम्मान र वातावरणीय सुरक्षालाई ध्यानमा राख्नुपर्ने बताए । मोदीले पछिल्लो समय यो क्षेत्रमा बढिरहेको आतंकवादको विषयमा पनि चिन्ता व्यक्त गरेका छन् । उनले यसका लागि अफगानी राष्ट्रपति असरफ घानीको प्रयासको सबै मुलुकहरुले सम्मान गर्नुपर्ने बताए । सम्मेलनमा रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सि चिनफिङले पनि आवाज उठाएका थिए । भारतीय प्रधानमन्त्रीले छिमेकी मुलुकसँगको सञ्जाल विस्तारको कार्यक्रम आफ्नो पनि योजना रहेको तर यस्तो योजनामा दोस्रो मुलुकको सार्वभौमसत्ताको पनि ख्याल राख्नुपर्ने बताए । काश्मिरको कोरिडरको ५० अर्ब अमेरिकी डलरबराबरको योजनामा भारतले आफ्नो सार्वभौमसत्ताको खिल्ली उडाएको भन्दै विरोध गर्दै आइरहेको छ । भारतबाहेक एसईओ सम्मेलनका सबै मुलुकहरुले चीनको सो योजनामा सम्झौता गरिसकेका छन् । आतंकवाद निर्मूल पार्न पाकिस्तानले सहयोग नगरेको संकेत गरे । अफगानिस्तानसँग पछिल्लो समय भारतले विभिन्न आर्थिक सम्झौताहरु गरेको कारण उनी अफगानिस्तानप्रति लचिलो देखिएका हुन् ।
चीन र भारतको बीचमा यो योजानाको विषयमा लामो समयदेखि विवाद रहँदै आएको छ । यद्यपि यो योजना जसरी भए पनि पूरा गर्ने दिशामा चीन अघि बढिरहेको छ । चीनको योजनालाई कुनै पनि अवस्थामा पूरा हुन नदिने भारतको दाउ रहेको छ । यसअघि नेपालले यो योजनामा हस्ताक्षर गर्दा पनि भारतले अप्रत्यक्षरुपमा असन्तुष्टि जनाएको थियो । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

चीनबाट आउने सामग्रीहरुमा थप कर बढाउने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात हुने दुईखर्ब अमेरिकी डलरबराबरको सामग्रीहरुमा बर बढाउने...

अमेरिकाको निर्णयले अष्ट्रेलिया निराश

संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद्बाट अलग हुने संयुक्त राज्य अमेरिकाको घोषणाबाट अष्ट्रेलिया निराश भएको छ...

मोरोक्कोको व्यापारघाटा बढ्यो

मोरोक्कोको व्यापारघाटाको नतिजा यस वर्षको सुरुवाती पाँच महिनाको अवधिमा उल्लेख्य वृद्धि भएको विवरण सार्वजनिक...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

“ शैक्षिक अराजकता र निजी बोर्डिङको दादागिरी “

निजी विद्यालयसँग चन्दा असुल गर्नु नेपालका राजनीतिक पार्टीहरुको रोग हो । रोग मात्रै होइन यसलाई त म क्यान्सर रोग...
मनोरञ्जन / साहित्य अरु धेरै

सगरमाथा म्युजिक अवार्ड हुँदै

‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराको साथ...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै