logo

मिलन सहकारीमा पनि समस्या

अध्यक्ष श्रेष्ठ विनाधितो आफन्तलाई ऋण प्रवाह गरी विदेश जाँदै

काठमाण्डौं, जेठ २२
स्थापना कालको पहिलो दशकमा काठमाडौंको रैथाने नेवारहरुबीच कसले बढी रकम हाल्ने र कसले बढी बचत गर्ने भनी होडबाजी हुने गरेको मिलन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा पनि वित्तीय विचलनको समस्या देखिएको छ । सोमबार बसेको सो सहकारीको बोर्ड बैठकमा अध्यक्ष भागवत श्रेष्ठविरुद्ध अरु सञ्चालक एकै मतमा प्रस्तुत भएका छन् । सो सहकारीका अध्यक्ष श्रेष्ठले आफूअनुकूल तीन÷चार जना मात्र भेला गराएर महत्वपूर्ण विषयमा निर्णय गराउँदै आएको र बहुमत सदस्यलाई कुनै जानकारीसमेत नदिने गरेको सदस्यहरुले बताएका छन् ।
सो सहकारीका अध्यक्ष श्रेष्ठलगायत केही सदस्यहरुले आफन्तलाई विनाधितो ऋण उपलव्ध गराएको अन्य सेयर सदस्यहरुले थाहा पाएपछि सो अवैध कारोबारबाट जोगिनकै लागि विदेश भ्रमणमा जान लागेको थाहा हुन आएको छ । लामो समयदेखि आफूखुसी रकम खर्च गरेको भन्दै सो कार्य तत्काल बन्द गर्न सहकारी सदस्यहरुले कार्यसमितिलाई चेतावनी दिएपछि उनी रातारात विदेश जान लागेको सोही सहकारीका एक सदस्यले बताएका छन् । सहकारीमा अध्यक्षलगायत केही व्यक्तिको स्वार्थअनुसार कर्जा वितरणदेखि अन्य संस्थालाई समेत घाटा लाग्नेगरी निर्णय भएकाले सहकारीमा बदमासीको शृङ्खला नरोकिएको भन्दै संस्थाका सदस्यहरुले चेतावनी दिएका हुन् ।
उनीहरुका अनुसार पटक–पटक चेतावनी दिंदा पनि मिलन सहकारीका सञ्चालहरुको एउटा कोर टिमले व्यापक आर्थिक घोटालालाई निरन्तरता दिइरहेको आरोप लगाएका छन् । जसका कारण संस्थाका सदस्यको लाखौं रुपैयाँ डुब्ने खतरा बढ्दै गएको गुनासो गरेका छन् । काठमाडौंको न्यूरोडमा रहेको सो सहकारीमा असन, इन्द्रचोक, महाबौद्ध र न्यूरोडका स्थानीय बासिन्दाहरु सेयर सदस्य रहेका छन् । सो संस्थाका सञ्चालकले करोडौं रुपैयाँ विनाधितो ऋण प्रवाह गरेकोसमेत तथ्यहरु बाहिर आउन थालेपछि संस्थाका सदस्यहरु आक्रोशित हुन थालेका हुन् । संस्थाका सदस्यले यो विषयमा चेतावनी दिंदा पनि संस्था सञ्चालकहरुले विनाधितो ऋण दिने क्रमलाई नरोकेको उनीहरुको दाबी रहेको छ । सो सहकारीका अध्यक्ष श्रेष्ठकै योजनामा सहकारीको रकमलाई विनाधितो दिएर कमिसन लिएको आरोपसमेत सदस्यहरुले लगाएका छन् । संस्थामा हाली मुहाली गर्नकै लागि एउटा कोर टिम नै नबाएर अध्यक्ष श्रेष्ठ सहकारी ढुवाउन लागि परेको एक सदस्यले नाम नलेख्ने शर्तमा बताए । सो कोर टिममा रहेर संस्थाका सञ्चालक तथा प्रमुख कार्यकारी दिनेश बज्राचार्यको नेतृत्वमा रहेको छ । सो संस्थाले यस अघि हुन्डाई ग्रुप सञ्चालन गर्ने भन्दै विनाधितो एक महिलालाई करोडौं रुपैयाँ विनाधितो ऋण दिएको भन्दै विरोध भएको थियो ।
अघिल्ला सञ्चालकहरुले गरेको बदमासीको शृङखलालाई अहिले सानो टिम बनाएर फेरि बदमासी गर्ने काम जारी राखेको सदस्यहरुले बताएका छन् । जसका कारण पुराना सञ्चालकहरु असन्तुष्ट हुन थालेका छन् । नयाँ व्यक्तिलाई विनाधितो ऋण दिइरहने र पुराना सञ्चालकहरुलाई भने विभिन्न बहाना बनाएर रकम तिर्नका लागि बाध्य बनाउने काम पनि नयाँ सञ्चालक समितिले गर्दै आएको बताइएको छ । स्रोतका अनुसार विगतमा सो संस्थाले करोडौं रुपैयाँ विनाधितो विभिन्न व्यक्तिलाई लगानी गरेको थियो । जसमा माउण्टेन होटलका सञ्चालक रवीन्द्र मल्ल, रोमीलाल श्रेष्ठलाई सो संस्थाबाट विनाधितो ऋण दिएको दाबी गरेको छ । त्यो रकमको अहिलेसम्म ब्याजसमेत असुली गरेको छैन । त्यस्तै बालमुकुन्द श्रेष्ठ लगायतलाई समेत विनाधितो लाखौं रुपैयाँ ऋण दिएको दाबी सदस्यहरुको रहेको छ ।
चार कार्यकाल पूरा भइसक्दा पनि सो संस्था एउटा सीमित समूहभन्दा बाहिर जान सकेको छैन । उनीहरुको मिलेमतोमा व्यापक आर्थिक अनियमितता भइरहेको खुल्दासमेत सदस्यहरुलाई नै उल्टो धम्की दिने काम अध्यक्ष टिमबाट हुने गरेको नाम नेलेख्ने शर्तमा एक सदस्यले बताए । सो कार्यको मुख्य भूमिका प्रमुख कार्यकारी दिनेश बज्राचार्यले खेल्ने गरेको स्रोतको दाबी छ । निज बज्राचार्य विभिन्न व्यापारिक फर्म र कम्पनीका मान्छेहरुसग भेटेर लगानी र रकमका लागि गोप्य बैठकमा बस्ने गरेको आरोपसमेत लगाइएको छ । उनले अन्य विभिन्न व्यक्ति र संस्थालाई पनि करोडौं रुपैया विनाधितो दिएको स्रोतको दाबी छ । पछिल्लो समय सो संस्थामा आबद्ध सेयर सदस्य र ग्राहकहरुले उठ्न बाँकी रकमको विषयमा कुरा उठाउन थालेपछि उनीहरुले विभिन्नरुपमा धम्कीपूर्ण भाषा बोल्ने गरेको बताइएको छ । पूर्वउपाध्यक्षहरु राजेश स्थापित, मनमोहन श्रेष्ठ र गौतम श्रेष्ठ तथा सदस्य अमुल मानन्धरको संलग्नता संस्थाको फाइदाभन्दा अन्यत्र केन्द्रित रहेको जनाइएको छ । यी सबैले संस्थाबाट लिएको ऋण अहिलेसम्म चुक्ता गरेका छैनन् । वर्तमान सञ्चालक समितिले केही महिनाअगाडि वार्षिक साधारण सभामा केहीलाई कारबाही गर्न सुरु गरेको दाबी गर्दै प्रतिवेदनसमेत प्रस्तुत गरेको थियो ।
पछिल्लो समय ऋण समितिको संयोजकका रुपमा जिम्मेवारी निर्वाह गरिरहेका अनिल तुलाधर अन्य व्यक्तिभन्दा पनि सक्रिय भएर थप ऋण प्रवाह गर्नमा व्यस्त देखिएका छन् । संस्थाका सदस्यहरुले दिएको जानकारीअनुसार अध्यक्षलाई र अन्य व्यक्तिलाई समेत ओझेलमा पारेर निज तुलाधरले आफन्तका नाममा ऋण निकाली अन्यत्र लगानी गरिरहेको आरोप लगाएका छन् । उनका कारण पनि संस्था थप संकटमा पर्न सक्ने भन्दै संस्थाका सदस्यहरु चिन्तित भएका छन् । विगतमा उनको भूमिका कमजोर भए पनि अहिले उनको भूमिका अस्वाभाविकरुपमा बढेकोमा सबै सदस्यहरु चकित भएका छन् ।
स्रोतका अनुसार सो संस्थाले लगानी गरेको करोडौं रुपैयाँ अहिलेसम्म उठ्न सकेको छैन र उठ्न सक्ने अवस्थामा पनि नदेखिएको बताइएको छ । आफन्त र नातागोता अनि विशेष चलखेलका लागि सो संस्थाको रकम प्रमुख कार्यकारी दिनेश बज्राचार्यले चलाउँदै आएको समेत खुलेको छ । रकम उठाउनका लागि उनीहरुले पटक –पटक तागेता गरे पनि त्यो अहिलेसम्म सम्भव हुन सकेको छैन । एक लाखभन्दा बढीको लगानी गर्दा धितो लिनुपर्ने प्रचलन हुँदाहुँदै पनि करोडौं रुपैयाँ विभिन्न व्यक्ति र फर्मलाई दिँदासमेत डिभिजन सहकारीले समेत पनि उनीहरुलाई केही प्रश्न गरेको पाइएको छैन । जसले गर्दा डिभिजन सहकारी कार्यालयका कर्मचारी पनि शंकाको घेरामा परेका छन् ।
कारोबारको हिसाबले राम्रो भए पनि त्यस्तो अनियमितता हुँदासमेत राष्ट्र बैंकले समेत पनि कुनै चासो नदिनु आफैंमा शंकाको विषय बनेको छ । प्रमुख कार्यकारी बज्राचार्यलगायतको मिलेमतोमा आफन्त र नजिकका मान्छेको ब्याज मिनाहा गर्ने काम पनि भइरहेको छ । पहिला सामान्यस्तरको जीवन यापन गर्ने बज्राचार्यलगायतका सदस्यहरु अहिले सोही संस्थाको रकम प्रयोग गरेर करोडौंको मालिक बन्न सफल भएको स्रोतको दाबी छ । विभिन्न जग्गा, घर र जमिन किन्ने साथै सेयर कारोबारमा समेत संस्था सञ्चालकहरुले संस्थाको रकम दुरुपयोग गरिरहेको स्रोतले बताएको छ । फाइदा पुग्ने भए आफ्नो व्यक्तिगत बनाउने र घाटा हुने भए संस्थाको नाम जोड्ने कामलाई पनि संस्थाको कोर टिमका सदस्यहरुले निरन्तरता दिइरहेको बताइन्छ । संस्थाको विषयमा जानकारी लिनका लागि अध्यक्ष भागवत श्रेष्ठसँग सम्पर्क गर्दा उनको फोन अफ गरिएको छ । सो संस्थाको विषयमा सरोकारवाला निकायले विगतमा पनि त्यति ध्यान नदिएको र अहिले पनि धेरैको भूमिका शंकास्पद भएकाले सो संस्थाका हजारौं सदस्यको करोडौं रुपैयाँ डुब्ने खतरा प्रबल बन्दै गएको छ ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

‘सहकारीलाई कृषिमा केन्द्रित हुन आग्रह’

प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीहरुलाई आफ्ना गतिविधि कृषिमा केन्द्रित गर्न आग्रह गरेका छन् । राष्ट्रिय...

सप्तरीमा मल अभाव

सप्तरीमा रासायनिक मलको अभाव भएको छ । कृषि सामग्री केन्द्रले पर्याप्त मात्रामा मल आपूर्ति नगर्दा मल अभाव भएको हो...

किसानले उखुको भुक्तानी पाएनन्

पश्चिम नवलपरासीका किसानले उखुको भुक्तानी पाएका छैनन् । चिनी उद्योग सञ्चालकले सरकारले निर्धारण गरेको उखुको...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

कांग्रेसको नजरमा केपी ओली नेतृत्वको सरकार चुकेको सात विषय

बजार मूल्यमा चर्को वृद्धिको भार बोकिरहेका नागरिकलाई स्थानीय तहमा अचाक्ली वृद्धि गरिएको करले झनै ढाड सेक्ने...
मनोरञ्जन / साहित्य अरु धेरै

‘कार किन्देऊ किन्ने भा’ तीजगीत सार्वजनिक (भिडियोसहित)

गायक तथा पत्रकार रामप्रसाद पाठक र मञ्जु घिमिरेको संयुक्त प्रस्तुतिमा यस वर्षको पृथक् शैलीमा तयार भएको तीजगीत...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै