logo

कृषिक्षेत्रको विकासमा निजी क्षेत्रका सुझाव सम्बोधन गर्न सरकार तयार

काठमाण्डौं, जेठ २३
कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले कृषिक्षेत्रको विकासमा निजी क्षेत्रका सुझाव सम्बोधन गर्न सरकार तयार रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको कृषिक्षेत्रको विकासमा निजी क्षेत्रको भूमिका विषयक अन्तर्क्रिया कार्यक्रममा मन्त्री खनालले कृषिक्षेत्रसँग जोडिएका करहरूका विषयमा आफूले अर्थमन्त्रीसहित अर्थ मन्त्रालयका पदाधिकारीहरूसँग बसेर छलफल गर्ने र एउटा टुंगोमा पुग्ने स्पष्ट पारे । मन्त्री खनालले कृषि विकासमा देखा परेका नीतिगत समस्या एवं अप्ठ्याराहरूलाई सच्याएर अगाडि बढ्न तयार रहेको बताए । भूमिसम्बन्धी समस्याका कारण कुनै समय कृषि उत्पादन निर्यात गर्ने देश नेपाल आज आयातमा निर्भर हुनुपरेको तीतो यथार्थ राख्दै उनले कृषिको आधुनिकीकरण र व्यवसायीकरणमा राज्यले जोड दिने बताए ।
सरकारको लक्ष्य आगामी पाँच वर्षमा आयात प्रतिस्थापन गर्ने, कृषिमा भएका समस्याहरू तत्काल पहिचान गरी त्यसको समाधान सरकारले थाल्ने बताउदैँ मन्त्री खनालले व्यवसायीहरूले भोग्नुपरेका समस्याहरू र त्यसका समाधानका उपायहरूसहित लिखित रूपमा सुझाव पेस गर्न समेत आग्रह गरे । जमिनको समस्या नीतिगत हिसाबले एक वर्षभित्र समाधान गर्ने लक्ष्य सरकारको रहेको उनको भनाइ छ । कृषियोग्य जमिन अब खण्डीकरण हुनबाट रोक्न सरकार अगाडि बढिसकेको उनले बताए । सरकारले बसोबास, कृषि, व्यावसायिक, औद्योगिक क्षेत्रका लागि भूमिको वर्गीकरण गर्ने उनको भनाइ छ । मन्त्री खनालले पुर्जाविहीन जनतालाई एकपटकका लागि बसोबासका लागि भूमिको व्यवस्था गर्ने तर त्यस्तो भूमि व्यक्तिले बेचबिखन गर्न नपाउने बताए । उक्त जमिन पुस्तान्तरण भने हुने व्यवस्थासहितको नीति सरकारले ल्याउने उनको भनाइ छ ।
महासंघकी अध्यक्ष भवानी राणाले आकर्षक प्याकेजसहित सरकारले कृषिसम्बन्धी कार्यक्रमहरू ल्याए लगानीको वातावरण बन्ने बताइन् । कृषिप्रधान देश भनिए पनि परम्परागत खेती प्रणालीमै कृषिको ठूलो अंश आबद्ध रहेकाले यसलाई व्यावसायिक कृषिमा रूपान्तरण नगरेसम्म मुलुक अगाडि बढ्न नसक्ने उनले बताइन् । सरकारले आगामी बजेटमा कृषिक्षेत्रलाई राम्रोसँग समेट्न गरेको प्रयास राम्रो भएको उनको भनाइ छ । राणाले नेपाल सरकारसँगको सहकार्यमा नेपाल उद्योग वाणिज्य महासंघले कृषि उद्यम केन्द्रमार्फत प्रत्येक जिल्लाहरूमा एक गाउँ एक उत्पादन र एक जिल्ला एक उत्पादन कार्यक्रम सफल रुपमा सञ्चालन गर्दै आइरहेको समेत जानकारी दिइन् । कृषि उद्यम केन्द्रमार्फत अन्य थुप्रै परियोजनाहरू सञ्चालन भइरहेको भन्दै आगामी दिनमा व्यावसायिक कृषि विकासमा सरकारसँगको हातेमालो गर्दै कार्य गर्न इच्छुक रहेको उनले बताइन् ।
महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले कृषि पेसालाई हेर्ने हेराइमै परिवर्तन आवश्यक रहेको भन्दै सरकारले अब किसान धनी बनाउने लक्ष्यले काम गर्नुपर्ने बताए । चिया, कफी, अलैंची, कुखुरापालनलगायतका क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिँदै उनले जंगलको संरक्षणका अतिरिक्त त्यसका आसपासमा उद्योग व्यवसाय विस्तार गर्ने नीति राज्यले लिनुपर्ने बताए । महासंघका उपाध्यक्ष किशोर प्रधानले कृषिको व्यवसायीकरणमा सरकार–निजी क्षेत्रबीचको सहकार्यमा जोड दिँदै कृषिको व्यवसायीकरणबाटै मुलुकको समृद्धि हुनसक्ने बताए । व्यावसायिक खेती गर्न चाहने उद्योगी व्यवसायीलाई उनीहरूले चाहेजति जग्गा भाडामा उपलव्ध गराउने प्रबन्ध राज्यले गर्नुपर्ने भन्दै उनले नदी छेउछाउका जमिनलाई कृषि प्रयोजनमा अधिकतम उपयोग गर्ने नीति राज्यले लिनुपर्नेमा बताए । अर्का उपाध्यक्ष उमेशलाल श्रेष्ठले नेपाल कृषिप्रधान देश भनिए पनि कृषिमा परनिर्भता नहटेसम्म त्यसको सार्थकता नहुने बताए । श्रेष्ठले बजेटमा सम्बोधन भएअनुरुप कृषिक्षेत्रको कार्यान्वयन गरेर कृषिप्रधान देशको सार्थकता दिन समेत आग्रह गरे । कार्यक्रममा कृषि उद्यम केन्द्रका प्रमुख कार्यकारी अधिकृत प्रदीप महर्जनले कृषिक्षेत्रको विकासमा निजी क्षेत्रको भूमिका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । उद्योग वाणिज्य महासंघ, कृषि मन्त्रालय, महासंघका कृषि व्यवसायसँग जोडिएका वस्तुगत संघहरूका पदाधिकारीहरू, कृषि व्यवसायमा लगानी गरिरहेका उद्यमी व्यवसायीहरूको उपस्थितिमा आयोजना गरिएको कार्यक्रममा सहभागी उद्यमी व्यवसायीहरूले कृषिक्षेत्र सधैँ उच्च प्राथमिकतामा पर्ने वातावरण राज्यले बनाउनुपर्ने सुझाव दिएका थिए ।
कृषि प्रशोधन उद्योगलाई सरकारले स्पष्ट नीति बनाएर प्रोत्साहन गर्नुपर्ने, निजी क्षेत्रको लगानी आकर्षित गर्न प्रशोधन उद्योगमा सहुलियत दिइनुपर्ने, सरकारले यसअघि पाँच प्रतिशत ब्याजमा कृषिकर्जा दिने कार्यक्रम ल्याए पनि प्रक्रियागत झन्झटका कारण त्यसबाट लक्षित वर्गले लाभ उठाउन नसकेको, नयाँ बजेटमा कृषिसँग सम्बन्धित कर छुटलगायतका कतिपय सुविधाहरू नसमेटिँदा यस क्षेत्रमा पर्न जाने समस्यालगायतका धारणाहरू व्यवसायीहरूबाट आएको थियो ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

मकैको चिउरा उद्योगको शिलान्यास

झापाको गौरादह नगरपालिका–५ स्थित महारानीझोडामा स्थापना गर्न लागिएको मकैको चिउरा उद्योगको शनिबार वाणिज्य तथा...

उन्नत तोरीको बीउ वितरण

तोरीखेतीमा आत्मनिर्भर बनाउने उद्देश्यले तुलसीपुर उपमहानगरपालिकाले यसवर्ष यहाँका किसानलाई ३० क्वीन्टल उन्नत...

तरकारीले मूल्य नपाउँदा किसान चिन्तित

उत्पादन भएको तरकारीले बजार नपाउँदा लमहीका किसान चिन्तित छन् । तरकारीले उचित बजार र मूल्य नपाउँदा उत्पादन भएका...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

चक्रजीको जीवन चक्र सकियो

अन्ततः सात वर्षको संघर्षपछि चक्र बाँस्तोलाले यो संसार त्याग्नु भएको छ, अर्को संसारका लागि उनको आफ्नो आत्मिक...
मनोरञ्जन / साहित्य अरु धेरै

प्रियंका र आयुष्मानको ʻप्रेम दिवसʼ शुभसाइत

चलचित्र ʻप्रेम दिवसʼको शुभसाइत गरिएको छ । घटस्थापनाको अवसर बुधबार काठमाडौंको मैतीदेवी मन्दिरमा शुभसाइत गर्दै...

सरकार यातायात व्यवसायीको सामुु लम्पसार

हिन्दु धर्मालम्बीहरुको महान् चाड दशैँ भित्रिएसगैँ आफ्नो जन्मथलो जाने मानिसहरुको पनि सँख्या अत्याधिक रुपमा...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै