logo

तामाकोशी आयोजनामा भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी

काठमाण्डौं, जेठ २७
माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । माथिल्लो तामाकोशी सेयर सरोकार संयुक्त संघर्ष समितिले आयोजनामा व्यापक भ्रष्टाचार भएको भन्दै छानबिनको माग गर्दै गत मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराएको हो । राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशीलाई दोलखाली जनताले कुनै अवरोध सिर्जना नगरी ९२ प्रतिशत काम सम्पन सहयोग गरेको मौकाको फाइदा उठाउँदै तामाकोशी आयोजनामा भ्रष्टाचार भएको भन्दै कारबाहीको लागि अख्तियारमा उजुरी दर्ता गराएको संघर्ष समितिका संयोजक बर्मा लामाले बताए । पटक–पटक दोलखाली जनताले वर्तमान तामाकोशीको टिमले गरेका बेथिति, अनियमितता र दोलखा जिल्लावासीलाई निश्चित गरेको १० प्रतिशत सेयर न्यायोचित वितरणको बारेमा, लागत बढेको विषयमा, समय अवधि बढेको, भ्रष्टाचारलगायतको विषयमा ध्यानाकर्षण गराउँदा समेत सम्बन्धित निकाय कानमा तेल हालेर बसेका कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराउनुपरेको लामाले बताए । अख्तियार उजुरी दर्ता मात्र नभई अप्पर तामाकोशीलाई दोहन गरी खानेहरुविरुद्ध सबै किसिमको आन्दोलन जारी रहेको उनको भनाइ छ ।
तामाकोशी आयोजनाको सार्वजनिक खरिद ऐनबमोजिम ठेक्कापट्टाको काम नभएकाले त्यसको समेत छानबिन गर्न माग गरिएको छ । आयोजनाले गुणस्तरीय सामान खरिद नगरी फरक–फरक कम्पनीका सस्तो मूल्यका उपकरण खरिद गरी आयोजनामा व्यापक अनियमितता गरेको बताइएको छ । खाडीचौर–चरीकोट सडकखण्डको दुरवस्था देखाई काम समयमा नै सम्पन्न नगर्ने र माग भई आउने हेभी इक्विपमेन्टहरु समयमा नै आयोजना स्थल नपुग्ने अवस्थामा सम्झौताबमोजिमको काम नभएको भन्दै उपकरण सप्लाई गर्ने कम्पनीले क्षतिपूर्ति माग गर्दा ठूलो रकम हिनामिना हुने भएकोतर्फ संकेत गर्दै उनीहरुले त्यसतर्फ पनि छानबिन गर्न अख्तियारसँग माग गरेका छन् । कांग्रेस नेता बर्मा लामा संयोजक रहेको उक्त समितिमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता हिरा थोकर सहसंयोजक र वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका दोलखा संयोजक बद्री कुमार चौलागाई सचिव रहेका छन् ।
त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य गंगा कार्की विश्वले माथिल्लो तामाकोशी आयोजना जलमाफियाहरुको कमाइ खाने भाँडो बन्दै आएको बताएका छन् । उनले भने, ‘३५ अर्ब लगानीमा बन्ने भनेको आयोजना ६० अर्ब लाग्ने भन्नथालेका छन् ।’ उनले माथिल्लो तामाकोशी आयोजनाका बारेमा व्यापक असन्तुष्टि व्यक्त गर्दै आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘अप्पर तामाकोशी जलमाफियाहरुले फिँज काढेर खाएर सके । ३५ अर्ब लगानीमा बन्ने भनेको आयोजना ६० अर्ब लाग्ने भन्नथालेका छन् । भूकम्पपछिको क्षतिको समीक्षामा विज्ञान नाम गरेका आयोजना प्रमुखले एक/दुई अर्ब यताउति भए मात्रै नत्र ३५ अर्बमै काम सम्पन्न हुन्छ भनेर सर्वदलीय बैठकमा भनेका थिए । तर अहिले ६० अर्बको कुरो छ । आयोजना सम्पन्न हुने अवधि पनि ०७६ साल पु-याए । त्यस्ता जलमाफियाहरुलाई अख्तियारले देख्दैन । आयोजना प्रमुख बन्नलायक अरु नेपाली इन्जिनियर छैनन् ? कसकसको मिलिभगतमा यस्तो भएको छ ? जनप्रतिनिधि भन्नेहरु किन चुप छन् ? चुनावमा लिएको पैसो कराउँछ भनेर ? राष्ट्रको गौरव तामाकोशी डुबाउने सबै राष्ट्रघातीहरुलाई तिरस्कार गर्न सुरु गरौं ।’

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

दशैंको मौका पारी मनपरी भाडा असुल्दै गाडीधनी

बझाङ दशैं नजिकिएसँगै बझाङमा चल्ने जिपहरुले मनपरी भाडा असुल्न थालेका छन् । दशैं–तिहाररको समयमा देश विदेशबाट घर...

प्रधानमन्त्री र अख्तियार प्रमुखको भेट रहस्यमय

एक जना प्रधानन्यायाधीशलाई अस्वाभाविक रुपले तर्साएपछि फेरि त्यसरी ने अस्वाभाविक लाग्ने गरी एकै दिन सुनुवाइ एकै...

सेयर धितोमा बैंक तथा फाइनान्स कम्पनीहरुको ४१ अर्ब १२ करोड रुपैयाँ कर्जा

बैंक तथा फाइनान्स कम्पनीहरुले सेयर धितो लिएर ४१ अर्ब १२ करोड ८८ लाख ६० हजार रुपैयाँ कर्जा प्रवाह गरेकाछन् । नेपाल...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

चक्रजीको जीवन चक्र सकियो

अन्ततः सात वर्षको संघर्षपछि चक्र बाँस्तोलाले यो संसार त्याग्नु भएको छ, अर्को संसारका लागि उनको आफ्नो आत्मिक...
मनोरञ्जन / साहित्य अरु धेरै

प्रियंका र आयुष्मानको ʻप्रेम दिवसʼ शुभसाइत

चलचित्र ʻप्रेम दिवसʼको शुभसाइत गरिएको छ । घटस्थापनाको अवसर बुधबार काठमाडौंको मैतीदेवी मन्दिरमा शुभसाइत गर्दै...

सरकार यातायात व्यवसायीको सामुु लम्पसार

हिन्दु धर्मालम्बीहरुको महान् चाड दशैँ भित्रिएसगैँ आफ्नो जन्मथलो जाने मानिसहरुको पनि सँख्या अत्याधिक रुपमा...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै