logo

विश्वकपमा पुरस्कार, ट्रफी र खेलाडी

काठमाडौ जेठ २८
विश्व फुटबलको महाकुम्भ विश्वकप फुटबलको नयाँ संस्करण सुरु हुन चार दिन बाँकी छ । रुसमा आगामी ३१ जेठ (१४ जुन) देखि सुरु हुने विश्वकप कसले उठाउला भनेर चासो सुरु भइसकेको छ । विश्वकपजस्तो सबैभन्दा ठूलो फुटबल मेलामा हुने खर्च कति होला ? वा सहभागी टिम र उपाधि विजेता टिमले कति पुरस्कार पाउँछन् ? यो सबैको चासोको विषय हो । यथार्थ के हो भने विश्वकपमा सहभागी हुने ३२ वटै टिमले नगद पुरस्कार पाउँछन् । त्यसअघि सबै टिमलाई १५ लाख डलर तयारी खर्च पनि दिइन्छ ।
विश्वकपमा सहभागी भई समूह चरणबाटै बाहिरिने वा समूहको एउटा पनि खेल नजित्ने टोलीले ८० लाख डलर पाउँछन् । तयारी खर्च १५ समेत जोड्दा यो रकम ९५ लाख अमेरिकी डलर हुन आउँछ ।
समूह चरण पार गरी अन्तिम १६ मा पुगेका टोलीले एक करोड २० लाख अमेरिकी डलर पुरस्कार पाउँछन् । यो रकम १५ लाखको तयारी खर्च बाहेकको हो । क्वार्टरफाइनलसम्म पुग्ने टोलीले एक करोड ६० लाख अमेरिकी डलर पाउँछन् ।
विश्वकपको सेमिफाइनलमा पराजित भएको टोलीले तेस्रो स्थानको लागि खेल्नेछ । त्यसैले चौंथो हुने टिमले दुई करोड २० लाख र तेस्रो हुने टिमले दुई करोड ४० लाख पुरस्कार पाउनेछ ।
यसपटकको विश्वकप फाइन लिस्ट टोलीका लागि पुरस्कारबापत छ करोड ६० लाख डलर वितरण गरिनेछ । विश्व विजेता टिमले छ केजीको ट्रफीका साथै तीन करोड ८० लाख डलर पुरस्कार पाउनेछ भने उपविजेता टोलीले दुई करोड ८० लाख डलर पुरस्कार पाउनेछ । यी सबै पुरस्कार रकममा तयारीका लागि दिइने १५ लाख समावेश छैन ।
रुस विश्वकपमा पुरस्कार राशी अघिल्लो संस्करणमा भन्दा केही वृद्धि गरिएको छ । अघिल्लो संस्करणको विजेता जर्मनीले तीन करोड ५० लाख डलर पाएको थियो ।
यो त भयो टिमका कुरा । अब खेलाडीको कुरा गरौं । विश्वकपमा सहभागी मुलुकका खेलाडीले कति कमाउँछन् ? यो पनि सबैको चासोको विषय हो । फिफाले खेलाडीलाई नै तोकेर पुरस्कार वा सहयोग रकम प्रदान गर्दैन । तर, फिफाबाट सम्बन्धित मुलुकका संघलाई आएको रकम संघले खेलाडीका लागि पनि छुट्याउँछ । अघिल्लो संस्करणको विश्व विजेता जर्मनीका खेलाडीले प्रतिव्यक्ति चार लाख आठ हजार डलर बोनस पाएका थिए । त्यसबाहेक आफ्ना प्रायोजकहरुबाट पनि उनीहरुलाई पैसा असुल्न छुट हुन्छ । यद्यपि क्लबबाट आउने पारिश्रमिकभन्दा मुलुकका लागि खेल्दा आउने पारिश्रमिक थोरै हुन्छ ।
त्यसकारण फिफाले देशलाई मात्र होइन, खेलाडी आबद्ध क्लबलाई पनि रकम दिन्छ । विश्वकपमा यसपटक कुल सात सय ३६ खेलाडी कुनै न कुनै क्लबमा आबद्ध छन् । जसमा फिफाले सबैलाई गरेर सात करोड डलर छुट्याएको छ । यसको अर्थ क्लवले एक दिनको दुई हजार आठ सय अमेरिकी डलर पाउँछन् ।
फिफाले विश्वकप खेल्ने देशका खेल संघलाई एकमुष्ट दिने रकममा राजनीति हुने गरेको यदाकदा सुन्न पाइन्छ । अघिल्लो संस्करणमा पनि क्यामरुनका खेलाडीले ब्राजिलमै बबाल गरेका थिए । आफ्नो संघले खेलाडीलाई दिने रकम नतोकेको भन्दै घर फर्किन अस्वीकार गरेका थिए ।
त्यस्तै घानाका खेलाडीले पनि सुविधाबारे विवाद गरेपछि फुटबल पदाधिकारीले ३० लाख बोकेर उनीहरुसँगै हिँडेपछि विवाद साम्य भएको थियो । त्यतिखेर घानाका खेलाडीलाई ७५ हजारदेखि एक लाख डलर दिने वाचा गरिएको थियो ।
यस्तै नाइजेरियाका खेलाडीले पनि तोकेको रकम नपाएको भन्दै विश्वकपकै बीचमा प्रशिक्षण गर्न अस्वीकार गरेका थिए ।
करिव ९० वर्षको इतिहासमा अहिलेसम्म २० संस्करणको विश्वकप फुटबल प्रतियोगिता सम्पन्न भएको छ । जसमा दक्षिण अमेरिकी मुलुकले नौ र युरोपेली मुलुकले ११ पटक विश्वकप जितेका छन् ।
विश्वकप विजेताले सक्कली ट्रफी अहिले पाउँदैनन् । सन् १९३० मा उरुग्वेमा पहिलो पटक विश्वकप आयोजना भएको हो । विश्व विजेताले पाउने सुनौलो चम्किलो ट्रफी दुई पटक चोरी भएको छ ।
पहिलो पटक सन् १९६६ मा चोरी भएको ट्रफी कुकुरको सहायताले भेटिए पनि दोस्रो पटक सन् १९८३ मा हराएको ट्रफी अहिलेसम्म भेटिएको छैन ।
तीन पटक विश्वकप जितेपछि सन् १९७० मा ब्राजिललाई हस्तान्तरण गरिएको त्यस ट्रफी ब्राजिल फुटबल संघको कार्यालयबाटै चोरी भएको हो । ब्राजिलको अनुसन्धान नियोगले ट्रफी चोरीका आरोपीहरुलाई पक्राउ गरी अनुसन्धान गर्दा थाहा भयो कि उनीहरुले अर्जेन्टिनी माफियासँग मिलेर ट्रफी पगालिसकेका थिए र नष्ट गरिसकेका थिए । विश्वकपको ट्रफीसँगै कार्यालयबाट त्यतिबेला अरु दुई ट्रफी चोरी भएको थियो ।
त्यतिबेलाको ट्रफी अहिलेको जस्तो ठूलो र आकर्षक थिएन । जुलेस रेमिट नाम दिइएको त्यस ट्रफी सन् १९३० देखि १९७० सम्मका विजेताले पाएका थिए । उनीहरुले सक्कली ट्रफी लिएरै घर फर्किएका थिए । १९७० मा तीन पटक विश्वकप जितेपछि त्यो ट्रफी ब्राजिलले ‘पच’ बनायो ।
जुलेस रेमिट ट्रफी ३५ सेन्टिमिटर अग्लो र तीन किलो आठ ग्राम तौलको थियो । र त्यसमा पूरै २४ क्यारेट सुनको प्रयोग गरिएको थियो ।
ब्राजिललाई हस्तान्तरण गरिएपछि विश्वकपको नयाँ ट्रफी बनाउनुपर्ने भयो । फिफाले सन् १९७१ मा नयाँ ट्रफी बनाउने निर्णय ग¥यो । त्यसअघिका उपाधि विजेता मुलुकको सहमतिमा सिलिया गाजानियाले विश्वकप ट्रफी बनाउने जिम्मा पाए ।
जिम्मेबारी पछि उनले विश्वलाई नै समेट्ने र खेलाडीको भावनाको प्रतिनिधित्व हुनेगरी मुख्य थिम बनाए । ट्रफी जितेपछि खुई खेलाडीले हातमा लिएर खुसीयाली मनाएको चित्र तयार पारे । यसले खेलाडीले पूरै विश्व आफ्नो हातमा उचालेको संकेत दिन्छ । पृथ्वीको चित्रले सबै महादेशको प्रतिनिधित्वको संकेत गर्छ ।
हरेक संस्करणमा परिमार्जन गर्दै लगिएको ट्रफी १९९० सम्म पुग्दा तल्लो भागमा फुटबल खेलिने हरियो मैदानको प्रतिनिधित्व गर्दै दुई हरियो रिङ राखिएको छ । ट्रफीको मुनि विजेता देशको नाम लेखिन्छ । जुन देशले विश्वकप जितेको छ त्यो देशको भाषामा नाम लेखिन्छ । हुन त अहिलेको ट्रफीमा विजेताको नाम सन् २०३८ को विश्वकपपछि नअट्ने भन्दै अहिलेदेखि नै के गर्ने भन्ने चर्चा चलिसकेको छ ।
अहिलेको ट्रफी ३६ दशलमव पाँच सेन्टिमिटर अग्लो र छ दशमलव १७ प्रतिशत किलो तौलको यो ट्रफीमा चार किलो नौ सय २७ ग्राम १८ क्यारेटको सुन प्रयोग गरिएको छ ।
सन् १९८३ मा ब्राजिल फुटबल संघको कार्यालयबाटै ट्रफी चोरी भएर बेपत्ता भएपछि यसको सुरक्षा चिन्ता निक्कै बढ्यो । यद्यपि सन् २००२ सम्म सक्कली ट्रफी नै दिइएको थियो ।
सुरक्षा जोखिम बढेपछि सन् २००६ को जर्मन विश्वकपपछि भने विजेतालाई फाइनलको दिनमा मात्रै सक्कली ट्रफी दिने र घर फर्किने बेलामा ‘रिप्लिका’ दिने गरेको छ ।
सक्कली ट्रफीलाई फिफाले जुरीचस्थित आफ्नो सङ्ग्रहालयमा राख्ने गरेको छ । विश्वकपको आयोजक देशको घोषणा समारोह र विश्वकपको फाइनलमा मात्र सक्कली ट्रफी सार्वजनिक गरिन्छ । यस्तै विश्वकप ट्रफी टुरका बेलामा विशेष सुरक्षा र विशेष विमानमा ट्रफीलाई विश्व घुमाइन्छ ।
फिफा विश्वकप २०१८ सुरु हुन चार दिन मात्र बाँकी छ, विश्वकपमा सहभागी हुने ३२ राष्ट्र भए पनि केही मुख्य खेलाडीहरुको चर्चा धेरै छ । उनीहरुमाथि फुटबलप्रेमीहरुका साथै टोलीले पनि राम्रो गर्ने आशा लिइरहेका छन् ।


१. नेयमार जुनियर, (ब्राजिल)
बार्सिलोनाबाट पेरिस सेन्ट जर्मेन (पीएसजी) मा कीर्तिमानी रकममा अनुबन्धित भएका चर्चित स्ट्राइकर हुन नेयमार जुनियर २६ वर्षीय नेयमर ब्राजिलियन टिमका मुख्य खेलाडी हुन् । नेयमार सन् २०१० देखि ब्राजिलको राष्ट्रिय टोलीमा अटाउँदै आएका प्रमुख खेलाडी हुन् । यस क्रममा नेयमारले राष्ट्रिय टोलीबाट ८३ म्याचमा ५३ गोल गरिसकेका छन् । २०१४ को विश्वकपमा घाइते भएका नेयेमारको कारण ब्राजिलियन टिमको जर्मनीसँग लज्जास्पद हार भएको कारण पनि यो विश्वकपमा उनको उपस्थितिमा ब्राजिल विश्वकप जित्ने आत्मा विश्वासको साथ रसिया जादैछ, उनीमाथि ठूलो दबाब रहेको छ ।


२ .केभिन डे ब्रुयने, (बेल्जियम)
इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर हुन केभिन डे ब्रुयने । २६ वर्षीय केभिन सन् २०१० देखि बेल्जियम राष्ट्रिय टोलीमा अटाएका खेलाडी हुन् । यस क्रममा उनले बेल्जियमको राष्ट्रिय टिमबाट ५९ म्याचमा १४ गोल आफ्नो नाममा लेखाएका छन् ।


३.भिक्टोर लेन्डेलफ, (स्वीडेन)
इंग्लिस प्रिमियर क्लब म्यानचेस्टर युनाइटेडबाट सेन्टर ब्याकमा पर्खालसरह उभिने गर्छन् भिक्टोर लेन्डेलफ । २३ वर्षीय भिक्टोर स्वीडेनको राष्ट्रिय टिममा सन २०१६ देखि सामेल भएका हुन् । राष्ट्रिय टिम अटाएको छोटो अवधिमा उनले १९ म्याच खेलिसकेका छन् ।


४.लियोनेल मेसी, (अर्जेन्टिना)
पाँच पटकका फिफा प्लेयर अफ दी इयर र बालोन डे ओर अवार्ड विजेता लियोनेल मेसी स्पेनिस क्लब बार्सीलोनाका मुख्य खेलाडी हुन् । ३० वर्षीय वर्तमान अर्जेन्टिना टिमका मुख्य हतियारसमेत हुन् । मेसीले सन २००५ मा अर्जेन्टिनाको राष्ट्रिय टिममा डेब्यु गरेका थिए । यस क्रममा उनले राष्ट्रिय टिमका लागि एक सय २३ म्याचमा ६१ गोल गरेका छन् । उनी अर्जेन्टिनाका सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्तासमेत हुन् । उनको प्रेरणामा यो पटक अर्जेन्टिनाले विश्वकप २०१८ को विजेता हुने कुरा धेरै चर्चामा रहेको छ, उनको जादुमय खेल हेर्नको लागि धेरै दर्शक विश्वकप २०१८ को पर्खाइमा छन् । सबै पदक आफूले पाए पनि उनले देशको लागि भने खासै योगदान दिलाउन सकेका छैनन् । उनको लागि यो अन्तिम विश्वकप पनि हुन सक्छ ।


५.एन्टोइन ग्रिजम्यान, (फ्रान्स)
स्पेनिस ला लिगा क्लब एट्लेटिको मेड्रिडका स्ट्राइकर हुन एन्टोइन ग्रिजम्यान । २७ वर्षीय ग्रिजम्यानले सन २०१४ देखि फ्रान्सको राष्ट्रिय टिममा स्थान पाएका हुन् । यस क्रममा उनले फ्रान्सका लागि ५१ म्याचमा १९ गोल गरेका छन् । उनी फ्रान्सका लागि भरोसाका खेलाडी हुन् ।


६.क्रिस्टियानो रोनाल्डो, (पोर्चुगल)
पाँच पटकका फिफा प्लेयर अफ दि इयर र बालोन डे ओर अवार्ड विजेता हुन् क्रिस्टियानो रोनाल्डो । थुप्रै कीर्तिमानका धनी ३३ वर्षीय रोनाल्डो पोर्चुगल राष्ट्रिय टिमका प्रेरणादायी र मुख्य खेलाडी हुन् । रोनाल्डोले सन् २००३ मा पोर्चुगलको राष्ट्रिय टिममा डेब्यु गरेका थिए । यस क्रममा उनले राष्ट्रिय टिमका लागि एक सय ४९ म्याचमा ८१ गोल गरेका छन् । उनी पोर्चुगलका सर्वार्धिक अन्तर्राष्ट्रिय गोलकर्तासमेत हुन् । यो पटक उनले आफ्नो देशमा ट्रफी भित्र्याउने सम्भावना रहेकोसमेत बर्ताका छन् । उनको यो अन्तिम विश्वकप पनि हुन सक्छ ।


७.लुइस स्वारेज, (उरुग्वे)
स्पेनिस क्लब बार्सिलोनाका चर्चित स्ट्राइकर हुन् लुइस स्वारेज । ३१ वर्षीय स्वारेज उरुग्वेली राष्ट्रिय फुटबल टिमका मेरुदण्डसमेत हुन् । स्वारेज सन् २००७ देखि उरुग्वेली राष्ट्रिय टिमका महवपूर्ण सदस्य बन्दै आएका छन् । यस क्रममा उनले ९७ अन्तर्राष्ट्रिय म्याचमा ५० गोल आफ्नो नाममा लेखाएका छन् । उनीसँग पनि खेललाई आफ्नो देशको नाममा लाउन सक्ने खुबी रहेको छ, उनी धेरै कुराले चर्चित हुने खेलाडी हुन् ।


८.मोहमद सालाह, (इजिप्ट)
इंग्लिस प्रिमियर क्लब लिभरपुलका नयाँ गोल मेसिन हुन मोहमद सालाह । २५ वर्षीय सालाह सन २०११ देखि इजिप्टको राष्ट्रिय टोलीमा सामेल हुँदै आएका छन् । यस क्रममा उनले इजिप्टका लागि ५७ अन्तर्राष्ट्रिय म्याचमा ३३ गोल गरेका छन् । उनको खेल हेर्न लायकको हुने गरेको छ, उनी यो विश्वकप २०१८ का आकर्षक खेलाडी हुने कुरा उनको खेलले देखाएको छ । तर उनी दुई साता अगाडि भएको च्याम्पियन लिगमा घाइते भएका छन् ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

आर्मीद्वारा ब्रिगेड ब्वाइज पराजित

शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा विभागीय टोली आर्मीले ब्रिगेड ब्वाइज...

सन्दीप अष्ट्रेलियातर्फ

नेपाली राष्ट्रिय टोलीका युवा स्पिनर सन्दीप लामिछाने अष्ट्रेलियाको टी–२० क्रिकेट बिग बास लिग बिबिएल खेल्न आज...

काठमाडौँद्वारा चितवन पराजित

तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग इपिएलअन्तर्गत आज भएको पहिलो खेलमा काठमाडौँ किंग्स इलाभेनले चितवन...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

प्रतिस्पर्धी जनशक्तिका लागि कम्प्युटर शिक्षा

कम्प्युटर मानव जीवनको अभिन्न अंग बन्दै गएको छ । दैनिक जीवन होस् वा विभिन्न पेसागत जीवनलाई सहज र सक्रिय बनाउन...

के सरकार यातायात व्यवसायीको सामु झुक्ने नै हो ?

नेपाल सरकारले सार्वजनिक सवारी साधन वा कालो प्लेटमा दर्ता भएका गाडीहरुमा नेपाल यातायात व्यवसायी राष्र्टिय...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै