logo

अबको समाजवाद र समाजवादी शिक्षा

प्रकाश भट्टराई खत्री
समाजवादभित्र समाजको आर्थिक एवं भौतिक साधनहरुको संगठन गर्नु तथा मानव संसाधनद्वारा त्यसको नियन्त्रण गर्दै तीव्र गतिमा उत्पादन र वितरणको भौतिक साधनहरुको सामूहिक तथा लोकतान्त्रीय पद्धतिद्वारा शोषणलाई समाप्त पार्दै, भूमि तथा अन्य साधनहरुमाथि जनताको प्रत्यक्ष अधिकार ग्रहण गराउँदै त्यसको प्रयोग र प्रबन्ध जनताद्वारा जनताको लाभको लागि हुने प्रभावकारी वातावरण बनाउँदै जाने कुरामा कुनै पनि कसरत बाँकी नराखी अगाडि बढियो भने मात्र नेपालमा पनि समाजवादले केही स्थान पाउने देखिन्छ ।
समाजवादको ध्येय भनेको नै देशमा वर्गविहीन आधुनिक र वैज्ञानिक समाजको स्थापना होस् भन्ने नै हो तर पनि हाम्रो देशमा यो हुन सकेको छैन । हामी त अहिले कल्पनामा मात्र सीमित छौं । संविधानमा उल्लेख भएअनुरुपको समाजवाद उन्मुख वातावरणको कल्पना गर्दा अबको समाजवादको परिकल्पना यस्तो गर्ने आवश्यक देखिन्छ । जहाँ सबै मानिस समान हुन्, जहाँ कुनै पनि किसिमको श्रम विभाजन नहोस्, श्रमको कार्य समय तोकियोस्, जहाँ असमानता र निजी सम्पत्तिमाथि नियन्त्रण होस्, मालिक वर्ग, श्रमिक वर्ग र बुद्धिजीवी वर्गबीचको खाडललाई विस्तारै क्रमिक रुपबाट तोडिंदै जाओस्, हरेक पूर्वाधारमा योजनाबद्ध रुपमा संगठित पार्न सकियोस् अनि मात्र हामी सबै समाजवादको लाइनमा हुनेछौं ।
समाजवादभित्र उत्पादनका साधनहरुलाई प्रमुख मानिन्छ जहाँ भूमि, पुँजी, श्रम र संगठन पर्दछन् । यी चार उत्पादनका साधनमाथि समाज र राज्यले यथोचितरुपमा सबैमा न्यायपूर्ण तरिकाले समायोजन गर्ने सक्ने हो भने पनि हामीले सधैँ समाजवाद उन्मुख मात्र भनिरहन पर्ने स्थिति हुँदैन थियो । हामीले गर्वका साथ छाती ठूलो पारेर डाइरेक्ट समाजवाद छ हाम्रो पनि मुलुकमा भन्ने भान हुन्थ्यो ।
समाजवाद कहीं कतैबाट घामको किरण जस्तै बेलुका अस्ताएपछि बिहान उठ्दा उदाउने कुरा हैन यसलाई त निरन्तर परिवर्तन र परिमार्जन गर्दै लैजाने विषय हो । हामीले समाजवादको परिकल्पना मात्र गर्नका लागि सबैले एक पटक युटोपियाको आधुनिक समाजवादबारे अध्ययन, विश्लेषण गर्न आवश्यक छ । युटोपियको समाजवाद निर्माण गर्न एकै पटकमा सम्भव नभएर पटक–पटक अभ्यास गरेको आधारहरु छन् । युटोपियामा समाजवाद निर्माणका लागि पहिलो चरणमा थोमस मुरले विभिन्न परिकल्पना अपनाएका थिए त्यसपछि साइमनले पुनः अर्को परिकल्पना गरेपछि पुनः तेस्रो चरणमा चाल्र्स फुरियरले परिकल्पना गरेका समाजवादले मात्र युटोपियामा समाजवादको क्रमिकरुपमा समाजवादको व्यवस्था व्यवस्थापन भएको पाइन्छ ।
समाजवादबारे नेपालको संविधानमा सामन्ती निरंकुश, केन्द्रीकृत र एकात्मक राज्यव्यवस्थाले सिर्जना गरेका सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्ने समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गर्दै नेपालको संविधानमा उल्लेख गरिए पनि अझै पनि कतिपय विषयमा किताबमा मात्र सीमित भएको भेटिन्छ ।
नेपालको सन्दर्भमा हेर्ने हो भने लोकतान्त्रिक अधिकारहरु जनताको बलिदान, त्याग, तपस्या र संघर्षबाट मात्रै स्थापित भएका हुन् । राजनैतिक पार्टी खोल्न पाउनु, आम निर्वाचनमार्फत सरकार बनाउनका लागि मतदान गर्ने पाउनु, कुनै विचारको समर्थन वा विरोध गर्ने पाउनुजस्ता राजनीतिक अधिकारहरु लोकतन्त्रका औपचारिक आाधारभूत अधिकारहरु हुन् । वास्तविक लोकतन्त्र आर्थिक समानताको जगमा मात्रै स्थापित हुन सक्छ तर आधारभूत राजनीतिक अधिकार प्राप्त नगरिकन आर्थिक समानताको संघर्ष अगाडि बढाउन सकिंदैन । राजनीतिक स्वतन्त्रतासहितको समाजवाद वा वास्तविक लोकतन्त्र फेरिएको परिभाषाको चर्चा गर्ने हो भने आजसम्म त्यस्तो व्यवस्था स्थापित हुनै सकेको छैन । आर्थिक, राजनैतिक, शैक्षिक, सामाजिक, सांस्कृतिलगायत अन्य विषयहरुमाथि समानतामा आधारित समाजवादको स्थापना गर्नका लागि निकै कोसिस भए पनि हालसम्ममा पूर्णता पाएको देखिंदैन ।
नेपालमा समाजवादको परिकल्पना गर्दैगर्दा अबको समाजवादभित्र कस्तो किसिमको समाजवादी शिक्षाको अवधारणा ल्याउन सकिन्छ भन्ने विषयमाथि पनि विश्लेषण गर्न खोजेको छु । कुनकुन कुराहरुलाई प्रमुख आधार मान्दा र कार्यान्वयनको पक्षमा उभिंदा नेपालमा पनि समाजवादी शिक्षाको सम्भाव्यता अध्ययन गर्न सम्भव छ कि छैन । हामी कहाँनेर चुक्न गएका छौं भन्ने विषयमाथि विषयवस्तु समेटिएको छ ।
नेपालको संविधानमा उल्लेख भएअनुरुप आधारभूत र माध्यमिकसम्मको शिक्षामा निःशुल्क सबैको पहुँच पुग्ने अधिकार संविधानमा उल्लेख भएको हुँदा यो शैक्षिक सत्रदेखि हरेक स्थानीय तहहरुका सरकाले तत्कालै कार्यान्वयनमा ध्यान पु-याउन जरुरी रहेको देखिन्छ । जहाँ सबै वर्गको सुनिश्चितता हुने पनि देखिन्छ यो कुरा एक्काइसौं शताब्दीमा प्रमुख आवाश्यकता ठानेर कार्यान्वयन गर्दा केही मात्रामा समाजवादभित्र शैक्षिक समाजवाद झुल्किन सक्दछ । कुशल एक विद्यार्थी आधा जिन्दगी सर्टिफिकेट जम्मा गर्दै आफ्नो भविष्य व्यतित गर्दछ भने आधा जिन्दगी विभिन्न कारखानामा आफ्ना सर्टिफिकेटहरुमाथि आशा लाग्दो आवेदन बुझाउँदै हिंड्न बाध्य भएका छन् । यस्तो अवस्थामा सरकारले विद्यार्थीको सर्टिफिकेट धितोमा राखेर शैक्षिक लोनको व्यवस्था भाषणमा मात्र हैन ऐनमा पारित गरिनुपर्ने वा सरकारले आफ्नै बैंकबाट उक्त लोनको उपलब्ध गराउन सकेको खण्डमा पनि कहीं कतै नेपालमा पनि समाजवादी शिक्षाले प्रवेश पाउने सम्भावना देखिन जान्छ ।
साँच्चै नेपालमा समाजवादी शिक्षाको परिकल्पना गर्ने हो भने पुँजीवादको ढोकाभित्र प्रवेश गर्दै किरासरी खोलिएका निजी विद्यालयहरुलाई नियन्त्रण गर्ने सरकारले रणनीतिकताका साथै प्रभावकारी संयन्त्र लागू गर्दै सामुदायिक विद्यालय शैक्षिक गुणस्तमा वृद्धि गर्दै जाने हो भने शैक्षिक माफियाहरुको अन्त्य हुदै शैक्षिक क्षेत्रमा समतामूलक शिक्षाको विकास तथा विस्तार हुने सम्भावना नजिकैबाट देखिन्छ ।
साँच्चै समाजवादभित्र समाजवादी शिक्षाको परिपूरण खोज्ने हो भने राजनैतिक दलका नेता, शिक्षक, निजामती कर्मचारीका साथै विद्यार्थी संघ संगठनका छोराछोरीहरुलाई सामुदायिक विद्यालयमा पठनपाठनका लागि भर्ना अभियानको कार्यक्रम सुरुवात सबैबाट हुने हो भने संसारमै नभएको समाजवादी शिक्षाको प्रारम्भ हुने देखिन्छ । नेपाल सरकाले शिक्षामा समतामूलक विकास गर्ने हो भने पूर्ण बजेटको कम्तीमा पनि बीस प्रतिशत बजेट नेपाल सरकाले शिक्षामा लगानी गर्ने आवश्यक देखिन्छ । सरकारको शिक्षामाथि लगानी नगरी कुनै पनि हालतमा समाजवादी शिक्षाको स्वरुप देख्न पाइनेछैन । समाजवादी शिक्षाका बारेमा विभिन्न संघ संगठनहरु र राजनीतिक दलहरुरुले जतिसुकै मीठा मीठा भाषण गर्दै हिंड्ने तर शिक्षा क्षेत्रमा सरकारको लगानी वा कति प्रतिशत बजेट छुट्याइनुपर्छ भन्नेमा चुप बस्ने हो भने अबको समाजवाद उन्मुख नेपालमा समाजवादी शिक्षाले एकपछि अर्को खुड्किलो पार लगाउन गाह्रो देखिन्छ । सबै वर्ग समुदायमा सहज र सुलभ शिक्षाको विकास गर्नको लागि सरकाले उच्च शिक्षादेखि स्नातकोत्तरसम्मको अध्ययनका लागि सरकाले पार्ट टाइमको रोजगारको ग्यारेण्टी लिन सकेको खण्डमा सबै वर्ग तथा क्षेत्रभित्र पनि समान शिक्षाको आवाज उठ्ने देख्न सकिने थियो । समाजवादभित्र समाजवादी शिक्षाको कार्यान्वयन गर्नको लागि खासै गहकिलो विषय त हैन तर पनि हाम्रो देशको शिक्षा नीति र नियमहरु फितलो भएका कारण यस्तो हुन गएको देखिन्छ । शिक्षाभित्रको चरम राजनीति, आसेपासे नियुक्ति, भागबण्डाको स्थितिले गर्दा आज यो समस्या उत्पन्न भएको देखिन्छ । अस्थायी सरकार र आफ्नो अनुकुलको ऐन नियम निर्माण तथा संशोधनका कारण पनि शिक्षा क्षेत्र अस्तव्यस्त बन्न पुगेको देखिएको छ ।
अन्ततः देशले स्थानीय तह, प्रदेश हुँदै केन्द्रसम्म जनप्रतिनिधिहरु प्रत्यक्ष निर्वाचित भइसकेको र अबको सरकार पाँच वर्षसम्मको लागि स्थायीरुपमा सञ्चालन हुने हुँदा हरेक क्षेत्रभित्र सबैले समाजवादको आभास, अनुभूति पाउन, वर्ग, क्षेत्र, लिङ्ग, धर्म सबैमा समानता झल्कियोस्, सबैको घरमा चुल्हो बलेको देख्न पाइयोस्, सबैमाथि समान व्यवहार भएको हेर्न पाइयोस् र यस्तै होस् अबको समाजवाद अनि समाजवादभित्र समाजवादी शिक्षा पनि ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको राष्ट्रिय भेलामा केन्द्रीय सभापतिको उद्घाटन मन्तव्य

वरिष्ठ नेता रामचन्द्रजी, केन्द्रीय समितिका पदाधिकारी एवं सदस्य साथीहरु, सबै जिल्लाका सभापतिजीहरु, संघीय संसद् र...

विकासमा उद्यमशीलताको आवश्यकता किन ?

उद्यमशीलता यस्तो प्रक्रिया एवं श्रेस्ता हो । जसको माध्यमबाट व्यक्तिगत पहिचान, अवसरहरु वितरित संशाधनहरु र...

न्यून पुँजीगत बजेटको पाङ्ग्रामाथि समृद्धि यात्रा

साङ्गीतिक संसारमा सबैभन्दा बढी प्रयोग भएको शब्द हो– माया, प्रेम तर यो शब्दलाई ओली सरकारको समृद्धि शब्दले...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...
मनोरञ्जन / साहित्य अरु धेरै

सगरमाथा म्युजिक अवार्ड हुँदै

‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराको साथ...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै