logo

अत्यधिक गर्मीले धान खेतमै एकको मृत्यु, दुई बेहोस

गौशाला, जेठ २८
महोत्तरी जिल्लाको गौशाला नगरपालिका–८ बेलगाछीमा अत्यधिक गर्मीका बेला धान रोप्दारोप्दै एक महिलाको मृत्यु भएको छ भने दुईजना बेहोस भएका छन् । मृत्यु हुनेमा स्थानीयवासी ३५ वर्षीया सिकिलदेवी सदा मुसहर रहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक भोला भट्टले बताए । त्यसैगरी धान रोप्दा ५५ वर्षीया सुनरदेवी सदा मुसहर र उनका छिमेकी २५ वर्षीया किसुनदेवी सदा मुसहर पनि अत्यधिक गर्मीमा धान रोप्दारोप्दै धान खेतमै बेहोस भएको प्रहरी निरीक्षक भट्टले बताए । बेहोस दुवैजनाको प्राथमिक उपचार केन्द्र गौशालामा उपचार भइरहेको छ भने उनीहरुको अवस्था सुधारोन्मुख रहेको उपचारमा संलग्न डा मनोज दासले बताए । आइतबार बिहानै चर्को घाम लागेकै बेला गाउँकै उमेश महतोको खेतमा पाँचजना महिलाको समूहमा धान रोप्न गएको बेला धान रोप्दारोप्दै सिकिलदेवी सदा मुसहर बेहोस भएपछि सँगै धान रोप्दै गरेकी सासू सुनरदेवी सदा मुसहर र साथीहरु उनलाई खेतको आलीमा लडेर राखेको र गाउँमा खबर पु-याएर उनलाई उपचारकै लागि लैजान खोज्दा उनको खेत नजिकै मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै सोही ठाउँमा मृतककी सासू सुनरदेवी सदा मुसहर र छिमेकी किसुनदेवी सदा मुसहर पनि बेहोस भएका थिए । रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

मकैको चिउरा उद्योगको शिलान्यास

झापाको गौरादह नगरपालिका–५ स्थित महारानीझोडामा स्थापना गर्न लागिएको मकैको चिउरा उद्योगको शनिबार वाणिज्य तथा...

उन्नत तोरीको बीउ वितरण

तोरीखेतीमा आत्मनिर्भर बनाउने उद्देश्यले तुलसीपुर उपमहानगरपालिकाले यसवर्ष यहाँका किसानलाई ३० क्वीन्टल उन्नत...

तरकारीले मूल्य नपाउँदा किसान चिन्तित

उत्पादन भएको तरकारीले बजार नपाउँदा लमहीका किसान चिन्तित छन् । तरकारीले उचित बजार र मूल्य नपाउँदा उत्पादन भएका...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

चक्रजीको जीवन चक्र सकियो

अन्ततः सात वर्षको संघर्षपछि चक्र बाँस्तोलाले यो संसार त्याग्नु भएको छ, अर्को संसारका लागि उनको आफ्नो आत्मिक...
मनोरञ्जन / साहित्य अरु धेरै

प्रियंका र आयुष्मानको ʻप्रेम दिवसʼ शुभसाइत

चलचित्र ʻप्रेम दिवसʼको शुभसाइत गरिएको छ । घटस्थापनाको अवसर बुधबार काठमाडौंको मैतीदेवी मन्दिरमा शुभसाइत गर्दै...

सरकार यातायात व्यवसायीको सामुु लम्पसार

हिन्दु धर्मालम्बीहरुको महान् चाड दशैँ भित्रिएसगैँ आफ्नो जन्मथलो जाने मानिसहरुको पनि सँख्या अत्याधिक रुपमा...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै