logo

ऊर्जा विकास : समृद्धिको दर्बिलो आधारशीला

भोला शर्मा
मुलुकमा समाज विकास र अर्थतन्त्र दिन प्रतिदिन ऊर्जा सघन भएर गएकोले ऊर्जा विकास अहिलेको जल्दोबल्दो आवश्यकता बनेको छ । ऊर्जा मुलुकको समग्र विकासको पूर्वशर्त पनि हो । यससँग सम्बन्धित आयोजनाहरु राष्ट्रका प्राथमिकता प्राप्त आयोजना हुन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यस अघि नेपाल आउँदा भनेका थिए– नेपालको विकासलाई हाईवे, आईवे र ट्रान्सवेबाट हिट गर्न सकिन्छ । वास्तवमा ती तीन कुराहरु मध्ये ट्रान्सवेको अर्थ ट्रान्समिसन लाइन विस्तार गरेर भारतबाट बिजुली ल्याउनु भन्ने हो । सोबमोजिम हाल भारतबाट करिब चार सय ५० मेगावाट विद्युत् आयात गरिएको छ । आयातित ऊर्जाबाट वर्तमानका लागि लोडसेडिङ न्यूनीकरण भए पनि सधैंभरको आयातीत ऊर्जाले मुलुकमा आर्थिक समृद्धि ल्याउन गाह्रै पर्दछ । त्यसैले मुलुकको सर्वाङ्गिण विकास र समृद्धिका लागि दिगोविद्युत् विकास अपरिहार्य छ ।
सरकारले आव २०७५/७६ का लागि १३ खर्ब १५ अर्ब १६ करोड १७ लाखको आय व्ययको वार्षिक विवरण (बजेट) सार्वजनिक गरिसकेको छ । आर्थिक समृद्धिको प्रस्थान विन्दु मानिएको यो बजेटले ऊर्जा विकासका लागि ८३ अर्ब ८९ करोड ५२ लाख विनियोजन गरेको छ । आउँदो तीन वर्षभित्र सबै नेपालीको घरमा आधुनिक ऊर्जा र पाँच वर्षभित्र सबै घरपरिवारलाई मागबमोजिम विद्युत् उपलब्ध गराउने जमर्को गरेको छ । त्यसका लागि विसं. २०७५–२०८५ लाई ऊर्जा दशकका रुपमा मनाउने गरी विद्युत् क्षेत्रका आयोजनाहरु कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त भएको छ । सर्वसाधारण नागरिक, राष्ट्रसेवक कर्मचारी र नेपाली डायस्पोराको लगानीमा तीन हजार मेगावाट सम्मको आकर्षक जलविद्युत् आयोजना कार्यान्वयनमा ल्याइने भएको छ । त्यसैगरी निजी लगानीकर्ताहरुलाई प्रसारण लाइनको विकासमा सहभागी गराउन निर्माण र हस्तान्तरण नीतिमा आधारित रहेर आयोजनाको विकास गरिने छ । प्रसारण लाइनबाट प्रभावित घरपरिवारलाई विद्युत् आयोजनामा लगानीको अवसर प्रदान गर्ने व्यवस्था घोषित बजेटले गरेको छ । त्यसैगरी विद्युत् महसुल निर्धारण र पुनरवलोकन, विद्युत् खरिद सम्झौतालगायत समग्र विद्युत् क्षेत्रको नियमन र व्यवस्थापनका लागि विद्युत् नियमन आयोगको गठन गरिने प्रतिबद्धता जनाइएको छ । देशभर स्मार्ट मिटर प्रणाली लागू गरिनुका साथै वितरण प्रणालीलाई स्वचालित एवं आधुनिकीकरण गरी स्मार्ट ग्रीड प्रणालीको रुपमा विकास गरिने भएको छ । समग्र ऊर्जा क्षेत्रको विकासका लागि ८३ अर्ब ८९ करोड ५२ लाख रकम नवनिर्मित बजेटमा विनियोजन गरिएको छ । नेपालको ऊर्जा क्षेत्रका उदीयमान र चम्किला नक्षेत्र कुलमान घिसिङ एउटा विवेकशील र नतिजापरक कार्यसम्पादनको अनुपम उदाहरण हुनुहुन्छ । प्रत्येक नेपालीहरुको आँखाका नानी बन्नु भएका घिसिङलाई नेपाल विद्युत् प्रधिकरणले कार्यकारी निर्देशकको भूमिकामा प्राप्त गरेपछि लोडसेडिङमा भारी गिरावट आएको छ । २०७३ कार्तिकदेखि काठमाडौं उपत्यकाको ग्राहस्थ्य लोडसेडिङ, २०७४ वैशाखबाट देशभरको ग्राहस्थ्य लोडसेडिङ र २०७५ वैशाख ३१ देखि देश भरको औद्योगिक लोडसेडिङ चरणबद्धरुपमा अन्त्य भएपछि अब मुलुक पूर्णरुपमा लोडसेडिङमुक्त भएको छ । प्रायः घाटामा गइरहने विद्युत् प्राधिकरण यस वर्षदेखि मुनाफामा जान थालेको छ । त्यसैले त कार्यकारी निर्देशकले यस वर्ष सर्वोत्कृष्ट इन्जिनियर र सर्वोत्कृष्ट सिईओको पुरस्कार पनि प्राप्त गर्नु भएको छ । ऊर्जाशील कार्यकारी निर्देशकको विश्लेषणात्मक कामयावी क्रियाकलापले मुलुकका विविध क्षेत्रका नेतृत्व र प्रतिभाहरुलाई एक किसिमले जुरुक जुरुक बनाएको छ । असम्भाव्य क्रियाकलापहरुको माझमा सम्भावनाको बिजारोपण गरेको छ । सफलता दृढ इच्छाशक्ति, अनवरत प्रयास, सकारात्मक दृष्टिकोणमा निर्भर हुने सन्देश प्राप्त भएको छ । सारमा भन्नु पर्दा नेपालको ऊर्जा क्षेत्र गतिशील नेतृत्व र ऊर्जाशील कर्मचारीहरुको सामथ्र्यबाट समृद्धिको दिशामा गतिमान भएको छ ।
हालै प्रकाशित आर्थिक सर्वेक्षण २०७४/७५ अनुसार चालू आर्थिक वर्षको प्रथम आठ महिनामा विद्युत् उत्पादन सात दशमलव चार प्रतिशतले बढेर एक हजार चौवालीस दशमलव छ प्रतिशत मेगावाट पुगेको छ । ८३००० मेगावाटको सम्भाव्य क्षमता भनिएको नेपालमा बल्ल एक सय सात वर्षपछि विद्युत् उत्पादनले एक हजार मेगावाट नाघेको छ । त्यसैगरी विद्युत् सेवा उपभोग गर्ने ग्राहकहरुको संख्या ३५ लाख ९२ हजार पुगेको छ । यस आर्थिक वर्षमा निजी प्रवद्र्धकबाट ३९ दशमलव पाँच प्रतिशत मेगावाट र नेपाल विद्युत् प्राधिकरणबाट ३२ दशमलव छ प्रतिशत मेगावाट गरी जम्मा ७२ दशमलव एक प्रतिशत मेगावाट जलविद्युत् थप उत्पादन भई राष्ट्रिय ग्रीडमा जोडिएको छ । नेपाल विद्युत् प्राधिकरण र यसका सहायक कम्पनीहरु बाट कल सात सय १० मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माणको विभिन्न चरणमा रहेका छन् । उक्त पाँच आयोजनाहरुमा कुलेखानी तेस्रो (१४ मेगावाट), माथिल्लो तामाकोशी (४५६ मेगावाट), माथिल्लो त्रिशुली ३ए (६० मेगावाट), राहुघाट (४० मेगावाट) र तनहुँ हाइड्रो (१४० मेगावाट) रहेका छन् । जसमध्ये कुलेखानी तेस्रो र माथिल्लो तामाकोशी जलविद्युत् आयोजना आव २०७५/७६ मा नै सम्पन्न हुनेछन् । वर्षेनी बढ्दो विद्युत् माग सँगसँगै मुलुकको आयातीत ऊर्जालाई यी दुई आयोजनाले विस्थापित गर्ने अपेक्षा यत्रतत्र सर्वत्र गरिएको छ । तत्पश्चात् मुलुकबाट उर्जा निर्यात गर्न सकिने दर्बिलो आधारशीला तयार हुनेछ । सर्वेक्षणअनुसार हाल कुल ऊर्जा खपत अनुपात परम्परागत ऊर्जाबाट ६८ दशमलव नौ प्रतिशत, व्यापारिक ऊर्जाबाट २७ दशमलव नौ प्रतिशत र नवीकरणीय ऊर्जाबाट पाँच दशमलव नौ प्रतिशत रहेको छ । त्यसैगरी यस आर्थिक वर्षमा विद्युत चुहावट समग्रमा दुई दशमलव सात प्रतिशतले घटेको छ । यति हुँदा हुँदै हालसम्मको हाम्रो विद्युत् उत्पादन जडित क्षमता झण्डै १०४४ मेगावाट रहेको छ । यो जलस्रोतको दृष्टिले कुल सम्भाव्य क्षमताको एक दशमलव २५ प्रतिशत मात्र हो । साथै ११ नगरपालिका र एक सय तीन गाउँपालिकामा आजसम्म पनि राष्ट्रिय प्रसारणमार्फत विद्युत्को पहुँच पु-याउन सकिएको छैन । २५ प्रतिशत जनता अझै विद्युत्को ओझेलमा परेका छन् । विद्युत् एउटा त्यस्तो संवेदनशील सेवा हो जसलाई समग्र विकासको पूर्वशर्त मानिन्छ । भान्सा प्रशासनदेखि विश्वप्रशासनसम्म हर क्षेत्रमा ऊर्जाको सम्भावना र उपयोग बढेर गएकोे छ । प्रकाश शक्ति, ताप शक्ति, चिस्यान शक्ति, चुम्बकीय शक्ति, उपकरण र प्रविधि सञ्चालन शक्तिलगायतका शक्तिहरु यसै सेवामार्फत प्राप्त गर्न सकिन्छ । सरकारसँग भएको सार्वजनिकता र वैधानिकता अनि निजी क्षेत्रसँग भएको प्रविधि र व्यावसायिकताको उचित संयोजन र सहकार्यबाट विद्युत् विकास सम्भव छ । विगतका सदन, सरकार र सम्झौताहरुको अकर्मण्यताले गर्दा विद्युत् उत्पादन र वितरणमा अभूतपूर्व अभावको लामो शृंखलासँगै ऊर्जा सङ्कटको असाधारण परिस्थिति व्यहोर्नुप-यो । अहिले पनि नेपाल पेट्रोलियम इन्धनमा अत्याधिक परनिर्भर छ । यहाँ भारतीय नाकाबन्दीले आक्रान्त बनाउँदा सर्वसाधारणको साँझ बिहान चुल्हो बल्न पनि हम्मेहम्मे प-यो । त्यसको भरपर्दो विकल्प जलविद्युत् र सौर्यऊर्जा नै हो । तर त्यो हामी अझै बुझ्न सकिरहेका छैनौं । सौर्य ऊर्जाका लागि प्रशस्त पुँजी आवश्यक पर्दछ । सर्वसाधारणका लागि त यो आकाशको फल जस्तै हुन्छ । मुलुकमा प्रशस्त जल उपहार छ, त्यो यसै खेर गइहेको छ । पानी पेट्रोलियमझै किन्न पर्दैन । त्यसलाई ऊर्जा शक्तिमा बदल्न सके मुलुक यसैबाट कायापलट हुन सक्छ । साथै विद्युत् निर्यातबाट प्रशस्त ह्वाइट डलर आर्जन गरि शोधनान्तर स्थिति पनि सुदृढ गर्न सकिन्छ । जलविद्युत् निर्यातबाट नै नेपाल दुई ढुंगाबीचको तरुल होइन, डाइनामाइट बन्न सक्छ । त्यो सम्बद्ध पक्षले बुझ्नैपर्ने हुन्छ । भोटको राजनीति सत्ताको मोह, कमिसनको चक्कर, द्वन्द्व, बन्द र हड्ताल जस्ता अवाञ्छित क्रियाकलापले विद्युत् क्षेत्र लामो समयसम्म नतमस्तक बन्न पुग्यो । तर अब त्यस्ता गतिविधि दोहोरिनु हुँदैन । विगतमा भन्ने गरिएको राजनैतिक अस्थिरता विद्युत् विकासको बाधक हो भन्ने कुरा पनि अब समाप्त भएको छ ।सारभुत रुपमा मुलुकको आर्थिक समृद्धिको प्रमुख आधारशीला जलविद्युत् नै भएकोले अब सरकारको अर्जुनदृष्टि यसै क्षेत्रमा केन्द्रित रहन आवश्यक छ । सरकारले लिएको समृद्धि नेपाल र सुखी नेपालीको लक्ष्य पनि यसमार्फत हासिल हुने अपेक्षा गरिन्छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

भुइँचालोले विधवा बनाएको बारपाक (भाग—१)

अलमस्त छे धरती, यो कल कल किरण, यी वनफूल, चहचह चिरबिर ! कुहूकुहू कोइली, कति मीठो छ आहा जिन्दगी ! प्रभातको हिमाल हेरेर म...

संघीयता र करवृद्धि : कुरा त्यहीँसम्म सीमित रहने छैन

राजनीतिको क, ख र ग को सामान्य ज्ञान भएको मान्छेको कुरा नगरौँ, सामान्य व्यावहारिक ज्ञान भएको मान्छेले पनि यो बुझ्न...

वेदको सिर्जना कहिले र कसद्वारा भयो ?

पूर्वीय दर्शनका ज्ञाता विद्वान्हरु हिन्दूहरुको सबैभन्दा प्राचीन र पवित्र ग्रन्थ वेदलाई मानिसद्वारा रचिएको...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

भुइँचालोले विधवा बनाएको बारपाक (भाग—१)

अलमस्त छे धरती, यो कल कल किरण, यी वनफूल, चहचह चिरबिर ! कुहूकुहू कोइली, कति मीठो छ आहा जिन्दगी ! प्रभातको हिमाल हेरेर म...
मनोरञ्जन / साहित्य अरु धेरै

स्कट नेपाल रोदीघरले चर्चा कमाउँदै

विगत केही समय पहिलादेखि सञ्चालनमा आएको स्कट नेपाल रोदी घरले दिनप्रतिदिन आफ्नो चर्चा विस्तार गर्दै गएको छ । यो...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै