logo

विनाबिहे बच्चा जन्माउनु कति सार्थक, कति घातक ?

लक्ष्मण सिटौला

laxman sitaulaको लागि तस्बिर परिणाम

 

 

महाभारतमा कुमारी आमा कुन्ती (शुरसेनकी छोरी) को कथा छ । कुन्तीले ऋषि दुर्वासाको वशीकरण मन्त्र पाएकी थिइन् । त्यो मन्त्रमा यस्तो शक्ति थियो कि कुन्तीले जुनसुकै पुरुषलाई वा देवतालाई चाहिन् भने आफ्नो वशमा ल्याउन सक्थिन् । एकदिन सबेरै कुन्ती बाहिर निस्किएर सुन्दर प्रकृतिको आनन्द लिइरहेकी थिइन् । आकाश गंगामा उदाएको त्यो बिहानी पखको सुरम्य सूर्यले उनको ध्यान खिंच्यो । त्यो सूर्य उनलाई यति राम्रो लाग्यो कि आफैं मोहित भइन् र पृथ्वीमा बोलाइन् ।
वशीकरण मन्त्रको प्रभावले सूर्य ऋषिरुप धारण गरी पृथ्वीतलमा ओर्लिएर कुन्ती सामु आए । सूर्यले नम्रपूर्वक भने, ‘कुन्ती तिमीले मलाई प्रेमले सम्झियौ म आएँ भन म तिम्रो के सेवा गरुँ ।’ कुन्तीले भनिन, ‘हजुरजस्तो महान् र विश्वको सर्वोच्च शक्तिमान् देव अगाडि पाउँदा म अत्यन्तै पुलकित छु ।’ दुवैले प्रेमपूर्वक आलिङ्गन गरेर सशरीर मिलन गरे । वासनातुर आलिङ्गनबाट छुट्टिएपछि कुन्तीलाई आफ्नो गल्तीको महसुस भयो र उनले सूर्यलाई भनिन, ‘सूर्यदेव तपाईं र मेरो मिलनबाट बच्चा जन्मिँदैछ । म कुमारी हुँ र कुमारी आमाको पेटबाट जन्मिएको बच्चा अवैध हुन्छ। समाज यो कुरालाई मान्न तयार छैन । अब म यो समाजलाई मुख देखाउन पनि लायक हुनेछैन भन्नुस् अब म के गरुँ ?’
कुन्तीको विलाप सुनेर सूर्यदेवले आफ्नो कानमा लगाएको कुण्डल दिँदै भने, ‘यो कुण्डल उसको कानमा लगाएर एउटा बाकसमा राखेर बच्चालाई नदीमा बगाइदिनु म उसको रक्षा गर्नेछु ।’ पछि कर्ण जन्मिए र समाजबाट जोगिनका लागि सुर्यले भनेजस्तै गरेर कुन्ती माताले आफ्नो बच्चालाई एउटा बाकसमा राखेर बगाइदिइन् । अस्व नदीबाट बग्दै त्यो बाकस गंगा नदी हुँदै सुतराज्य पुग्यो । कुन्ती शान्त भइन् । कुमारी आमा कुन्ती बाचुञ्जेल कर्णको मायाको घाउले विक्षिप्त भइरहिन् । कर्णले बाचुञ्जेल आफूलाई जन्मजात नदीमा फालिदिएको गुनासो गरिरहे आमासँग । समाजको त्रासले बिहे नगर्दै आमा बनेकी कुन्ती जस्ताले पनि आफ्नो मुटुको टुक्रालाई नदीमा बगाउन बाध्य भइन् । कुन्तीको आँखा त्यही घाउको कारण कहिले ओभानो हुन सकेन । प्रायश्चित जति गरे पनि कुन्तीको त्यो घाउ कहिले पुरिएन ।
भन्नुहोस् अहिले बिहेविना नै सन्तान जन्माउन पाउनुपर्ने कानुन ल्याउन लागी पर्नुहुने कति प्रतिशत महिला कुन्ती बन्न तयार हुनुहुन्छ ? पहिला समाज परिवर्तन गर्नुहोस् ताकि बाँच्न सहज होस् । नत्र कसरी सम्भावना होला पिताविनाको सन्तान लिएर खुसीले बाँच्न ? मेरो शरीर मेरो अधिकार भनेर कुर्लिने नारीहरु तपाईं सहरमा बसेर दुई चार जना पुरुषलाई वशीकरणको मन्त्रमा पार्नुभयो होला तपाईं शिक्षित हुनुहोला तपाईंको मनग्य आम्दानी पनि होला र पुरुष भए पनि ठीक नभए पनि ठीकको अवस्थामा हुनुहोला र भन्दै हुनुहुन्छ कि ‘मेरो शरीर मेरो अधिकार’ लोग्नेविना पनि बच्चा पाउने अधिकार पाउनुपर्छ भनेर कुर्लँदै हुनुहुन्छ तर ८१ प्रतिशत जनता गाउँमा बस्छन् र गाउँमा महिलाको हालत के छ त्यो पनि बुझ्नुहोला । विनाबाबुको सन्तान पायौ भने तिमी बाँचेको समाजले तिमीलाई वेश्या भन्छ त्यो सहन तयार छौ ?
यति धेरै अधिकार पनि नखोज कि जहाँ मानव अस्तित्व नै सङ्कटमा परोस् । मेरो शरीर मेरो अधिकार भन्ने निहुँमा के तिमीले नांगो हिंड्न पनि पाउनुपर्छ भनेको हो ? अबोध पशु गाईले पनि आफ्नो योनी पुछारले छोपेको हुन्छ । कहिले याद गरेका छौ ? किराले पनि आफ्नो लाज र संकोच ढाकेको हुन्छ । चरीले पनि लुकेर सहवास गर्छ । भाले फेरिफेरि उड्दैन ऊ । पोथी गौंथली भाले मरेको शोकमा नदीमा डुबेर मर्छ यो कुरा थाहा छ ?
तिमी पुरुषविनाको समाज कल्पना गरिरहेछ्यौ उता, छाउ गोठमा सर्पले टोकेर महिलाहरु मरिरहेका छन् । तिमी बिहे नै नगरी बच्चा पाउनुपर्छ भनी जुलुस निकालिरहेछ्यौ उता गाउँमा नारीलाई बोक्सी भनेर मलमूत्र ख्वाइरहेका छन् । यता काठमाडौंमा तिमी मेरो शरीर मेरो अधिकार भनी रहेछ्यौ उता कागती गाउँमा १२ वर्षकी नानीको बाल विवाहा हुँदैछ । खोइ तिमीले अरु नारीहरुको आर्तनाद बुझेकी !
विनापुरुषको आमा बन्न पाउनुपर्ने अधिकार खोजिरहँदा पुरुषले पनि विनास्त्री बाबु बन्न पाउने अधिकार खोजे भने सेरेगेसी आमा (भाडाकी आमा) बन्न कति गरिब र विपन्न महिला तयार होलान् त्यो पनि ख्याल गर । नयाँ चोलो फरिया फेर्न र मासुभात खान दसैँ नै कुर्नुपर्ने बाध्यता छ गाउँघरमा । त्यतिबेला तिम्रो ‘मेरो शरीर मेरो अधिकारको’ युरोपेली डलरबाट आयातीत नारा के होला त्यो पनि विचार गर ।
कर्णको गुनासो कुन्तीले आजीवन सुन्न परेजस्तै तिम्रो छोराले पनि तिमीलाई आजीवन गुनासो नगरोस् र यदि गुनासो ग¥यो भने त्यसको उत्तर दिन तिमी तयार रहनू । तिमीले बाबु देखाउन सकिनौ भने तिम्रो छोराले तिमीलाई वेश्या भन्छ के तिमी तयार छौ छोराले वेश्या भनेको सुन्न ?
स्त्रीलाई वेश्या बन्न सहयोग गर्छ यो नाराले । तिम्रो छोराले तिमीलाई सोधपुछ गर्छ कसको अबवध पेट बोकेर मलाई जन्मायौ आमा भनेर ? त्यतिबेला के जवाफ दिन्छ्यौ ? मैले भाडाको बाबु प्रयोग गरेर तिमीलाई जन्माए छोरा भनेर जवाफ दिनको लागि तयार हुनू त्यतिबेला । समाज परिवर्तन र महिला अधिकारका नाउँमा नैतिकता नै सङ्कटमा पर्ने मुद्दा किन उठाउनु ? कतिजना महिला भाडाको लोग्ने प्रयोग गर्न राजी छन् त्यसको डाटा छ तिमीसँग ?
पुरुषले पनि भोलि खोज्न सक्छन् पाठेघर भाडामा लिएर सन्तान जन्माउने आमा । पुरुष नचाहने तर सेक्स टोय प्रयोग गरेर यौन आनन्द लिने अनि विर्य बैंकबाट शुक्रकिट किन्ने हैसियतमा कति नेपाली महिला पुगेका छन् त्यसको हिसाबकिताब छ तिमीसँग ? बच्चा जन्माउने अधिकार केवल तिम्रै हो लौ त पुरुष सुक्राणुविना बच्चा जन्माएर देखाउन एक चोटि सकिन्छ भने र पुरुषप्रति यति धेरै घृणा नै जन्मिएको हो भने ।
तिम्रो सपना पूरा गर्न पहिला नेपाललाई शतप्रतिशत साक्षर बनाऊ । बोक्सी आरोप र छाउपडी प्रथा मात्रै अन्त्य गर्ने कोसिस गर । तिमी नै हौ महिनावारी हुँदा छुइ हुन्छ भनेर भान्सामा नजाने एक गिलास पानी सारेर खान पनि लोग्नेलाई वा भाइलाई वा आमाबुबालाई प्रयोग गर्ने । महिनामा पाँच दिन आराम पाइने निहुँमा तिमी नै हौ छुइ प्रथाको विरोध नगर्ने अनि विचरो पुरुषलाई मात्रै गाली किन ? विवाहा प्रथा ठीक छैन भनेर प्रमाणित गर्न खोजेको हो ? मन मिलुन्जेल आनन्द लाग्ने त्यही सेक्स, मन टुटेको अवस्थामा प्रेमीलाई बलात्कारको मुद्दामा जेल हाल्ने र सम्पत्तिमा अधिकार जमाउने खेल मात्रै नखेलिदिए हुन्छ यो समाज सुधार गर्नका लागि । 
पुरुषका छाती मात्रै के ढुंगाबाट निर्मित हुन् ? तिम्रै जस्तो हो नि आँखाबाट बग्ने नुलिलो आँसु पुरुषका पनि । के तिनका आँसुचाहिँ खोल्साको पानी हो र? विनाविवाहा बच्चाको अवधारणाले कानुनी मान्यता पाउनुपर्ने जिकिर गर्नु भनेको स्त्रीले यौन स्वतन्त्रता मागे जस्तो भएन र ? के हाम्रो समाजले आदिम सभ्यता निम्त्याएको हो र ? विनाबिहे विनारोकतोक जुनसुकै पुरुषसँग पनि यौन सम्बन्ध राख्थे आदिम स्त्रीले । बच्चा पाइन् भने कविलाको भिडमा मिसिन्थ्यो । बाबुको खोजी नहुने त्यो आदिम कविला युगलाई फेरि फर्काउनु चाहेको हो र तिमीले ?
रह्यो तिम्रो निजत्वको कुरा तिम्रो अधिकारको कुरा । हो एउटा बच्चा कहिले जन्माउने, कुन उमेरमा जन्माउने, आफूले कहिले र कुन उमेरमा बिहे गर्ने, अर्थात् बिहे पनि गर्ने कि नगर्ने, कोसँग बिहे गर्ने, त्यो तिम्रो निजी कुरा हो । तर तिमी बसेको समाज तिम्रै छायाको प्रतिविम्ब पनि त हो नि । तिमी जे हौ तिम्रो समाज पनि त्यही हो । तिम्रो हरेक आनीबानीको छाया विम्बित हुन्छ त्यहाँ । समाजको सभ्यता भत्काउन तिमी मात्रै तयार भएर पुग्दैन तिमीले अरुलाई पनि तयार गराउन सक्नुपर्छ । विधवा विवाहलाई यो समाजले आजको दिनसम्म स्वेच्छाले स्वीकारेको छैन भने कसरी कुमारी आमालाई समाजले स्वीकृत गर्ला ?
कोमल गुलाफले पनि काँडा साथमा लिएर बाँचेको हुन्छ । र कहिले विद्रोह गरेन उसले काँडासँग । कहिले पनि काँडालाई कुनै गुनासो र आरोप लगाएन किनकि गुलाफलाई गुलाफ नै भएर बाँचिरहनु छ धरतीमा ऐंजेरु भएर होइन । ऐंजेरु भएर बाँच्न चाहने चिलाउनेको ठुटामा उम्रने झारलाई त कौवाले पनि चिथोर्छ । कौवा हुने कि कोइली हुने, कोहिनुर हुने कि कोइला हुने, मयुर हुने कि पातेफिस्टो हुने हात तिम्रै हो ।
यहाँ प्रेम त वर्जित छ भने तिमी कुमारी आमाको कल्पना कसरी साकार गर्न सक्छ्यौ ? कुनै जोडी पार्कमासँगै बसेर गफ गर्दा प्रहरीको लाठी बर्सिन्छ यहाँ । कुनै मायामा परेका जोडी गाउँघरको पानी पँधेरोमा वा चौतारीमा वा मेलापातमा भेटिए भने यही समाज हो तथानाम गाली गर्छन् । पुरुषले स्त्रीलाई छुँदा पनि फलानी केटी त बिग्री भनेर सत्तोसराप गर्ने यो समाजको अगाडि कसरी कुन्तीले उठाएको जस्तो पहाडको पहिरो टाउकोमा बोक्छ्यौ तिमीले ? तिम्रो शरीर तिम्रै अधिकार हो । आफ्नो शरीरमा आफ्नै अधिकार हुन्छ । यो एक्कासौं शताब्दीमा कोही कसैको अधीन र आधिपत्यमा छैन नजिक हुने र बाँधिने त मायाले पो होत होइन र ?
बलात्कारको मुद्दालाई र दोषीलाई सजाय कडा पार्नतिर आवाज उठाउने हो कि बरु । अधिकारको कुरा गर्दा कर्तव्य बोधको कुरा किन छायामा पर्छ ? प्रकृतिले रोपिदिएको तिम्रो कर कोमलतामा, शुभ्र आँखाको भृकुटीमा मायाले कोही हेर्न नआइदिए त्यो मोहनीरुपको महत्व के ? प्रकृति र पुरुष छ र त यो जगत् जगमग छ फेरि किन भन्छ्यौ पुरुष चाहिन्न भनेर । पैंतीस प्रतिशत अशिक्षित जनता छन् नेपालमा त्यो पैंतीस प्रतिशतको आवाजको पनि सुनुवाइ हुनुपर्छ ।
विनाबाबुको परिवार त्यो अपूर्ण परिवार हो । त्यसले बाल मनोविज्ञानलाई नराम्रो असर गर्छ । एउटा बच्चा जब बाबु र आमाको प्रेमबाट प्राप्त जीवन हो भने त्यहाँ बाबु आमा दुवैको महत्व रहन्छ । प्राकृतिक मृत्युबाट खड्किएको अभावलाई समाजले सामान्य रूपमा लिन्छ तर कुमारी आमाबाट प्राप्त स–सन्तानमाथि सधैं प्रश्न आइरहन्छ ।
युरोप अमेरिकामा समेत यो संस्कारलाई राम्रो रुपमा लिइँदैन । जीवनको अन्तिम पलसम्म पनि एउटी आमाप्रति सदैव नकारात्मक धारणा पैदा हुन्छ । वंश परम्परा टुक्राटुक्रा हुन्छ । पुरुष नभए वंश नै नहोला वा नधानिएला त ? हो आज पनि विधवाहरु सम्मानले बाँचेकै छन् । पितृसतात्मक सोचर्लाइ उल्टो घुमाएर मातृसत्ता कायम भयो भने मात्रै यो सम्भावना रहला । वंश परम्परा विस्थापित गर्नुपर्ने हुन्छ यो गर्नलाई ।
यो देशलाई पुरुष प्रधान होइन महिला प्रधान देश बनाउनुस् अनि मात्रै बाबुविनाको सन्तान वैध हुन सक्छन् । तथ्यांकअनुसार १५ र २२ वर्ष उमेर समूहका महिला प्रतिशत पुरुषभन्दा टोटल जनसंख्यामा छ लाख बढी हुन आएको हुँदा अलिकति सामाजिक विचलन आएको हो । र त्यसैको प्रतिफल हो यो नारा पनि  । बहुविवाहलाई अहिलेको कानुन र संविधानले पूर्णवर्जित गरेको छ । पुरुषको तुलनामा महिलाको संख्या धेरै हुनु र बहुविवाह बर्जित हुँदा थोरै विकृति आउँछ नै । तर त्यसलाई शिक्षा, कानुन, आय आर्जन, शसक्तीकरण, अवसरको प्राप्ति, देशको आर्थिक उन्नतिले नियमन नियन्त्रण गर्छ । प्राकृतिक रूपमा हुने सेक्सलाई समाजले नियन्त्रण गर्छु भनेर सम्भावना रहन्न । यस्तो गरियो भने यसले अर्को विकृत बाटो रोज्छ । स्त्री र पुरुष एक अर्काका पर्याय हुन् यदि पुरुषविनाको जिन्दगी स्त्रीले कल्पना गर्छिन् भने यो अप्राकृतिक र अप्रासङ्गिक हो ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

भुइँचालोले विधवा बनाएको बारपाक (भाग—१)

अलमस्त छे धरती, यो कल कल किरण, यी वनफूल, चहचह चिरबिर ! कुहूकुहू कोइली, कति मीठो छ आहा जिन्दगी ! प्रभातको हिमाल हेरेर म...

संघीयता र करवृद्धि : कुरा त्यहीँसम्म सीमित रहने छैन

राजनीतिको क, ख र ग को सामान्य ज्ञान भएको मान्छेको कुरा नगरौँ, सामान्य व्यावहारिक ज्ञान भएको मान्छेले पनि यो बुझ्न...

वेदको सिर्जना कहिले र कसद्वारा भयो ?

पूर्वीय दर्शनका ज्ञाता विद्वान्हरु हिन्दूहरुको सबैभन्दा प्राचीन र पवित्र ग्रन्थ वेदलाई मानिसद्वारा रचिएको...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

भुइँचालोले विधवा बनाएको बारपाक (भाग—१)

अलमस्त छे धरती, यो कल कल किरण, यी वनफूल, चहचह चिरबिर ! कुहूकुहू कोइली, कति मीठो छ आहा जिन्दगी ! प्रभातको हिमाल हेरेर म...
मनोरञ्जन / साहित्य अरु धेरै

स्कट नेपाल रोदीघरले चर्चा कमाउँदै

विगत केही समय पहिलादेखि सञ्चालनमा आएको स्कट नेपाल रोदी घरले दिनप्रतिदिन आफ्नो चर्चा विस्तार गर्दै गएको छ । यो...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै