logo

नेपालका सिमसार क्षेत्र र तिनको संरक्षण

गम्भीर बहादुर हाडा
‘सिमसार’ दुई अलग शब्दको संयोजनबाट बनेको शब्द हो जसमा ‘सिम’ ले पानी नसुक्ने जमिन र ‘सार’ ले पानी भन्ने बुझाउँछ । यस अर्थमा सिमसारले ‘भूमिगत जलस्रोत वा वर्षाका कारण पानीको परिमाण रहने, प्राकृतिक वा मानव निर्मित, स्थायी वा अस्थायी, जमेको वा बगेको, स्वच्छ वा नुनिलो, पानी भएको धापिलो तथा दलदले जमिन, नदीबाट प्रभावित भूमि, ताल, पोखरी, जलाशय र कृषि भूमिसमेतलाई जनाउँछ । नेपालको कुल क्षेत्रफलको पाँच प्रतिशत अर्थात् करिब ७,४३,७५६ हेक्टर क्षेत्रफल सिमसारले ओगटेको छ । विश्व संरक्षण सङ्घ र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रले सन् २००२ मा गरेको अध्ययनमा नेपालको समुद्रसतहबाट तीन हजार पाँच सय मिटरभन्दा माथिको उच्च हिमाली क्षेत्रका विभिन्न स्थानमा छरिएर रहेका दुई हजार तीन सय २३ वटा सिमसारले झन्डै ७५ दशमलव ७० प्रतिशत वर्गकिलोमिटर क्षेत्रफल ओगटेको जनाइएको छ । सिमसारले विभिन्न प्रजातिका वनस्पति तथा जीवजन्तुलाई उत्तम वासस्थान प्रदान गर्दछ । उपयुक्त आश्रयस्थल र यथेष्ट आहार प्राप्त हुनेहुँदा जीवजन्तु एवं वनस्पतिको विविधताका लागि सिमसारले महत्वपूर्ण स्थान प्राप्त गरेको हुन्छ । हिमाली क्षेत्रका सिमसारमा विभिन्न किसिमका स्तनधारी जनावर, चरा र माछाजस्ता प्राणीले आश्रय लिन्छन् । रैथाने चराका लागि मात्र नभएर फिरन्ते पन्छीका लागि पनि सिमसारहरु उत्कृष्ट विचरणस्थल प्रमाणित भएका छन् । सिमसारलाई प्राणी र वनस्पतिका लोपोन्मुख र सङ्कटापन्न प्रजातिले अन्तिम वासस्थान बनाएका हुन्छन् । सिमसारको विशिष्ट प्राकृतिक प्रणालीभित्र रैथाने प्रजातिका जीवको बाहुल्य रहेको हुन्छ । पानीको भूमिगत र सतही स्रोतको संरक्षण गर्न, पहिरो रोकथाम गर्न र माटोको पोषक तत्वको चुहावट रोक्न सिमसारले महत्वपूर्ण भूमिका खेल्दछ । तसर्थ, जैविक विविधताको महत्वपूर्ण प्राकृतिक संरक्षणस्थलका रुपमा रहेको सिमसारले पानीको आपूर्ति, भू–क्षय नियन्त्रण र माटोको उर्वराशक्ति कायम राखेर मानिसलाई जीवनयापनका स्रोतहरु पनि प्रदान गर्दछ ।
पानी नै जीवको उत्पत्ति स्थल हो । करोडौं वर्ष पहिले सूर्यकिरणको उष्णता र पानीको विशिष्ट अन्तर्क्रियाबाट जीवनको रचना हुन पुगेको थियो । समस्त जगत्लाई काखमा राख्ने धर्तीले त्यस अन्तर्क्रियामा रक्तबीज छरेकी थिइन् । यस अर्थमा पानी र सूर्य जीव सृष्टिका दूत हुन् भने धर्ती समस्त चराचर जगत्की वात्सल्यमयी आमा । पृथ्वीको कुनै स्थानमा पनि भूजलीय अवस्था सधैँ स्थिर रहँदैन । करोडौँ वर्ष लगाएर जलवायु र भू–जलीय अवस्थामा निरन्तर परिवर्तन आइरहने गर्दछ । त्यस्तो परिवर्तनलाई त्यहाँका जीवले चालै नपाई आत्मसात गर्दै जान्छन् । बदलिँदो अवस्थासँग अनुकूलता प्राप्त गर्न जीवमा विशिष्ट प्रकारको गुण र स्वरुप विकास हुने गर्दछ । यसै प्रक्रियाबाट पानीमा उत्पत्ति भएका जीवको स्वरुप र बानी व्यवहार परिवर्तन हुँदै संसारभरि वितरण हुन पुगेको मानिन्छ । वायुमण्डलयुक्त पृथ्वीमा जीवको अस्तित्वका लागि पानी र उष्णता अनिवार्य आधार हुन् । फरक यतिमात्र हो कि केही जीवले कम उष्णता र थोरै पानीमा बाँच्न सिकिसकेका छन् भने कुनैले प्रारम्भिक बानी अझै छोडेका छैनन् । तसर्थ, पानी र उष्णता बढी भएको स्थानमा जीवका धेरै प्रजाति केन्द्रित हुन पुगेका छन् । स्थान विशेषमा पाइने प्राणी र वनस्पति एकअर्काको खाद्यचक्रको परिपूरक हुन्छन् । तसर्थ, वनस्पतिको वर्चस्व रहेका स्थानलाई प्राणीले पनि आफ्नो वासस्थान र विचरणस्थल बनाएर प्रणालीगत परिस्थितिका अभिन्न अंग बनेका हुन्छन् । अतः खास जलवायु प्रदेशभित्रको सिमसार क्षेत्रमा त्यस्तो जलवायुमा बाँच्न सक्ने जीवको प्रचुरता रहन्छ ।
सिमसार भन्नाले भूमिगत जलस्रोत वा वर्षाका कारण पानीको परिमाण रहने वा प्राकृतिक वा मानव निर्मित, स्थायी वा अस्थायी, जमेको वा बगेको, स्वच्छ अथवा नुनिलो पानी भएको धापिलो वा दलदले जमिन, नदीबाट प्रभावित भूमि, ताल, पोखरी, जलाशय र कृषि भूमिसमेत बुझिन्छ । तराईका समथर मैदानदेखि चुरे, महाभारत पर्वत हुँदै उच्च हिमाली क्षेत्रसम्म फैलिएको र विविधतापूर्ण परिस्थिकीय प्रणालीभित्र रहेका अनगिन्ती सिमसारहरुले नेपालको कुल क्षेत्रफलको लगभग ५ पाँच प्रतिशत ओगटेका छन् । जैविक विविधता र जीवनपयोगी स्रोतको धनी मानिने यी सिमसार विभिन्न प्रजातिका वनस्पति, जीवजन्तु र फिरन्ते पन्छीहरुका लागि उत्तम आश्रयस्थलका रुपमा रहेका छन् । पानीको सतही र भूमिगत स्रोतको संरक्षण गर्न, पहिरो रोकथाम गर्न र माटोको पोषक तत्वको चुहावट रोक्न सिमसारले महत्वपूर्ण भूमिका खेल्दछ । परम्परा, धर्म र संस्कृतिका उद्गम थलो यी सिमसारहरुसँग मानव जातिको अन्योन्याश्रित सम्बन्ध रहेको छ । नेपाल जलाधारमा उच्चतम स्थान ओगटेको छ । नेपालले जलभण्डारले लगभग ८३००० हजार मेगावाट विद्युत् उत्पादन गर्ने सैद्धान्तिक आँकलन गरिएको छ । अभियानअन्तर्गत लेखनाथ नगरपालिकाको ४,६,९,१०,११,१४ वडा र रुपाकोट गाविसका सिमसार क्षेत्रमा सन् २००२ देखि अभिलेखीकरण सुरु भएको हो । स्थानीयस्तरमा कृषक समूह, सामुदायिक तथा सहकारी संस्था, गाविस, नगरपालिका, जिविस र सरकारी तथा गैरसरकारी संस्थाको सहयोगमा यो अभियानमा तीन हजार घरधुरी परिचालन गरिएको छ । स्थानीयस्तरमा समूह गठन गरी जैविक विविधताबारे छलफल गर्नुको सौ तिनको खोजी गर्दै अभिलेखीकरण गर्ने कामसमेत स्थानीयबासीले गरेका छन् । लेखनाथमा समुदायबाट भएको अभिलेखीकरण सफल भएपछि अन्य पाँच जिल्लामा पनि यसलाई विस्तार गरिएको छ । लेखनाथ क्षेत्रमा अभिलेख गरिएकामध्ये नब्बे प्रजाति तथा उपजातिका धानबाली मात्रै फेला परेका छन् । ‘अभिलेखीकरण गर्ने क्रममा यो ठाउँ विचित्रको लाग्यो’ अधिकारीले भने,’ ‘यति सानो क्षेत्रमा यति धेरै उपजातिका धान विश्वमै भेटिएको छैन ।’ सिमसार क्षेत्रमा पाइने सेतो कमल, सहर माछा, नाबो धान, सिमलकाँडा बसाउने घिरौंला नेपालमै दुर्लभ मानिन्छन् । जनावरमा नेपालमै दुर्लभ मानिएको ओत बेगनासमा फेला परेको छ । गोसार्इंकुण्ड—नौकुण्ड सिमसार क्षेत्र रसुवा जिल्लास्थित लाङटाङ राष्ट्रिय निकुञ्जभित्र पर्दछ । समुद्रसतहबाट तीन हजार पाँच सय मिटरभन्दा माथिको उचाइमा रहेका रसुवा जिल्लाका दुई सय हिमतालमध्ये एक सय ४९ वटा लाङटाङ राष्ट्रिय निकुञ्जभित्र पर्दछन् । गोसार्इंकुण्ड—नौकुण्ड क्षेत्रमा एक हेक्टरदेखि १७ हेक्टर क्षेत्रफल भएका १६ वटा कुण्ड छन् । गोसार्इंकुण्ड र नौकुण्ड नामका दुवै हिमाली सिमसार क्षेत्रलाई बीचमा एउटा अग्लो पहाडले टेके पनि दुवैको पानी भने लौरोविनाको उकालोभन्दा पूर्वपट्टि बग्ने त्रिशुली नदीमा खस्दछ । गोसाईकुण्ड क्षेत्रमा रहेका १६ वटा कुण्डले ५४ हेक्टर भू–भाग ओगटेका छन् । त्यस्तै नौकुण्ड क्षेत्रका नौ वटा कुण्डले ४० हेक्टर भू–भाग ओगटेका छन् । गोसार्इंकुण्डको जलाधार क्षेत्र लगभग एक हजार ४० हेक्टर र नौकुण्डको जलाधार क्षेत्र करिब सात सय ६२ हेक्टरमा फैलिएको छ । अध्ययनको क्रममा गोसार्इंकुण्ड र नौकुण्ड क्षेत्रमा पाइएका कम्तीमा एक सय २५ प्रजातिका वनस्पतिमध्ये नेपालमा मात्र पाइने रैथाने बिरुवाका छ जात वनस्पति र कुट्की, जटामसी, पाखनवेद, शर्मागुरु, विष, विखुम्माजस्ता जडीबुटी पर्दछन् ।
दुई अलग शब्दको संयोजनबाट बनेको शब्द ‘सिमसार’ मा ‘सिम’ ले पानी नसुक्ने जमिन र ‘सार’ ले पानी भन्ने बुझाउँछ । यस अर्थमा सिमसारले ‘भूमिगत जलस्रोत वा वर्षाका कारण पानीको परिमाण रहने, प्राकृतिक वा मानव निर्मित, स्थायी वा अस्थायी जमेको वा बगेको स्वच्छ वा नुनिलो पानी भएको धापिलो तथा दलदले जमिन, नदीबाट प्रभावित भूमि, ताल, पोखरी ? जलाशय र कृषिभूमिसमेतलाई जनाउँछ । विश्वका सिमसार क्षेत्रहरु जैविक विविधताको भण्डार हो । सिमसार क्षेत्रहरु मानवहरुको लागि मात्र नभई विश्वबाट लोप हुन लागेका कतिपय महत्वपूर्ण जलचर, नवचर, उभयचर अन्य जीवहरु, घाँस, बोटवृक्षहरु तथा फलफूलहरुका लागि बास, प्रजनन तथा खाद्य पदार्थहरु तथा औषधिमुलोका लागि प्रयोग हुने वनस्पतिहरुको ऊर्वर थलो हो । हालसम्म विश्वमा १,३२८ (तेह्रसय अठ्ठाइस) सिमसार क्षेत्रहरु रामसार सूचीमा समावेश भएका छन् । जसले ११०,९६१,१९६ हेक्टर जमिन ओगटेको छ ।
जैविक विशाल बजारको रुपमा रहेको सिमसार जसबाट घाँस, दाउरा, जडीबुटी, खाद्य वनस्पतिहरु, थुप्रै जीवजन्तुहरु उपलब्ध हुन्छन् । योभन्दा पनि यसले पर्यावरणीय सन्तुलन कायम राख्नमा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । यसले पानीको स्रोतलाई संरक्षण गर्दछ । यो हाम्रो शरीरको संवेदनशील अंग जस्तै हो । यसले बाढी नियन्त्रण गर्दछ, त्यस्तै तटीय क्षेत्रको क्षयीकरण हुनबाट बचाउँछ । अहिले त यसको महत्व झनै बढ्दै आएकोले वन्यजन्तुको आरक्षण स्थलको रुपमा स्थापित हुँदै गएको छ । त्यस्तै पर्यटनको विकास गर्नका लागि मनोरञ्जन प्रदान गर्ने स्थलको रुपमा मत्स्यपालन व्यवसाय सञ्चालन गर्नेलगायत अन्य महत्वपूर्ण आयआर्जन हुने थलोको रुपमा पनि विकास गर्न सकिन्छ । यसले हुरीबतास, नियन्त्रण तथा धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वका क्षेत्रहरुको विस्तार गर्नका लागि पनि त्यत्तिकै महत्व राख्दछ । विभिन्न चराचुरुङ्गीहरु, जीवजन्तुहरु, माछाहरु र बोटवृक्षहरुलाई पानी, आहारा, आश्रय र प्रजनन स्थल प्रदान गर्ने हुनाले यो अति नै महत्वपूर्ण रहेका छन् । यसबाट पानीको स्थानान्तरण र शुद्धीकरण गर्ने कारणले यो महत्वपूर्ण हुन गएको छ । प्रायः जसो प्राचीन सहरको निर्माण पनि सिमसार क्षेत्रबाट भएका हुन् तथा यातायातका मार्गका निर्माण पनि सिमसारबाटै भएका छन् जसको उदाहरण कान्तिपुर, विराटनगर, तिलौराकोट, पोखरा इत्यादि । नेपालमा करिब पाँच प्रतिशत भू–भाग जमिन सिमसार क्षेत्रले ओगटेको छ । यहाँ करिब २० थरिका जनजातिहरु परम्परागतरुपमा सिमसारमा आधारित विभिन्न स्रोतहरुबाट जीविकोपार्जन गर्दछन् । त्यतिमात्र होइन, ती जनजातिको सामाजिक संस्कारलगायत विविध संस्कृतिको उचित संरक्षण तथा व्यवस्थापनद्वारा समुदायमा आधारित पर्यटकीय विकासको प्रशस्त सम्भावना बनेको हुन्छ । स्थानीय स्रोत, साधनलाई परिचालन गर्ने र स्थानीय समुदायलाई प्रयोग गर्न पाउने अधिकार सुरक्षित गर्दै धेरै प्रजातिका जलीय वनस्पति, प्राणी र चराहरुको लागि पनि त्यतिकै महत्वपूर्ण बन्न पुग्दछ ।
वातावरण संरक्षण तथा आर्थिक विकासका दृष्टिले सिमसार क्षेत्र महत्वपूर्ण सम्पदामा पर्दछ । रामसार महासन्धिपश्चात् नेपालले पनि यस्ता क्षेत्रको संरक्षण तथा विवेकशील उपयोगमा जोड दिँदै आएको छ । जसका कारण कतिपय सिमसार क्षेत्र अन्तर्राष्ट्रियरुपमै महत्वपूर्ण मानिएका छन् । यस क्रममा नेपालका तराई क्षेत्रमा अवस्थित चार वटा सिमसार विश्व रामसार सूचीमा परिसकेका छन् । पोखराका फेवासहित अनय ताल, रारा ताल, गोसाईंकुण्ड, से फोक्सुण्डो, संखुवासभाको सभा पोखरीजस्ता सयौँ तालतलैयाको स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वको पहिचान हुन अझै बाँकी नै रहेको छ । सिमसार क्षेत्रको महत्व परिस्थितिकीय प्रणालीसँग प्रत्यक्षरुपमा गाँसिने भए पनि नेपालको सन्दर्भमा यसको संरक्षण तथा बुद्धिमत्तापूर्ण उपयोग चुनौतीपूर्ण नै रहेको छ । अधिकांश सिमसार क्षेत्रको संरक्षण र व्यवस्थापनका सवालमा स्थानीय सरोकारवालासँग समन्वय हुन सकेको छैन । स्थानीय समुदायको सशक्तीकरणमा यथेष्ट ध्यान नदिइनु, शैक्षिक गतिविधि तथा जनचेतना अभिवृद्धिका कार्य नाम मात्रका हुनु, स्थानीय प्रविधि, ज्ञान र आवश्यकताप्रति असंवेदनशील भएर व्यवस्थापन कार्यक्रम झारो टार्ने ध्येयले मात्र सञ्चालन भएका कारण आन्तरिक द्वन्द्व बढ्दै गएको छ । यसका अतिरिक्त हाल मुलुकमा चलिरहेका हिंसात्मक द्वन्द्वले पनि यस्ता क्षेत्रको विकास कार्यक्रमलाई झनै ओझेलमा पारेको छ ।
सरकारले सिमसार क्षेत्रको घोषणा गर्दा वा संरक्षण क्षेत्र विस्तार गर्दा विस्थापित भएका स्थानीय जनताको पुनर्वास तथा रोजगारीतर्फ ध्यान दिन सकेको पाइँदैन । यसले जीवनयापनको समस्या तीव्ररुपमा बढाएको मात्र छैन सिमसारसहित अन्य प्राकृतिक स्रोत संरक्षणको आवश्यकता र महत्व पनि ओझेलमा पारेको छ । परिणामस्वरुप स्थानीय समुदाय संरक्षण क्रियाकलापप्रति सकारात्मक बन्न सकेको देखिँदैन । संरक्षणका सन्दर्भमा बनाइएका नीतिगत व्यवस्थाको अस्पष्टता, अतिक्रमण, खेतबारीमा प्रयोग हुने गुणस्तरहीन रसायन र विषादीको निर्वाध आयात र प्रयोग सिमसार क्षेत्रको दिगो व्यवस्थापन र संरक्षणका लागि चुनौती बनेका छन् । नेपालमा क्रमिकरुपमा वृद्धि भइरहेको जनसंख्याका लागि आवश्यक खाद्यान्न तथा अन्य उपभोग्य वस्तुको माग पनि निरन्तर बढिरहेको छ । आधारभूत आवश्यकताका रुपमा रहेको खाद्यान्न उत्पादनका लागि मानिसले खेतीयोग्य भूमिको खोजी गरिरहेको हुन्छ । जनसंख्या बढ्दै जाँदा खाद्यान्नको माग पनि बढ्ने हुँदा खेती विस्तार गर्दै जाने प्रवृत्ति रहेको छ । सामान्यतः सिमसारक्षेत्र उब्जाउ हुने भएकाले अतिक्रमणको सिलसिलामा मानिसका आँखा त्यस्ता क्षेत्रमै पर्दछन् । यही कारणले कतिपय स्थानीय ताल–तलैया तथा पोखरी आवाद हुँदै र नासिँदै गएका छन् । यसरी बढ्दो जनसंख्या र सिमसार क्षेत्रबीचको द्वन्द्वात्मक अवस्था पनि यस क्षेत्रको संरक्षणमा देखिएको प्रमुख चुनौती हो ।
पार्क पिपुल कार्यक्रमअन्तर्गत सञ्चालित सफल तथा प्रभावकारी कार्यक्रमलाई निरन्तरता, सुदृढीकरण एवं संस्थागत गर्ने उद्देश्यले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको आर्थिक एवं प्राविधिक सहयोगमा सन् २००२ देखि २००४ सम्म (पहिलो चरण) र सन् २००४ देखि २००६ सम्म (दोस्रो चरण) का लागि सहभागितात्मक संरक्षण कार्यक्रम सञ्चालन गरेको छ । यस कार्यक्रम नेपालका सातवटा संरक्षित क्षेत्रमा लागू गरिएको छ । यस कार्यक्रमको प्रभावकारी कार्यान्वयनपश्चात् स्थानीय जनता र संरक्षित क्षेत्रहरुबीचको सम्बन्धमा थप सुधार आई जैविक विविधताको संरक्षणमा अरु बढी सहयोग पुग्ने आशा गरिएको छ । सहभागितात्मक संरक्षण कार्यक्रमअन्तर्गत सञ्चालित विभिन्न कार्यक्रमहरुलाई दिगोरुपमा सञ्चालन गर्नका लागि मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको क्षमतामा क्रमशः वृद्धि गरिनेछ । त्यसैगरी समुदायमा आधारित उपभोक्ता समूह, समिति र व्यवस्थापन समितिलाई संरक्षण तथा विकास कार्यमा अग्रसर गराई जैविक विविधता संरक्षण तथा विकासका कार्यमा क्रियाशील बनाइनेछ । स्थानीय वासिन्दाको आयआर्जन कार्यक्रमहरुलाई दिगोरुपमा लैजानका लागि सहकारीमार्फत ऋण लगानी गर्ने कार्यलाई सुदृढीकरण गरिनेछ । राष्ट्रियस्तरमा मध्यवर्ती क्षेत्र सञ्जाल मञ्चलाई संस्थागत तथा सुदृढीकरण गरी नीतिनिर्माणमा सहजीकरणको भूमिका निर्वाह गर्न सक्षम बनाइनेछ । सहभागितात्मक कार्यक्रमले सञ्चालन गरेका कार्यक्रमहरुलाई निरन्तरता दिनका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग तथा वन तथा भू—संरक्षण मन्त्रालयको जैविक विविधता महाशाखाको क्षमता अभिवृद्धि गर्न सहयोग पु-याइनेछ ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

चक्रजीको जीवन चक्र सकियो

अन्ततः सात वर्षको संघर्षपछि चक्र बाँस्तोलाले यो संसार त्याग्नु भएको छ, अर्को संसारका लागि उनको आफ्नो आत्मिक...

किन आवश्यक छ, नेपालमा सार्वजनिक–निजी साझेदारी ?

नेपालमा बढ्दो जनसंख्या तथा सहरीकरणसँगै बढिरहेको स्थानीय पूर्वाधार तथा सेवाहरुको मागलाई स्थानीय निकायहरु र...

सुशासनका सूत्र नौ ‘नि’

संघ/संस्थाका लक्षित उद्देश्य हासिल गर्नको लागि संस्थाको व्यवस्थापकीय पक्ष चुस्त दुरुस्त र सौहार्द हुनुपर्दछ ।...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

चक्रजीको जीवन चक्र सकियो

अन्ततः सात वर्षको संघर्षपछि चक्र बाँस्तोलाले यो संसार त्याग्नु भएको छ, अर्को संसारका लागि उनको आफ्नो आत्मिक...
मनोरञ्जन / साहित्य अरु धेरै

प्रियंका र आयुष्मानको ʻप्रेम दिवसʼ शुभसाइत

चलचित्र ʻप्रेम दिवसʼको शुभसाइत गरिएको छ । घटस्थापनाको अवसर बुधबार काठमाडौंको मैतीदेवी मन्दिरमा शुभसाइत गर्दै...

सरकार यातायात व्यवसायीको सामुु लम्पसार

हिन्दु धर्मालम्बीहरुको महान् चाड दशैँ भित्रिएसगैँ आफ्नो जन्मथलो जाने मानिसहरुको पनि सँख्या अत्याधिक रुपमा...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै