logo

महिनाबारी भएका बेला विद्यालय नजाने छात्रा विद्यालय जान थाले

आशिष बहादुर सिंह
बझाड., जेठ २९
जिल्लाको विकट गाउँमा अवस्थित महेश्वरी उमाविमा अध्यनरत छात्राहरु महिनाबारी भएको समयमा विद्यालय नजाने गरेको छात्राहरु विद्यालय जानथालेका छन् । महिनाबारी भएको समयमा विद्यालय नजाने जिल्लाका अधिकांश छात्राहरु जनचेतना पाएपछि विद्यालय जानथालेका हुन् । महिनाबारी भएको परिवारलाई थाहा हुने र त्यसपछि विद्यालय जान खोजे विद्यालयमा सरस्वतीको बास हुन्छ भन्दै विद्यालय जान नदिने गरेको सुर्मा रोकायाले बताइन् । पहिला विद्यालयमा अध्ययनरत छात्राहरु महिनाबारी भएका अनुपस्थित हुने गरे पनि अहिले भने नियमित रुपमा विद्यालय उपस्थित हुने गरेको महेश्वरी माविका प्रधानाध्यापक तुलसी प्रसाद जोशीले बताए । पहिले सबै छात्राहरु महिनाबारी भएको छ दिनपछि मात्र विद्यालयमा आउने गरेको उनको भनाइ छ । अभिभावकहरुले पनी महिनाबारी भएका बेला विद्यालय पठाउनुपर्छ भन्ने ज्ञान पाएका कारण विद्यार्थीहरु अहिले नियामित विद्यालय आउने गरेको जोशी बताउँछन् । ‘पहिले जनचेतना अभावका कारण महिनाबारी भएका छात्रालाई विद्यालय पठाउँदैनथे । अहिले सबै गाउँपालिकामा जिल्लामा रहेका विभिन्न सरकारी तथा गैरसरकारी कार्यलयहरुले जनचेतना दिएपछि परिवर्तन आएको छ’, जोशीले भने । पहिला महिनाबारी भएका समयमा विद्यालय नजाने गरेको उमाविमा अध्ययनरत मना खड्काले भनिन्, ‘अहिले सधैँ स्कुलमा जान्छौँ, केही फरक पर्दैन । पहिला महिनाबारी भएको समयमा म पनि जाँदैनथेँ ।’ पहिले विद्यालयमा पनि शौचालयको व्यवस्था नहुँदा महिनाबारी भएको बेलामा प्याड फेर्न समस्या परेको कारण पनि छात्राहरु विद्यालय नजाने गरेको चमेली खड्काले बताइन् । महिनाबारी भएका बेलामा विद्यालय जाने गरेको भए पनि केही विकट गाउँहरुमा तथा वडामा छाउ गोठ भने यथावत् नै रहेको उनले बताइन् । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

नेपालका जाति, भाषा र संस्कृति – १४

बहुभाषिक, बहुसांस्कृतिक बहुलजातीय नेपालमा मुख्यतया किराँतहरु नै यहाँका आदिवासी जाति हुन् । प्राचीनकालका...

परमाणुको उपयोगबाट विकासको लक्ष्य हासिल गर्न सकिनेमा जोड

परमाणु विज्ञान तथा प्रविधिको शान्तिपूर्ण एवं सुरक्षित उपयोग गरी राष्ट्रिय विकासको लक्ष्य हासिल गर्न सकिनेमा...

सुन्दै अचम्म लाग्ने परम्परा : ६४ बोका मान्छेको दाँतले टोकेर मार्ने प्रचलन

सुन्दा अचम्म लाग्न सक्छ । डोटीको एक गाउँपालिकामा एक व्यक्तिले बाघले जस्तै गरेर ६४ वटासम्म बोका दाँतले टोक्ने...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

प्रतिस्पर्धी जनशक्तिका लागि कम्प्युटर शिक्षा

कम्प्युटर मानव जीवनको अभिन्न अंग बन्दै गएको छ । दैनिक जीवन होस् वा विभिन्न पेसागत जीवनलाई सहज र सक्रिय बनाउन...

के सरकार यातायात व्यवसायीको सामु झुक्ने नै हो ?

नेपाल सरकारले सार्वजनिक सवारी साधन वा कालो प्लेटमा दर्ता भएका गाडीहरुमा नेपाल यातायात व्यवसायी राष्र्टिय...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै