logo

मूल्यवृद्धिविरुद्ध विरोध प्रदर्शन

भक्तपुर, जेठ २४
कालो पृष्ठभूमिमा सेतो अक्षरले लेखिएको ‘पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिविरुद्धको विरोध जुलुस तथा सभा’ ब्यानरको पछि स्कूल युनिफर्ममै देखिएका एक विद्यार्थीले नारा लगाए, ‘ओली तिम्रो पाराले’ । स्कुले युनिफर्ममै विरोधमा उत्रिएका उनलाई सरकारले पछिल्लो समयमा गरेको मूल्यवृद्धि त्यति चित्तबुझ्दो थिएन, सोही कारण उनी विरोध कार्यक्रममा सहभागी भएका हुन् । उनलाई जस्तै गरी धेरैलाई नेकपाका अध्यक्ष केपी ओली नेतृत्वको सरकारले गरेको मूल्यवृद्धि मन परेको छैन । त्यही कारण उनलाई साथ दिइरहेका थिए, ‘दुःख पायो साराले !’ भनी  । उनकै अधुरो नारालाई पूरा गर्दै थिए । उनैलाई पछ्याउँदै साथ दिएका थिए, स्कुल युनिफर्ममै आएका उनका सहपाठीदेखि, झण्डा बोकी आएका अरु विद्यार्थी, युवा, शिक्षक तथा आम उपभोक्ताले । ओली सरकारले गत जेठ १९ गतेबाट लागू हुने गरी पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिविरुद्ध बुधबार आन्दोलनमा आएका विद्यार्थी तथा युवाहरुले संयुक्त रुपमा मूल्यवृद्धि तत्कालै खारेज गर्न माग गरेका छन् । यसको सर्वत्र विरोध भइरहेको छ । यो विषयम  नेपाल विद्यार्थी संघले पनि आन्दोलन थालेको छ । संघले सोमबारै भक्तुपरका प्रजिअलाई ज्ञापन पत्र बुझाइसकेका छन् ।
बुधबार प्रजिअ कार्यालय घेराउ गर्न आएका युवा तथा विद्यार्थीहरुले कम्युनिष्ट नामको सरकार हुँदा पनि मूल्यवृद्धि र कालोबजारीको समस्या विकराल बन्दै गएको बताउँदै भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायण भट्टमार्फत् प्रधानामन्त्रीको ध्यानाकर्षण गराउन ज्ञापन पत्र पनि बुझाए । भक्तपुरको कमलविनायक, च्याम्हासिँह, सूर्यमढी, दत्तात्रय, गोलमढी, सुकुलढोका, साकोठा, दरबारस्वायर हुँदै जिल्ला प्रशासन पुगेका उनीहरुले कालाबजारीयाहरुलाई कारबाही गर्न, भ्रष्टाचारीहरुलाई सँजाय दिन पनि माग गरे । नेपाल क्रान्तिकारी युवा संघ र नेपाल क्रान्तिकारी विद्यार्थी संघ भक्तपुरले आयोजना गरेको सो कार्यक्रममा बोल्दै युवा अध्यक्ष मीन बाटाले सरकारकै निकम्मापनको कारण मूल्यवृद्धि भएको र जनताले सास्ती भोगेको बताउँदै मूल्यवृद्धि फिर्ता नगरे अझ सशक्त आन्दोलन गर्ने पनि जनाए । ‘हामी आजबाट सांकेतिक विरोधमा उत्रिएका छौं, हाम्रो जायज मागलाई वेवास्ता गरिएको खण्डमा हामी अझ कडा आन्दोलनमा उत्रिन्छौं ।’ प्रजिअलाई ज्ञापनपत्र बुझाएपछि आयोजित सभामा उनले भने । कार्यक्रममा मिलन गणेजू, अनिल फोँजूलगायतले मूल्यवृद्धिले परेको असरबारेमा धारणा राखेका थिए ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

विद्यालयको भवनमा बैंक, टहरोमा विद्यार्थी

दोलखाको मेलुङ गाउँपालिकाको एक विद्यालयले पक्की भवन बैंकलाई भाडामा दिएर जस्ताको टहरोमा विद्यार्थीलाई पठन–पाठन...

२७ वर्षको उमेरमा छैठौं विवाह ६६ वर्षका वृद्धसँग !

गुल्मीको धुर्कोट गाउँपालिका–७, वाग्ला दुवानेटाका बासिन्दाले अनौठो विवाह देख्न पाएका छन् । एक छोरी, तीन जिल्लाकी...

अर्थको पत्रविरुद्ध प्रहरीको पत्र

अर्थ मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पठाएको पत्रले सुरक्षा निकायभित्र द्विविधा उत्पन्न गराइदिएको छ ।...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

‘के काठमाडौं उपत्यका मृत्युको कुवा हो ?’

अहिले वर्षा महिनामा काठमाडौं यति दुर्गन्धित भएको छ कि यहाँ गाउँको मान्छे आयो भने तत्काल रुघाखोकीले समात्छ ।...
मनोरञ्जन / साहित्य अरु धेरै

चलचित्र ‘शत्रु गते’ युएईमा जुलाई १२ देखि प्रदर्शन हुने

सर्वाधिक बहुप्रतिक्षीत नेपाली चलचित्र ‘शत्रुू गते’ युएईका बिभिन्न हलमा पर्दशनी हुने भएको छ । नेपाली चलचित्र...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै