logo

बिग्रँदो वातावरणीय चुनौती

विश्वनाथ खरेल
वातावरणीय समस्याले विश्वमै एक चुनौतीपूर्ण समस्याको रुपमा देखापरेको छ । बढ्दो औद्योगिकीकरण र अव्यवस्थित विकास निर्माणका कार्यले मानव सिर्जित नकारात्मक वातावरणीय प्रभावले विश्वका कैयौं देशमा खानेपानीको अभाव सिर्जना भइसकेको छ । यसरी पानी उपभोग गर्ने जनसंख्या निरन्तर वृद्धि हुँदै जाने र मानवीय गैरजिम्मेवारीकै कारण पानीका स्रोत सुक्दै गइरहेको परिप्रेक्ष्यमा यसबाट पानी किनेर खान नसक्ने गरिब मुलुकका जनताको दैनिक जीवनमा निकै ठूलो समस्या सिर्जना भइरहेको छ । वर्षाको अनियमितताले खाद्यान्न उत्पादनमा ह्रास आइरहेको हुनाले अफ्रिकाका कैयौं देशमा भोकमरी जटिल समस्याका रूपमा देखा परिसकेको छ । यस्तो किसिमको विकराल समस्याको समाधानको लागि बेलैमा विकसित तथा विकासशील राष्ट्रहरुले युद्धस्तरमा रणनीतिहरु तय गर्नु परेको वातावरण गम्भीररुपमा बिग्रनु मानवीय व्यवहार हो भन्न सकिन्छ । मानवकै अज्ञानको कारणबाट नै वन विनाश, भू–क्षय आदि हुने गरेको छ । सर्वप्रथम वातावरणमा ह्रास ल्याउने मानिस नै हो भने यसको निराकरण गर्ने पनि मानिस हो । पर्याावरण बढ्दै गइरहेको जनसंख्या वृद्धि , सवारी साधनको चाप र औद्योेगिक क्षेत्रबाट निस्कने घातक ग्यासले गर्दा वायु तथा पानीसमेत प्रदूषित बन्दै गएको छ । यसरी विकासशील मुलुकहरुमा कहालीलाग्दो जनसंख्या वृद्धिले गर्दा वन–साधनमा ठूलो चाप पर्न गई भू–क्षय हुने, पहिरो जाने, बाढीको प्रकोप बढ्ने , अतिवृष्टि तथा अनावृष्टि हुने समस्या देखा परी पर्याावरणीय सन्तुलनलाई प्रतिकुल बनाएको छ । यसरी सारा संसारमा नै वातावरण सन्तुलनमा ह्रास आउनु प्रत्येक व्यक्तिको वातावरण विश्वमै एक चुनौतीपूर्ण समस्याको रुपमा देखापरेको छ । यस्तो किसिमको विकराल समस्याको लागि बेलैमा विकसित तथा विकासशील राष्ट्रहरुले युद्धस्तरमा रणनीतिहरु तय गर्नुपरेको छ । यसरी सारा संसारमा नै वातावरण सन्तुलनमा ह्रास आउनु प्रत्येक व्यक्तिको लागि चिन्ताको विषय बनेको छ ।
विश्व तापमान वृद्धिसँगै हिमालयमा परेको प्रभाव निकै डरलाग्दो देखिन्छ । पाकिस्तान, भुटान, भारत, नेपाल र तिब्बत क्षेत्रमा फैलिएको हिमालय यी क्षेत्रमा पानीको प्रमुख स्रोत हो । विश्व तापमानमा भएको क्रमिक वृद्धिसँगै हिमालको हिउँ पग्लिने क्रम बढ्दो छ । केही दशक अघिसम्म वर्षैभरि सेताम्य हिउँ देखिने हिमाल कालो ढुङ्गे डाँडामा परिणत भएको यथार्थ हाम्रै आँखासामु छ । यही अनुपातमा हिउँ पग्लिने क्रम बढ्ने हो भने हाम्रा हिमालमा अबको ३० वर्षमै निकै परिवर्तन आउने र त्यहाँबाट आपूर्ति हुने पानीमा निकै कमी आउने इसिमोडलगायत यस क्षेत्रमा कार्यरत संस्थाले गरेको अध्ययनले देखाएका छन् । विश्वमा जनसंख्याको चाप गणितीय रुपमा वृद्धि भएको छ तर जमिन भने एक इन्च पनि बढ्नेवाला छैन । तर, जमिन भने दिनहुँ घट्दो रुपमा रहेको छ । यसले गर्दा प्राकृतिक सम्पदा र वातावरणमाथि आक्रमण र असन्तुलन बढिरहेको छ । यी कारणले गर्दा ठूलाठूला महामारी र डरलाग्दा रोगहरुको उत्पति भइराखेको वर्तमान परिवेशमा फोहोर मैलाको उचित र वैज्ञानिक रुपले विसर्जन गर्नुपर्ने टड्कारो स्थिति विद्यमान भएको छ । मानव समाजले विज्ञानको चरम सीमामा पुगेर उल्लेखनीय उपलब्धिहरु हासिल गरेको छ । सञ्चारको विकासले गर्दा आजभोलि मानिसहरु विश्वलाई गोबल भिलेज पनि भन्ने गर्दछन्  । मानवले जति जति उन्नति ग-यो उति उति समस्या र सङ्कटहरु आइलागेका छन् । एकातिर सफलताहरु उल्लेखनीय उपलब्धिहरु हासिल गरेको छ भने अर्कोतर्फ सम्पूर्ण जीव चराचरको साझा घर पृथ्वीमा जीवको लागि ठूलो सङ्कट आइलागेको छ । मानिसले अन्धो भएर एकपक्षीयरुपमा गरेको चरम भौतिक विकासले साझा धर्तीको पर्यापरणीय सन्तुलन क्षतविक्षत भएको छ । मानवजातिको हितको लागि गरिएको विज्ञान प्रविधिको विकासको कारणले गर्दा पृथ्वीको माटो, हावा, आकाश, पानी, प्रकाश आदि तत्वहरु प्रदूषित भएका छन् ।
पृथ्वीको सिर्जना साढेचार अर्ब अघि भए पनि करिब डेढ अर्व वर्षसम्म यसमा कुनै पनि जीवजन्तुको उत्पत्ति हुन सकेन । केही समयपछि मात्र एक कोसीय जीवको अस्तित्वका साथै बीस लाख वर्ष जतिअघि मानिसको उत्पत्ति भएको मानिन्छ । यिनको उत्पत्ति, विकास र अन्त्य पनि यही प्रकृति मै हुन्छ । त्यसैले एक अर्काको अस्तित्व र सम्बन्ध अन्योन्याश्रित रहेको छ । प्रकृतिका सन्ततिहरुमध्ये मानिस सर्वश्रेष्ठ उपहार हो । र यसको सम्बन्ध प्रकृतिसँग अरुको भन्दा गहिरो र व्यापक सम्बन्ध छ । आजको एक्काइसौं शताब्दीको खुड्किलोमा जनसंख्या वृद्धि धेरै जटिल समस्याहरु जन्म भएको छ । यसको असर सोझै प्रकृतिमा पर्न गई वातावरणीय असन्तुलनको स्वरुपको रुपमा आज यसले मानव जातिलाई नै ठाडै चुनौती दिइरहेको छ ।
तेस्रो विश्वका ८० प्रतिशत प्राणीहरुले फोहोर बासस्थानमा जीवन बिताउन बाध्य भएका एकातिर छन् भने अर्कोतिर एक अर्ब तीस करोड प्राणीहरु बासविहीन एवं जटिल अस्वस्थ पर्याावरणमा जीवन निर्वाह गरेका छन् । त्यसैगरी अन्टार्टिका र आर्टिक क्षेत्रको भीमकाय हिमपहाडहरू विश्वतापमानको वृद्धिसँगै द्रूतगतिमा पग्लिरहेको हुनाले सामुद्रिक सतह बढ्दै गइरहेको र सामुद्रिक तटमा भूस्खलन तथा खिइने क्रम बढिरहेको हुनाले माल्दिभ्स जस्ता कम उचाइ भएका टापुहरूको अस्तित्व नै सङ्कटमा परेको देखिन्छ । बढ्दो खडेरी र पानीको अभावले अफ्रिका महादेशका कैयौं क्षेत्रमा सरुवा रोगको प्रकोप बढ्दै गइरहेको छ । चरम सुक्खापनले गर्दा जङ्गलहरूमा ठूलाठूला आगलागीका घटना दोहोरिइरहेका छन् । वन्यजन्तुको विनास भइरहेको छ । जडीबुटी मासिने क्रम बढ्दो छ । उत्तरी अमेरिकाका प्रायः सधैं हिउँले ढाकिने पहाडहरू नाङ्गा पहाडहरूमा परिवर्तन भइसकेका छन् । गर्मीको समयमा तातो वायु प्रवाह बढ्नाले समस्त मानव स्वास्थ्यमा निकै प्रतिकुल असर परिरहेको छ । प्रदूषणकोे केन्द्र मानिएका विश्वका हरेक सहर तथा उद्योग धन्धाहरुलाई वर्षेनी दस करोडभन्दा बढी सल्फर डायोअक्साइड हावामा मिसिन्छ । यसले स्वच्छ वातावरणलाई दूषित वा अम्ल वर्षामा परिणत गरिदिन्छ । घना सहरीकरणले ध्वनि प्रदूषित गराई यहाँ धेरै राष्ट्रहरु कोलाहलपूर्ण परिवेशमा बाँचेका छन् । विश्वको सबैभन्दा बढी ध्वनि प्रदूषितकोे रुपमा चिनिने कायरोमा प्रति वर्ष पाँच प्रतिशत मानिसहरु बहिरा हुन पुग्दछन् । तसर्थ पृथ्वीको बढ्दो उष्णीकरण, ओजोन लेयर पातलिने स्थिति ल्याक होल, अम्लवर्षा, हिमाल पग्लन थाल्नुजस्ता परिणाम भोग्न मानव समुदाय बाध्य भएपछि यसका कारक तत्वहरुवारे अनुसन्धान हुन थाले । यी कुराहरुलाई मध्ये नजर गरी सन् १९९२ जुनमा ब्राजिलको रियोडि जेनेरोमा पृथ्वी शिखर सम्मेलन भयो । जसले मौसम परिवर्तनका कारक तत्वहरुको नियन्त्रण जैविक विविधताको संरक्षण र एजेण्डा २१ जस्ता महत्वपूर्ण सिद्धान्त प्रतिपादन र कार्यान्वयनका लागि घोषणा ग¥यो । त्यसैगरी अर्कोतिर हेर्ने हो भने वन्यजन्तुको अवैध चोरी सिकारी तथा व्यापार मौलाउँदै गएको भन्दै विश्वभर यस विषयमा चिन्ता बढ्न थालेको छ । यसबाट जैविक विविधता नै खतरामा परेको भन्दै वन्यजन्तुको अवैध चोरी सिकारीलाई न्यूनीकरण गर्न यस्तो कदम चालिएको हो । मानवीय क्रियाकलापका कारण वातारवरणमा परिरहेको असर न्यूनीकरणका लागि चेतना जगाउन यो दिवस निकै महत्वपूर्ण अवसर हो । विश्व वातावरण दिवसका अवसरमा वातावरण मन्त्रालयसहित सरकोकारवाला अन्य संघसंस्थाहरुको सहभागितामा जनचेतनामूलक कार्यक्रमहरु गरिंदै आएको छ । वातावरणको महत्व झल्काउँदै जिल्ला­जिल्लामा चेतनामूलक -याली पनि निकालिन्छ । वातावरणसम्बन्धी चित्रकलालगायतका रचनात्मक क्रियाकलापहरु गरिन्छ । वातावरण दिवसका अवसरमा सहरी क्षेत्रमा साइकल -याली गरिन्छ । खाली जग्गाहरुमा वृक्षारोपण गरिन्छ । काठमाडौंमा प्रत्येक वर्ष वाग्मति सफाइलगायतका अभियानमुखी कार्यक्रमहरु गरिँदै आएको छ ।
अन्त्यमा भन्नुपर्दा वातावरण संरक्षणका हाम्रो देशलगायत विभिन्न देशहरुले आ–आफ्नै कार्यक्रम तर्जुमा गरेका छन् । हाम्रो देशमा पनि वातावरण संरक्षणसम्बन्धी चेतनामूलक कार्यक्रमहरु गरिँदैछ । यिनै कुराहरुलाई ध्यानमा राखी संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७३ देखि हरेक वर्ष जुन ५ तारिखमा विश्व वातावरण दिवस मनाउने गरिएको थियो । नेपालमा सन् २००० देखि यो दिवस मनाउन थालिएको थियो । यसरी ५­१६ जुन, १९७२ मा संयुक्त राष्ट्रसंघले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो । उक्त सम्मेलनबाट वातावरण संरक्षणका लागि विश्वभर राजनीतिक र सामाजिक जनचेतना जगाउनुपर्नेमा अन्तर्राष्ट्रिय ऐक्यबद्धता प्राप्त भयो । त्यसैअनुरुप यस दिवसलाई संस्थागत गर्न सम्मेलनको दोस्रो वर्ष अर्थात् ५ जुन १९७३ मा विश्वमा पहिलो पटक विश्व वातावरण दिवसलाई एक अन्तर्राष्ट्रिय दिनका रुपमा अङ्गीकार गरिएको थियो । यसैक्रममा विश्वमा प्रतिमिनेट ३२ हेक्टर जमिन रुखविहीन भएका छन् । एउटा मनुष्यलाई प्राण वायुका लागि १२ वटा गोब्रे सल्लाका रुखहरुको आवश्यकता पर्दछ । त्यस्तैगरी एक हुर्किएका सय वर्षका भोजपत्रले करिब आठसय घरका एक वर्षको हावालाई शुद्ध पार्ने कार्य गर्दछ । यस क्रममा एक स्वस्थ भोजपत्रका रुखले सात हजार जीवात्मालाई वासस्थान दिन्छ । त्यस्तै अनुसन्धानबाट थाहा भएको छ वायु मण्डलमा भएको करिब २१ प्रतिशत प्राणवायु अक्सिजन संसारका प्रत्येक व्यक्तिले स्वास क्रियामा प्रयोग गर्दछन् । एक व्यक्तिका लागि स्वास फेर्ने कार्यका लागि मात्र पनि छ वटा रुखको जरुरत पर्दछ । एउटा स्वस्थ मानिस दिनको २२ सय चोटि सास फेर्छ र यसरी सास फेर्दा उपयोगमा ल्याइएको वायुको महत्व खाएको भोजनको मात्राभन्दा झण्डै २० गुणा बढ्ता हुन्छ । एक वृक्षले सरदर दुई दशमलव सात प्रतिशत केजी प्राणवायु वायुमण्डलमा फ्याँक्छ । प्रतिवर्ष बिरुवाबाट ८० लाखदेखि दुई करोड हेक्टर जङ्गलको विनाश, त्यसबाट लोप भएका १३० जातका जङ्गली चराहरु स्तनधारी जन्तुहरु र १० प्रतिशत फूल फूल्ने जातका रुखहरु वर्षेनी बग्दै गएको माटोको इतिहास, मरुभूमीकरण भएका ८० करोड हेक्टर भूमि र प्रतिवर्ष ६० लाख हेक्टरका दरले उर्वरा भूमि मरुभूमीकरण हुने तथ्यले केही वर्षभित्रमा वातावरणीय र भौगोलिक दृष्टिले समेत पृथ्वीको नक्सा नै बदलिन सक्ने सङ्केत मिलेको छ भने अर्कोतिर सांसारिक सुखभोगलाई वर्तमानमा मात्र केन्द्रित नगरी हाम्रा भावी सन्ततिले समेत समानरुपमा जीवनयापन गर्ने अवसरलाई क्षीण पार्नु हुँदैन भन्ने कुरामा जोड दिइएको छ । अन्तमा के भन्न सकिन्छ भने भौतिक उन्नतिले क्रमशः उब्जाएका नकारात्मक पक्षहरु विचार गर्दा प्राकृतिक सन्तुलन बिग्रन गई मानव सभ्यताकै लोप हुने हो कि भन्ने चिन्ताले सबैलाई पिरोलेको छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

कांग्रेसको नजरमा केपी ओली नेतृत्वको सरकार चुकेको सात विषय

बजार मूल्यमा चर्को वृद्धिको भार बोकिरहेका नागरिकलाई स्थानीय तहमा अचाक्ली वृद्धि गरिएको करले झनै ढाड सेक्ने...

नेपालमा फस्टाउँदो अल्लो व्यवसाय

नेपालको भौगोलिक बनोटअनुसार समुद्र सतहको लगभग १,२०० मिटरदेखि ३,००० मिटरको उचाइसम्म अल्लोको खेती गर्न उपयुक्त...

करको कहर ‘अतिरञ्जन’ होइन यथार्थ

प्रधानमन्त्री केपी शर्मा ओलीको करको विषय मिडिया र सामाजिक सञ्जालमा आएजस्तो ‘भयावह नभएको’ मान्यता वा बुझाइ...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

कांग्रेसको नजरमा केपी ओली नेतृत्वको सरकार चुकेको सात विषय

बजार मूल्यमा चर्को वृद्धिको भार बोकिरहेका नागरिकलाई स्थानीय तहमा अचाक्ली वृद्धि गरिएको करले झनै ढाड सेक्ने...
मनोरञ्जन / साहित्य अरु धेरै

‘कार किन्देऊ किन्ने भा’ तीजगीत सार्वजनिक (भिडियोसहित)

गायक तथा पत्रकार रामप्रसाद पाठक र मञ्जु घिमिरेको संयुक्त प्रस्तुतिमा यस वर्षको पृथक् शैलीमा तयार भएको तीजगीत...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै