logo

आप्रवासनको समस्या नै बेरोजगारी

विश्वनाथ खरेल
मानव सभ्यताको क्रमसँगै विभिन्न कारण अनि मान्यताअनुरुप आप्रवासन विभिन्न स्वरुप अनि प्रकृतिमा हुँदै आएको छ । सुलभ वासस्थान, सुरक्षा तथा कृषिजन्य भूमिको खोजीमा सुरुुसुरुमा व्यक्ति अथवा समुदायले एक ठाउँबाट अर्को ठाउँमा बसाइँसराइ गर्ने गर्दथे भने सभ्यताको क्रमसँगै कोरिएका कृतिम देश अनि भू­भागका काल्पनिक रेखानुसार विकसित ठाउँमा लालयित भएर बसाइँ सर्ने क्रम विद्यमान छ । प्राकृतिक विपित्तका कारणले र युद्धका कारणले पनि बसाइँसराइ गर्ने मान्छेहरुको फेहरिस्त इतिहासले बयान गरेकै छ । आप्रवासनको कुरा गर्दा विभिन्न कारणले शरणार्थी बनेका मानव तथा तिनका पीडाहरु पनि सम्झिन जरुरी छ । इराक, अफगानिस्तान, सिरिया, लिबिया एवं भुटानीलगायत देशका शरणार्थीहरु र उनीहरुले भोगेका शारीरिक, मानसिक तथा देश छाड्नु पर्दाको भावनात्मक पीडाले दिएको दुःखाइमा सारा संसारको ऐक्यबद्धतासहितको स्वर जरुरी छ । नेपाल पनि एउटा खुला अनि मानवता प्रदायक देश हो जसले इतिहासका विभिन्न कालखण्डमा छिमेकी शरणर्थीहरुलाई सहृदय स्वागत गरेको छ । तिब्बती शरणार्थीहरुलाई सहृदय वास दिएको नेपालले क्रमशः नेपाल­भारतको पूर्वी नाकाबाट अमानवीय तरिकाले नेपालतर्फ धपाइएका भुटानी शरणार्थीहरुलाई पनि आफ्नो खुला छातीमा स्नेहमयी स्थान दिएको हो । आजका दिन ती सम्पूर्ण नजिकका तर आगन्तुक पाहुनारुपी शरणार्थीहरुलाई हामीले न्यानो र मिठो सम्झना बाँड्ने गरेका छौं । यसर्थ विश्वमा रहेका २६ करोड ७३ लाख आप्रवासीहरु रहेको अनुमान गरेकामध्ये आफ्नो देशभन्दा बाहिर रहेर २३ करोड २० लाखले मात्र श्रम बजारमा काम पाइरहेका छन् भने अरुले कामको खोजीमा भौंतारिएका छन् । व्यवसायीहरू छलछाम त्यागेर नेपाल सरकारसँग निर्णायक वार्ता गरी व्यवसायमा देखिएका समस्या हल गर्नुपर्छ । सरकार स्वयं नियामक निकाय भएकाले कानुनको अक्षरशः कार्यान्वयन गर्दै वैदेशिक रोजगार क्षेत्रमा न्याय र सुशासनको प्रत्याभूति दिलाउनुपर्छ । नियोगहरू सरकारकै अभिन्न अंग भएकाले न्याय र सुशासनको अनुभूति दिलाउन मद्दत गर्नुपर्छ । सरकारले स्वदेशमा रोजगारीका विकल्प तयार गर्न नसक्दा झन्डै दैनिक एक हजार सात सयका दरले वार्षिकरुपमा भन्नुपर्दा पाँच लाखको हाराहारीमा नेपाली युवा परिवार र जन्मभूमि छोडेर विदेश जान बाध्य भएका छन् । हाम्रा देशका गाउँघरमा युवाशक्तिविहीन हुन गएका छन् । जसको सबैभन्दा ठूलो भार कृषि क्षेत्रमा पर्न गएको छ । यसै कारणले गर्दा कृषि उत्पादन तुलनात्मकरुपमा बढ्न सकेको छैन भने कतिपय निर्माण क्षेत्रमा महँगो मूल्यमा भारत तथा बंगलादेशबाट कामदार ल्याएर काम गर्नुपर्ने बाध्यता सिर्जना भएको छ । सिद्धान्ततः देशको आर्थिक विकास र समृद्धिको आधारका रुपमा रोजगारीलाई लिने गरिन्छ । दक्षिण एसियामा नै अरु देशभन्दा मेहेनती कामदार उत्पादन गर्ने देशका रुपमा नेपाललाई लिन सकिन्छ । पछिल्लो जनगणनाअनुसार युवाको जनसंख्या एक करोड छ लाख ९० हजार अर्थात् कुल जनसंख्याको ४० दशमलव ३४ प्रतिशत रहेको छ । यसको ठूलो हिस्सा अझै पनि विदेशी भूमिमा वैदेशिक रोजगारीको लागि गएका छन् । सरकारले नेपालमा नै रोजगारीको विकल्प विकास गर्न नसक्दा नेपाली युवाहरु विदेशी भूमिमा गएर रगत र पसिना बगाउन बाध्य भएका छन् । देशको कुल घरपरिवारको करिब ५५ दशमलव आठ प्रतिशत घरघधुरीहरुले प्रत्यक्षरुपमा विप्रेषण प्राप्त गरिरहेको भए पनि देश विकासमा भने युवालाई सदुपयोग गर्न सकिरहेको अवस्था छैन । सरकार भने कूल गार्हस्थ्य उत्पादनको करिब २५ प्रतिशत वैदेशिक रोजगारीले योगदान छ भनेर गर्व गरिरहेको छ । क्षेत्रगतरुपमा कृषि, पर्यटन, उद्योग आदि क्षेत्रहरुमा माग र आपूर्तिको अवस्था र सोअनुसार क्षेत्रगत र समग्ररुपमा जनशक्ति प्रक्षेपण र विकास गर्नुपर्ने हुन्छ ।हाम्रो देशमा रहेको कमजोर श्रम सम्बन्ध सुधार गरी लगानीमैत्री एवं शान्तिपूर्ण औद्योगिक वातावरण सिर्जनामा शीघ्रता आउन नसक्नु स्वदेशमा रोजगार सिर्जना नहुनुको अर्को कारण हो । आजको वर्तमान युगमा विकास, अवसर अनि आप्रवासनको गहिरो सम्बन्ध छ नत्र कलकलाउँदो खोला, जाज्वल्यमान हिमाल अनि हरियालीका फाँटहरु छाडेर नेपालीहरु अरबका मरुभूमि अनि अन्य विश्व कन्दरामा किन पुग्थे र ? यसरी नै सीप, पुँजी र प्रविधिमा बहुसंख्यक जनताको आवश्यक पहुँच पु-याउन नसक्नु सरकारको कमजोरी रहेको छ । देश विस्तारै अगाडि बढे पनि नयाँ रोजगारीका अवसरहरु सिर्जना हुनेगरी समग्र आर्थिक क्रियाकलाप सञ्चालन हुन सकेको छैन । सरकारले २०७० सालदेखि चालू आर्थिक वर्षसम्म सञ्चालन गरेको कार्यक्रम प्रभावकारी भएपछि तेस्रो चरणको परियोजना पनि सञ्चालन गर्ने भएको हो । हाल दोस्रो चरणको सुरक्षित आप्रवासन कार्यक्रम सञ्चालन भइरहेको छ । सरकारले वैदैशिक रोजगारीमा जान तयारी र रोजगारीपछि स्वदेश फर्केका युवाको आप्रवासन अधिकार सुनिश्चित गर्न हाल सञ्चालनमा रहेको परियोजनाका लागि ८० करोड रुपैयाँभन्दा बढी खर्च गरिसकेको छ । परियोजनाले रोजगारीमा जानुअघि र रोजगारीबाट फर्केका युवालाई जनचेतना र पुनस्र्थापना कार्यक्रम गर्दै आएको छ । परियोजनाको दोस्रो चरणको कार्यक्रमअन्तर्गत हाल ८० करोड ४६ लाख ७४ हजार चार सय ६० रुपैयाँ विनियोजन गरिएको छ । परियोजना प्रभावकारी भएपछि सरकारले दोस्रो चरणको कार्यक्रमको म्याद चालू आर्थिक वर्षसम्म थप गरेको श्रम तथा रोजगार मन्त्रालयले जानकारी दिएको थियो । सुरक्षित आप्रवासनसम्बन्धी सूचना दिने र सूचनाको पहुँच अभिवृद्धि गर्न सूचना तथा परामर्श केन्द्र विभित्र १८ भन्दा बढी जिल्लामा सञ्चालन गरिएको छ । नेपाल सरकारको वैदेशिक रोजगार नीति, २०६८ को प्रभावकारी कार्यान्वयन गर्ने सक्षम एवं सुदृढ प्रणाली र संयन्त्रको विकास गर्नसमेत परियोजनाले काम गर्दै आएको छ । सुरक्षित आप्रवासन आजको आवश्यकता हुनुपर्छ जसले गर्दा विदेशी भूमिमा छोराछोरीलाई पठाएर कमाएको ल्याएको धनले घर त चल्छ तर मन जल्छ, जलिरहेको छ । जसको कारणले गर्दा नेपाली कामदारको दैनिक जसो तीन/चार वटा शव नेपाल आउँने गर्दछ  । यसलाई सम्बन्धित निकायले हेरी विदेशभन्दा स्वदेश सिंगार्ने वातावरण बनाउन सकियोस् । श्रमको माग र आपूर्तिबीचको जबसम्म तालमेल हुन सक्दैन तबसम्म सन्तुलन कायम गर्न केन्द्रीय तथा प्रादेशिक सरकार सफल नहुने देखिन्छ । जसले गर्दा रोजगारीका थप सम्भावना हुन सक्दैन । यसर्थ स्थानीयस्तरका रोजगारी र कृषि क्षेत्रको विकास गरी कृषिजन्य उपजको आयातमा कमी ल्याउन सहयोग गर्ने देखिन्छ । यसरी नै स्थानीय, विविधता, राष्ट्रिय आवश्यकता र सम्भाव्यताअनुसार उद्यमशीलता तालिम, बैंकिङ सुविधा, प्राविधिक सेवा र बजारको पहुँच गराई स्वरोजगारलाई प्रवद्र्धन गर्नेगरी रोजगारीको सम्भावना विकास गर्न सकिन्छ । त्यसको साथसाथै वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई लक्षित गरी उनीहरुको सीप, खुबी, दक्षताको आधारमा स्वरोजगार तथा रोजगारका व्यवसाय सञ्चालन गर्न सक्नेगरी नीति एवं कार्यक्रम बनाउनुपर्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मागअनुसार विभिन्न विधामा प्रतिस्पर्धा गर्न सक्ने सीपयुक्त जनशक्ति तयार गर्नुपर्छ । सरकारले अंगाल्ने आर्थिक नीति, वित्तीय नीति, राजस्व नीति, औद्योगिक नीति र लगानी नीति जस्ता राष्ट्रिय नीतिहरु निर्माण गर्दा नयाँ परिमार्जन गर्दा अधिक जनशक्तिको रोजगारी पाउने अवस्था स्वतः सुनिश्चित हुने प्रावधानहरुको व्यवस्था मिलाउँदै जानुपर्ने हुन्छ । सरकारी तथ्यांकहरुका आधारमा सन् १९९३ देखि २०१६ सम्मको २३ वर्षको अवधिमा नेपाल सरकारले (भारतबाहेक) का ११० मुललुकमा काम गर्न जानेगरी आव २०७२/०७३ सम्ममा रोजगारीका लागि मुलुकबाहिर जाने नेपालीको संख्या ४३ लाख ७८ हजार पुगेको देखाएको छ । जुन नेपालको विद्यमान मुलुकको जनसंख्याको करिब १४ प्रतिशत हुन आउँछ । सन् २०११ को राष्ट्रिय जनगणनाअनुसार देशभित्र अनपुस्थित जनसंख्या १९ लाख २१ हजार, चार सय ९४ देखाइएको छ । यो अनुपस्थित जनसंख्या र वैदेशिक रोजगारमा जानेको संख्या करिब–करिब मिल्दोजुल्दो पाइन्छ । किनभने श्रम स्वीकृति लिएर जानेहरु स्वदेश फर्केको तथ्यांक राखिने गरिएको छैन । श्रम तथा रोजगार मन्त्रालयका अनुसार श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा जाने महिलाको संख्या २०७३ असार मसान्तसम्म एक लाख ५५ हजार एक सय १३ पुगेको देखाइएको छ । तर, यस तथ्यांकमा भारतमा रहेका कामदार, भारतको बाटो हुँदै तेस्रो मुलुक जाने कामदार तथा विद्यार्थी भिषा र अन्य आश्रित भिषामा वैदेशिक रोजगारमा जाने महिला कामदारको गणना गरिएको छैन । हालसम्मको अनुमानअनुसार सरकारी स्वीकृति लिएर जानेभन्दा गैरकानुनी तथा अन्य प्रयोजन देखाएर वैदेशिक रोजगारमा जाने महिलाको संख्या अधिक रहेको छ ।
अन्त्यमा भन्नुपर्दा विश्वको जनसंख्याको करिब तीन दशमलव चार प्रतिशत जनसंख्या आप्रवासीका रूपमा बसोबास गरिरहेकाले तिनको सुरक्षा, रोजगारी र आयआर्जनको सुनिश्चितलगायतका चुनौतीको सामना गर्न विश्वको सामूहिक प्रयासको खाँचो परेको थियो । यातायात तथा सञ्चार क्षेत्रमा आएको नयाँ प्रविधि, औद्योगीकरण तथा विश्वव्यापीकरणको प्रभावले अन्तर्राष्ट्रियरूपमै आप्रवासन बढेको हो । यसबाट नेपाल पनि प्रभावित छ । अहिले मुलुकको जनसंख्याको ठूलो हिस्सा विदेशमा छ । यसको साथसाथै विभिन्न देशमा अध्ययन, रोजगारी, व्यापार व्यवसाय, पर्यटन तथा बसोबासकै लागि विदेशमा रहेका नेपालीको संख्या निकै बढेको छ । यसरी जन्मभूमि छाडेर अन्य देशमा बसोबास गर्न बाध्य जनसंख्याको सुरक्षा नेपालको चासोको विषय बनेको छ । श्रम स्वीकृति लिएर जानेको संख्या हाल ५० लाख रहेको छ । राष्ट्रिय योजना आयोगका पछिल्लो विवरणअनुसार नेपालबाट वार्षिक पाँच लाखको हाराहारीमा वैदेशिक रोजगारीमा जाने गरेका छन् । वैदेशिक रोजगारी नेपाली विदेशिनुको प्रमुख कारण हो । हालसम्म करिब ४८ लाख नेपाली रोजगारीका लागि विदेशिएका छन् । गन्तव्य मुलुकको विकास, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा गरेका प्रगति र त्यसबाट सुधार भएको जीवनस्तरले धेरै युवालाई विदेशतिर आकर्षित गर्ने गरेको छ । ती मुलुकले औद्योगिक, व्यापारिक क्षेत्रमा गरेको प्रगति र त्यसका कारण सिर्जना भएको रोजगारीका अवसर र आयको वृद्धिले पनि धेरैलाई तानिरहेको छ । अर्कोतिर मुलुकभित्रको सीमित रोजगारीका अवसर, न्यून पारिश्रमिक र आय, न्यून आर्थिक वृद्धि दर, गरिबी तथा सामाजिक पछौटेपनले गर्दा मानिस राम्रो अवसरको खोजीमा विदेशिन बाध्य बनेको छ । नेपाली युवालाई पनि यिनै दुई कारणले विदेशतिर आकर्षित गरिरहेका छन् । नेपाली श्रम बजारमा रोजगारीको अवसरको कमी, न्यून पारिश्रमिक, श्रमको कदर नगर्ने संस्कार, शिक्षा, सूचना र प्रविधिको विकास तथा युवामा बढ्दो महत्वाकांक्षाका कारण विदेश जाने क्रम निरन्तर बढ्दो छ । नेपालको श्रम बजारमा प्रत्येक वर्ष प्रवेश गर्ने पाँच लाख १२ हजारमध्ये चार लाख जति त वैदेशिक रोजगारीका लागि विदेशिने गरेका छन् । यसबाहेक, अध्ययनलगायत लागि विदेशिनेको संख्या पनि ठूलो छ । यसरी विदेशिने नेपाली युवाले पठाएको विप्रेषणले मुलुकको अर्थतन्त्र धानिएको छ । आव २०७२/७३ मा कुल छ सय ६५ अर्ब छ करोड रुपैयाँ विप्रेषणबाट प्राप्त भएको थियो । यो रकम कुल गार्हस्थ्य उत्पादनको २९ दशमलव छ प्रतिशत हो । विप्रेषणले नेपालको अर्थतन्त्रमा महत्वपूर्ण सकारात्मक योगदान दिँदै आएको छ भने यसबाट समाजमा परेको प्रतिकूल प्रभाव र यस क्षेत्रका समस्या पनि कम छैनन् । मुलुकको आर्थिक, सामाजिक क्षेत्रको विकासमा महत्वपूर्ण योगदान गर्ने वैदेशिक रोजगारीका नकारात्मक प्रभाव पनि कम छैनन् । नेपाली आप्रवासीहरुको कुरा गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहेक खुल्ला नेपाल भारत सीमामार्फत अवसरको खोजीमा बाहिरिने आप्रवासीहरु तथा उनीहरूका मुद्दाहरु पनि सम्बोधन हुन जरुरी छ । के नेपाली कामदारहरुले विदेशमा समान अवसर र पाउनुपर्ने अधिकारहरु पाएका छन् त ? सरकार तथा सरोकारवालाको भूमिका कस्तो छ त ? यो विषयमा पनि पैरवी गर्न जरुरी छ । विदेशी भूमिमा पसिना चुहाइरहेका नेपालीजनहरुलगायत पासपोर्ट अनि भिषाको लाइनमा उभिएका आँखाहरु सबैतर्फ यो हेरिरहेको हुन्छ । यसकारण सुरक्षित आप्रवासन नै आजको आवश्यकता होइन र ?

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

भुइँचालोले विधवा बनाएको बारपाक (भाग—१)

अलमस्त छे धरती, यो कल कल किरण, यी वनफूल, चहचह चिरबिर ! कुहूकुहू कोइली, कति मीठो छ आहा जिन्दगी ! प्रभातको हिमाल हेरेर म...

संघीयता र करवृद्धि : कुरा त्यहीँसम्म सीमित रहने छैन

राजनीतिको क, ख र ग को सामान्य ज्ञान भएको मान्छेको कुरा नगरौँ, सामान्य व्यावहारिक ज्ञान भएको मान्छेले पनि यो बुझ्न...

वेदको सिर्जना कहिले र कसद्वारा भयो ?

पूर्वीय दर्शनका ज्ञाता विद्वान्हरु हिन्दूहरुको सबैभन्दा प्राचीन र पवित्र ग्रन्थ वेदलाई मानिसद्वारा रचिएको...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

भुइँचालोले विधवा बनाएको बारपाक (भाग—१)

अलमस्त छे धरती, यो कल कल किरण, यी वनफूल, चहचह चिरबिर ! कुहूकुहू कोइली, कति मीठो छ आहा जिन्दगी ! प्रभातको हिमाल हेरेर म...
मनोरञ्जन / साहित्य अरु धेरै

स्कट नेपाल रोदीघरले चर्चा कमाउँदै

विगत केही समय पहिलादेखि सञ्चालनमा आएको स्कट नेपाल रोदी घरले दिनप्रतिदिन आफ्नो चर्चा विस्तार गर्दै गएको छ । यो...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै