logo

सहकारीलाई डिजिटल प्रणालीमा लैजानुपर्ने

धनगढी, जेठ २९
कैलाली कञ्चनपुरका सहकारीकर्मीहरुले डिजिटल प्रविधि महत्वपूर्ण हुने बताए । सानातिना कामको लागि पनि लामो समय लगाएर निकै टाढाको दूरीमा लामो लाइन बस्नुपर्ने झन्झटबाट मुक्त हुन र संस्थागत सुशासनका लागि डिजिटल पद्धति प्रभावकारी हुने उनीहरुको भनाइ छ । मिडिया इन्टरनेशनलले आइतबार धनगढीमा आयोजना गरेको सहकारीको डिजिटल अवस्था र व्यवस्थापन विषेश अन्तर्क्रिया कार्यक्रमका सहभागीहरुले सो कुरा बताएका हुन् । सहकारी क्षेत्र इन्टरनेटमा आधारित अनलाइन प्रणालीमा गए सेवा प्रवाह प्रभावकारी हुने र सर्वसाधारणको आकर्षण थप बढ्नुका साथै पारदर्शिता आउने प्रदेशसभा सदस्य तथा जिल्ला सहकारी संघ कञ्चनपुरका अध्यक्ष तारा लामा तामाङ्गको धारणा छ ।
उनले समान उद्देश्यका सहकारी एक आपसमा गाभिनुको विकल्प नभएको भन्दै सेवा सुविधा प्रभावकारी बनाउन सहकारी सञ्चालकले विशेष ध्यान दिनुपर्ने बताए । स–सानो छरिएको रकम संकलन गर्ने सहकारीले समुदायमा कृषि, बचत तथा अन्य कार्यहरु गर्दै आएका छन् । त्यसैले अनलाइन पद्धतिमा गएर कारोबार गर्नसके यसले सहकारीमा ठूलो योगदान पु-याउने प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले बताइन् । उनले प्रभु म्यानेजमेन्टले सरल र सुरक्षित सहकारीका लागि डिजिटल प्रणालीको विकास गरेको समेत बताइन् । लामाका अनुसार, प्रभु म्यानेजमेन्टले सहकारीलाई आवश्यक पर्ने सफ्टवेयर, विभिन्न कार्डहरुको व्यवस्थापन, रेमिट्यान्स प्रवाह र अन्तर्सहकारी भुक्तानीका लागि सहज हुने सफ्टवेयर सञ्चालनमा ल्याएको छ । सहकारीहरुलाई उक्त सफ्टवेयर निःशुल्क वितरण गरिएको हो । यस्तै, वित्तीय जागरण राष्ट्रिय अभियानका संयोजक माधव निर्दोषले ग्रामीण क्षेत्रमा सहकारीको निकै ठूलो भूमिका रहेको भन्दै सहकारीलाई प्रविधिमैत्री बनाउँदै लैजानुपर्नेमा जोड दिए ।
बैंक तथा वित्तीय संस्थाजस्तै सहकारीलाई पनि डिजिटल प्रविधिमा लैजानुपर्ने उनको धारणा थियो । प्रभु म्यानेजमेन्टसँगको सहकार्यमा मिडिया इन्टरनेशनलले आयोजना गरेको कार्यक्रममा कैलाली कञ्चनपुरका सहकारीकर्मी तथा पत्रकारहरुको उपस्थिति रहेको थियो । प्रदेश नम्बर ७ मा दुई हजारभन्दा बढी सहकारी सञ्चालनमा छन् । त्यसमध्ये अधिकांश सहकारीहरु अझै परम्परागत तरिकाले हातले लेखेरै लेखा गर्न बाध्य छन् । नेपालमा सुरक्षित, सरल र भरपर्दो वित्तीय कारोबार र पारदर्शिताका लागि डिजिटल प्रविधिहरु आवश्यक बन्दै गएको सहकारीकर्मीहरुले नै बताएका छन् । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

कृषि विकास बैंकद्वारा चितवनमा वित्तीय साक्षरता सम्पन्न

कृषि विकास बैंकले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकको चितवनको माडी शाखाले यही असार २ गते...

निर्धन उत्थान बैंकद्वारा पाल्पामा व्यावसायिक कुखुरा पालन तालिम

निर्धन उत्थान विकास बैंकले पाल्पामा व्यावसायिक कुुखुरा पालन तालिम दिएको छ । बैंकले पाल्पाको आर्यभज्याङमा...

उदयपुरमा धान रोपाइँ शुरु

यसपटक असार लाग्नासाथ मनसुन सक्रिय भएर वर्षा शुरु हुन थालेपछि उदयपुर जिल्लामा केही कृषकले असारको शुरुदेखि नै धान...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

“ शैक्षिक अराजकता र निजी बोर्डिङको दादागिरी “

निजी विद्यालयसँग चन्दा असुल गर्नु नेपालका राजनीतिक पार्टीहरुको रोग हो । रोग मात्रै होइन यसलाई त म क्यान्सर रोग...
मनोरञ्जन / साहित्य अरु धेरै

सगरमाथा म्युजिक अवार्ड हुँदै

‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराको साथ...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै