logo

आर्थिक समृद्धिका लागि सहकारी अपरिहार्य

काठमाण्डौं, जेठ २५
मुलुकको आर्थिक विकास र समृद्धिका लागि सहकारी अपरिहार्य रहेको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले बताएका छन् । ‘मुलुक ध्यान आर्थिक समृद्धि र विकासमा केन्द्रित छ’, उनले भने, ‘मुलुकको समृद्धिका लागि सहकारी महत्वपूर्ण आधार हो । समग्र मुलुकको विकास र समृद्धिका लागि सहकारी क्षेत्रका साथै सबै क्षेत्र मिलेर अघि बढ्नुपर्दछ ।’ नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) र कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको संयुक्त आयोजनामा सुरु भएको ‘साकोस शिखर गोष्ठी–२०७५’ लाई सम्बोधन गर्दै उपप्रधान तथा रक्षामन्त्री पोखरेलले मुलुकको अर्थतन्त्रमा सहकारीको योगदानको प्रशंसा गर्दै अर्थतन्त्रलाई सही ढंगबाट सञ्चालन गर्न सहकारी आवश्यक रहेको बताए । ‘हरेक क्षेत्रमा देखिएको नीतिगत समस्यालाई अपडेट गरी समृद्ध मुलुक निर्माणमा सबै क्षेत्र एकताबद्ध भएर लाग्नुपर्दछ’, उनले भने, ‘नीतिगत समस्याको संशोधन र नयाँ ऐन, नीतिनियम निर्माणमा सरकार तयार छ ।’ उनले मुलुकको अर्थतन्त्रको तीन आधारस्तम्भमध्ये सहकारी भन्नका लागि मात्र नभई अर्थतन्त्रको आधारस्तम्भ भएको स्पष्ट पारेका छन् । त्यस्तै कार्यक्रममा कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री शेरबहादुर तामाङले सहकारीहरुको पुँजी सही तबरले सञ्चालन गर्न नसकिएको बताए । ‘सहकारीको पुँजी उत्पादनमूलक क्षेत्रमा लगानी गर्नु आवश्यक छ’, उनले भने, ‘उत्पादनमूलक क्षेत्रमा लगानी गर्न रहेका कानुनी अप्ठ्याराहरु केही छन् भने कानुनी अवरोध फकाउन सरकार तयार छ ।’ कानुनी अवरोधलाई हटाई समृद्ध मुलुक निर्माणका लागि सहकारीको पुँजी परिचालन गरी हातेमालो गरी अघि बढ्न सरकार तयार रहेको उनको भनाइ थियो ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

ज्ञानलक्ष्मी साकोसको ११औं साधारणसभा

बूढानीलकण्ठ नगरपालिका वडा नं. १०, कपन, नारायणचोकमा रहेको ज्ञानलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले ११औँ...

पूर्वमा धानको उत्पादन १२ प्रतिशतले वृद्धि

पूर्व क्षेत्रको प्रदेश नंं १ मा यस वर्ष वर्षे धान १२ लाख ४१ हजार ६३९ मेट्रिक टन उत्पादन भएको कृषि निर्देशनालय...

ऐंसेलुखर्क गाउँपालिकामा व्यावसायिक कफी खेती

जिल्लाको उत्तरी क्षेत्रको ऐेँसेलुखर्क गाउँपालिकामा व्यावसायिक कफी खेती विस्तारको काम थालिएको छ । किसानले...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

प्रतिस्पर्धी जनशक्तिका लागि कम्प्युटर शिक्षा

कम्प्युटर मानव जीवनको अभिन्न अंग बन्दै गएको छ । दैनिक जीवन होस् वा विभिन्न पेसागत जीवनलाई सहज र सक्रिय बनाउन...

के सरकार यातायात व्यवसायीको सामु झुक्ने नै हो ?

नेपाल सरकारले सार्वजनिक सवारी साधन वा कालो प्लेटमा दर्ता भएका गाडीहरुमा नेपाल यातायात व्यवसायी राष्र्टिय...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै