logo

तरकारी खेतीमा जुकाको असर

ललितपुर, जेठ २५
गोलभेँंडा, काउली, आलु, खुर्सानीलगायत तरकारीको जरामा गाँठा बनाउने जुकाका कारण किसानले पर्याप्त उत्पादन गर्न सकेका छैनन् ।जुकाका कारण बोट पहेँलो, होचो र ओइलाउने गर्छ । कृषि अनुसन्धान परिषद नार्क अन्तर्गतको बाली रोग विज्ञान महाशाखाका अनुसार जुकाले बालीमा प्रत्यक्ष र अप्रत्यक्ष दुबै रुपमा असर गर्छ । वैज्ञानिक चेतना मानन्धरका अनुसार प्रत्यक्ष रुपमा जुकाले जरामा आक्रमण गर्दा उत्पादन कम हुन्छ भने अप्रत्यक्ष रुपमा फलेको बालीको गुणस्तर कम हुन जाँदा बजार मूल्य कम पाउँछ । जुकाको आक्रमणले फलको आकार सानो र बाङ्गो हुने उनी बताउछन् । उनी भन्छन्, “जुकाले आक्रमण गरेको बोटमा ढुसीलगायतका अरु हानिकारक जीवाणुले आक्रमण गर्छन् ।”
काउली, गोलभेँडा, भण्टा, आलु, खुर्सानी, रामतोरीया, गाजर, रायोसाग, बन्दा, परवल, प्याज, काँक्रो, फर्सी, ब्रोकाउलीलगायत तरकारीमा जुकाले आक्रमण गरेको पाइन्छ । शुरुमा जराको टुप्पोबाटभित्र पसेर जुकाले आफ्नो तिखो सुँडले कोषको रस चुस्छ । जुका छिरेको दुई÷तीन दिनमानै बालीमा गाँठा देखिन थाल्छ । मानन्धर भन्छन्, “दिनदिनै गाँठा बढ्दै जान्छ र केही समयपछि उखालेर हेर्दा नाङ्गो आँखाले नै देख्न सकिन्छ ।” तोरी, रायोलगायतको पिना, गाईबस्तुको मल, रायोको बीउ पिनेर बिरुवा रोप्दा रोग कम लाग्न सक्छ । बजारमा पाइने जरामा हाल्ने विषादी मिलाएर हाल्न यहाँ कार्यरत वैज्ञानिकले किसानलाई सल्लाह दिँदै आएका छन् । एक अध्ययन अनुसार कास्कीको हेम्जामा जुकाको कारण गोलभेंँडामा २० देखि ३० प्रतिशतसम्म उत्पादन कमी आएको थियो । रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

ज्ञानलक्ष्मी साकोसको ११औं साधारणसभा

बूढानीलकण्ठ नगरपालिका वडा नं. १०, कपन, नारायणचोकमा रहेको ज्ञानलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले ११औँ...

पूर्वमा धानको उत्पादन १२ प्रतिशतले वृद्धि

पूर्व क्षेत्रको प्रदेश नंं १ मा यस वर्ष वर्षे धान १२ लाख ४१ हजार ६३९ मेट्रिक टन उत्पादन भएको कृषि निर्देशनालय...

ऐंसेलुखर्क गाउँपालिकामा व्यावसायिक कफी खेती

जिल्लाको उत्तरी क्षेत्रको ऐेँसेलुखर्क गाउँपालिकामा व्यावसायिक कफी खेती विस्तारको काम थालिएको छ । किसानले...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

प्रतिस्पर्धी जनशक्तिका लागि कम्प्युटर शिक्षा

कम्प्युटर मानव जीवनको अभिन्न अंग बन्दै गएको छ । दैनिक जीवन होस् वा विभिन्न पेसागत जीवनलाई सहज र सक्रिय बनाउन...

के सरकार यातायात व्यवसायीको सामु झुक्ने नै हो ?

नेपाल सरकारले सार्वजनिक सवारी साधन वा कालो प्लेटमा दर्ता भएका गाडीहरुमा नेपाल यातायात व्यवसायी राष्र्टिय...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै