logo

बुद्ध, मार्क्स र वेद

शिरीषवल्लभ प्रधान
मानव सभ्यताको विकासको क्रममा सबैभन्दा प्राचीन मानिने वैदिक दर्शनले मानिसलाई विगत चार/पाँच हजार वर्षदेखि प्रभाव पार्दै आएको छ भने बौद्ध दर्शनको प्रभाव विगत दुई हजार छ सय वर्षदेखि हालसम्म कायमै छ । त्यस्तै पश्चिमी जगत्मा उन्नाइसौं शताब्दीको मध्यतिर फैलिएको मार्क्सवादी दर्शनको प्रभाव विगत पौने दुईसय वर्षदेखि कायम रहँदै आएको पाइन्छ । आधुनिक युगका सबैभन्दा प्रभावशाली मानिने दार्शनिक तथा समाजवादी चिन्तक कार्ल मार्क्सले सन् १८४८ मा रचित कम्युनिस्ट मेनिफेस्टो र दास क्यापिटलमार्फत मानिसको राजनैतिक —सामाजिक स्थितिको व्याख्या निकै रोचक ढंगले गरेको छ । तर, यसरी मानव समाजको विश्लेषण तथा व्याख्या गर्ने कार्य वेदका सर्जकहरुले हजारौं वर्ष अगाडि नै गरेका थिए । पूर्वीय दर्शनका प्रणेताहरुले पाश्चात्य विद्वान् एवं दार्शनिकहरुले भन्दा हजारौं वर्षअघि गरेका ती विश्लेषण आज पनि उत्तिकै सान्दर्भिक र महत्वपूर्ण मानिन्छ ।
मानव समाजलाई विराट पुरुषको रुपमा परिकल्पना गर्दै ऋग्वेदको पुरुष सूक्तमा भनिएको छ,
ब्राह्मणोस्य मुखमासीद्बाहू राजन्यः कृतः
उरु तदस्ययद्वैश्यः पद्भ्यां शूद्रो अजायत ।। (ऋग्. १०.९०.१२)
अर्थात्,
त्यस विराट पुरुषको मुख ब्राह्मण हो, दुवै पाखुराहरु क्षेत्री हुन्, तिघ्रा वैश्य अनि शूद्र खुट्टा हुन् । यसरी वेदमा मानव समाजलाई कार्यविभाजनको आधारमा चार भागमा बाँडिएको छः विराट पुरुषको मुख ब्राह्मण वा बुद्धिजीवीवर्ग हुन् भने पाखुरा क्षेत्री अर्थात् शासक, उच्च प्रशासक हुन् । त्यस्तै तिघ्रा उद्योग, व्यापारमा संलग्न वैश्य हुन् भने खुट्टा शूद्र अर्थात् सेवा कार्यमा संलग्न कर्मचारी तथा श्रमिकहरु हुन् ।
मार्क्सले सामाजिक न्याय, समानताको पक्षमा शोषण, उत्पीडन र अत्याचारका विरोधमा आवाज उठाएका छन् आफ्नो दर्शन र चिन्तनको माध्यमद्वारा । उनले कामदार वर्गको हित, उनीहरुको अधिकार र उनीहरुमाथि मालिकहरुले गर्ने शोषणको विरुद्ध आवाज उठाएर विश्वमा एक प्रकारको सशक्त आन्दोलनको सूत्रपात गरेका छन् ।
तर मार्क्स भन्दा करिब पच्चीस सय, तीन हज्जार वर्षअघि नै हिन्दू र बौद्ध धर्मलगायतका पूर्वीय दर्शनले मानवता, न्याय, समानता र कमजोरवर्गको हित र कल्याणका कुराहरु उठाएका छन् । परिवर्तन बाहिर सतहमा हैन भित्रैदेखि मानिसको चेतनाकै तहमा हुृनपर्छ । समाजलाई परिवर्तन गर्नेभन्दा पनि व्यक्ति आफैं परिवर्तित हुने, मनोक्रान्ति गरिनुपर्ने पूर्वीय दर्शनको जोड छ ।
मार्क्ससँग बौद्ध दर्शनको तुलना गर्दै भारतका प्रसिद्ध दार्शनिक तथा समाज सुधारक बीआर अम्बेडकरले बुद्ध वा माक्र्स नामक आफ्नो पुस्तकमा लेखेका छन्ः बुद्ध प्राचीन हुन् तर मार्क्स आधुनिक युगका दार्शनिक । यदि मार्क्सवादीले पूर्वाग्रहबाट मुक्त भई बुद्धका बारेमा अध्ययन गरी बुद्धले केका लागि प्रतिबद्ध रहे भनीे बुझ्ने कोसिस गरेमा निश्चय पनि, मलाई विश्वास छ, तिनको दृष्टिकोणमा परिवर्तन आउनेछ ।
मार्क्सवादी दर्शनको एउटै उद्देश्य हो समाजबाट असमानता हटाउनु, मानिसलाई जीवनमा उसले भोग्न परेकोे दुःख, कष्टबाट मुक्ति दिलाउनु । त्यस्तै बुद्ध धर्मको उद्देश्य पनि दुःख, कष्टलाई हटाएर मानव जीवनलाई सुखी र सार्थक बनाउनु हो, उनी लेख्छन् ।
धर्म एक स्वतन्त्र समाजको निम्ति आवश्यक छ, र धर्मको कार्य विश्वको पुनर्निमाण गर्नु र मानिसको दुःख निवारण गर्नु हो न कि विश्वको उत्पत्ति र अन्त्यबारे व्याख्या गर्नु, अम्बेडकर भन्छन् । मार्क्सले पनि त्यही कुरा दोह-याएका छन्ः दर्शनको उद्देश्य समाजको पुनर्निर्माण हो, विश्वको उत्पत्ति र विनाशबारे विश्लेषण गर्नु हैन । सबै मानिस समान छन्, मानिसको मापन जन्म हैन मूल्य हो, दुःखको कारणलाई हटाई त्यसको निवारण गरी समाजको भलो गर्न सकिन्छ, सम्पत्तिमा निजी स्वामित्वका कारण नै एउटा वर्ग शक्तिशाली र अर्को वर्गलाई दुःखी भएको हो, इच्छाहरुको द्वन्द्वले नै मानिस दुःखी हुन्छ र बुद्धको अष्टाङ्ग मार्ग नै यसको समाधान हो, मैले बुझेको बौद्ध दर्शन यही हो, अम्बेडकर भन्छन् ।
इतिहासको निर्माण आर्थिक क्रियाकलापद्वारा हुन्छ, समाज मालिक र श्रमिक गरी दुई वर्गमा विभाजित छ, यी दृई वर्गबीच सदा द्वन्द्व कायम रहन्छ, मालिक वर्ग सदा उत्पादनमा प्रमुख भूमिका रहने मजदुरवर्गको शोषणमा संलग्न हुन्छ । यस प्रकारको शोषणको अन्त्य उत्पादनका साधनहरुको राष्ट्रियकरण वा निजी सम्पत्तिको हरणद्वारा नै सम्भव छ, मजदुरहरुको शोषण बढ्दै गएर कालान्तरमा वर्गीय द्वन्द्व वर्ग संघर्षमा रुपान्तरित हुन्छ, र यस प्रकारको संघर्षले श्रमिकहरु शक्तिशाली हुन्छन् र उनीहरुले राजनैतिक शक्ति हात पार्छन् र अन्त्यमा सर्वहारा वर्गको अधिनायकत्व स्थापित हुन्छ । समाजको यो प्रक्रिया अवश्यम्भावी छ तसर्थ समाजवादको स्थापना अनिवार्य छ , अम्बेडकरका अनुसार मार्क्सवादी दर्शन सङ्क्षेपमा यति नै हो ।
मार्क्सले भनेजस्तो हाम्रो समाजमा स्वतः विकासको प्रक्रियाबाट (इभोलुशनरी प्रोसेस) परिवर्तन आएको छैन भन्ने दाबी अम्बेडकरको छ । त्यसको निम्ति निकै कठोर प्रयास गर्नुपरेको छ, योजना बनाउनुप-यो र कतिपय अवस्थामा हिंसा र रक्तपात जरुरी हुन्छ । मार्क्सवादी दर्शनको नाममा विश्वमा जति मानिसहरु मारिए त्यो अरु कुनै दर्शनको नाममा भएन, उनी थप्छन् ।
मार्क्सले पनि शोषणको नतिजा दुःख हो भनेका छन्, जसरी बुद्धले भनेका थिए । जसरी मार्क्सले मालिक र मजदुरबीच द्वन्द्व हुन्छ भनेका छन् बुद्धले पनि राजा, राजाका बीच, धनी, धनीका बीच, बाबु—आमा र छोराका बीच, ब्राह्मण, ब्राह्मणका बीच, दाजु, भाइ, दिदी बहिनीबीच द्वन्द्व चलिरहन्छ जुन, दुःखको बन्छ ।
मार्क्सले जस्तै बुद्धले पनि निजी सम्पत्ति राख्ने विचार स्वीकारेका छैनन् । बुद्ध भन्छन्, मानिसले आफूलाई चाहिने न्यूनतम वस्तु जस्तै लत्ताकपडा, भाँडाकुँडा, सियो, दाह्री खौरने सामानबाहेक निजी सम्पत्ति राख्नुहुँदैन । वस्तुहरुको सङ्कलन र तिनीहरुप्रति आशक्तिकै कारण मानिसमा लोभ जागृत हुन्छ, जुन दुःखको कारण बन्छ । तर महत्वपूर्ण कुरा यो छ कि, बुद्ध भन्छन् लक्ष्यमात्र राम्रो भएर पुग्दैन साधन पनि शुद्ध हुनुपर्छ । उनको पञ्चशीलमा भनिएको छः कसैलाई हानी नपु-याऊ, कुनै प्राणीलाई कष्ट नदेऊ, अर्काको सम्पत्ति कब्जा नगर, नचोर, झुट नबोल, कामवासनाबाट टाढा बस्नू, नशालु वस्तु सेवन नगर्नू । बुद्धको अष्टाङ्ग मार्गमा सही विचार, सही उद्देश्य, सही वचन, सही आचरण, जीविकोपार्जनको साधन, सचेतना र सही चिन्तन समाविष्ट छन् । बुद्ध असल स्वभाव, शील, त्याग, दान, क्षमा, सत्य, मित्रभाव र अनाशक्तिमा जोड दिन्छन् । अम्बेडकर बुद्ध र माक्र्सबीच तुलना गर्दै निष्कर्षमा लेख्छन्, दुवैको लक्ष्य एउटै हो । समाजबाट दुःख र कष्ट हटाउनु । तर दुवैको माध्यममा भने आकाश, जमिनको अन्तर छ । बुद्ध धर्म, अहिंसा, सत्य र स्वतन्त्रतामा जोड दिन्छन् भने माक्र्स आफ्नो उद्देश्य हासिल गर्न हिंसा वा बल प्रयोगलाई जायज ठह-याउंछन् र सर्वहारावर्गको अधिनायकत्वमा जोड दिन्छन् । अम्बेडकरका अनुसार बुद्ध अरु कुनै उपायद्वारा शान्ति स्थापना सम्भव नभएमा अन्तिम विकल्पको रुपमा हिंसाको मार्ग अनुशरण गर्न सुझाव दिन्छन् ।
मानवताको हितमा हुने असल कार्य गर्न पनि बलजफ्ति र हिंसाको प्रयोग गर्नु गलत हो भन्दै बुद्धले आचरण, शील वा असल स्वभावमा जोड दिएका छन् । स्वतन्त्रताको मूल्य चुकाएर पाइने समानताको कुनै अर्थ छैन भन्दै अम्बेडकर बौद्ध धर्ममा विद्यमान त्याग, भातृत्व, स्वतन्त्रता जस्ता मूल्य र मान्यताहरुबाट शिक्षा लिन मार्क्सवादीहरुलाई आग्रह गर्छन् ।
त्यसैगरी हिन्दूहरुको ग्रन्थ बृहदारण्यकोपनिषद्मा भनिएको छ, ब्रह्मले आफूले मात्र सृष्टि सञ्चालन कार्य सञ्चालन गर्न असमर्थ भई बलशाली क्षेत्रीय जातिको सिर्जना ग-यो, त्यतिले पनि सृष्टि सुचारु नभएपछि वैष्य जातिको सिर्जना ग-यो र त्यसैगरी सेवा कार्यको निम्ति शूद्र जातिको सिर्जना ग-यो । क्षेत्रीय जाति बलवान् भई ब्राह्मणलगायत अन्य जातिप्रति हिंसाजन्य व्यवहार गर्न थालेपछि ब्रह्मले समाजमा सुव्यवस्था कायम गर्न धर्मको सिर्जना ग-यो र धर्म भनेको सत्य नै हो, त्यसमा भनिएको छ, (बृहद्.१.४.१४)। धर्म भन्नाले नीति, नियम, कर्तव्य आदि सम्झिनुपर्छ ।
सोही उपनिषद्मा भनिएको छ, अन्न सबैको साझा वा मिश्रधन भएकोले अरुलाई नबाँडिकन अन्न खाएमा त्यस्तो मानिस पापबाट मुक्त हुँदैन । अन्नमा किसान, मजदुर सबैको पसिना परेको हुनाले त्यो साझा धन हो, त्यसैले आफूले मात्र खान हुन्न भनिएको हो । जो अन्नलाई दान नगरिकन आफूमात्र खान्छ, त्यस्तो व्यक्तिलाई अन्नले नै खाइदिन्छ तैत्तिरीयोपनिषद्ले भन्छ । तैत्तिरीयोपनिषद्को यो घोषणा माक्र्सवादी सिद्धान्तभन्दा कम क्रान्तिकारी छैन ।
त्यसैगरी गीतामा भगवान् श्री कृष्णले निःस्वार्थ भएर कर्ममा लाग्ने शिक्षा दिन्छन् । गीतामा भनिएको छ, कर्म गर तर फलको आशा नराख । यो भन्दा निःस्वार्थ सेवा र मानव कल्याणको सन्देश भएको अर्को दर्शन पाउनु कठिन छ । उनी भन्छन् कर्मको त्याग हैन, फलको आशाको त्याग गरिनुपर्छ ।
त्यसैगरी ईषोपनिषद्मा भनिएको छ,
ईशावास्यमिद : सर्वं यत्किंचित् जगत्यां जगत् ।
तेन त्यक्तेन भुन्जीथा मा गृधः कस्य स्विद्धनम् । (ईशा १)
अर्थात्,
यो सम्पूर्ण चराचर जगत् ईश्वरले व्याप्त छ । ईश्वरलाई सम्झेर त्यागपूर्वक भोग्दै जाऊ किनभने यो धन वा भोग्य पदार्थ कसको हो ? कसैको पनि हैन । यसको अर्थ हो, हामीले आफूलाई चाहिने जतिमात्र उपभोग गर्नुपर्छ बढी लोभ गर्नुहुन्न । किनभने हामीले उपभोग गर्ने वस्तु कसको हो ? के त्यसमा हाम्रो अधिकार छ ? यो सबै ईश्वरको देन हो, जसमा हाम्रो भन्ने केही छैन । त्यसैले आफूलाई चाहिनेभन्दा बढी सङ्कलन नगर, आवश्यकभन्दा बढी उपभोग नगर भन्ने सामाजिक न्यायको सिद्धान्त सो उपनिषद्मा पाइन्छ ।
कठोपनिषद्मा भनिएको छ, सम्पत्तिको मोहमा पर्ने व्यक्तिले यस लोकबाट एकदिन बिदा हुनपर्छ भन्ने बास्तविकता भुल्छ र गलत कार्यमा लाग्दछ । (कठ.१.२.६) आधुनिक अर्थशास्त्रको सिद्धान्त छ, मानिसका इच्छाहरु असीमित हुन्छन् र त्यसलाई पूर्ति गर्न स्रोतहरुको उपयुक्त बाँडफाँड गरिनुपर्छ । यसरी इच्छाहरुको पछि दौडने पुँजीवादी सिद्धान्तविपरीत वेद, उपनिषद्ले इच्छा, आकांक्षामाथि नियन्त्रण कायम राखी सादा जीवन उच्च विचारको सिद्धान्तअनुरुप चल्न पर्ने शिक्षा दिन्छ । कठोपनिषद्ले भन्छ, जब मानिसका सबै कामनाहरु छुट्छन् तब त्यो मरणशील मानिस अमर हुन्छ ।
सामाजिक न्याय,लोककल्याण र गरिब, दुःखीहरुको सेवालाई वेदले पुण्य कार्य भनेको छ । दुःखको बखत अरुको सहायता गर्नुपर्ने र कमजोर वर्गको भलाइमा लागेमा नै सबैको कल्याण हुने कुरा त्यसले उल्लेख गरेको छ । ऋग्वेदले भन्छ, जसले खानेकुरा अरुलाई बाँड्छ, ऊ चाहे संन्यासी होस् वा गरिब माग्ने वा कमजोर, उसले पवित्र खाना खाएको मानिन्छ र त्यस्तो व्यक्तिले शत्रुलाई पनि मित्र बनाउँछ । अरुलाई दान दिने र अरुको कल्याण गर्ने मानिस सधैं सुखी हुन्छ । तर जसले अन्न वा धन सङ्कलन गरी ऐयासी जीवन बिताउँछ, तर गरिबी र भोकाहरुको दुःखमा तटस्थ रहन्छ, त्यस्ता व्यक्तिको कहिल्यै हित हुँदैन । भोकले मात्र मानिस मर्दैन, पेटभरि खाने मानिस पनि एकदिन मर्छ, तसर्थ जसले अरुलाई बाँडेर खान्छ उसलाई ईश्वरको आशीर्वाद प्राप्त हुन्छ ।
हिन्दु धर्मले इच्छा नै सबै दुःख को कारण हो भन्दै इच्छामाथि विजय प्राप्त गर्न,आत्मसंयम राख्न र कामनाको पछि नदौडन सिकाउँछ । गीताले भन्छ, विषयहरुको चिन्तन गर्नाले आशक्ति पैदा हुन्छ, आशक्तिले कामना उत्पन्न हुन्छ, कामनाबाट (तृप्त नभएमा) नै क्रोध उत्पन्न हुन्छ । यसरी आत्मानुशासन, संयम र इच्छामाथि नियन्त्रणलाई नै सुखी जीवनको मूलमन्त्र मानेको छ ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

भुइँचालोले विधवा बनाएको बारपाक (भाग—१)

अलमस्त छे धरती, यो कल कल किरण, यी वनफूल, चहचह चिरबिर ! कुहूकुहू कोइली, कति मीठो छ आहा जिन्दगी ! प्रभातको हिमाल हेरेर म...

संघीयता र करवृद्धि : कुरा त्यहीँसम्म सीमित रहने छैन

राजनीतिको क, ख र ग को सामान्य ज्ञान भएको मान्छेको कुरा नगरौँ, सामान्य व्यावहारिक ज्ञान भएको मान्छेले पनि यो बुझ्न...

वेदको सिर्जना कहिले र कसद्वारा भयो ?

पूर्वीय दर्शनका ज्ञाता विद्वान्हरु हिन्दूहरुको सबैभन्दा प्राचीन र पवित्र ग्रन्थ वेदलाई मानिसद्वारा रचिएको...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

भुइँचालोले विधवा बनाएको बारपाक (भाग—१)

अलमस्त छे धरती, यो कल कल किरण, यी वनफूल, चहचह चिरबिर ! कुहूकुहू कोइली, कति मीठो छ आहा जिन्दगी ! प्रभातको हिमाल हेरेर म...
मनोरञ्जन / साहित्य अरु धेरै

स्कट नेपाल रोदीघरले चर्चा कमाउँदै

विगत केही समय पहिलादेखि सञ्चालनमा आएको स्कट नेपाल रोदी घरले दिनप्रतिदिन आफ्नो चर्चा विस्तार गर्दै गएको छ । यो...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै